अन्तिम आयाम (कथासङ्ग्रह) सरण राई

 
अन्तिम आयाम







सरण राई

सरण राईको 
       तेस्रो कथा सङ्ग्रह
अन्तिम आयाम
        कृति        ःअन्तिम आयाम
विधा        ःकथा
कथाकार    ःसरण राई
आवरण    ः कथाकार स्वयं
भाषा सम्पादनः रोशन दाहाल
प्रकाशक    ः
सर्वाधिकार    ः ©कथाकारमा
संस्करण    ःपहिलो
मुद्रक        ः
मूल्य        ः
क्ष्क्द्यल्स् ढठड(ढढघठ(ढद्दण्द्द(ठ(ड

ब्ल्त्क्ष्ः   ब्ब्थ्ब्ब्ः ९ीबकत म्ष्mभलतष्यल०
ब् ऋयििभअतष्यल या ल्भउबभिकभ क्जयचत क्तयचष्भक
द्यथस् क्बचबल च्बष्







समर्पण
कथामा आएका पात्रहरूकाजस्तै 
जीवन गुजार्न विवश जीवित मानवहरूप्रति 
अर्थात 
सम्पूर्ण मानव समूदायप्रति

साथै 

श्रद्धासुमन
कथामा आएका पात्रहरूकाजस्तै 
जीवन गुजारिसकेका मृत पात्रहरूप्रति 





विषय सूची

 कुन                                  कहाँ
१. नाति 
२ अर्को उज्यालो
३ .के जीवन नाटक हो ?.
४.गाढा प्रेम
५.तपश्वी महात्मा महामानव
६.सहिद परिवार
७. विस्थापित मुटु
८.राजनैतिक कार्यकर्ता
९.आमाको मन
१०.आफ्नै कथा–व्यथा
११.परकम्प
१२.असामयिक निधन
१३. प्याजी पूmल
१४.अन्तिम आयाम
१५ दुई दिनको पाहुना
१६.शान्ति धाम
१७. सुनको पलङ


नाति





मानिस आपूmलाई अथवा आÏनो शरीरका अङ्गहरूलाई हेरेर पनि रु“दो रहेछ । मानिस कति कमलो मन लिएर बा“चिरहेको हुन्छ । जीवनमा आएका कस्ता–कस्ता विपत्तिहरूका आ“धीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइøय गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने नामर्द म होइन’ भनियो । तर आज अकस्मात म आÏना हातहरू, हत्केलाहरू र आÏनो शरीर देखेर, हेरेर रोइरहेको छु ।  आÏना हातहरू, हत्केलाहरू र आÏनो शरीर देख्दा मन अमिलिएर आएको छ । आÏनो यस्तो वृद्धावस्था देख्दा आ“खाबाट बररर आ“सु बगिरहेको छ ।
हातहरू आ“खासामु छन् । चालिस वर्षअघिको बुबाको र मेरो हातमा केही अन्तर छैन, छाला चाउरिएको छ, झोलिएको छ । तन्नेरी हातको सुन्दरता लुप्त भएको छ । म बुबालाई सम्झन्छु । ऐना हेर्छु बुबाको र मेरो अनुहारमा थुप्रै समानता पाउ“छु अर्थात मेरो अनुहार पनि वृद्ध बुबाको जस्तै भएको छ । मलाई बुबाको अग्घोर माया लागेर आउ“छ र बुबाजस्तै बूढो भएको आपूmलाई सहानुभूति गर्न पुग्छु । म बूढो भएको छु । कठै, यो मेरो जीवनमा वृद्धावस्थाले पूर्णतया प्रवेश गरिसकेको छ ।
वृद्धावस्था †
वृद्धावस्थामा  शारीरिक असमर्थता र एक्लोपन जम्ल्याहाजस्ता रहेछन् ।
पुग्नुपर्ने कतै छैन, गन्तव्य छैन तर हिँडिरहनु पर्ने । पाउनुपर्ने नया“ प्राप्ति केही छैन, सामथ्र्य छैन तर प्रयत्नशील भइरहनुपर्ने । जीवनको अवसान नजिक पुग्न लागिएको परिस्थिति, रूप, तागत, बलवैंस, आ“ट, जा“गर अथवा जीवनका सुन्दरताहरूले छाड्न लागेको अवस्था, मृत्यु नजिक पुगेको अनुभूतिले गिजोलिरहेको मन † ‘यति रमाइलो संसार छोडेर जानुपर्ने’ भन्ने भावनाले दिएको पीडा, यो संसारकै, जीवनकै चलन, रीत र नियम हो । यहा“ कोही पनि जिउ‘दाहरूले सदैव बा“चिरहन पाउँदैनन् । मृत्युले सब जिउ‘दाहरूलाई निल्छ, निल्छ । मृत्युको पूर्वआभास कति पीडादायी छ, मन चसक्क दुख्छ । मर्नै पर्छ, जानै पर्छ यो धरती छाडेर । मेरा पिता मरे, आमा मरिन्, अघिल्लो पुस्ताका सबै मरिसके । अब मर्ने पालो मेरो यो वर्तमान पुस्ताको, भावी पुस्ताका लागि ठाउ“ खाली गर्नै पर्छ ।
फेरि एक जन्म वा अर्को थप एक जीवन बा“च्न पाए.... म कल्पिन्छु । तर कसैले दुइ जीवन बा“च्न पाएका छन् र ? म पनि डा“डाको घाम, निभ्न लागेको दियो भएको छु । मैले पनि ...जानै पर्छ ।
अजङको एकान्तले उब्जाएको परिवेशले मनमनै म मृत्युदेखि त्रसित–त्रसित भएर एक्लै मनभित्रभित्रै रोइरहेको बेला मेरो नाति ‘आ“..आ“..’ भर्खर फुट्न लागेको अष्पस्ट बोली निकाल्दै टुकुटुकु हिडेर आउ“छ र मेरो काखमा लुट्पुटिन्छ । मेरो मानसिक धरातलमा देखिन थालेको कालो अ“ध्यारो बादल फाटेर झलमल्ल उज्यालो मेरो मनको आयतनभरि फैलिन्छ । बिर्सन्छु आÏनो वृद्धपन, एक्लोपन र नियास्रोपन र झलझली देख्न थाल्छु भावी सन्तानको प्रतिविम्वित रूप आÏनै नातीको अनुहारमा ।
नाति †
मेरै जीवनको क्रमिकता होइन र ? मपछि छोरा, छोरापछि नाति, नातिपछि पनाति, जनाति, खनाति....मेरै जीवनको निरन्तरता मान्न थाल्छु । मेरो अन्तरकुन्तरमा चम्किलो घाम उदाउ“छ्र । आ“सु आ“खामा बिलाएर जान्छ । बुबाको रूपबाट म आपूm र म आपूmबाट नातिको कलिलोपनमा रूपान्तरित हुन थालेको हुन्छु थाहै नपाई ...। म नरहे पनि मेरो अंश, शेष वा सन्तान यस धरतीमा रहिरहनेछ । मभित्र एक प्रकारको मीठो भाव, उत्साह, प्रसन्नता र गौरव प्रस्फुटन हुन्छ ।
नाति † केही वर्ष अगाडिसम्म मलाई ‘बाजे’ भनेर बोलाएको पटक्कै मन पर्दैनथ्यो । मेरा एकजना मित्रलाई पनि त्यस्तै हुन्थ्यो रे, ‘बाजे’ सम्बोधन सुन्दा कन्सिरी तातेर आउ“ने कुरा उनले आÏनो संस्मरणमा लेखेका छन् । तर वास्तविक रूपमै नातिनातिनीहरू जन्मिसकेपछि ‘बाजे’ सम्बोधन पनि मिठासयुक्त र स्वाभाविक लाग्न थालेको छ ।
मलाई नातिनी बारम्बार भन्छे, “कोपा, कोपा † (बाजे, बाजे †) ” यो सम्बोधनमा एउटा साइनो छ, जसले वंशवृक्ष झ्याङ्गिदै गरेको सङ्केत दिन्छ । यसबाट म सन्तुष्ट हुन्छु । नाति जन्मेपछि त नातिनातिनीहरूको अवोध बालसंसारमा रमाउन मन पराउन थालेको छु । धेरै वर्षअगाडिदेखि गाउन छाडेका गीतहरू फेरि लयबद्ध स्वरहरूमा तिनीहरूस“ग खेल्दा स्वतःस्पूmर्त रूपमा अनायास मेरा कण्ठबाट तरङ्गित हुन्छन् । म अझै गाउन सक्दो रहेछु, नातिनातिनीहरूको अवोध बालकसंसारमा युवाहरूजस्तै गाउ‘दै नाच्न सक्छु । रमाइलो गर्छु र सम्झन पुग्छु फेरि मधुर जीवनको पुनरागमन भएको छ । नातिनातिनीहरू सॉच्चै मायालाग्दा छन्, यसैले मानिसहरूले ‘सावाँको भन्दा ब्याजको माया’ भन्ने गरेका होलान् । 
म मेरा नातिनातिनीहरू संसारमा सबैभन्दा सुखी भएको हेर्न चाहन्छु ।  तिनीहरूलाई जब मेरा छोरा–बुहारीहरूले कुटेर रुवाउँछन्, हकार्छन्, नमीठो लाग्छ, मनमा औडाहा लाग्छ । छोरा–बुहारीलाई हकार्दै म तिनीहरूलाई काखमा खेलाएर वा बोकेर फकाउन थालिहाल्छु । तिनीहरू पनि मेरो आडभरोसा, सहारा पाएर मेरो छातीमा टा“सिन थालिहाल्छन्, त्यसबेला म सारा संसार बिर्सन्छु । आÏनै रोग, शोक, पीडा र आÏनो अवस्था पनि बिर्सन पुग्छु । सम्झन्छु विश्वकै सबैभन्दा सुखी मानिस हु“ जसको कोपिलाजस्ता नातिनातिनीहरू छन् ।
समयलाई कसले पो रोक्न, छेक्न वा वशमा राख्न सकेको छ र ? म ती मसिना नातिनातिनीहरूस“ग अनन्त कालसम्म खेलिरहू‘, तिनीहरू त्यत्रै रहिरहून् र हाम्रो आत्मीय रमाइलो कौतुकमय क्रिडा सदैव रहिरहोस् । तिनीहरू सधैंं मस“ग खेलिरहुन् । मन आनन्दले हराभरा भइरहोस्, तर त्यस्तो हु“दैन ।
हामी बाजेबोजु तिनीहरूलाई देख्दा अग्घोर खुसी हुन्थ्यो । सम्पूर्ण सांसारिक दुःख–कष्ट बिर्सन्थ्यो र तिनीहरूका लागि अनेकौ‘ दुःख–कष्ट झेल्न तयार थियौ“ । समयक्रममा मबाट मेरी मायालु पत्नी छुटिन् । तिनको देहान्तको असह्य वेदना पनि नातिनातिनीहरूको मुख हेर्दै सहे“ । ममाथि वृद्धावस्थाका असमर्थताका साथै विभिन्न रोगहरू थपिए । म परिवारमाझ बसेर पनि नितान्त एक्लो–एक्लो हु“दै गइरहेको छु । मेरो घरभित्रको घरमुलीको शासन, ढलीमली र हैकम पनि समाप्त हु“दै गएको छ, मेरा सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक गतिविधि पनि स्वात्तै घटेको छ । अब प्रायः घरबाहिरका यस्ता क्रियाकलाप शून्य भएका छन् ।
कुनै–कुनै बेला साथीहरू आउने–जाने गर्थे । घरमा मेरा साथीभाईहरूको उचित सम्मान, मान र आथित्य हुन छाडेको छ । जसले गर्दा उनीहरू पनि आउन छाडेका छन् । म पनि साथीभाइहरूकहा“ जान छाडेको छु । मलाई लाग्छ, पहिला जस्तो मेरो पनि अरुको पाहुना हु“दा खातिरदारी, स्वागत–सत्कार हुन छाडेको छ र म आÏनो कोठाको एकान्तमा बस्न अभ्यस्त भइसकेको छु ।
जाने पनि कहा“ ? गर्नै पो के सक्छु र ? म चाहन्छु आपूmले हाडछाला घोटेर अनेकौं दुःखसाथ हुर्काएका मेरा छोरालाई अभैm हरप्रकारले मद्दत गरु“ । तर शारीरिक असक्तता बाधा भइरहेको हुन्छ । म चाहन्छु  कैयौ दशक लामो मेरो जिन्दगीको अनुभवबाट प्राप्त ज्ञान, सीप र समस्यासमाधानका उपाय, सल्लाह, सुझावहरू दिएर  पारिवारिक र अन्य समस्याहरूमा सहयोगी बन्न सकू“ । तर मैले बटुलेको अनुभव, शिक्षा र सल्लाह कोही सुन्न चाहदैनन्, ‘उहिलेको कुरा खुइले ।’ म उपयोगिताविहीन बूढा, मेरा सल्लाह–सुझाव उनीहरूलाई अनावश्यक हस्तक्षेप लाग्छ । सायद यही नै ‘जेनेरेसन ग्याप’ होला । 
घर खर्च दिन प्रतिदिन बढ्न थालेको छ । मह“गीको जमाना, तैपनि केही तडकभडक गर्नै प¥यो । साथीभाईहरूभन्दा कम देखिनु भएन । भोजभतेर, क्लब, बिहेबटुलो, बिजुली, पानी,  टेलिभिजन च्यानल महसुल, स्कुलको शुल्क आदि अनेकौ‘ खर्चहरू...मलाई पनि थाहा छ, धानीसक्नु छैन । कुनामा बसेर टुलुटुलु हेरिरहनबाहेक म के नै गर्न सक्छु र ?
घरखर्च चलाउनेदेखि घरायसी अन्य सबै निर्णयहरू गर्दा मलाई सोधिँदैन । अब त्यस्ता विषयहरूस“ग मेरो कुनै सरोकार छैन । म कोठामा बसेर पुस्तकहरू दोहो¥याइ–तेह¥याइ पढ्छु । कथा बुझ्न थालेकी नातिनी आई भने दन्त्यकथा, पञ्चतन्त्र, र इसपनीतिका कथाहरू सुनाउ‘छु । कथा सुनाउ‘दा मलाई अग्घोर आनन्द आउ“छ । कथाको प्रवाह मेरो खोकीले बीच–बीचमा रोकि“दा भने नातिनी नियास्रो मान्छे ।
“कोपाको छेउमा धेरै नजा, खोकि र अरु रोगहरू सर्ला ।” बुहारीले नातिनीलाई भनेको झट्ट सुन्छु । मनमा च्वास्स बिझे पनि नसुनेझै‘ गर्छु । प्रतिकार गर्ने सामथ्र्य मस“ग अब रहेन ।
“म घरमै बस्छु, कोपालाई छोडेर जान्न“ ।” चिच्याइरहेकी थिई नातिनी । झोला, बक्स र केही सामानका साथ जबरजस्ती मेरी ठूली नातिनीलाई बोर्डिङ्ग स्कुलको बोर्डसमा पठाइन्छ । त्यसको चिच्याहटले अनायासै मेरो आ“खा टलपलाउँछ, कठै... मेरो सानी साथी नातिनी पनि मस“ग छुट्टिएर गई । 
नातिनीको अभाव नातिले पूरा गरिरहेको हुन्छ । ऊ मेरो कोठामा आएर बालसुलभ अनेक उपद्रोहरू गर्छ, मेरो पुरानो पुस्तककपि च्यात्नु, चस्मा बिगार्नु, बिस्तारामा पिसाब फेर्नु आदि उपद्रोहरू । ती उपद्रोहरू उस“ग खेल्दा, बस्दा र हा“स्दा प्राप्त हुने आनन्दको अगाडि  केही होइन । ऊ मस“ग बस्छ, खेल्छ र हा“स्छ । म उसलाई अत्यधिक माया गर्छु । ऊ मस“ग हु“दा सबथोक बिर्सन्छु र चाहन्छु ऊ सदैव मस“ग बसिरहोस्, खेलिरहोस् । ऊस“ग बस्दा मलाई अपूर्व आनन्द आउँछ, जुन आनन्द प्रत्येक बाजेहरूले मात्र अनुभव गरेका हुन्छन् । त्यो अनुभव बाजे हुने उमेरसम्म बा“चेकाहरूले मात्र प्राप्त गर्छन् । म पनि बाजे हुन पाएकोमा गौरवान्वित हुन्छु र मेरो ओठमा मुस्कान खेल्छ ।
छोरालाई बोलाएर हामी दुइको बिभिन्न मुद्राका फोटोहरू खिच्न लगाउँछु । हामी दुइको ‘मूभी’ पनि उसले खिच्छ । क्यामेरामा नै ती फोटाहरू हेरेर म मक्खै पर्छु । भन्छु “यी तस्वीरहरू प्रिन्ट गरेर ल्याइदेओ ।”
“म कम्प्युटरमा ‘सेभ’ गर्छु । पछि एकै चोटि  ‘प्रिन्ट’ गरौला“ ।” छोराको जवाफ हुन्छ । तर ती तस्वीरहरू प्रिन्ट भएको मैले देख्न पाएको छैन ।
समय त बतासजस्तै, खोलाजस्तै वा समयजस्तै बगिरहेकै हुन्छ । पहिरो गएको पहाडजस्तै ओरालो लागेको मेरो वृद्धावस्था दिन–प्रंतिदिन झन्–झन् ओरालो लागिरहेको हुन्छ । म हिजो भन्दा आज, आजभन्दा भोलि झन्झन् असमर्थ, अशक्त र दयनीय बन्दै गइरहेको छु । खेल्ने, बोल्ने र हा“सखेल गर्ने साथी नहुनु बुढेसकालको बेमज्जाको स्थिति रहेछ भन्ने महसुस मेरो नाति ‘मोन्टेसोरी’को ‘प्लेग््रुप’मा भर्ना भएर दिनभर उतै बस्न थालेपछि हुन थालेको छ । शनिबार छुट्टीको दिनमा मात्र केहीबेर ऊस“ग खेल्न पाउँछु । ऊस“ग खेल्ने मेरो लालसा पनि अधुरै हुन थालेको छ ।
एकदिन अकस्मात मेरो निम्ति नया“ पोशाक लिएर छोरा–बुहारी मेरो कोठामा आउँछन् । मलाई ‘नया“ पोशाक ठीक भयो–भएन’ लगाएर जॉच्न भन्छन् । म फुरुक्क पर्छु,, मेरो पनि छोरा–बुहारीले ध्यान दिन थालेछन् । 
“वृद्धाश्रम, बालआश्रम र अस्पताल पनि भएको ‘मानवसंसार’ उपयुक्त वृद्धाश्रम हो, त्यहॉ बस्ने वृद्धहरूले कुनै प्रकारको कष्ट, पीडा भोग्नु पर्दैन ।” छोरो भन्छ ।
    “बुबाको थोरै आउने पेन्सनले मात्र त्यहाँ शुल्क तिरेर बस्न अपुग हुने भएकोले प्रत्येक महिनामा अपुग रकम जम्मा गर्नेछौ“ । सबै बन्दोबस्त मिलाएका छौ“ ।” बुहारी थप्छे ।
“म नोकरीको सिलसिलामा कहिले कहा“ कहिले कहा“ गइरहनुपर्ने हुन्छ । बुहारीले पनि सानोतिनो जागिर पाएकी छन् । घरमा बुबाको स्याहारसम्भार गर्ने मान्छे हु“दैन । ‘मानवसंसार’ वृद्धाश्रम नै बुबाको लागि ठीक हुने फैसला ग¥यो । भोलिदेखि नैै बुबाले त्यहा“ बस्नुपर्छ, हामी तपाई“लाई बिहानै पु¥याइदिनेछौ“ ।” छोराको आदेश ।
कति सजिलै भने उनीहरूले । नया“ लुगाको अर्थ खुल्यो । म छा“गाबाट खस्छु । अब मैले पनि यो घर छोडनै पर्ने भएको छ । मेरो मान्नु र नमान्नुको कुनै अर्थ नहुने भएकैले  उनीहरूले मलाई वृद्धाश्रम पठाउने निर्णय गरिसकेका छन् । मभित्र १२ रेक्टर स्केलको भुइँचालो ल्याउने निर्णय सुनाएर उनीहरू बाहिर गइसकेका छन् ।
अहा, यो घर, यो कोठा † कस्तो परिश्रम गरेर आÏनो र पत्नीको रुचिअनुसार यो घर निर्माण गरेका थियौ“ । यही घरमा हामीले छोराछोरी हुर्कायौ“ । उनीहरू आज स्वावलम्वी भएका छन् र मलाई आÏनो निर्णय थुपार्न सक्षम भएका छन् । यो आधुनिक युगले उब्जाएको यान्त्रिक, सांस्कृतिक र सामाजिक प्रचलन हो कि ? अब मैले बनाएको यो घरलाई ‘मेरो हो’ भनेर यसैमा बस्ने अड्डी कस्न सक्दिन“ । छोरा–बुहारीको आदेश शिरोपर गर्नुबाहेक मस“ग अर्को उपाय छैन ।
यो मेरो घर, मेरो कोठा, मेरो पलङ † भोलिदेखि मस“ग यी केही पनि रहनेछैनन् । म यो घरमा हुनेछैन । कैयौं दशक सुखदुःखसाथ पत्नीस“ग बिताएको यो पलङ मस“ग हुनेछैन । कठै, जीवितावस्थामा रहेको बेला पत्नीलाई मुसारेझै“ कोठाका भित्ता, पलङको छेउकुना सब–सब सुमसुम्याउँछु । यात्रीले अन्तिम बेला बिदा माग्दै टिल्पिलाएको आ“खाले सबैलाई हेरेझै“ मन अघाइन्जेल म आज कोठा, पलङ र घरका सबै चिजहरू हेर्छु । आ“खाबाट आ“सुको भेल बग्छ तर यो आ“सुको के मूल्य छ र ? कोठाका सबै बस्तुहरूलाई छाम्छु, छुन्छु, म्वाइँ खान्छु, अर्धविक्षिप्तझै“ ती सबलाई हेरेर भावविह्वल हुन्छु । म रातभर निधाउन सक्दिन“, सोच्छु— यो घर, कोठा र पलङको बास आजसम्म मात्र रहेछ ।
रातभर म मेरो र पत्नीको युगल तस्वीर हेरेर गुनगुन कुरा गरिरहन्छु, “शोभना, यहाँको बास आजसम्म मात्र रहेछ, तिमी भाग्यमानी रहिछौ, यो कोठाको पलङमा मेरै काखमा प्राण त्याग्न पायौ । तर म ? तिमीले मृत्युवरण गरेको पलङमा नै मेरो पनि प्राण जाओस् भन्ने चाहन्छु । अभागी म, मेरो त्यो सानो चाहना पनि पूरा नहुने भो....।” यस्तै के–के म शोभना जीवित भएझै“ उसको तस्वीरस“ग रातभर कुरा गरिरहन्छु । त्यसरी कुरा नगरेको भए म बौलाउन सक्थे वा बौलाएर नै कुरा गरिरहेको हुन्छु । म भित्तामा झुन्ड्याइएको हाम्रो युगल तस्वीर झिक्छु र भोलि आपूmस“गै लैजाने निधो गर्छु र तस्वीरकी शोभनालाई भन्छु, “जहॉ मैले मेरो जीवनको अन्तिम कालखण्डमा बास पाइन“, त्यहॉ हाम्रो तस्वीरको कुनै इज्जत हुनेछैन ।”
मलाई ‘डोको’ लोककथाको सम्झना आउँछ ।  बाबुले बूढो बाजेलाई डोकोमा बोकेर लगी भीरको टुप्पोबाट बाजेलाई फाल्न लाग्दा नातिले ‘डोको चाही“ नफाल्नुहोला, त्यो डोको मैले पछि तपाई‘लाई फाल्न काम लाग्छ’ भनेको थियो  र त्यसले बाबुको मनमा सद्बुद्धि पलाएर बाजेको ज्यान बा“चेको थियो । त्यो कथामा जस्तै मेरो नाति पनि ठूलो भएको भए भन्थ्यो कि “कोपालाई घरमै राखौ“ ।”
बिहानै म नया“ लुगा लगाएर तयार हुन्छु । बोर्डिङ्ग स्कुल जाने मेरी नातिनीको भन्दा कम मेरा सामानहरू गाडीमा राखिसकेपछि छोरा–बुहारी पनि बस्छन् । म पनि बस्छु । फर्की–फर्की घर हेर्छु तर मेरो धीत मर्दैन । पूरै जीवन बिताएको यो घरस“ग छुट्टिनुपर्दा मन भक्कानिएर आउ‘छ ।
मृत्युमा सबस“ग छुट्टिनुपर्छ । तर मर्ने व्यक्ति जो मरिसकेको हुन्छ उसले कुनै पीडाबोध गर्नुपर्दैन । तर म जीवितावस्थामा नै घर, परिवार र सबस“ग छुट्टिदै छु र म अग्घोर पीडाबोध गर्न विवश छु । जिउ‘दो भएर पनि यो एक प्रकारले मेरो मृत्यु नै हो जसले मेरो सब–सब मबाट खोसेर लगिरहेको छ । मृत्युमा झै“ सब मस“ग छुट्टिदै छ ।
“बिदा, मलाई र मेरो परिवारलाई आश्रय दिने घर बिदा † मेरा छोरा, नाति, पनाति, जनातिहरूलाई शुभ्यफाव्य होस् ।” बिदा लिन लागेको मेरो मन सबैले सुन्ने गरी यी शब्दहरू फलाक्न पुग्छ ।
“छोरा, मलाई  नातिस“ग बसेर खिचेको हाम्रो तस्वीर देऊ ।”
“किन चाहियो तपाई‘लाई ? वृद्धाश्रमको भित्तामा त्यो टाङ्ने ठाउ“ हु“दैन । तपाई‘लाई भेट्न नातिनातिनीहरू आइरहनेछन् नि ।”
अब मेरो तस्वीर टाङ्ने कुनै भित्ता छैन । अब मलाई कुनै तस्वीरको खॉचो छैन । म गाडिमा बस्दै छोरालाई अन्तिम पटक सोध्छु, “साच्चै मलाई भेट्न मेरो नाति त्यहा“ आउछ ?”

















अर्को उज्यालो


“.... एकान्तमा कहिल्यै रुनुभएको छ ?”
कस्तो प्रश्न सोधिन् उनले । मर्मान्तक प्रश्न ! बिर्सिएका एकान्तका रुवाइहरू सम्झाउने । मेरा हरेक एकान्त आँसुले कहिल्यै ओभानो भएको छैन । एकान्तमा कहिल्यै नरुने मानिस  कोही होला ? रोए नि के फायदा ? नरुनु पनि किन जब हृदय विदीर्ण भइ छिया–छिया हुन्छ ।
मन एकतमासको भएर आउँछ । घाँटीमा एउटा ठूलो डल्लोजस्तो अड्किदै आएर बस्छ, हिक्कहिक्क हुन्छु । वाक्य फुट्दैन । मुक म पुलुक्क उनलाई हेर्छु । उनी एकोहोरो मलाई नै हेरिरहेकी हुन्छिन् । तर उनी कता–कता हराइरहेजस्तो, बहकिएजस्तो देखिन्छिन् ।
उनको नाम त अर्कै थियो । तर जुनी भन्ने उनको गीत ‘सुपरहिट’ भएपछि उनको उपनाम नै ‘जुनी–उनी’ भयो । जुनी–उनी साङ्गीतिक दुनियाँमा एउटा ‘क्रेज’ भएकी छिन्, ‘सेलिबेटी’ भएकी छिन् । उनका ‘फ्यान’, प्रशंसक, ‘फोलोवर’हरू विश्वभरि छरिएका छन् । ग्लामर वल्र्डमा उनको नाम छ । दाम बर्सिरहेको छ । उनले हाँसेको, बोलेको, नाचेको र गाएको सब खबर बन्छ । उनी के गरिरहेकी छिन् ? जान्न इच्छुक असंख्य प्रशंसकहरूका लागि उनी सदैव चाख र जिज्ञासाको विषय हुन्छिन् । उनको ‘फेसबुक’मा ‘पेज’  ‘लाइक’ गर्नेहरू लाखौँ छन् । लाखौँले उनको ‘पेज’ हेरिरहेका हुन्छन् । ‘ट्वीटर’, ‘फेसबुक’, ‘ब्लग’, ‘गुगल्स’ ‘नेट’मा उनको चर्चा–परिचर्चा भइरहेको हुन्छ । पत्रपत्रिका, टेलिभिजन र रेडियोले उनको गीत नबजाएको र उनको चर्चा नगरेको दिन हुँदैनं । यसरी उनी अत्यधिक चर्चित व्यक्ति बनेकी छन् ।
सार्वजनिक जीवनमा अत्यधिक सफल जुनी–उनी । सार्वजनिक रूपमा कहिल्यै रोएको देखिएन । सधैं तामझाम, कृत्रिम भव्यता, नाटकीयता र झिलिमिलीमा रमाइरहेकी देखिने उनी । उनले गाएको गीत मेरो हृदयमा गुन्जिन्छ । मन मष्तिस्कमा उनले बिताएको जीवन... जीवन झुल्किन्छ ।
स्वर उनको ‘गिफ्ट अफ नेचर’ हो । गायनमा उनी यति धेरै तन्मय भइन् कि उनी त्यसैमा हराइन् । स्वरकी धनि हुनुका साथै उनी रूपकी रानी पनि भएकीले प्रशंसकहरू बढेका बढेकै छन् । उनी जहाँ जान्छिन्, प्रशंसकहरूले घेरिएर रहेकी हुन्छिन् । प्रशंसकहरूको चित्त बुझाउन जहिले पनि प्रसन्न देखिनुपर्ने हुन्छ । कलापारखीहरूले उनको ‘जुनी’ भन्ने गीतलाई श्रोतामाथि पर्ने प्रभावको आधारमा ‘ग्लुमी सन्डे’को उल्टो संस्करण मान्छन् । ‘ग्लुमी सन्डे’ गीत सुन्नेहरूले आत्महत्या गरेकोले त्यो गीत ‘ब्यान्ड’ गरेर त्यस्का सबै चक्काहरू पनि नष्ट गरीयो भने ‘जुनी’ गीत सुन्नेहरू आत्मविभोर भएर जिउनका लागि अझ बढी लालायित हुने गरेको पाइन्छ । गीतको लोकप्रियता बढेको बढेकै छ । जति सुने पनि मन अघाउदैन, सुनिरहूँ लाग्छ ।
गायकीको सिँढी उक्लँदै प्रसिद्धि र सम्पन्नताको उच्च बिन्दुमा पुग्न सफल भएकी त्यस्ता ओजस्वी गीतका गायिका आफ्नो निजी जीवनमा पनि त्यस्तै सफल छिन् ?
मानिसलाई जीवनमा चाहिने के होला ? दाम, नाम, काम कि सन्तोष, आनन्द, सुख र प्रेम ! जुनी–उनी जहाँ जान्छिन्, मानिसहरूले घेरिएकी हुन्छिन् । प्रशंसाको फूलहरू
उनीमाथि बर्सिरहेका हुन्छन् । उनका गीत सुन्नेहरू उनलाई एक नजर हेर्न तँछाड मछाड गर्छन् र हेरेर सन्तुष्टिको अनुभूति गर्छन् । ‘जयजय जुनी–उनी, जुनी–उनी जयजय ।’ नारा गुन्जाएर प्रशंसकहरूले उनलाई स्वागत गर्ने अनौठो तरिका । अटोग्राफ लिने, उनीसँग फोटो खिचाउनेहरूको हुल, पत्रकार, प्रशंसक, गीतकार, सङ्गीतकार, नेता, अभिनेताहरूको हुलमा सधैं मुस्कुराइरहन बाध्य उनले साँच्चै आफूले चाहेको सबथोक पाइसकिन् ?
“मैले एउटा दुनियाँमा पाउनुपर्ने सबथोक पाएँ तर मैले चाहेको अर्को दुनियाँ पाउनु त के ...देख्न समेत पाएको छुइनँ ।” एकपल्ट उनले मसँग भनेकी कुरा सम्झन्छु ।
“कस्तो अर्को दुनियाँ ?” मैले सोधेको थिएँ ।
“त्यही अर्को दुनियाँ जसबारे मलाई केही थाहा छैन । तर त्यस दुनियाँमा पुग्न सधैं लालायित छु । मेरो अन्तरमन त्यो दुनियाँमा पुग्न चाहन्छ, म पुग्न चाहन्छु ।”
“यी तिम्रा गीतका शब्दहरू होलान् लय खोजिरहेका... म तिम्रो कुरा केही बुझ्दिनँ ।” भनेकी थिएँ । त्यतिबेलैदेखि मलाई महसुस भएको थियो, जुनी–उनी हेर्दा छचल्किने गरी भरी देखिए पनि तिनीभित्र छ एउटा रित्तो संसार । शून्य मन छ, आकाश छ विरक्ति, असन्तुष्टि, अप्राप्ति र गुनासोको । त्यसले उनलाई सधंंैसधैंं पिरोलिरहेको हुन्छ, खेदिरहेको हुन्छ ।
उनी बगिरहेको खोलाझैँ कहिले उत्ताल झरना भइन्, कहिले दह, कहिले उर्लदो भेल त  धेरैजसो कञ्चन, सङ्लो पानी भएर बगिन् । हेर्नेहरूले  हेरेर आनन्द लिए, तिर्खालुहरूले प्यास मेटाए, सक्नेहरूले कुलो लगेर हराभरा बाली लगाए ।
उनलाई मन पराउनेहरू अनगिन्ती छन् । अनगिन्ती मायाभित्र डुबेर पनि उनको मन रित्तो रहेछ । मनको हरेक भित्री आयतनहरूमा अदृश्य पीडा, वेदना र दुःख छरिएर रहेको रहेछ ।
कोठामा हामी दुईजना मात्र हुन्छौँ । छिस्किनी लगाएर ढोका अघि नै उनले बन्द गरिसकेकी हुन्छिन् । भन्छिन्, “आज म अन्तिम पटक तपार्इँसँग बसेर धेरैधेरै रुन चाहन्छु ।”
“‘रुन किन प¥यो र ? अन्तिम पटक किन ?” सोध्न त सोध्छु तर रुने बानी परेको म रुन थालीसकेको हुन्छु । मैले नरोएको एकान्त नै कहिले छ र ? जब म एक्लो हुन्छु, छोरालाई सम्झेर रुन्छु । नरोऊँ भन्छु तर मनभरि अटेसमटेस छोराको सम्झना खाँदिएर आउँछ अनि रुवाएरै छाड्छ । आमाका मन ! अझै आशा छ, ऊ फर्केर आउनेछ । जबसम्म उसको कुनै खोजखबर हुँदैन र थाहा हुँदैन,  आशा रहिरहनेछ । ऊ जनयुद्धमा मारिएर सहिद भएको भए, युद्धमा मारिएको भए वा बिरामीक भएर मेरै आँखा अगाडि मरेको भए.... म केही समय रोएर रुन बिर्सिन्थँे...लेखान्त नै त्यति थियो भनेर चित्त बुझाउँथे । तर ऊ त ‘फर्केर आउँछु’ भनेर गएको  आज  यतिका वर्ष बितिसक्यो.... ।
मरेको बाँचेको केही ठेगान छैन, चिठ्ठीपत्र छैन, फोन सम्पर्क छैन । सञ्चारको जालोले बेरिएको वर्तमान संसार... कुनै खबर छैन । धेरै वर्ष अगाडि गरेको फोन, चिठ्ठी नै सम्झि–सम्झि जीवनभर रुने सामल भएको छ । साँच्चै ऊ कहाँ छ ? किन सम्पर्क गर्दैन ? मजस्तै थुप्रै आमाहरू...  आफ्ना बेपत्ता छोराहरूको सम्झनामा रोइरहेका छन् । मन थाम्नै सक्तिनँ । आँसुको धारा अविरल गाला भिजाउँदै चिउँडोमुनि चुहुन्छ । म आँसुलाई बग्न दिन्छु ...बगोस्...दुःखी आमाको आँसु । देख्ने जुनी–उनी बाहेक अरू को छ र ? रुन लगाउने पनि उनी नै त हुन्....।
उनी पनि रोइरहेकी छिन् । मेरो जस्तै उनको पनि गाला भिजेर चिउँडोमुनि छातीमा आँसु झरिरहेको छ । हामीले एक अर्कालाई आफू रुने कारण पनि बताउन परेन, थाहै छ एकअर्काको असह्य वेदना ! के अहिले हामीले रुने सम्झौता गरेका थियौँ ? उनी किन मसँगै आएर रोइरहेकी छिन् ? म आमा हुँ ! आमा–मन र व्यथित हृदय चिन्दछु । हामी रोइरहेका छौँ निस्सार जीवनका लागि, निर्मोही छोराका लागि र निर्मोही निर्दयीहरूका लागि ...। हामी रोइरहेका छौँ सारा संसारको ब्यर्थताबोधपछि आफूले पाएको निरर्थकता, निस्सारता, वैराग्य, शून्यता, भ्रम, अपूर्णता, अप्राप्ति, क्षणभङ्गुरता, अल्पता, अज्ञानता, लोभ, माया, मोह, प्रेम, जन्म, जीवन र मरण सब–सबप्रति ...!
हामी दुई बाहेक अरु कोही नभएकोले मन फुकाइ–फुकाइ झन्–झन् जोड–जोडले रुन सकेका छौँ । रुनु पाउनु पनि उत्तम मौका हो कि जसले मनको दुःख, दर्द, वेदना, पीडा, क्लेश, गुनाँसो, परिहास, उपहास सब बगाएर लैजाँदो हो  । हामी दुईबीच कुनै पर्दा छैन । हामी पारदर्शी छौँ खुला किताबझैँ एक अर्काका लागि । हामी एक अर्कालाई राम्ररी चिन्छौँ, बुझ्छौँ ।
उनको पहिलो पति उनको पहिलो प्रेम थिएन, पहिलो त्याग थियो । उनको पहिलो प्रेम बसेको युवक साम्दोकसँग  उनी विवाह गर्न चाहन्थिन् । साम्दोक पनि चाहन्थ्यो तर साम्दोकको ब्लड क्यान्सरबाट अल्पायुमै मृत्यु भयो । त्यो शोकमा डुबेर गाउँदा उनको गीत करुणापूर्ण भयो । श्रोताले सुन्दा मोहक, मधुर र मिठासयुक्त भयो । उनी गायन क्षेत्रमा सफल हुन थालिन् । समयक्रममा गायनकै दौरानमा गीतकारसँग उनको घनिष्टता बस्यो र उनीहरू विवाहबन्धनमा बाँधिए । एउटा छोरा जन्मियो । छोराको जन्मले उनीहरूको जीवनमा अपार खुशी र आनन्द ल्यायो, पूर्णता ल्यायो । उनी सङ्गीतको दुनियामा पुरा तवरले तनमनले निर्लिप्त भइन् । एक दिन कार्यक्रम सकेर फर्कदा छोरा बिरामी भएर सुतिरहेको थियो । हत्तपत्त अस्पताल लैजादा ढिलो  भइसकेको कुरा डाक्टरले बताए । खर्चको अभावले गीतकारले छोरालाई अस्पताल लैजान सकेको थिएन । निमोनिया भएको थियो,  घ्यार्रघ्यार्र गर्दै श्वास फेर्दा छाती तलमाथि भइरहेको थियो । उनकै काखमा छोराको देहावसान भयो । पहिलो सन्तानको मृत्यु–पीडा खप्न विवश भइन् उनी... जत्रो घाउ, जत्रो चोट लागे पनि सहनैपर्छ ।
शोकमा डुबेर उनले छ महिना गाइनन् । गीतकारले उनलाई गाउन प्रेरित गरिरहे । उनको मीठो गला त्यसै खेर जान लागेको देखेर गीतकारले आफ्नै ज्यानको कसम खुवाएर उनलाई गायनमा फर्काए तर गीतकार भने यो असार संसारबाट अलप भए, गए कहाँ ? कैयौँ दिनको खोजीपछि गीतकारको लास कोशीकिनारमा भेटियो ।  गीतकार कमजोर मानसिकता भएका मानिस त थिएनन्, अरुले नै बितौल पारे कि आफैँ आत्महत्या गरे ? रहस्य भएको छ ।
छोरा र पतिको मृत्युशोकमा विक्षिप्त हुन लागेकी उनले मदिरासेवन गर्न सिकिन् । मदिराले उनलाई नाच्न सिकायो, कृत्रिम हाँसो हाँस्न सिकायो,  मनोरञ्जनको नक्कली संसारमा रमाउन सिकायो । उनको चारैतिर अचम्मको तडकभडकले झकिझकाउ तथाकथित आधुनिक ‘सोसाइटी’ तयार भयो र उनी आधुनिकताको प्रतिरूप भएर निस्किन् । तथाकथित आधुनिक जगतले उनलाई दिल खोलेर स्वागत ग¥यो । उनी दिन दुईगुणा रात चार गुणाले प्रशिद्ध हुँदै गइन् । गायनले उनलाई दाम दियो, नाम दियो, सङ्गत दियो । उनले करोडौँ कमाइन्, मुठ्ठी खोलेर उडाइन्् । आफ्ना आछापिछा लाग्नेहरूलाई सक्दो सहयोग गरिन् । खर्चालु उनी, आम्दानीको के चिन्ता ? देश–विदेशमा ‘स्टेज सो’ गर्दा लाखौँ कमाउछिन्, गीतको ‘अडियो भिडिओ’ बिकेको बिकेकै छ, रोयल्टी बर्सिरहेको छ । उनको उदार चरित्रको फायदा उठाउनेहरू पनि धेरै छन् । उनको नाम कैयौं धनाढ्य युवाहरूसँग जोडेर प्रचारबाजी गर्न पत्रकारहरू कहिल्यै पछि परेनन् । त्यस्ता लाञ्छनाबाट जोगिन पनि उनले सङ्गीतकारसँग विवाह गरेकी छिन् ।
विवाह के ? व्यवसायिक सम्झौता । उनी गीत गाउँछिन् सङ्गीतकारको सङ्गीतमा । गीतहरू एकपछि अर्को ‘सुपरहिट’ हुँदै गइरहेका छन् । उनलाई चलचित्रमा नायिका खेलाउने योजना बन्छ, नायिका हुन्छिन् । ‘हुने बेला गोरु ब्याउँछ’ भनेजस्तै चलचित्रहरू पनि ‘सुपरहिट’ हुन्छन् ।  एक नम्बर गायिका, एक नम्बर नायिका... जुनी–उनी !
उनको फेरि सन्त्ााँन जन्मिएन । लोकप्रियताको शिखरमा पुगेपछि सन्तान जन्माउने फुर्सद भएन । ‘ग्लामर ग्लामर’को दुनियाँमा चम्ँिकदा चम्किँदा उनी सुनको फुल पार्ने पोथी भइन् । सुनैसुनको बिस्कुन थुपारिन् । सम्पत्तिको छेलोखेलो, छेलोखेला मात्र होइन — सम्पत्तिको समुद्र । सम्पत्तिको समुद कि मरुभुमि ? एउटै कुरा भयो उनका लागि । त्यो समुद्रमा एउटा थोपा वा मरुभुमिमा एउटा कण बन्न नसकेर उनी अस्तित्वहीन नामेट भएकी छिन् भन्न्ो सम्झेर रोइरहेकी छन् ।
उनीजस्तै भएँ म पनि । मैले पनि धेरै कष्ट सहेकी छु जीवनमा । मैले भोगेको दुःख, कष्ट, वेदना, पीर, पीडा, सन्तापमा साथ दिने मेरो जीवनसाथी मजस्तै शोकाकुल छन् । मलाई थाहा छ उनको छातीको कुन पाटोमा दुखिरहेको छ ? उनलाई थाहा छ म कहाँ दुखिरहेको हुन्छु । तर लाचार हामी ! हामी एकअर्काको  दुखेको निको पारेर सुख दिन नसक्ने अवस्थामा कल्पी–कल्पी रुन सक्छौँ, आँसु बगाउन सक्छौँ । तर केही गर्न सक्दैनौँ ।
आजकै पत्रिकामा खबर छ— ‘छोरालाई सर्पले डसेर मारेपछि आमाले सेती नदीमा हाम फालेर आत्महत्या गरी ।’ छोरालाई सर्पले डसेपछि उपचार गर्न अस्पताल लगे तर ढिलो भइसकेकोले अस्पतालमा उपचार हुन सकेन । चर्चमा लैजाँदा बाँच्न सक्छ भनेर केही मानिसहरूले भनेकाले लासलाई चर्च लैजाने क्रममा आमाले सेती नदीमा हामफालेकी थिइन् । उनको पतिको अघिल्लो वर्ष हातको क्यान्सरले मृत्यु भएको थियो । बाँच्ने एक मात्र साहारा छोरा मात्र थियो....। ती आमाले त आत्महत्या गर्न सकिन्, तर म ? म त्यसो पनि गर्न सक्दिनँ, अझै ऊ फर्केर आउँछ कि भन्ने मनको कुनै कुनामा झिनो आशा जीवित छ ।
मानिसहरू पनि कस्ता–कस्ता हुन्छन् । उनीहरूलाई बेपत्ता भएको मेरो छोराबारे थाहा छ, थाहा भएर पनि मेरो कोखा दुखाउन उनीहरू सोध्छन्— ‘‘छोराले फोन गर्दै छ ? कहाँ छ ? कहिले आउँछ ?’’
म असाध्य दुख्दा सहन नसकेर ढाँटिदिन्छु उनीहरूलाई र आफ्नै मनलाई पनि । भनिदिन्छु— “फोन गर्दै छ, ऊ केही दिनपछि आउँछ ।”
म हतास भइसकेको छु । रुँदा–रुँदा छातीमा गहिरो सागर जमेको छ, आँसुको धारा जति बगाए पनि त्यो सुक्दैन । झन्–झन् मौलाएर आउँछ वेदना । बेपत्ता छोराको वेदना, अहा ! सात जन्मको शत्रुले पनि बेहोर्न नपरोस्’ हे इश्वर ! कति कष्टदायी, भयावह पीडादायी... सहन गा¥हो ! सहदै छु यस्तो भयावह पीडा बीस वर्षदेखि.... बीस वर्षदेखि....
‘‘बीसवर्षदेखि...’’ रुवाइको हिक्कासँगै यी शब्द मेरो मुखबाट निस्कन्छ ।
‘‘बीसवर्षदेखि...’’ उनी दोहो¥याउँछिन् मलाई हेरेर । उनको आँखामा अथाह वेदना छ, अथाह सहानुभूति छ मप्रति...।
बीसवर्ष एउटा लामो समय हुन्छ एउटा मान्छेको जीवनको लागि । २३ वर्षको उमेरमा विदेश गएको ऊ पनि ४३ वर्ष पुगिसक्यो (बाँचेको भए....ऊ पनि मर्न सक्छ भन्ने मान्न मेरा मन मान्दै मान्दैन)। पाँचै वर्षमा फर्कन्छु भनेको थियो  तर यतिका वर्ष बित्यो । प्रतीक्षामा यतिका वर्ष.... भक्कानिएर रुन्छु, शब्दहरू मुस्लो भई स्वतः मेरो मुखबाट निस्कन्छ, “कति निठुरी छोरा जन्माएछु मैले । उसले मलाई बिस्र्यो, पितालाई बिस्र्यो । जन्मभुमिलाई बिस्र्यो, बिस्र्यो आफ्नो कर्तव्य... कि उसलाई केही भयो ? पराइ देशमा उसमाथि नराम्रा घटना त कतै घटेन ? के भयो उसलाई ? कसरी थाहा पाउने ? हे दैव ! इश्वर म मान्दिनँ । इश्वर भए त  मेरो पुकार सुन्थ्यो, आमाको पुकार सुन्थ्यो ।”
‘‘बिलाप नगर्नुहोस् ! धेरैबेर रोयौँ । अब यो रुवाइलाई शक्तिमा बदलौँ, एउटा ढृदता, एउटा निश्चय र एउटा क्रियाशीलतामा बदलौँ ! अब आँसु पुछ्नुहोस्... २१वर्षपछि तल्लाघरे माइलीको छोरो फर्केर आएको छ । लागु पदार्थ बोकाएर चिन पठाइएको उसको छोरो चिनमा पक्राउ प¥यो र फाँसी दिइयो भन्ने हल्ला आएको थियो । छोरा पर्खदापर्खदै माइली मरी । तर ६ महिनाको नानी हुर्काउदै बुहारीले पर्खिबसेकी थिई । उसको लोग्ने आयो त ... धैर्य गर्नुहोस !’’  उनी भन्छिन् । 
‘‘तर..’’ यसभन्दा बढी म बोल्न सक्दिनँ ।
‘‘तर होइन । अब म तपाईँलाई अरु बढी रोएको हेर्न सक्दिनँ । मेरो को छ र ? सङ्गीतकार मेरो लोग्ने हो दुनियाँको नजरमा । उसको जेठी पत्नीबाट छोराछोरीहरू छन्; सङ्गीतकारलाई ती प्यारा छन् । मेरो आफ्नो छोरो सानैमा म¥यो अभाव र गरिबीमा च्यापिएर । लोग्नेले आत्महत्या ग¥यो लड्न नसकेर जीवनसङ्घर्ष । म एक्लो छु, फगत एक्लो... । तपार्इँको त छोरी छ, छोरीपट्टिका नातिनातिना छन् । तिनैका मुख हेरेर पनि चित्त बुझाउन सक्नुहुन्छ । मलाई नै हेर्नोस म एकपुस्ते । मसँग सम्पत्ति छ तर म भोग्न सक्दिनँ, भोग्ने मेरो कुनै सन्तान छैन । त्यो सम्पत्तिको सदुपयोगको अभिभारा म तपाईँलाई दिन चाहन्छु ।’’
‘‘कस्तो अभिभारा ?’’ म सोध्छु । 
ढकढक ढोका  ढकढकाएको सुनिन्छ ।  उनी तौलियाले आफ्नो अनुहार पुछेर सुग्घर पार्छिन् । मेरो पनि पुछिदिन्छिन् । आफ्नो बिग्रेको ‘मेक अप’  ठीक पार्छिन् र ढोका खोल्छिन् ।
 ‘‘ओहो, तपाईँ ?’’
‘‘हो, म । दुई घन्टा भइसक्यो । मानिसहरूले घर, आँगन, सडक ढाकिसके । सोधेका सोधेकै छन्, तिमीहरू के गरिरहेका छौ भनेर ।’’ पतिदेव भन्छन् ।
‘‘हामी एउटा भव्य योजना बनाइरहेका छौँ ।’’ उनी भन्छिन् ।
‘‘हो तिमीहरूको योजना मैले पनि अर्को कोठामा बसेर चोर क्यामेरा ( डिटेक्टिभ सीसीक्यामेरा) बाट हेरिरहेको थिएँ । जति तिमीहरू रोयौ, म पनि रोएँ ।’’
‘‘हो, र, छट्टू भेनाज्यु ।’’ उनी भन्छिन् र आकर्षक मुस्कान फ्याँक्छिन् ।
हामी तीनैजना निस्कन्छौँ । मानिसहरूले हामीलाई घेरिहाल्छन् । पत्रकारहरूलाई वरिपरि राखेर उनी पत्रकार सम्मेलन पो गर्न थाल्छिन् ।
‘‘म तपाईँहरूलाई मेरो एक मात्र योजना अवगत गराइरहेकी छु । मैले कमाएको मेरो सारा सम्पत्ति  म ‘सानु बाल अस्पताल’ स्थापना र सञ्चालनमा खर्च गर्न चाहन्छु । त्यसका लागि व्यवस्थापन समितिको अध्यक्षता मेरो अनन्य मित्र उहाँले (मलाई देखाउँदै) गर्नुहुनेछ । म अब विश्वभर  साङ्गीतिक कार्यक्रम गर्नेछु जुन कार्यक्रमको लक्ष्य ‘आमाको सन्देश’ विश्वभर पु¥याउनु हुनेछ । सो कार्यक्रमबाट जम्मा भएको रकम अस्पतालको लागि खर्च गरिनेछ । मलाई विश्वास छ त्यो सन्देशमूलक कार्यक्रमले बिछोडिएको आमाछोरा, आमाछोरी, पतिपत्नी, बन्धुबान्धव र साथीसँंगीहरूको मिलन गराउनेछ ।’’
पत्रकार एवं अन्य मानिसहरू जोडले ताली बजाएर उनको कुराको स्वागत गर्छन् । उनी मलाई  कानमा सुटुक्क भन्छिन्, ‘‘हिड्नुहोस् तपाईँ पनि मसँग ।  मिलेर  अर्को उज्यालो खोजौँ ।’’












के जीवन नाटक हो ?



उनी अर्थात् मेरा श्रीमान्, जीवनसाथी, पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउ“दै मुस्कुराउ“छु । उनी पनि मुस्कुराउ“छन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान । मुस्कान  जो वास्तविक एवं स्वाभाविक भए अमृतसमान हुन्छ । हृदयको गहिराइदेखि उठेको सा“चो, अतुलनीय, अमूल्य, आकर्षक, आनन्ददायी, स्वस्फूर्त, प्राकृतिक एवं स्वाभाविक मधुर मुस्कानको प्रतीक्षारत मेरो जिन्दगी ।  मेरो सपना, चाहना, कोसिस र प्रयत्न त्यस्तो मुस्कान उनको अनुहारमा ल्याउन सकू“, म पनि (एकै पटक मात्र भए पनि) पाउन सकू“  र दिन सकू“ ।
पति, छोराबुहारी, छोरीज्वाइ“, नातिनातिना, घरपरिवार, साथी, आफन्त र चिनारुहरूको बीचमा≤ यति धेरै मान्छेहरूको बीचमा घेरिएर बा“चिरहेकी म । मलाई लाग्छ, एक्लै बेग्लै एक प्रकारले  रबिन्सन क्रुसो जस्तो बा“चिरहेकी छु ।  मेरो कसैसित संवाद भइरहेको छैन । मलाई कसैले बुझेका छैनन् ।  म एक्लो विकल आÏनो पीर, भाव, इच्छा र सपना मनभित्रै थुपारेर, पुरेर बसेकी छु । म भित्रभित्रै खोक्रोरित्तो पुङमाङ जस्तो छु र व्यर्थै बा“चिरहेकी छु— अवास्तविक कृत्रिम, रुखो जीवन, जहा“ चम्किलो जोसजा“गर, उत्साह र प्रसन्नता छैन । पाउनुपर्ने मैले केके नपाएको, नभोगिरहेको र बनावटी दुनियामा नै भट्किरहेको महसुस सधैं भइरहन्छ । 
मैले बा“च्न पाउनुपर्ने जीवन अर्कै खालको हुनुपर्ने हो । 
हो, उनी हाम्रो तीन दशक लामो दाम्पत्य जीवनमा मलाई देख्दा खुसी जस्तो हुन्छन् । मस“ग बस्दा रमाएजस्तो देखिन्छन् । छुट्टि“दा विरसिलो जस्तो मान्छन् । मलाई उनी हरतरहले सुखी र खुसी पार्न चाहेजस्तो गर्छन् । मेरा लागि एउटा पतिले पत्नीप्रति गर्नुपर्ने सबै कार्यहरू गर्छन् । तर ती सब उनले खुसी भइटोपलेको, हा“सेजस्तो गरेको, प्रसन्न भएजस्तो गरेको र सबैथोक गरेको गरेजस्तो मात्र गरेको हो भन्ने मलाई लागिरहन्छ ।
उनको मुस्कान, हा“सो, प्रसन्नता, क्रियाशीलता, दायित्ववहन आदि ती सब उनका क्रियाकलाप वास्तविक, प्राकृतिक र स्वाभाविक जस्तो मलाई लाग्दैन । लाग्छ ती सब उनी नाटकमा झै“ अभिनय गरिरहेका छन् । एकदम कृत्रिम, बनावटी । उनी स्वाङ पारिरहेका छन्, नाटक खेलिरहेका छन् ।
अथवा म नाटक हेरिरहेकी दर्शक मात्र हु“ । नाटकको प्रमुख पात्र उनको अभिनय हेरेर नाटकीयतामा रमाउने फगत दर्शक पत्नी हु“ म ।
×
मेरो मानसपटमा अचानक धेरै वर्षपहिले घटेको हाम्रो जीवनको एउटा दृश्य देखा पर्छ । म र उनी प्रेममा फसेका दुई सुन्दर युवाहरू । मलाई लागेको थियो म उनीबिना बा“च्न सक्तिन“ । उनलाई पनि लागेको थियो, उनी मबिना बा“च्न सक्तैनन् । तसर्थ प्रेममा अथवा बैंसालु आकर्षक मायाप्रीतिमा फसेका हामी विवाहबन्धनमा बा“धिन्छौ“ । यस्तो बन्धनमा बा“धि“दा मैले सम्झेको थिए“ हाम्रो प्रेम सफल भयो । उनले पनि त्यस्तै भनेका थिए, हाम्रो प्रेम र सपना साकार भयो ।
समयको अविरल प्रवाहमा बग्दाबग्दै म तीन छोराछोरीकी आमा भए“ । अहिले त म छोराबुहारी, छोरीज्वाइ“, नातिनातिनाहरूको धनी भइसकेकी छु ।
अरूले देख्दा हामी बीचको दाम्पत्य प्रेम आदर्शमय देखिन्छ, इष्र्यायोग्य देखिन्छ । 
मानिसहरू सम्झन्छन्, हामी दाम्पत्य प्रेमले प्रचुर मात्रामा  सिंञ्चित हराभरा सफल जीवन गुजारीरहेका आदर्श जोडी हौ“ । जीवनमा प्राप्त गर्नु पर्ने प्रेम पाएर धन्यधन्य भएका छौ‘ । तर वास्तविकता वा यथार्थ त्यस्तै छ त ? मनमनै सोध्छु आफै‘लाई ।
विवाह भएको एक वर्षसम्म हामी यति धेरै खुसी र सुखी थियौ“ कि त्यही एक वर्ष जीवनभरि बा“च्न र कल्पनाको लागि सामल बन्यो । हामी त्यतिबेला एकसाथ हा“स्थ्यौ“, रुन्थ्यौ“ एकसाथ । हामी दुई शरीर एक प्राण भएका थियौ“ मानौ“ हामी दुई एकमा एकाकार भएका थियौ“ ।
बिस्तारैबिस्तारै हाम्रो प्रेम व्यावहारिक जीवनको ज्वालामा परेर ओइलिनखुइलिन थाल्यो । प्रेममा कहा“ प्वाल प¥यो, किरा लाग्यो कि ? हामीबीच जीवनपर्यन्त अमर प्रेम रहन्छ भन्ने विश्वास क्षणभरमै खरानी भयो । दिनरात हामी एकअर्कामा खोट र अपूर्णता देख्न थालेका थियौ“ । प्रेम जति मजाले पूर्णतासाथ एकअर्कालाई ग¥यौ“, घोचपेच, घृणा, तिरस्कार, झगडा र वैमनस्यता पनि पूर्णताका साथ नै ग¥यौ“ । सहनुको पनि सीमा हुन्छ । सहन नसकेर एक सा“झ म घर छोडेर निस्किए“ । उनी भन्दै थिए, ‘घर छोडेर नजाऊ । जान्छौ भने फेरि कहिल्यै फर्केर आउन पाउन्नौ ।’
मैले उनको कुराको वास्ता गरीन“ । घृणाको थुक थुक्दै म घरबाहिर निस्किए“ । भोलिपल्ट  घर फर्किए“ । रिसले काम्दै उनले सोधे, ‘कहा“ गएकी थियौ ? कोसित रातभर सुतेर फर्कियौ ?’
‘साथी मेनकाकहा“ बसेर आएकी छु ।’ नम्र भएर जवाफ दिएको थिए“ ।
‘मेनका कि विश्वमित्र ? त्यो अशोकेस“ग रातभर खुब रङरेलिया मनायौ ?’ 
अशोक विवाहअगाडि मलाई मन पराउने एउटा युवक थियो । मेरो चरित्रमाथि त्यत्रो आशङ्का ? म रिसले आगो भए“ । जङ्गिएर भने“, ‘मेरो मन, मेरो शरीर... मेरो खुसी । सुते“ नै भने पनि के गर्न सक्छौ ?’
‘म तिमीलाई घरबाट निकाल्छु । तुरुन्तै निस्किहाल ।’ मलाई उनले जबरजस्ती घर बाहिर निकालेर  ढोका लगाए । फेरि घर भित्र पस्न दिएनन् ।
मान्छेको चित्त । म उनी इष्र्याले जलेको हेर्न चाहन्थे‘, तर म त्यस्तो परिणामको आशा गरिरहेकी थिइन“ । म कुनै पुरुषस“ग लागेकी थिइन“ । उनी मलाई अर्को लोग्नेमान्छेस“ग लागेको लाञ्छना लगाएर नीचा देखाउने कोसिस गरिरहेका थिए । त्यसपछि मेरो उपाय समाज, मण्डली, ठाना, कचहरी मात्र थियो । मेरा बाबु, माइती, नातागोता, इष्टमित्र र साथीभाइहरूको निकै दिन हामी दुईको मेल गराउन सभा, कचहरी र छलफलमा बित्यो ।
म त्यो समयमा छुट्टिएर बस्न पनि सक्थे“ । छुट्टिन नसक्नुको कारण मेरो गर्भमा उनको सन्तान बढिरहेको म दुई जीउकी गर्भवती थिए“ । त्यसै हुनाले पनि अन्तमा हाम्रो मेल भयो । अरूले देख्दा बिग्रेर रोकिएको गाडी फेरि चल्न थाल्यो । हाम्रो दाम्पत्य जीवन अगाडि बढ्न थाल्यो । 
 झिमिक्क आ“खा गर्दाझै“ आज सम्झ“दा तीन दशकको लामो समय बिति सकेछ । अहा, तीन दशक लामो हाम्रो दाम्पत्य जीवन, म र उनी । प्रेम विश्वासको जगमा अवस्थित हुन्छ । एकअर्का प्रतिको हाम्रो  विश्वास र भरोसा मक्किसकेको थियो, फिका भइसकेको थियो । देखाउनका लागि हामी  प्रेमले भिजेको दाम्पत्य जीवन गुजारिरहेको आडम्बर गथ्यौ“ । सुखी र खुसी देखिनेदेखाउने नाटक खेलिरहेका हुन्थ्यौ“ । 

आज धेरै वर्षदेखि म आफैलाई सोधिरहेकी छु— के मैले चोखो प्रेम पाएकी छु ? प्रेमको स्वाद चाखेकी छु ? विपरीतलिङ्गीबाट पाइने प्रेम, सुख र जीवनरस पाएकी छु ? सा“चो हा“सो र रोदनको वास्तविक स्वाद चाख्न पाएकी छु ? जीवन नाटक नहुनुपर्ने हो । भित्री  अन्तरकुन्तरको गहिराइभित्र अवस्थित चेत, विवेक र विश्वासले जीवनलाई स्वगति दिइ स्वचालित चलायमान गर्नुपर्ने हो । तर कसरी मानिस यन्त्रवत नाटकीय पात्रमा रूपान्तरित हु“दो रहेछ ?
मेल भइसकेपछि हाम्रो दाम्पत्य जीवन हेर्दादेख्दा स्वाभाविक रूपमा चलेको लाग्थ्यो । एउटा पत्नीले गर्नुपर्ने सम्पूर्ण कर्तव्यहरू म पालना गरिरहेकै थिए“ र छु । उनी पनि पतिले पालना गर्नुपर्ने सबै दायित्वहरू पूरा गरिरहेकै थिए र छन् ।
हामी दुई पतिपत्नीको रूपमा एकसाथ बसिरहेका छौ“ । एकले अर्कोलाई देखाउनुपर्ने सबै हार्दिकता, प्रेम वा दायित्व निर्वाह गरिरहेका छौ“ । तर प्रेमका काकाकुल हामी ....। मलाई किनकिन लागिरहेको हुन्छ, उनी मसित जुन प्रेम गर्छन्, दायित्वनिर्वाह गर्छन् त्यो एउटा नाटकमा पतिपात्रले निर्वाह गर्नु पर्ने भुमिका जस्तो मात्र हो । उनी मसित सन्तुष्ट, खुसी र सुखी भएजस्तो देखिन्छन्, बनावटी र देखावटी हो, कृत्रिम हो । किन मलाई त्यस्तो अनुभूति भित्री हृदयको अन्तरकुन्तरमा अज्ञात रूपमै भए पनि भइरहेको छ ? त्यसले मलाई मेरो जीवन सारा ब्रम्हाण्डभन्दा गरुङ्गो बोझ बनेजस्तो लाग्छ । जीवन असफल, निरस, निष्फल भएको भान गराउ“छ । म भित्रभित्र जलिरहेको करुण भावलाई शीतलता प्रदान गर्न नसक्दा छट्पटिएर कोहीबेला रु“दै, कहिले हा“स्दै, कहिले गम्भीर हु“दै उनलाई मैले धेरै पल्ट सोधेकी छु, ‘के तिमी मसित सन्तुष्ट र सुखी छौ ?’
‘म सन्तुष्ट छु । सुखी छु ।’ उनी सधैं जवाफ दिन्छन् । ‘एक स्त्रीबाट एक पुरुषले पाउने सम्पूर्ण कुराहरू मैले भन्दा बढी अरू कसले पाएको होला र ?’
मलाई अझै लागिरहेको छ, उनी ढा“टिरहेका छन्, उनी नाटक गरिरहेका छन् । पति प्रेमी वा आÏनो एक मात्र पुरुष मानेर उनलाई मैले एउटी स्त्रीले दिनुपर्ने पुरुषप्रतिको सम्पूर्ण प्रेम, समर्पण, सुख र अरू सबथोक दिने कोसिस गरे“ । आफूसित भएको दिन सकिने सबथोक दिए“ । तर उनी अझै मसित  सन्तुष्ट, प्रसन्न र प्रफुल्लित भएझै“ लाग्दैन । उनी सधैं प्रसन्न, प्रफुलित र सन्तुष्ट भएको स्वाङ पार्छन्, नाटक गर्छन् ।
जीवनभरिको यो एउटा नमीठो, अप्रिय र विरसिलो अनुभूतिको भावले मेरो र उनको जीवन खोक्रो बनाइदिएको छ ।  मलाई सधैं यस्तो लागिरहन्छ, क्षणिक उत्तेजनामा गरेको सानो गल्तीले पनि जीवन मरुतुल्य उजाड, शुष्क र निरस बनाउन सक्तो रहेछ । झुक्किएर पनि गल्ती नहोस भनेर सजग हु“दा, भइरह“दा जीवन झन्झन् आडम्बरी, कृत्रिम, बनावटी,  नक्कली र नाटकीय बन्दै गइरहेछ । यो खोक्रो नक्कलीपनले झन्झन् मलाई पतझड बनाइरहेको छ । किन मलाई यस्तो लागिरहन्छ ?
गणितमा जस्तै  मानिलिउ“m, मैले अर्कै मानिसस“ग विवाह गरेको भए ? कसैसित विवाह नै नगरेको भए ? जीवनको कुनै स्पष्ट भिन्नता  देखा पथ्र्यो होला ? मानिलिउ“m, मानिलिऊ“को यथार्थमा कुनै मतलव हु“दैन तसर्थ त्यसरी कल्पना गर्नु पनि व्यर्थ छ,  तर पनि मन कुनैकुनै बेला बहकिन्छ । बहकि“दा मृगतृष्णाको आनन्द अनुभव हुन्छ । कल्पनामै भोगिरहेको र नभोगेको जिन्दगीको तुलना हुन्छ जसले फेरि असाध्य दुःखी बनाउने गर्छ— जीवन फेरि सुरु गर्न पाए †
जीवन फेरि पनि यस्तै हुन्थ्यो ? जीवन फेरि पनि आडम्बरभित्र अल्झेकै हुन्थ्यो ? आ“... म यो केके सोचिरहेकी ? बेकार  नदुखेको कपाल चोयाले बॉधेर दुखाउनु । नभएको नपाएको कुराहरूको सोधीखोजी, नभोगेको अनुभवको तिर्सना, पूर्णता प्राप्तिको भ्रम, नियतिको बिडम्बना, जीवनको मृगमरीचिका, अति महŒवाङ्क्षा, लालसा जस्ता कुराहरू दुःखका स्रोत रहेछन् क्या र ?
भएकोपाएकोलाई नै सर्वस्व मानेर सांसारिकतामा क्रियाशील भइरहनु उत्तम भनेर नै नक्कली प्रेमको, मायाको, जीवनको नक्कल अभिनय गरिरहेका हुन्छॉै हामीहरू.।
उनको मनभित्र सा“च्चै म पस्न सकेकी छैन । बुझ्न सकेकी छैन उनको मन । उनी मेरा पूर्वप्रेमी थिए । हामीबीचको अस्वाभाविक कलहपछि उनी मेरा पति मात्र रहन गए । प्रेमीसमेत रहिसकेका  पतिको मनपेट अझै मैले बुझ्न सकेकी छैन । कस्तो यो मेरो दुर्भाग्य † मान्छेको मन बुझ्न असम्भव हु“दो रहेछ ।
सायद अझै पनि म पूर्ण रूपले उनी प्रति समर्पित हुन सकेकी छैन । उनीमा समाहित हुन सकेकी छैन । मन अनौठो हुन्छ । नचाहेको कुरो ठ्याम्मै गर्न मान्दैमान्दैन ।  म पनि त उनलाई प्रेमीको रूपमा हेर्न सक्तिन“ । उनी पनि मलाई प्रेमिकाको रूपमा हेर्न सत्तैmनन् होला  र त उनी नक्कली प्रेमको अभिनय गरिरहेका छन्  अथवा हुन सक्छ म नै भ्रान्तिमा छु । मैले जुन मानवप्रेमको रूप, चित्र, स्वरूप वा प्रकृतिको कल्पना गरेकी छु त्यो अवास्तविक छ । यो जगतको क्षणभङ्गुर जीवनमा कसले पो त्यस्तो शाश्वत प्रेम पाएको होला र ?
प्रेमविहीन मेरो बितेको शुष्क जीवन सम्झ“दा रुन मन लाग्छ । तर रोएर नि के फायदा ? जो बित्यो, बितिसक्यो । जीवन फेरि प्रारम्भ गर्न सकिने होइन । रोएर, हा“सेर वा पश्चात्ताप गरेर त्यसमा सुधार गर्न सकिने होइन । नाटक जस्तै नाटक गरेर मेरो अनमोल जीवन  तुरीन लागेको छ । वृद्ध भइसकेका हामी अझै पनि अरूहरूका अगाडि नाटक खेलिरहेका छौ“ देखिनका लागि सुखी हुनुुको, प्रेममय हुनुको ।
म उनलाई प्रेम गरिरहेकी, एक नारीले पुरुषलाई गर्ने समर्पण गरिरहेकी नाटक गरिरहेकी छु । उनी पति भएकोले एक पुरुषले नारीप्रति गरिने प्रेम, दायित्व, त्याग र समर्पण गरिरहेको अभिनय गरिरहेका छन् । यहा“ सबै मानिसहरू नाटकमा झै“ प्रेमी वा प्रेमिकाको, पति वा पत्नीको पिता वा आमाको, छोरा वा छोरीको, साथी वा दुस्मनको अनेकौ“ समयानुकूल विभिन्न पात्रहरूको कलात्मक अभिनय गरिरहेका छन् । सब नाटक खेलिरहेका छन् । भ्रान्तिको सागरमा रुमल्लिएर मानिसहरू भ्रमवश सोधिरहेका छन्— सत्य के हो ? यथार्थ के हो ?  
विशुद्ध जीवन चाख्नभोग्न नपाएकोमा मन चाउरिन्छ । चिथोरिएको हृदयको घाउबाट रगत, पीप र आ“सु बहन्छ । दुख्छ, दुखेर पनि रुन सकिन्न । हा“सिरहेको, बा“चिरहेको स्वाङ पार्नैपर्ने बाध्यकारी परिस्थितिमा थोरै अभिनय गर्दा अरूलाई र आफूलाई पनि फायदा हुन्छ भने किन नगर्ने ? किन जीवन–नाटकमा विविध पात्रहरूको भुमिका नखेल्ने ? त्यसैले होला मेरा पति  मायालु पतिको भुमिका मन नलागिनलागि पनि निभाइरहेका छन् । म पत्नीको... । च्च...च्च...जीवन, कठै बरा बिचरा † नाटकीय कलाशिल्प अभिनय गर्दागर्दै हेर्दाहेर्दै लहैलहै र ख्यालख्यालमा बितेछ †
के जीवन यस्तै नाटक हो ?
कि संसारै अधुरोअपुरो जीवनको कृत्रिम कलाशिल्प मञ्चन गर्नेे एउटा रङ्गमञ्च हो ?






















गाढा प्रेम


जीवनमा सबै कुराहरू मान्छेले चाहेजस्तो हु“दैन ।
उसले पनि चाहेको थियो, प्रेमको बलियो जगमाथि स्वप्निल सुखमय मायालु पारिवारिक जीवनको जीवनभर निरन्तरता † तर त्यो चाहनाको धरहरा गल्र्याम्म ढलेको छ ।
उसले संसारमा सबैभन्दा बढी माया गरेको मायालु तरुनी पत्नीको अकाल मृत्युले उसको संसार पूरा अ“ध्यारो भएको छ । सुन्दर रमणीय हरियाली बगैँचा उजाड, शुष्क मरुभूमिमा परिणत भएको छ । जीवन व्यर्थताबोध भइरहेको छ । गहिरो पीडा अन्तरमनभित्र, असह्य वेदना, मन हाहाकार गरिरहेको छ । मृत्यु कति त्रूmर हुन्छ, । उसको पे्रयसी पत्नीलाई चुडाएर लगेपछि शान्त छ, अदृश्य छ । मानौं त्यहॉ केही भएकै छैन ।
पत्नीको मृत्युले उसलाई लाग्न थालेको छ— उसको अस्तित्वको आधा फब्ल्याँटो चोइटिएर गएको छ । ऊ अधुरो भएको छ । लुलो, फितलो, दुब्लो, निर्बल, अर्धशून्य, बैरागी, बिरही, अत्यन्त शोकाकुल दुःखी र पीडित भएको छ । स्वास्नीको लासमाथि सानो बालक बोकेको ऊ घोप्टिएर रु“दा त्यहॉ जम्मा भएका मलामीहरूको आ“खा रसाउँछ ।
ऊ हिक्कहिक्क रोइरहेको हुन्छ ।
 ‘कठै, यो नानीको विजोग हुने भो । च्च...च्च...।’ मानिसहरू सहानुभूति बर्साइरहेका हुन्छन् । आमा मरेको टुहुरो नानीचाही“ अलमल्ल परेर आमाको लासलाई हेरिरहेको छ । बाबु रोएको देखेर हो कि आमा मरेको बुझेर नानी पनि रुन थाल्छ ।
उसको हिक्कहिक्क रुवाइ झन् चर्को हुन्छ । सानो नानीकी आमाको मृत्यु † कमलो मन भएका मानिसहरू मन थाम्न नसकी सुँक्कसँुक्क गर्न थाल्छन् । स्वास्नीमानिसहरू बर्काेका छेउले आ“सु पुछिरहेका छन् । उसको छिमेकि नवयुवा साम्दोक रुनेहरू सबैलाई उछिन्दै डा“को छोडेर घोप्टीघोप्टी रोइरहेको छ ।
साम्दोकलाई उसकी पत्नीको मृत्युले भयावह आघात र चोट पारेको रहेछ । विक्षिप्त भएर कहालीकहाली गाउ“ नै थर्काएर रोइरहेको छ । भावविभोर ऊ उसको यस्तो दुःखको घडीमा साथ दिने छिमेकी युवालाई देखेर मन थाम्न केही भरथेग भएको महसुस गर्न पुग्छ । उसकी पत्नीको मृत्युले उसलाई मात्र नभएर छिमेकी साम्दोकलाई पनि त्यत्तिकै चोट पु¥याएको छ ।
साच्चै उसकी पत्नी उसको मात्र एकलौटी प्रिय नभएर छरछिमेकी र इष्टमित्र सबैका पनि त्यत्तिकै प्रिय रहिछिन् । ज्वलन्त उदाहरण साम्दोक र छिमेकी आइमाइहरूको रुवाइले पुष्टि गरिरहेको छ, ‘यायोक्मा साँच्चै सर्वप्रिय थिई †’
यायोक्मा †
निमेषभरका लागि जीवितावस्थाकी रूपवती यायोक्मा उसको सम्झनामा उभिन आइपुग्छिन् । उनीहरूको विवाह भएकै पनि कति धेरै वर्ष भएको छ र ? छ वर्ष पुग्नै लागेको बेला पत्नीको मृत्यु, यायोक्मा केही दिन अगाडि झरीमा रुझेर भिजेर आएकी थिई अलिक अबेला राति । निहु“ त्यही भयो, रु“घाखोकीमा जस्तो खोक्ने, ज्वरो आउने । ज्वरो बढ्दै गयो, अस्पताल पु¥याउँदा ‘निमोनिया’को ‘लास्ट स्टेज’ डाक्टरहरूले भने ।
अभागी उसले आÏनो हृदयको टुक्राभन्दा बढी माया गरेको यायोक्मा † रातमा जूनजस्तो शीतल उज्यालो दिने, मन झलमल्ल उज्यालो पार्ने उज्याली तिनलाई ऊ सधैंँ आ“खा अगाडि राख्न रुचाउँथ्यो । तिनी पनि लोग्ने भनेपछि हुरुक्कै हुन्थिन् । ती दुईको मायाप्रीतिले सिञ्चित दाम्पत्य जीवन देखेर मानिसहरू भन्ने गर्थे, ‘कस्तो मिलेको जोडी †’ एउटी नारीबाट पुरुषले पाउनुपर्ने अथवा पाउन सक्ने सम्पूर्ण कुराहरू उसले तिनीबाट पाएको थियो । उसले पनि एउटा पुरुषले दिन सक्ने सबै थोक दिएको थियो । रूप, गुण, सीप, शील, स्वभाव, जवानी सबै थोकले पूर्ण तिनलाई पाएकोमा ऊ आपूmलाई भाग्यमानी सम्झन्थ्यो । अझ उनीहरूको एउटा सन्तान जन्मिसकेपछि त ऊ आफुलाई संसारकै सबैभन्दा सुखी मानिस सम्झन थालेको थियो । तर अकस्मात यो के भयो ? दैवको लीला †
यायोक्मा मरिसकिन् । अब उसको खटनमा केही रहेन । ऊ उसको सामथ्र्यले भियाएसम्म सम्भव, सुन्दर र भव्यतासाथ यायोक्माको मृत्युसंस्कार गर्न चाहन्छ । गर्नुपर्ने सम्पूर्ण विधीविधान, आवश्यक सामग्रीहरूको जोहो गरेर थुप्रै मलामीहरूका साथ लासलाई घाटमा पु¥याइन्छ ।
मलामीहरूको लामो ता“ती, गाउ“ नै उल्टिएर मलामी गएका छन् । ‘जीउँदाको जन्ती, मर्दाको मलामी’ साँच्चै सबै गाउँलेहरूको सहानुभूति पाउन सफल ऊ लासछेउ झोक्राएर अत्यन्त उदास भएर बसेको छ । उसकै छेउमा साम्दोक पनि बसेको छ । 
मलामीहरू चिता तयार गरिरहेका छन् । ठूलाठूला मुढा र फग्ल्याँटो दाउराको ठूलै चाङ थुपारिएको छ । ठूलो नामी मान्छेको जस्तै राम्रो चिता तयार भएको छ । मलामीहरू आपूmले सक्ने काममा जुटेका छन्, वृद्धहरू सानोसानो झुन्डमा बसेर बात मारिरहेका छन् ।
‘यायोक्मा साच्चै गुनी, सहनशील र कर्तव्यपरायण नारी थिई । आ“खामा राख्दा पनि नबिझाउने ।’
‘हो नि, अल्पायुकी रहिछिन् । अब त्यो काखे नानी कसरी हुर्किएला ? दुधकटुवा टुहुरा, कठै †’
सबैको ध्यान यायोक्माको जीवन र मृत्युमाथि नै केन्द्रित हुन्छ । सबै अडकल गरिरहेका हुन्छन्, के जीवन यस्तै हुन्छ ? चित्त बुझाउन नसकेर हतोत्साहित उनीहरू अव्यक्त पुकार गर्न पुग्छन्— टुहुरो नानी राम्ररी हुर्कियोस् ।
ऊ दुःखको अपार समुद्रभित्र हराइरहेको बेला सुन्छ, ‘यायोक्मा मलाई माफ गर । मेरै कारण तिम्रो मृत्यु भएको छ । यदि तिमीले मलाई प्रेम नगरेको भए तिमी मलाई भेट्न आउँदिनथ्यो र झरीमा रुझ्दै अबेला राति घर फर्कदिनथ्यो । बिरामी हँुदिनथ्यो र मर्ने थिएनौ ।’ सुँकसँुक गर्दै लासले मात्र सुन्ने गरी सानो स्वरमा साम्दोकले भनेको कुरा...
‘ह“, यो साम्दोक के भनिरहेको छ ? म के सुनिरहेको छु ?’ ऊ झस्किन्छ र साम्दोकलाई हेर्छ । साम्दोक निर्निमेष दृष्टिले लासलाई हेरेर आ“सु चुहाइरहेको हुन्छ ।
ऊ साम्दोकलाई हातमा समातेर तान्दै निकै पर कोही नभएको एकान्तमा लैजान्छ र सोध्छ, ‘तिमी के भनिरहेका थियौ ?’
‘माफ गर्नोस दाइ, यायोक्माको मृत्युसंस्कार सकेपछि म सब खुलस्त भन्नेछु ।’
‘के खुलस्त ? बा“चिस भने त भन्छस् ।’ ऊ खुकुरी उजाउँछ, घाँटी ताकेर काट्नै लागेको हुन्छ । साम्दोक उसको खुट्टा समातेर ढोक्दै बिन्ती गर्छ, ‘तिनको अन्तिम संस्कार हुन दिनुहोस्, त्यसपछि जे गर्नुहुन्छ, गर्नाेस् ।’
ऊ खुकुरी पर हुत्याउँदै फाल्छ । साम्दोकलाई गम्लङ्ग अँगालो मार्छ र डॉको छोडेर रुन्छ । साम्दोक पनि रुन्छ । दुवैजना रु“दै लासछेउ फर्कन्छन् ।
दुवैले मिलेर यायोक्माको लास चितामाथि राख्छन् । दागबत्ति दिएर आगो झोस्छन् । चिता ह्वारह्वारती बल्न थाल्छ, लास जल्न थालेको हुन्छ । ऊ फेरि साम्दोकलाई अरुले उनीहरूका कुरा नसुन्ने गरी निकै पर लिएर जान्छ । ऊ थुचुक्क भुइँमा बस्छ र साम्दोकलाई पनि बसाउँछ ।
‘हेर्, साम्दोक । यायोक्मा मरिसकी, त्यसको लास जलिरहेको छ, त्यो जलिरहेको लासको कसम खाएर भन्, तिमीहरूको बीच कस्तो सम्बन्ध थियो?’
साम्दोक केही नबोली आ“खा भूइँतिर गडाउँछ ।
‘म सोध्दै छु ...।’ ऊ चट्याङ्झै“ चिच्याउँछ ।
‘के.. के..।’ 
‘यायोक्मा र तेरो कस्तो सम्बन्ध थियो ?’
उर्लदो नदीसरि साम्दोकको आ“खाबाट आ“सु बग्छ । ऊ चुप रहेको साम्दोकलाई खाउला झै“ हकार्दै कराउँछ, ‘त्यो जलिरहेको लासको कसम... सा“चो कुरा भन् ।’
‘मलाई जे गर्नुहुन्छ गर्नोस् । हामी बीच पे्रमसम्बन्ध थियो । यायोक्मा मेरो पहिलो प्रेम थियो ।’
‘तिमीहरू बीच पुरुष र नारीको  अनैतिक  सम्बन्ध पनि थियो ?’
‘म ढाट्दिनँ । तिनको जलिरहेका लासको कसम भन्नुभयो । थियो, जुन रात तिनी रुझ्दै फर्किइन् त्यो हाम्रो अन्तिम मिलन थियो, मेरै करले तिनी आएकी थिइन् । म तिनीबिना बा“च्न सक्तिनथे‘ । तिनी पनि... तिनी बा“चेको भए हामी विवाहबन्धनमा बा“धिने भइसकेका थियौ“ । मरिसकेकी तिनको लासको कसम सक्नुहुन्छ भने मलाई माफ गरिदिनुहोस् । नत्र जे गर्नुहुन्छ, गर्नुहोस् ...।’
‘एउटा प्रश्न, यो काखे नानी कसको हो ? मेरो कि तेरो ?’
‘त्यो त यायोक्माले मात्र बताउन सक्थिन् । सबैको दृष्टिमा तपाई“को हो । तपाई‘ त्यसलाई पाल्न चाहनुहुन्न भने म तिनको अवशेष त्यसलाई पाल्न तयार छु ।’
‘त“ नाथेले म बाबु छँदाछँदै.. ई.. पाउलास् ।’ ऊ साम्दोकलाई दुइ हातले लोपार्छ र धेरैबेर ऊ घोरीएर बस्छ । साम्दोकले सोचेको थियो अब उसले हात छाडनेछ । जे पर्छ मानसिक रूपले बेहोर्न तयार भइबसेको हुन्छ । तर निधाएको मानिस सपनामा कताकता, कसरीकसरी, केके बोलिरहेझै“ ऊ जलिरहेको लासलाई हेर्दै अत्यन्त सानो स्वरमा आफैसित बोलेझै“ गरी बिस्तारै भन्न थाल्छ.‘यो कस्तो अनौठो ? आश्चर्य † कस्तो छल ? मान्छेको मन हो कि प्रेम ? मलाई तिनले गरेकी प्रेम सिङ्गो जस्तो लागेको थियो । मलाई मात्र तिनी माया प्रेम गर्छिन् भन्ने लागेको थियो । के प्रेम पनि हिस्साहिस्सामा बाडिन्छ ? प्रेम टुक्राटुक्रामा विभाजित हुन सक्तैन । प्रेमको दुइ साझेदारहरू हुन सक्छन् तर उनीहरूले प्राप्त गर्ने प्रेम सिङ्गो सिङ्गो नै हुन्छ । यायोक्माले मलाई गरेको प्रेम सिङ्गो थियो । मैले पाएको प्रेम सिङ्गो थियो, गाढा थियो । मैले तिनलाई गरेको प्रेम पनि सिङ्गो थियो । मेरो प्रेममा कहा“ त्रुटि भयो ? प्रेम र तृप्ति † यसको पछि लाग्नेहरूलाई परिवेश, समय, नैतिकता र अवस्थाको वास्ता नै कहा“ हुन्छ र † दुर्बल मानवीय चरित्र † प्रेम र तृप्तिका अगाडि कति कमजोर हुन्छ ? पति, सन्तान, समाज सबसब त्यागेर प्रेम र तृप्तिमा रमाउने मानिसहरूमध्येकै रहिछिन् यायोक्मा पनि । मानिस मनकै पछि कुद्ने प्राणी हो । मानसिक तृप्तिका लागि जुनसुकै मूल्य तिर्न तयार हुन्छ । दोष तिनको हो ?  प्रेम र तृप्तिको लोभी मन, बहकिइन् ...
‘असीम प्रेमको चाहना राख्ने तिनी पत्तै नपाइ प्रेमको पछि दौडिन् । प्रेम पनि एमोइवा जस्तो हो कि ? न्युक्लियस दुइटा भएपछि दुइटा एमोइवाहरू भएजस्तै अत्यन्त धेरै प्रेमराशी बोकेकी तिनी तिनको प्रेम मलाई दि“दा मात्र सिद्धिएन र साम्दोकलाई पनि दिइन् । प्रेम बाँड्दा बढ्छ ।  बाँडेर उब्रेको प्रेम मलाई दिएकी होइन । खै यायोक्माले के गरेकी थिइन् ?  प्रेमदान ?  म अब तिनीबारे विवेचना, छलफल, चर्चा वा मूल्याङ्कन केही केही गर्दिन“ । आपूmले माया गरेका मानिसको पनि गुणदोष केलाइन्छ र ?  जेजस्तो छ सिङ्गो स्विकारिन्छ, अझ तिनी त मरिसकिन् । मायालुको हरेक कुराहरू र मायालुहरू प्रिय हुन्छन् । मरिसकेकी मेरी यायोक्माको प्रिय साम्दोक पनि मलाई प्रिय छ । तिनी जिउ‘दो भएकी भए हामीबीच खोसाखोस हुन्थ्यो होला । मायालु पनि खोसाखोस गर्ने चिज जस्तो हो र ? अब त मरिसकी । फगत बा“कि रहेको सम्झना हो । म, साम्दोक र दुनियाँस“ग पनि केवल सम्झना मात्र बाँकि रहेको छ । मस“ग तिनको र मेरो रगतले बनिएको सन्तान छ, पे्रम प्रतीक हाम्रो सन्तान †’
यस्तैयस्तै निकैबेरसम्म ऊ बडबडाउँछ । तर अन्तमा साम्दोकलाई अँगालो मार्दै भन्छ, ‘ साम्दोक, यायोक्मा मरिसकी । अब तिनको चरित्रमा प्रश्न उठाउने कुरै रहेन । मैले दिन नसकेको तृप्ति र प्रेम तिनको जीवितावस्थामा सायद तिमीले दिन सक्यौ । म तिनलाई अग्घोर धेरै माया गर्थे र अझै गर्छु । तिनले भनेकी भए म नै तिमीहरूको झ्याइँझ्याइँ विवाह गर्दिने थिए“ । जेहोस् मरिसकेकी तिनको सम्झनामा दुःखी हुने म एक जना मात्र नभएर हामी दुई पुरुषहरू बा“चेका छौ“, यायोक्माको बिछोडको हाम्रो पीडा एउटै छ । हाम्रो मुटुमा तिनी सिङ्गोसिङ्गो सम्झना भएर  बा“च्नेछिन् । तिनलाई गुमाउनुको दुःख हाम्रो साझा भएको छ र तिनको चिरन्तन सम्झनाको हामी समान साझेदार भएका छौ“ ।’
साम्दोक घरीघरी उसलाई र घरीघरी बलिरहेको चितालाई हेर्दै उसको कुरा एकाग्र भएर सुनिरहेको हुन्छ ।






तपस्वी महात्मा महामानव



‘मानव संसार’ वृद्धहरूका सहज जीवनयापन गर्ने अथवा मृत्यु कुर्ने–पर्खने सबै सुविधासम्पन्न सानो संसार हो । त्यहाँ बालआश्रम, वृद्धाश्रम, अस्पताल छ साथै सिर्जनात्मक सुन्दर रचनाहरू गर्नका लागि उपयुक्त परिस्थिति, वातावरण र भौतिक संरचना उपलब्ध छ । त्यहाँ किसिमकिसिमका वृद्धहरू जीवनको अन्तिम कालखण्डमा स्वेच्छाले वा बाध्यताले बसिरहेका छन् । उनीहरू सबैका आआफ्ना छुट्टै प्रकारका बानीबेहोरा, आचारविचार, दृष्टिकोण, क्रियाशीलता वा विशेषताहरू रहेका छन् ।
ती सबै वृद्धहरूलाई एकाएक केलाएर हेर्नेबुझ्ने हो भने गम्भीर जीवनको, इतिहासको अथवा उनीहरूले भोगेका बेग्लाबेग्लै कालखण्डका एउटाएउटा उदेकलाग्दा, रमाइला, दुःखलाग्दा अनेकौं कथाहरू बन्न सक्छन्, व्यथाहरू पोखिन सक्छन् ।
त्यसै ‘मानव संसार’ मा बस्ने तपस्वी महात्मा महामानवका बारेमा जान्नेबुझ्ने जिज्ञासा लिएर म त्यहाँ पुग्छु ।
थुप्रै वृद्धहरूको एउटा हूलझुन्ड देख्छु । देख्दा लाग्छ— उनीहरू कुनै गम्भीर विषयमा छलफल गरिरहेका छन् । म केहीबेर टाढा बसेर प्रतीक्षा गर्छु ।
“त्यहाँ तपस्वी महात्मा महामानव पनि हुनुहुन्छ ?” म एकजना वृद्धलाई बोलाएर सोध्छु ।
“महात्मा, महामानव हुनुहुन्छ ।” वृद्ध धनपाल जवाफ दिन्छन् ।
“के तपाईँ बोलाएर ल्याउन सक्नुहुन्छ ?” म सोध्छु ।
“अहिले त होइन, छलफल आधा घन्टापछि सकिन्छ । त्यसपछि बोलाउन सक्छु ।”
“उसो भए आधा घन्टाको समय म तपाईँसँग कुराकानी गफगाफ गरेर बिताउन चाहन्छु । के तपाईँलाई फुर्सद छ ?”
“फुर्सदै छ । तर तपाईँ को हुनुहुन्छ ? किन हामीजस्ता समयले केही समय साँचेका वृद्धहरूसँग कुरा गर्न चाहनुहुन्छ ?” उनी सोध्छन् ।
“म पत्रकार हुँ । तपस्वी महात्मा महामानवको परिचय ‘शान्तिपुर’ पत्रिकामा छाप्न चाहन्छु । आधी घन्टा पर्खने समय म तपाईँसँग कुरा गरेर बिताउँदा राम्रै होला भन्ने सम्झन्छु ।”
“हुन्छ, म तयार छु ।”
“तपाईँ कसरी यो वृद्धाश्रममा बस्न आउनुभयो ? म बुझ्न चाहन्छु— तपाईँको कोही परिवार (छोराछोरी, बुहारी, ज्वाइँ, भाइभतिजा, पत्नी वा आफन्त नातागोता आदि) छन् या छैनन् ? यो वृद्धाश्रमको व्यवस्थापन कस्तो छ ? तपाईँ यहाँ सन्तुष्ट हुनुहुन्छ ? अनि तपाईँको विचारमा ... ।”
“आम्मामा... यति धेरै प्रश्नहरू एकै साथ । तपाईँ पत्रकारहरू सोध्न पाउनुभयो अथवा बुझ्ने मौका पाउनुभयो भने समग्र वृत्तान्त, हालचाल सबसब एकसाथ बुझ्न चाहनुहुन्छ । धैर्यताका साथ एकएकवटा मात्र सोध्नुहोस् ।” उनी रसिक बूढा रहेछन् र हाँस्छन् जोडले “हा... हा... हा... ।”
“हा... हा... हा...” मैले पनि नहाँसी धरै पाइनँ । हंसमुख उनी, उनको अगाडि गम्भीर भएर बस्दा आफू असामाजिक, अनौपचारिक र असभ्य भइने हो कि भन्ने डरले पनि म हाँस्छु र भन्छु— “हामी पत्रकारहरूको बानी नै प्रश्नहरू खन्याउने हो— पानीजस्तै । प्रश्नहरूले नुहाइदिएर खाटी कुरा पत्ता लगाउनु हाम्रो दायित्व हो । नरिसाउनुहोला अथवा नहाँस्नुहोला, म अब भने एकएकवटा मात्र प्रश्न सोध्नेछु । हा... हा... हा... ।”
“हा... हा... हा... ।” उनी पनि हाँस्छन् । हाँस्दा हामी चिन्तायुक्त तनावग्रस्त संसारबाट टाढा आत्मीयता, घनिष्ठता र मित्रताको निस्वार्थ प्रेममय निष्कपट तनावरहित शान्त परिवेशमा अवतरित हुन पुग्छौँ ।
“तपाईँ कसरी यो ‘मानव संसार’ मा बस्नु आउनुभयो ?”
“म कसरी यहाँ बस्न आइपुगेँ ? यो मेरो जिन्दगीसित जोडिएको प्रश्न मैले पनि निकैपल्ट गमेको छु र थाहा पाएको छु— जिन्दगी भनेको एउटा रमाइलो ख्यालख्याल खेल वा झेल रहेछ । खेल्दाखेल्दै, झेल्दाझेल्दै म यहाँ आइपुगेको छु यो स्थितिमा, अवस्थामा, जीवनको अन्तिम कालखण्डमा... तपार्इँंलाई पट्यार लाग्ला झर्कोलाग्दो मेरो निरस जीवनको कथाव्यथा सुन्दा ।” उनी गम्भीर र भावुक भएर मतिर हेर्छन् ।
“लाग्दैन । लाग्ने भए सोधेर कुरा उप्काउने नै थिइनँ नि । तपाईँ कुनै कुरा नलुकाई भन्नोस् । पत्रिकाका लागि केही मसला, सामल वा खुराक प्राप्त होला कि ।”
“म... ” उनी सुदूरक्षितिजतर्फ हेर्छन् । मानौं उनी आफ्नो धेरै अघिको विगत वा भोगेको जीवनको स्वप्निल सम्झनामा हराउन पुगेका छन् । ख्वाक्ख्वाक् खोकेर गला सफा गरिसकेपछि भन्न सुरु गर्छन्— “म... ”
उनी अकस्मात् कहाँकहाँ हराए । थामिए, बोल्दाबोल्दै रोकिए र अर्कोपट्टि फर्किएर अनुहार लुकाए । केहीबेर उनको कुम मात्र हल्लिएको देख्छु । अर्कोपट्टि उनी किन फर्किए ? के उनी आफ्नो व्यथा लुकाउन चाहन्छन् अथवा पुरानो सम्झनामा रुमल्लिएर रुन थालेका छन् ? केहीबेरपछि मतिर फर्कन्छन् । आँखा चिमचिम गरेर फेरि हाँस्दै भन्न सुरु गर्छन्— “म कतिसम्म तपाईंलाई सुनाऊँ ? कति लुकाऊँ मनमा टुङ्गो गर्न नसकेर केहीबेर अलमलिएको छु ।” सिँगान फाल्ने निहुँ गरेर केही पर जान्छन् । केहीबेर मेरो आँखाबाट ओझेल पर्छन् र फर्कन्छन् ।
उनी पहिलाजस्तै तरोताजा भएका छन् । आफ्नो  व्यथा पोख्न थाल्छन्— “म हरेकपल्ट आफ्नो विस्मृतिभित्र बिलाइसकेको विगतबारे जबजब भन्न थाल्छु, खाटा बसिसकेको बासी घाउ कोतरेर उप्काएझैँ दुख्छु तर प्रत्येक दुखाइमा एउटा अनौठो तृप्ति महसुस गर्न पुग्छु । त्यसैले म पटकपटक आफ्नो कथाव्यथा दोहो¥याई–तेह¥याई (सुन्ने मानिस पाएसम्म) सुनाइरहन्छु, सुनाउँछु । सुनाउँदा त्यो पुनःः अप्राप्य अनमोल विगतमा पुगेको भ्रम पालेर ‘जीवन कति फासफुस... फुस्सा रहेछ’ भन्ने नमीठो अनुभूतिले पोलिन्छु, पिरलिन्छु । सुनाउँदा कतै म रोएँ भने यो कस्तो कमजोर रहेछ, काम नलाग्ने रहेछ— नठान्नुहोला । अब त म टेपरिकर्डर वा सीडी क्यासेटझैँ मेरो कथा दोहो¥याउनु, तेह¥याउनुमा खप्पिस भइसकेको छु । बुढेसकाल भनेकै के रहेछ र सुधार वा संशोधन गर्न नसकिने आफूले भोगेको विगत, बितेको जीवनकथा सुनाउने, सम्झने, सम्झेर रमाउने वा रुने क्षणिक र अन्तिम कालखण्ड रहेछ मानिसको ।” उनी मलाई पुलुक्क हेर्छन् ।
“अँ भन्नुहोस् । म बुझिरहेको छु ।” म भन्छु— “धन्दा नमान्नुहोस्, केही गरी तपाईँले असामान्य व्यवहार गर्नुभयो, भन्दाभन्दै रुनुभयो, हाँस्नुभयो वा अरू थोक गर्नुभयो भने पनि अन्यथा सम्झने छैनँ । तपाईँ ढुक्क भएर अमुक, अबुझ दर्शक सामु नाटकमा झैँ अभिनय गर्दै हुनुहुन्छ भन्ने सम्झनुहोस् ।”
म गोलो घेरा बनाएर बसेका वृद्धहरूको झुन्ड हेर्छु । उनीहरू अझै त्यसरी नै अनेक हाउभावहरूमा हात, टाउको र शरीर हल्लाएर छलफलमा व्यस्त छन् । तसर्थ मलाई हतार छैन । धनपालको कुरा सुन्नमा आफूलाई तम्तयार तल्लीन पार्छु ।
“म अहिलेजस्तो तगडापूर्ण मान्छे जस्तो छु, पहिला त्यस्तो थिइनँ । मेरा इन्द्रियहरू पूर्ण विकसित थिएनन् । कुनै पनि काम ठीक ढङ्गले गर्नका लागि अरूको आदेश, निर्देशन, इसारा मलाई चाहिन्थ्यो । आफ्नो मनज्ञानले केही गर्न सक्तिनथेँ । झन्डैझन्डै म अर्ध गठेरो, हिनताग्रस्त म केही काम पूरा गर्न सक्छु भन्ने विश्वास थिएन । मेरो आमाबुबा असाध्य गरिब थिए । भाइबहिनीहरू पनि थुप्रै थिए । जब म केही ठूलो भएँ, घरमा सबैजना बसेर खान पुग्ने अवस्था नभएकाले गरिखान वा मागिखान सक्ने केटाकेटीहरूलाई स्वतन्त्र रूपमा सडकमा छाडियो, पठाइयो । गुँडबाट उड्न सक्ने भएपछि बचेराहरू उडेझैँ हामीले पनि चारो आहाराको खोजीमा गाउँ, सहर, सडक, गल्ली, घरघर भट्किन र चाहर्न थाल्यौँ ।”
“म पनि एउटा सडकछाप बच्चो हुँदै, हुर्कंदै एउटा रिक्साचालक हुन पुगेँ । रिक्साचालक भएपछि, राम्रो आहारा खान पाएपछि म पनि तन्नेरी हुन पुगेँ... ” उनी भनिरहेका थिए । उता वृद्धहरूको छलफल सकिएछ क्या र ! उठेर सबै हिँड्न थाल्छन् । उनलाई बीचैमा रोकेर म भन्छु— “उनीहरूको छलफल सकियो होला । हिँड्दै छन््, तपस्वी महात्मा महामानवलाई बोलाएर ल्याउनुहोस् ।”
“मेरो कुरा पूरा सुन्नुहुन्न ?” उनी सोध्छन् ।
“अरू कुनै दिन सुनौला ।” म भन्छु ।
“होइन, अब केहीबेरमा नै मेरो कुरा सक्छु । मेरो कुरा सकिएपछि महात्मा महामानवलाई उनीहरूकै कोठामा भेटाउँदा हुँदैन ?”
“त्यसो हो भने हुन्छ ।” मन नलागीनलागी भन्छु । उनी सुरु गर्छन् ।
“म ‘ननस्टप’ पारामा केहीबेरमा नै मेरो कुरा सक्नेछु । पृष्ठभूमि सुनिहाल्नुभयो । एउटा महागरिब दरिद्रको छोरो गरिब रिक्सावाला मलाई एउटी शरणार्थी युवतीसँग विवाह गर्ने प्रस्ताव आयो । मसँग जीउतनबाहेक केही नभएको कुरा सुनाएँ । केटी राजी भइन् । विवाह भयो, एउटा छोरो जन्मियो । छोरो जन्मिएपछि सरलाको मन मबाट अघायो, भरियो । एउटा सम्पन्न बिधुरसँग तिनको लसपस हुन थाल्यो । छिमेकीहरूले सुझाएमुताविक उनीहरूलाई रङ्गेहात पक्राउ गरेर प्रहरीथानामा बुझाएँ । सरला पोइल गइन् । मसँग रह्यो सानो छोरा सम्देन । सम्देनलाई रिक्सा कुदाएर कमाएको पैसाले बोर्डिङ स्कुल पढाएँ । राम्रो पढाइ भएकोले छात्रवृत्ति पाएर डाक्टर भयो । डाक्टर छोरोले सम्पन्न परिवारकी बुहारी ल्यायो । अनि त्यसपछि.... ।”
उनी रोकिए । तर मलाई उत्सुकता भइरहेको हुन्छ र सोध्छु— “त्यसपछि के भयो ? तपार्इँंको छोराबुहारी अहिले कहाँ छन् ?”
“उनीहरूसँग केही वर्ष बसेँ । त्यस अवसरमा म हृष्टपुष्ट भएँ, पढ्नलेख्न पनि त्यही बेला सिकेँ । मेरो गठेरापन त्यति बेलादेखि समाप्त भयो । उनीहरू विदेश गएका छन् । नातिनातिनीहरू पनि भइसकेका छन् । फर्केर नआउन्जेल भनेर यो वृद्धाश्रममा राखेका छन् । यत्तिका धेरै वर्षहरू बितिसक्यो कि अब मलाई लाग्न थालेको छ.... उनीहरू कहिल्यै फर्केर आउँदैनन् । फर्के पनि उनीहरू फर्कंदा म मरिसकेको हुनेछु । हा... हा... हा... ” उनी मज्जाले हाँस्छन् ।
म पनि हाँस्छु । तर मन बाउँडिएर आउँछ र नभनी सक्तिनँ । भन्छु— “कस्तो व्यङ्ग्य ? कस्तो ठगाइ हो जिन्दगीको ? अनेक दुःख गरेर छोरा पढाउनु, हुर्काउनु भयो । अहिले वृद्धावस्थामा तपाईँलाई हेरचाह गर्नका सट्टा विदेश गएर बसेका छन्... ।”
“जाऊँ अब, उनीहरूलाई भेट्न । हिँड्नोस् ।”
एउटा सफासुग्घर सानो कोठामा दुई जना वृद्धहरू बसेका छन् । हामीलाई देखेर उत्सुकता आँखामा बोकेर दुबै जना स्वागतमा उभिन्छन् । म भन्छु– “बस्नुहोस्, बस्नुहोस् । म ‘शान्तिपुर’ पत्रिकाको पत्रकार तपस्वी महात्मा महामानवलाई भेट्न चाहन्छु ।”
“बस्नुहोस् । तपाईँ तीनै जनालाई एकसाथ भेटिरहनुभएको छ ।” एक जना वृद्ध भन्छन् ।
“को तीन जना ? कस्तो तीन जना ?” म सोध्छु ।
“तपस्वी, महात्मा र महामानव हामी तीन जना हौं । सँगसँगै हिँड्ने, बस्ने हुँदा मानिसहरू हाम्रो नाम एक साथ लिन्छन् । त्यसरी नाम लिँदा धेरैलाई भ्रम परेको छ कि तपस्वी, महात्मा र महामानव एउटै मान्छे हो ।”
“तपस्वी, महात्मा र महामानव कोको हुन् त ?”
“अहिले तपाईँं जोसँग आउनुभयो, उनी तपस्वी हुन् । उनले तन्नेरी उमेरमा स्वास्नी पोइल गएपछि तपस्या गरेझैँ अनेकौं दुःखकष्ट सहेर परिश्रम, तपस्या गरेर छोरो हुर्काए, पढाए र एउटा लायक मानिस बनाए । त्यो देखेर उनलाई मानिसहरूले तपस्वी भनेका हुन् ।” अघि बोल्ने वृद्ध भन्छन् ।
“अहो... म त झुक्किएर एउटै मानिस सम्झेर खोजिरहेको थिएँ । तपाईँ तपस्वी हो भन्ने थाहा पाएको भए तपाईँको कथाव्यथा सविस्तार सुन्ने थिएँ ।”
“त के भयो ? मोटामोटी मैले सुनाइहालेँ । नुन, अचार, मसला थप्ने, काँटछाँट गरेर कलात्मक, मधुर बनाउने, लालित्य भरेर बान्कीदार बनाउने काम त सुन्ने मानिसको हो ।” तपस्वी धनपाल भन्छन्— “सुन्ने मानिसमा भावना छैन भने जति सविस्तार सुनाए पनि खल्लो हुन्छ । भावना, कल्पना र कथालाई कलात्मकतामा ढाल्ने क्षमता श्रोतामा भएमा सङ्क्षेपमा भनिएको घटना पनि रोचक हुन्छ, हा... हा... हा... ”
“हा... हा... हा... ” हामी सबै हाँस्छौं । उनको भन्ने शैली र हाँस्ने पाराले सबैलाई हसाएको हुन्छ ।
“अब तपाईँहरूमध्ये को महात्मा ? को महामानव ?”
“अडकल गर्नोस् त । कोको होला ?” तपस्वी भन्छन् ।
म दुबै जनालाई हेर्छु । दुबैको वृद्ध अनुहारमा केही भावुकता, समयले छोडेको निरङ्कुशता, निरपेक्षता र अन्य प्रभावहरू देखिँदै छ । एक जना सानो गाठीका गान्टे छन्, म उनलाई देखाएर भन्छु– “उहाँ महामानव !”
“हा... हा... हा... ” हामी सबै हाँस्छौं कोठा थर्काएर । सिमेन्टको कम अनुपात भएको भए भित्ता चर्किने थियो ।
“ठीक अडकल गर्नुभयो । क्षतिपूर्तिको सिद्धान्त, विचारलाई ठट्टामा परिवर्तन गर्ने मानिसको बानीले लघुमानवलाई महामानव भनेर सम्बोधन गर्दा क्षतिपूर्ति हुँदो रहेछ, हा... हा... हा... ”
हाँसो । उन्मुक्त हाँसो, हाँसोमा मानिसलाई तनावरहित बनाएर आत्मीयता र अपनत्व महसुस गराएर नजिक ल्याउने शक्ति हुने भएकाले म उनीहरूलाई आफ्नै सम्झन थालेको हुन्छु । निस्फिक्री प्रश्नहरू सोध्छु— “तपाईँहरू कसरी यो वृद्धाश्रममा आउनुभयो ? तर्पाँंहरूको जीवन भोगाइका अनुभव के छ ? अनि तपाईँहरू ... ।”
“लु... फेरि तपाईँ यत्तिका धेरै प्रश्नहरू एकसाथ सोधिरहनुभएको छ ।” तपस्वी सम्झाउँछन् ।
“स्वाभावश... ‘लागेको बानी को छोड्छ’ भनेर बुहारीले ढाडु चाटेझैँ ... हा... हा... हा... ।”
“हा... हा... हा... । अब नहाँसौँ । हाँस्दाहाँस्दै दस गाउँ डुबिजाला । कामको कुरामा आऊँ ।” महात्मा भन्छन् ।
“अब तपाईँहरू आफूले भोगेको जिन्दगीको कथाव्यथा पालैपालो सुनाउनुहोस् । त्यसैका लागि म यहाँ आएको छु ।”
“हुन्छ, हुन्छ ।” उनीहरू दुबै जना एकसाथ भन्छन् । एकआपसमा मुखामुख गरेर भन्छन्– “तपाईँ पहिला ।”
“तपाईँ पहिला सुनाउनुहोस् ।”
“उपाय निकाल्छु म, कसले पहिला सुनाउने ? चित भएमा महात्माले र पोट भएमा महामानवले । मञ्जुर ?”
तपस्वी धनपाल एउटा सिक्का आकाशतर्फ फाल्छन् । सिक्का भुइँमा खस्छ— चित ।
“मारा... ।” जुवाडेझैँ कराउँछन् महात्मा । “सुन्नुहोस् मेरो विगत, मेरो कथाव्यथा । म अत्यन्त रिसाहा युवक थिएँ । रिसाहा साथै रक्स्याहा पनि थिएँ । एक रात निकै अबेला मातेर कोठामा पुगेर बत्ती बाल्छु । के देख्छु ? पत्नीसँग एउटा परपुरुष सुतिरहेको छ । रिसले मात्तिएर कत्ति हातमा लिएर काट्न जाइलाग्छु दुबैलाई... तर के अचम्म ? आश्चर्य ! आवेग अकस्मात् शान्त हुन्छ । रिस मत्थर हुन्छ । मेरो हात लल्याकलुलुक भएर कत्ति भुइँमा खस्छ । दुबै जना भाग्छन्... उनीहरूको ज्यान बच्छ । म ज्यानमारा हुनबाट जोगिन्छु । तर मभित्र विश्वासघात, धोकाको पीडा ज्वाला भएर दन्किन थाल्छ र म हिँड्छु घरबार छोडेर यन्त्रचालितझैँ कताकता निरुद्देश्य... हिँड्दाहिँड्दै महात्मा भएँ । हिँड्दाहिँड्दै आज म मानव संसारमा आइपुगेको छु । कथा यति... जीवन यति ।”
उनी हामीतिर हेर्छन्— “जीवन यति । यो महात्मा सम्झँदो होला ऊजस्तै आफ्नो कथाव्यथा सुनाइसकेपछि म पनि सहानुभूतिको दुई थोपा आँसु चुहाउनेछु ।”
“तिमी हृदयहीन, संवेदनाहीन मान्छेसँग आँसु भए पो चुहाउँछौं ।” महात्मा भन्छन् ।
“म तिमीजस्तो रुन्चे होइन । रोएर बितेको जिन्दगीको अवमूल्यन गर्ने ? त्यो जीवन थियो, सम्झेर गर्व गर्नुपर्छ ।” तपस्वी भन्छन् ।
“कुकुरबिरालो तिमीहरू । पत्रकारको अगाडि त नबाझ । आफ्नो कइरन नखोल ।” महामानव भन्छन् ।
दुबै चुप लाग्छन् । केहीबेरपछि महात्मा भन्छन्– “महामानव, अब सुनाउने तिम्रो पालो ।”
महामानव कन्तुर खोल्छन् । कन्तुरभित्र झन्डैझन्डै रङ उडिसकेको तस्बिर हुन्छ । त्यसलाई झिकेर देखाउँदै भन्छन्– “यो तस्बिर मेरो जीवनको महाठट्टा हो ।”
तस्बिरमा एउटा तन्नेरी, एउटी सुन्दरी युवती र तिनको काखमा गुडियाजस्तो बालक छ ।
“यो तस्बिर हुलाकबाट आएको चिठीभित्र पाउनासाथ च्यातिदिऊँजस्तो लागेको थियो । रिसले, झोकले च्यात्नै आँटेको थिएँ तर दस मनहरूमध्येको एउटा मनले ‘राखी छाड, कुनै दिन काम लाग्न सक्छ’ भन्यो । तस्बिर च्यातिनँ र राखेँ । नभन्दै काम पनि लाग्यो ।” महामानव भनिरहेका हुन्छन् ।
“कस्तो काम लाग्यो ?” उत्सुकतावश म सोध्छु ।
“म र मेरी तात्कालिक पत्नी पुष्पाबीच असाध्य प्रेम, मायाप्रीति थियो जुन प्रत्येक नवविवाहित जोडीहरूमा हुने गर्छ । म उनीबिना बाँच्नै सक्तिनँ भन्ने सोचिरहेको थिए । तिनी पनि त्यस्तै सोचिरहेकी थिइन् । सम्पन्न घरको छोरो भएकाले मलाई सम्पत्तिको दुःख थिएन । सुख, सम्पन्नता र शान्ति घरपरिवारमा व्याप्त थियो । क्षणक्षण गर्दै दिन, दिन गर्दै महिना र महिनामहिना गरेर वर्षहरू बिते । पाँच, छ... आठ वर्षको लामो समयमा पनि हाम्रो सन्तान नहुँदा दाम्पत्यजीवन निराशामय, दुःखद र बोझिलो भयो । अब म ‘बाँझी, बैला’ भनेर पुष्पालाई कटुवचन लगाउँदै घृणा गर्न थाल्छु ।
तिनी पनि मुखाले हुँदै गइन् । रातदिन झगडा भइरहन्थ्यो । जोरीपारीको अगाडि ‘अपुताली, निःसन्तान’ भन्दा मरेतुल्य हुन्थेँ । त्यो रिस म पुष्पामाथि खन्याउँथे, दोष दिन्थेँ । प्रतिदिन मेरो कुटाइ खानु तिनको नियति भएको थियो । सासू, ससुरा, देवर, देवरानी सब तिनलाई ‘बैला’ भनेर हेला गर्थे । कष्ट र पीडाले सुकेर तिनी सिन्कासिध्राझैँ भएकी थिइन् । एक रात कुटेर तिनलाई घरबाट निकालिदिएँ ।
... तिनी गइन् कता ? खोजखबर गरिएन । ‘स्वास्नी मारेर लुकायो कि ’ भन्ने पनि शङ्का गरे तर प्रमाणको अभावमा माइती पक्षले पनि केही गर्न सकेनन् । मलाई पनि डर लाग्न थालेको थियो कि कतै तिनले आत्महत्या गरी भने... त्यस्तै करिब तीन वर्षपछि पत्र आयो, पत्रभित्र यो तस्बिर थियो । पत्रमा तिनले लेखेकी थिइन्– “म बाँझी होइन । मसँगै उभिएका मेरा पति हुन् र मेरो काखमा बसेको हाम्रो छोरो हो । तिमी नै सन्तान जन्माउन नसक्ने नपुंसक नामर्द रहेछौ ।”
हजारवटा अरिङ्गालले एकसाथ चिलेझैँ, हजारवटा सुइराले मुटुमा रोपेझैँ म आहत, मर्माहत भई विक्षिप्तझैँ हुन्छु । तस्बिर पठाएर आफ्नो आवाद जिन्दगी देखाएर मलाई नामर्द साबित गरेर पुष्पाले मेरो मर्ममा नै प्रहार गरेर बदला लिइन् । म नामर्द, नपुंसक ?”
झन्डै मैले आत्महत्या गरेको । मेरो बलियो मनले सम्झायो– ‘आत्महत्या गरेर आफू कायर भएको प्रमाण नदे, दोस्रो विवाह गरेर छोरो जन्माएर तैँले पनि पुष्पालाई देखाइदे ।’
हो म पनि त्यस रन्डीलाई देखाइदिन्छु । तर समय बित्दै जाँदा दोस्रो विवाह गर्ने इच्छा सेलाउँदै गयो । दोस्रो विवाह गरेर पनि मेरो सन्तान जन्मिएन भने... म अस्पताल गएर पुरुषत्व जाँच्न डराइरहेँ । जचाउँदा सत्य प्रकट हुन्थ्यो । साँच्चै म अक्षम भएँ... सत्य के थियो ? सत्य थाहा नै नपाई सत्यलाई म तुहाउन चाहन्थेँ । मेरो जीवनको महाव्यङ्ग्य त्यो तस्बिर देखाएर पुष्पा पोइल गएकी र मैले बेपत्ता नपारेको प्रमाण समाजमा दिन समर्थ हुन्छु । तर एक्लो म... विकल, व्यथित, असमर्थ म, बहसूल मुटुभित्र हुर्काएर बाँचिरहेको थिएँ ।
आफ्नोे सारा शक्ति र सामथ्र्य सम्पत्ति कमाउनपट्टि लगाएँ । थुप्रै सम्पत्ति कमाएँ । आमाबुबालाई मृत्युपर्यन्त सेवासुश्रुषा गरेँ । उहाँहरूको मृत्युपछाडि नितान्त एक्लो भएँ । भाइभतिजाहरू मेरो शेखपछि मेरो सम्पत्ति खान मुख आँ... गरी बसिराखेका थिए । अनेकौं दुःखकष्ट गरेर कमाएको सम्पत्ति अरूलाई खान दिनुको सट्टा ‘मानव संसार’ लाई दान दिएर अहिले म यहाँ नै सुख, सन्तोष र शान्तिसित बसिरहेको छु । सहज मृत्यु पर्खिरहेको छु, वीरतासाथ मृत्युवरण गर्न अरू वृद्धहरूझैँ तयार भई बसेको छु । मेरो सानो कदलाई होच्याएर ‘लघुमानव’ भन्नुको सट्टा यी फटाहा तपस्वीले मलाई ‘महामानव’ भनेका हुन् र अहिले म महामानव भएको छु । सम्पत्तिजस्तो तुच्छ वस्तु दान दिएर कोही महामानव बन्छ र ?”
तपस्वी, महात्मा र महामानव तीन जना भए पनि उनीहरूबीचको मित्रता, अपनत्व र आत्मीयता देखेर उनीहरू तीन जना नभएर एकै जना भएसरी हुन् भन्ने लाग्छ । उनीहरूलाई एक ‘तपस्वी, महात्मा, महामानव’ बाट छुट्याएर तीन टुक्रा पार्न सक्तिनँ, चाहन्नँ र पत्रिकामा तपस्वी, महात्मा, महामानवकै रूपमा उनीहरूलाई एक ढिक्का प्रस्तुत गर्ने अठोट गर्छु ।







सहिद परिवार





सबै किसानको जस्तै मेरो अवस्था छ । झन् यसपाली त अनेकौँ विपत्तिमाथि आपत्ति थपिएको छ । म अथाह पीडाभित्र डुबी रहेको छु । किसानको पीडा जब उसको खेती बाझो हुन्छ, त्यो भन्दा पीडादायी अवस्था अरू के हुन सक्ला ? खेती उठाउने सामथ्र्य मसित रहेन । जोत्ने गोरु छैन । मेरो हरेक खेती किसानीका कामहरूमा साथ दिने जीवन साथी, अर्धाङ्गीनी, प्यारी पत्नी ‘प्यारालाइसिस’ भएर ओछ्यानमा लडिरहेकी छे । उसलाई स्याहार्दा स्याहार्दै मेरा दिन रात बितिरहेका छन् । म एक्लै खेती उठाउन सक्छु जस्तो लाग्दैन ।
दुइ छोरा, एक छोरी र हामी पति पत्नी पाँच जनाको अत्यन्त सुखी परिवार थियो । आफ्नै पाखुरी बजाएर आनन्दसाथ जीवन गुजारा गरि रहेका थियौँ । आँधि पेट खाएर पनि सन्तोष मानि रहेका थियौँ । बाँच्नु प्रकृतिको असीम कृपा सम्झेका थियौँ । भोकभोकै दिन काट्ने गरिबहरूका अवस्था हेरी हामी राम्रै हालतमा थियौँ ।
‘राज्य कहाँ छ ? राज्यसत्ता के हो ? कसरी शोषणको माध्यम भएको छ पुरानो सत्ता ?’ एकदिन गाउँमा बिद्रोहीहरू आए र यस्ता अनेकौँ कुराहरू गर्न थाले । ‘भोकले मर्नुभन्दा जनमुक्तिका लागि जनयुद्धमा मर्नु जाति हो’, भने । ‘राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ’, भने उनीहरूले र मागे बन्दुक बोकेर लड्न सक्ने हाम्रा जवान छोरा वा छोरी । गाउँका अन्य युवाहरूसँग मेरो जेठा छोरा पनि गयो जसलाई उनीहरू ‘सुमन’  उपनामले बोलाउँथे ।
त्यतिबेला सुनिन्थ्यो, सेना र बिद्रोहीहरूबीच घमासान युद्ध भइ रहेको छ । युद्धमा यति सेना मारिए, यति बिद्रोही मारिए । थुप्रै निर्दोष, निहत्था मानिसहरू पनि अनाहकमा मारिए । प्रतिदिन मृत्यु, हिंसा, ध्वंस र विनासका खबरहरू मात्र सुनिन्थ्यो । त्यस्तो बेला ‘सुमन’ के गरिरहेको होला ? आमा र म  कल्पि रहन्थ्यौँ, ‘छोराको शुभ समाचार’ सुन्न पाइयोस् ।
सेना आएर अनेकौँ सोधपुछ, केरकार, हप्किदप्की, कुटपिट र यातनाहरू दिन्थ्यो । सहन्थ्यौँ । एक पटक त गाउँको पुछारको एकान्त स्थलमा लगेर बन्दुकले ताक्दै ‘मार्छौँ’ भने । ‘यो जुनी यति  नै रहेछ’ भन्ने सोच्यौँ । निहत्था किसान हामी के गर्न सक्थ्यौँ र ? मार्छन् भने मर्न तयार भयौँ । हामीलाई नै छोरा कहाँ छ ? थाहा थिएन, कसरी देखाउने ? उनीहरूले गर्नसम्म गरे, मार्न चाहीँ मारेनन् । अधमरो, कुटाइले थिल्थिलो शरीर, शरीरभन्दा बढी दुखेको मन लिएर हामी अर्धबेहोस अवस्थामा घर फक्र्यौँ । बाँच्न त बाँच्यौँ तर सधँै मनभित्र सन्ताप, त्रास र वेदनाको राँको बोकेर त्रसित त्रसित ।
सुन्यौँ—  गाउँको धनीमानी जमिन्दारलाई सुराकीको आरोप लगाएर बिद्रोहीहरूले मारे । दुःख लाग्यो, त्यसरी मारी हाल्नु त नहुने हो । त्यतिबेला मान्छे मार्नु र मारिनु सामान्य कुरा भएको थियो ।
किसान हौँ, हामी खेती छाड्न सक्तैनथ्यौँ । खेती गर्नै पथ्र्यौ, गरि नै रह्यौँ । मन कहिल्यै ढुक्क हुन सकेन । कहिले सेना आउने हो ? दुःख दिने हो । कहिले छोरा मारिएको खबर आउने हो ? बिचरी मेरी मायालु जीवन सङ्गीनी रूपा दिन प्रति दिन दुब्ली, निन्याउरी, शोक विह्वल र निराश हुन थाली । हँसिली, फस्र्याइली, तन्दुरुस्त, स्वस्थ आईमाई रोगी र नियास्री हुन थाली ।
 मान्छेको जीवनै के रहेछ र ? कतिबेला फुस्स प्राण जाने हो ? नहरको डिलको चौबाटोमा हरिकृष्णे साइकल मरम्मत पसल खोलेर रामै्र आम्दानी गरि रहेको थियो । साथमा त्यसैको छेउमा चिया पसल थापेर उसकी पत्नीले पनि थप आम्दानी गरि रहेकी थिई । खेतीको आम्दानीमा यी अतिरिक्त आम्दानी थपिँदा उनीहरूको जीवनस्तर उकासिँदै थियो । छोराछोरीहरू बोर्डिङ्ग स्कुल पढ्न थालेका थिए । हरिकृष्णे जस्तो एउटा किसानले गरेको प्रगतिले मलाई पनि प्रेरणा दिइ रहेको थियो । थप आम्दानीको लागि म पनि त्यस्तै केही गर्ने विचार गरि रहेको थिएँ । सुन्छु, उसलाई बिरामी भएर सहरको ठूलो अस्पतालमा लगियो, उपचारमा निकै खर्च लाग्यो रे र ऊ सोधिरहन्थ्यो रे, ‘कति खर्च लाग्दै छ ?’
‘अलि कति थोरै’ पत्नीले उसलाई धेरै भइरहेको उपचार खर्च नदेखाई ढाँटिरहेकी थिई । तैपनि ऊ भनी रहन्थ्यो ‘मलाई घरै फर्काऊ, उपचारमा धेरै खर्च नगर । दुःख गरी कमाएको पैसा म आफ्नो उपचारमा सक्न चाहन्नँ । त्यो पैसा तिमीहरूलाई भविष्यमा काम लाग्छ ।’
ऊ आपूmले दुःख गरी कमाएको पैसा परिवारको लागि साँच्न चाहन्थ्यो । तर पत्नीले लोग्ने नै सबैथोक हो भन्ने सोचेर औषधि उपचारमा सक्दो हुँदो खर्च गरी तर हरिकृष्णे बाँचेन । बिरामी हुनुभन्दा केही महिना अगाडिदेखि ऊ निकै रक्सी खाने र खुवाउने भएको थियो । अधवैशै उमेरमा नै आपूmले कमाएको पैसा उपचारमा सिद्धाएर म¥यो रे ।
मान्छेको पूmस्सा जीवन ! रूपालाई पनि केही भयो भने ... सायद म पनि बाँच्न सक्तिनँ  । उमेर पाको भएपछि ठिटाठिटीहरूसँग कुरा मिल्दैन । आफ्ना दौतेरीहरू को कता, को कता, के केमा अल्मलि रहेका हुन्छन्, भेटघाट हुँदैन । साथीहरूले छाड्दै गएका छन् । म एक्लो हुँदै गइरहेको छु । यो एक्लोपनमा ऊ छे भने मलाई अरू कोही चाहिदैन । ऊ छे भने म आपूm पूर्ण भएको अनुभव गर्छु । मेरो साथी, शुभेच्छुक, सहारा, समर्थक वा सबथोक उही छे ।
रूपालाई अस्पताल जचाउँन लानै प¥यो भन्ने सोचि रहेको थिएँ । सधैँ खर्चको अभाव । एक बेलुकी दुई जना मानिसहरू आए, हतार हतार एउटा झोला दिएर गए । उनीहरू गइ सकेपछि म झोला खोल्छु । झोलामा साठी हजार रुपियाँ, रगतले लतपतिएको ‘सुमन’को लुगा र एउटा पत्र हुन्छ । ‘क.पिता, क. माता... लालसलाम,.. मुक्तियुद्धमा ‘सुमन’ सहिद हुनु भयो । बलिदानको उच्च मूल्याङ्कन गर्छाँै...लालसलाम !’
रूपा डाँको छाडेर रुन थाली । म पनि नरोई बस्न सक्तिनँ । रुनु बाहेक हामी के गर्न सक्थ्यौँ र ?!
‘छोरा काले, तैले यो के गरिस् ? हामीलाई छोडेर जान सकिस् कसरी ?’
‘काले होइन, ‘सुमन’ भन । धेरै चर्को नरोऊँ । सरकारी सुराकीहरूले सुन्लान् र फेरि अर्को आपत्ति थपिएला ..’ म उसलाई सुमसुम्याउँदै ढाडस दिन्छु । तर म आपैm पनि अत्यन्त विचलित भएको हुन्छु । हो पनि छोरा बिद्रोही जनसेनामा गएपछि थुप्रै सास्ती सहेका थियौँ, त्यो सम्झदा मुटु डरले काम्छ ।
‘सुनुन् ती सुराकीहरूले, ज्यानमाराहरूले । मारुन् मलाई पनि ! म अब डराउदिनँ, कालेको बाबु, डराउदिनँ । मर्न तयार छ,ु मार्न तयार छु । मेरो छोरा मार्नेहरूलाई श्राप दिन्छु, उनीहरूको सत्यानास होस् । यो आमाको श्राप हो, लाग्छ, लाग्छ...।’
‘शान्त होऊ, रूपा, शान्त होऊ । शोक सुर्ता गरेर केही फाइदा हुँदैन । नोक्सान मात्र हुन्छ । मन शान्त गर । बरु कसरी हामी छोराको ज्यानमारासँग  बदला लिन सक्छौँ, उपाय सोचौँ ।’, म भन्छु ।
उसको अनुहारमा अलिकति उज्यालो पोखिन्छ र भन्छे— ‘हामी सबै जनसेनामा भर्ती भएर लडौँ छोराको मृत्युको बदला लिन...।’
‘अहिले तत्कालै निर्णय नगरौँ, राम्ररी सोचौँ ।’
छोराको मृत्युमा झन्डै हामीले होस गुमाएका थियौँ । आवेशमा झन्डै सबै परिवार जङ्गल पस्ने भएका थियौँ । तर माटोको सुगन्ध र खेतीपातीको मायाले खेती छाड्न सकेनौँ । जेठो छोरो जस्तै कान्छो छोरो सामदेम छोरी निलिमा पनि मारिए भने हाम्रा लागि धरती शून्य हुन्छ । खेती कसले थाम्छ ?
कान्छो छोरो सामदेमलाई पनि गाउँमा बस्दा बिद्रोहीले लान सक्ने वा सेनाले मार्न सक्ने डर भएकोले ‘सुमन’को ज्यानले साटिएको रकम दिएर उसलाई ‘अरब जाऊँ’ भनेर विदेश पठायौँ । ऊ अरब गयो र अहिले उतै छ । ऊ खबर पठाइरहेको छ— ‘नयाँ संबिधान बनेर थिति बसेपछि, केही गरि खाने वातावरण बनेपछि फर्किन्छु ।’ 
संबिधान कहिले बन्ने हो ? थिति कहिले बस्ने हो ? प्रतीक्षारत मेरो मनको अर्को पीर कसैलाई भन्न सक्तिनँ । छोरा सामदेम पनि बन्द बाकसमा लासको छातीमाथि पासपोर्ट राखेको पार्सल भएर आउने हो कि ? अरबबाट धेरैको लास त्यसरी आएको सुनेको छु । 

     रूपा सधैं बिरामी हुन थालेकी थिई । रोगको जड मानसिक पीडा, सन्ताप र यातना रहेछ । छोराको मृत्युले ऊ रोगी बन्दै गई । सामदेमले खर्च पठायो भने अस्पताल लैजाउला भन्ने सोचेको थिएँँ । तर उसले पैसा पठाउनै सकेन । एक दिन रूपा बेहोस भई, अस्पताल नलगी धरै पाइएन । उसका लागि म जे पनि गर्न तयार थिएँँ । ऊ बिनाको जीवन म सोच्नै सक्तिनँ थिएँँ । हलगोरु बाहेक मसित बिकाउ सम्पत्ति  अरु केही थिएन । ‘हल गोरु बेच्छौ ?’, मुखियाले सोधिरहेका थिए ।
गोरुहरू सस्तैमा बेचेँ । त्यस्ता गोरुहरू सायद म अब पाउन सक्तिनँ । मेरा छोराहरू जस्तै थिए ती गोरुहरू । दुःख सुखका साथी, म खुशी भएको, दुःखी भएको उनीहरू थाहा पाउँथे । जोत्दा पनि मेरो सानो ‘हँ...हँ’ मै मैले कसरी कहाँ कता जोत्न चाहेको हुँ, थाहा पाई हाल्थे । म एक्लै हुँदा उनीहरूसँग कुरा गर्थे यसरी— “माले, पाङ्ले, तिमीहरू मेरा छोराहरू हौ । हामीलाई पाली राखेका छौ । हँ...हँ... छेउछेउ, कुनाकुना ।”
गोरुहरू जवाफ फर्काउन सक्तैनथे तर मेरो कुरा बुझ्थे । पुच्छर, कान, टाउको हल्लाउदै मेरो कुराको प्रत्युत्तर दिन्थे । जोत्न सघाउ पु¥याउँथे । कहिल्यै चोरेर बालीनाली खाँदैनथे । सानो पगाहाले नै ती अजङ्गका गोरुहरूलाई बाँधेर राख्न सकिन्थ्यो । कहिल्यै दाम्लो चुडाएर बिझाई गरेनन् । भनेको मान्थे, दुःख दिदैनथे । सँगसँगै बसेको पनि पाँच वर्ष भइसकेको थियो । त्यस अन्तरालमा उनीहरूसँग मेरो अज्ञात आफन्तपन, घनिष्ठता, मित्रता, आत्मीयता र सुमधुर नाता बसि सकेको थियो । कुनै दिन उनीहरूलाई स्याहार्न नपाउँदा म दिक्क हुन्थे । जीवनसाथी रूपा जस्तै उनीहरू मेरा अत्यन्त प्रिय थिए । रूपा पनि उनीहरूलाई असाध्य माया गर्थी । जीउमा लागेको गोबर, फोहोर मैला परालको लुडीले पुछि दिँदा उनीहरू सन्च मान्थे । छोरी निलिमालाई पनि मुक आँखाले हेरेर उनीहरू माया, स्नेह र प्रेम दर्साउँथे ।
त्यस्ता सुबानी गोरुहरू मुखियासँग जान मान्दैनन् । मुखियाको मान्छेले दाम्लोले जबरजस्ती तान्दा डेग चल्दैनन् ।  मुिखयाले लौरोले कुटेर हिँडाउन खोज्दा मेरो मुटु चसक्क दुख्छ । मेरा आँखाहरू रसाए र  उनीहरू छेउ गएर मैले भनेँ, ‘माले, पाङ्ले, मेरा छोराहरू ! तिमीहरूलाई मैले मुिखयालाई बेचेको छु । सुखसयल गर्न निर्दयी भएर बेचेको होइन । तिमीहरूका आमा रूपा सिकिस्त बिरामि छे । मर्नु न बाँच्नुको दोसाँधमा छे । तिमीहरूलाई बेचेर पाएको पैसाले उसको ज्यान बचाउनेछु । उसको ज्यान बचाउँन मैले ऊ जत्तिकै प्यारो तिमीहरूलाई बेचेको छु...जाऊ जाऊ, सकेभने फेरि तिमीहरूलाई फर्काउनेछु.... ।”
 म मुखियाकै अगाडि धुरुधुरु रोएको थिएँ ।  म रोएको देखेर माले र पाङ्लेले एक आपसमा हेराहेर गरे । मान्छेहरूले ‘हुन्छ’ भन्ने संकेत गर्दा मुन्टो माथिबाट तल हल्लाए जस्तै टाउको हल्लाए । बाछालाई चाटेझैँ मलाई खस्रो जिब्रोले चाटेर मुक भाषामा मसँग ‘बिदा’ मागे । रसाएको आँखाले मलाई  हेर्दै ‘आपूm बेचिएर भए पनि आमा रूपाको ज्यान बचाउने’ मेरो कुरा बुझेझैँ उनीहरू मुिखयासँग खुरुखुरु गए । त्यतिबेला मेरो पुरै मुटु भक्कानियो ।
हलगोरु बेचेको पैसाले उपचार गराएपछि रूपा बाँची तर शरीरको आधा भाग नचल्ने ‘प्यारालाइसिस’ भएर । आधा शरीर नचल्ने उसलाई लिएर म गाउँ फर्किएको छु । आधा शरीर नचल्ने उनीसँग म पनि कुँजो भएको छु । मनले पनि थाक्न थाक्न थालेको छु ।
मुलुकमा गणतन्त्र आयो । सहिदका पिता भनेर मलाई पनि कुनै कुनै सभाहरूमा मञ्चमा बसाउँछन्, सम्मान गरी टोपल्छन् । सरकारले निकालेको सहिदको नामावलीमा मेरो छोरो सुमनको नाम छैन । त्यो सूचीमा बिद्रोहीहरूले सुराकी भनेर मारेका जमिन्दारको नाम छ रे । अहिले सहिदको छोरा छोरीले पाउने छात्रवृत्तिमा जमिन्दारको छोराछोरी पढ्दै छन् । मैले भने छोरी निलिमालाई फिस तिर्ने, किताब, कपी, कलम, ड्रेस किन्ने खर्च नभएर स्कुल पठाउन छाडेको छु । उनीहरूले सहिदको परिवारलाई दिइने रकम पनि लिइ सकेका छन् । सहिदको नामावलीमा सहमति जनाउनेमा बिद्रोही नेताहरू पनि थिए रे । ती नेताहरूले आफ्नै सहिदहरूलाई पनि बिर्से रे । सहिद पनि भागबन्डामा बाडियो रे भन्ने सुनेको थिएँ ।
सहिदको पिता बनाई टोपलेको मेरो समस्या के छ ? वास्तविक सहिद परिवारले भोगि रहेको समस्या के छ ? विचार गर्दैनन् । सहिदको सपनाको कुरा गर्छन्, मानौँ ‘सहिदको सपना’ खेती गर्दा चाहिने हलो जस्तै राजनैतिक खेती गर्दा प्रयोग गर्नु पर्ने एउटा औजार हो, फगत औजार । म मञ्चमा बस्दा पनि आफ्नो समस्या एक क्षण पनि बिर्सन सक्तिनँ ।
‘गोरु छैन, कसरी खेती गर्छौ ?’ रूपा सोध्छे ।
‘जसरी भएपनि गर्छु नि । तिमीले सुर्ता गर्नु पर्दैन ।’ भन्छु म ।
‘सुर्ता कसरी नगर्नु । म तिमीलाई सघाउन सक्तिनँ । बाचुन्जेल तिमीलाई सघाउँला, साथ दिउँला भन्थे तर ...।’ उसको आँखाबाट आँसु खस्छ ।
‘म बाँचेकै छु, तिमी पनि बाँचेकै छौ । म केही न केही उपाय गरि हाल्छु नि ।’
केही न केही गर्छु, भन्छु तर यो असारको महिनामा कसले गोरु देला ? कसले जोतिदेला ? म मनमनै कुडिन्छु, कल्पन्छु, ‘यसपाली खेती बाझो हुने भो, उब्जनी नभए पछि भोकभोकै मर्ने भइयो ।’ सबै खेती खनि साध्य छैन । नगद भए त के थियो र ? खेती बाझो रहनु, किसानको लागि त्योभन्दा दुःखदायी र लाजमर्दो अरु केही हुँदैन । ट्रेक्टर मुखियाको छ तर अग्रिम पैसा नबुझाइ जोत्दैनन् । रूपा प्यारालाइसिसले लडि रहेकी छे । म पनि पहिला जस्तो तागतिलो, जोशिलो र सक्षम छैन । के गर्ने होला ?
खेती बाझै हुने भयो । खेती अहिले अरु कसले गरिदेला ? सबैलाई आफ्नै खेती उठाउन मुस्किल भइ रहेको छ । ‘खेती बाझै हुने भो .. कस्तो पीडादायी कष्टकारी अवस्था !’ मन चरक्क चिरिएर आउँछ । छोराको मृत्युको खबर थाहा पाउदा जस्तै आँसु आँखाबाट तुरुरु खस्छ ।  मनको धेरै पीडा, चिन्ता र पीरको बोझले थाकेको म भुसुक्कै निदाएछु ।
निकै परबाट ट्रेक्टर आइरहेको सानो आवाज  आउँछ । म उतै हेर्छु, छोरी निलिमा आफै चलाएर सानो टे«क्टर ल्याइ रहेकी छे ।
‘कसको टे«क्टर हो ? किन ल्यायौ ?’
‘हाम्रो, सरकारले सहिद परिवारलाई सहयोग स्वरूप उपलब्ध गराएको ट्रेक्टर । हाम्रो खेत जोत्न ।’
‘हँ...’ हर्षविभोर तर आश्चर्यचकित म अकमक्क परेर अरु बोल्न नसकि छक्क पर्दै निलिमा र टे«क्टरलाई हेरि रहेको हुन्छु । 
मुखियाको खेत जोत्न गइ रहेको ट्रेक्टरको चर्को आवाजले म ब्यँुझन्छु । दिउँसै सपना देख्दै रहेछु । ‘दिउँसै सपना देख्नु’ भन्थे दिउँसै सपना देखेछु ।








विस्थापित मुटु 

                                                        
बाबु मरे आधा टुहुरा, आमा मरे पूरै टुहुरा । 
‘आमा जिउँदै छिन् तर टुहुरोजस्तो भएको छ नाति । बुहारीलाई नातिको कुनै वास्ता छैन ।’
बोजुको मन कटक्क खान्छ । आफैँ बिरामी हुँदाहुँदै पनि  मायाको अभाव नातिले महसुस गर्न नपरोस् भनेर आफूसित भएको सम्पूर्ण माया र न्यानो ममता नातिमाथि खन्याउन पुग्छिन् । तिनी समयमा खाना र खाजा खुवाउने, समयमा सुताउने, पालन पोषण, सह्यार सम्भार गर्ने र बाल सिकाइमा त्रुटि हुन नपाओस् भनेर चिन्तित छिन् । हामीले पनि निश्चित रूपमा छोराछोरीहरू हुर्काउँदा भावी अशक्त वृद्धावस्थामा छोराछोरी, बुहारीहरूले हेरुन्, हाम्रो मनोभावना बुझुन् भन्ने चाहना अदृश्य रूपमै भएपनि मनको कुनै कुनामा राखेका थियौँ । त्यो चाहना, सपना आज चकनाचुर भएको छ तापनि बोजु चाहन्छिन्, बुहारीले हामी सासुससुरा र लोग्नेलाई नहेरे पनि नातिलाई हेरोस् ।
 बिचरा सानो बालख नाति ! आमाको माया नपाएर नियास्रिएको छ । 
नानी उमेरको स्वर्णिम अवधि जुन बेला हरेक बस्तु र कुराहरू सबै नयाँ हुन्छन् । सब नयाँ सिक्नु पर्ने, बुझ्नु पर्ने, थाहा पाउनु पर्ने, स्मरणमा अंकित गर्नु पर्ने र ती सबलाई ठीक प्रकारले बुझेर बोली र शब्दमा प्रकट गर्नु पर्ने उमेरमा राम्रो र नराम्रोको अनुभूति, माया, ममता, प्रेम, घृणा, उपहास, हेला, विवेध र विभिन्नताको महसुसीकरण र त्यसको स्वाभाविक सहज प्रकटीकरण गर्ने उमेर ! मन परे मुस्कुराउने, हाँस्ने र प्रफूल्लित भएर वातावरण र परिवेश झलमल्ल पार्ने; मन नपरे चिच्याएर, रोएर बिरोध, बिद्रोह र आक्रोश पोख्ने निश्छल बाल उमेर ! त्यही उमेरमा आमाबाबु, परिवार र आफन्तजनको सबैभन्दा बढी माया चाहिन्छ । आमाको काखमा लुट्पुटिएर मुस्कुराउने, हाँस्ने र रुने उमेर !
‘छोरालाई भनाँै कि क्या हो ? बुहारी सा¥है बरालिन थाली । नानीलाई खाजा पु¥याउने निहुँ गरेर घरबाट निस्किन्छे, दिनभर बेपत्ता हुन्छे ।’
‘के भन्नु ? आमाबाबुले छोराबुहारीको सम्बन्ध बिगारी दिए, भन्लान् । बेकारमा दोष मात्र लाग्ला ।’, म भन्छु । हुन त मलाई पनि बुहारीको स्वच्छन्द चलन र व्यवहार मन परेको छैन । हामी परदेशमा हुँदा बुहारी राती अबेला मात्र धर आउथी । सकीनसकी आमा आफैँ खाना पकाउनु हुन्थ्यो, कुनैकुनै रात त घर नै पनि आइन रे भनेर आमाले सुनाउनु भएको थियो । मैले त्यसलाई सानो कुरा भनेर खासै महŒव दिइनँ ।
हामी सासुससुरा घरमा हुँदा बुहारी दिनभर घुमे पनि बेलुकी ठीक समयमा नै घर आउँथी तर अब केही दिनदेखि भने अबेला राती फर्किन थालेकी छे । छोरो पनि उस्तै छ, राती दस बजेभन्दा अगाडि घर आउँँदैन । अब त अचाक्ली भयो । बुहारी अझै घर आएकी छैन । म छोरालाई उसको मोबाइल फोनमा भन्छु ‘बुहारी अझै घर आएकी छैन । तँ पनि आउदैनस्, नानीहरूको विजोग भयो ।’
‘बुहारी माइती गएकी छे, भोलि मात्र आउँछे ।’ केहीबेर पछि छोराले फोनमै जवाफ दिन्छ । बुहारीसँग  मोबाइल फोनमा कुरा गरेर जवाफ दिएको हो भन्ने म लख काट्छु । 
हामी बूढाबूढीले के बोल्ने ? बुहारी छोराको खटनमा हुनुपर्ने हो । जब छोरालाई नै बुहारीको चालचलन, गतिविधि र हिडाइडुलाइबारे चिन्ता छैन ।  बुहारी  घरमा नभए पनि नातिनातिनी, बुढी सासुलाई भोकै राख्नु भएन । जीवनमा हार खान नमान्ने, नजान्ने मेरी धर्मपत्नी बोजुले मलाई जीवनको सुख दुःखको दौडमा साथ दिई र म यहाँसम्म यो अवस्थामा आइपुग्न सकेको छु । तिनकै साथ, सहयोग र आडभरोसामा  आफ्नो आस्था, विचार र विवेकको धरातलमा अडिन सकेको छु । तिनी आजसम्म पनि विचलित भएकी छैनन्, सकीनसकी  खाना पकाउछिन् । सासु, केटाकेटी र मलाई खाना खुवाउछिन् र भन्छिन्, ‘यो बुढेसकालमा छोराबुहारीले पो हेर्छन् भनेको त उल्टो आफूले पो उनीहरूलाई समेत हेर्नुपर्ने भयो ।’
‘के गर्छौ त ? युग पूरै आधुनिक भएको छ । नारीहरू स्वतन्त्र भएका छन् । भातभान्सामा सीमित अघिल्लो पुस्ताको तिमीजस्तै बुहारी हुन सक्तिन ।’ म मनभरि झुसिलो अमिलो स्वादको अनुभूति गर्दै भन्छु ।
‘होइन, हाम्रो छोरा नै पानीमरुवा, लाछी, जोइटिंग्रे । स्वास्नीलाई तह लाउन नसक्ने । ऊ त काम गर्दैन, गर्दैन, बुहारीलाई समेत बिगा¥यो । बुहारीलाई  फेसन गर्न लगायो, तथाकथित आधुनिक रहनसहनको अन्धा अनुयायी बनायो ।’ 
‘कसरी ?’
‘पोहोरदेखि नै बुहारी बिग्रिन थालेकी हो । हामीले भनेका थियौँ, ‘काखको नानी सानो छ, त्यो काम नलाग्ने तीन महिने, छ महिने व्यावसायिक तालिम गर्न नपठा ।’ तर उसले पठायो । आफ्नो आर्थिक हैसियतको वास्ता नगरी उल्टो आपूmसित भएको माखामुन्द्री मासेर स्कुटर किनिदियो । जागिर छैन, आम्दानी छैन । किन स्कुटर चाहियो । अर्काले हात्ती चढ्यो भनेर धुरी चढ्यो । ‘बाँदरलाई लिस्नु’ स्कुटर किनेपछि त कहिले कहाँ, कहिले कहाँ ? घरमा दिनभर हुँदिनथी, हुँदिनथी, अब त राती पनि घर आउन छाडी ।’
‘छोरोले माइती गएकी छे भनेपछि कुरा सकियो ।’
‘छोरो त खेर गएको छ । स्वास्नीको फरियामा लुट्पुटिएर बस्छ । स्वास्नीले धोका दिइरहेकी पनि थाहा पाउदैन ।’
‘धोका नै त दिएकी छैन होला ।’
‘धोका दिइ सकी । छिमेकीहरूले पनि उसलाई रेस्टुराँ र होटेलहरूमा निकै पल्ट भेटेका रहेछन् । मलाई त लाग्छ बुहारी केटाहरूसँग लागेकी छे । केटा खेलाउँदै छे कि केटाहरूले खेलाइरहेका छन् । नत्र दिनभर कहाँ हराउछे, नकच्चरी, बाइफाल्नी.... साँझमा मातेर पनि आउन थालेकी छे, इज्जत माटोमा मिलाई ! बालक काखे छोराको पनि माया छैन, वास्ता छैन ।’
‘त्यसो भन्नु हुँदैन ।’ म तिनको झ्वाँक अलिक मत्थर बनाउने हेतुले भन्छु, ‘नाति खेलाउन पाएका छौँ,  बुहारीलाई धन्यवाद दिनुपर्छ । नातिनातिनीहरू पाइ दिई । नातिनीहरू त हुर्किसके भन्दा पनि भयो । नाति सानै छ त्यो पनि हुर्किन्छ । अरू हामीलाई के चाहियो ?’
‘यो बूढो ! छक्क पर्छु, अरु के चाहियो ? भन्नु हुन्छ । के चाहिएको छैन ? बुहारी हो, उसले हाम्रो स्याहार सम्भार गर्नु परेन ? बूढी आमालाई हेर्नु परेन । नातिनातिनीहरू हेर्नु परेन ? घर हेर्नु परेन ? घर हेर्दिन भने पनि नाति त हेर्नु पर्ने हो । नाति मेरो भरमा छ । ठीकै छ  म सन्च भएँ भने आफ्नो नाति हो जसरी पनि हेर्छु, हुर्काउँछु ।  त्यो बजिनी पोइल नै जान्छे भने पनि नातिलाई अरुभन्दा घटी हुन दिन्नँ ।’ 
‘यही तिम्रो साहसी आँटिलो बानी मनपर्छ । तर तिमी आफै बिरामी भइरहन्छ्यौ ।  बूढाबूढी हामी के गर्न सकौलाँ ? हामी नै पनि कति बाँच्छौँ र ? आज हो कि भोलि ...।’
‘यो मान्छेको कुरा ! ‘मर्नुभन्दा अगाडि खुट्टा तन्काउनु’ हुँदैन । जहिलेसम्म बाँच्छौँ, बाँच्छौ, हामी बाचुन्जेल नातिनातिनाहरूले टुहुरोपन महसुस गर्न नपाऊन् । आज हो कि भोलि ...त्यसो भनेर धर पाइन्छ ? जिम्मा आइ लागेपछि बिरामी भन्न पाइन्छ ? आफ्ना नातिनातिनाहरू हुन् टाउकाले टेकेर पनि सक्नु प¥यो नि ।’
हो पनि, अब बुहारीको भर भएन । छोरा त हाम्रो अगाडि चेब्रे पार्ने मात्र हो । बुहारीको वकालत गर्छ । घरको ल्यान्डलाइन फोनमा समेत केटाहरूले बुहारीलाई फोन गर्न थालेका छन् । मोबाइलमा नै फेसबुक र नेट आइहाल्छ ।   नेट र फेसबुक  ! हुन त म पनि नेट, फेसबुक र त्यहाँको  साहित्यिक सञ्जालमा नराम्ररी नै भुलिन्छु । सयौँ साहित्यकारहरू त्यहाँ भेटेको छु । मलाई बुढेसकाल बिताउन कम्प्युटर उपयोगी भएको छ । नयाँ कुरा र ज्ञानहरू नेटबाट सिक्न सकिने भए पनि फेसबुक, च्याट, ट्वीटर, गेम, स्काइपआदि प्रोग्रामहरू आजभोलि केटाकेटी भुलाउने र बिगार्ने साधन पनि बन्न गएका छन् । चौबिसै घण्टा मोबाइल फोन मुखमा झुन्डिएको हुन्छ, मोबाइल हेरेको छ, छ । को कोसँग कुरा गरिरहेकी हुन्छे ? कति व्यस्त ! घरको काममा ध्यान दिन छाडेकी छे, सधैँ उम्कने दाउमा हुन्छे । एउटा एउटा निहुँ पा¥यो, घरबाट निस्केपछि बेपत्ता । बुढेसकाल ! हामी आफैँ साठी नाघेका वृद्धहरू.... शरीरमा स्फूर्ति–तागत छैन, चिताएको काम कुरा गर्न सकिदैन । साना नानीहरू र सतासीको उमेरमा लाग्नु भएकी आमालाई कसरी स्याहार्ने होला ? अब घर कसरी चल्ला ? हामी चिन्तित भइरहेका छौँ ।
‘अबेला घर आउने, मनपरि गर्ने, छोराछोरी, सासुससुराको वास्ता नगर्ने, लोग्नेलाई नटेर्ने कस्ती बुहारी पाइएछ ?’ ‘कोसित पोखूँ मनको ताप’को स्थितिमा रहेका हामी चिन्ताको गहिरो समुद्रमा डुबिरहेका हुन्छौँ ।
‘होइन, यो युग छिप्पिइसकेको छ । भोजभतेर, ‘गेट टुगेदर’, बर्थडे, डान्स पार्टि, अनेकौँ भेला, उत्सव ... आजका बुहारीहरू हाम्रा पालाका जस्ता घरभित्र कोच्चिएर बस्न कहाँ मान्छन् र ? हामीलाई हाम्रो बुहारीको बारेमा मात्र थाहा छ । जमाना फेरिएको छ । नयाँ जमानाको हावा, सबै बुहारीहरूको चालामाला उस्तै होला नि, छिमेकका वृद्धहरूका स्थिति पनि हाम्रै जस्तो होला भन्ने मलाई लाग्छ ।’ बोजु मेरो कुरामा ध्यान दिनुभन्दा आफ्नै गुनासो सुनाउन बढी लालायित छिन् ।
‘घरभित्रका कुरा बाहिरकालाई बढी थाहा हुन्छ । बुहारीले गन्ध चलाइ सकी । बदनाम हुनुभन्दा त बरु विदेश जाओस् कि !.. छोराको लाटो रिस, कुटेर केही भयो भने झन् नराम्रो, लाजमर्दो । सोधि हेरौँ, मानी भने त्यसै गरौँ ।’ असह्य मानसिक सन्ताप र पीडामा छट्पटिएका हामी सल्लाह गर्छौ ।
‘तर नाति कसले हेर्छ ?’
‘घरमा बस्दा नै बुहारीले नाति कहाँ हेरेकी छे र ? दिनभर बाहिर बाहिरै, अब त राती पनि घर आउन छाडी ।  केही बोल्नु भएन ।’
वृद्ध भएपछि छोरा बुहारीसँग पनि डराउनु पर्ने, लच्कनु–हच्कनु  पर्ने ! जति बुढो भइन्छ, सामथ्र्य, शक्ति, जाँगर शरीरमा घट्दै जान्छ तर मनमा भने झन् धेरै मायामोह, ममता, लोभ र दायित्व बढ्दै जाँदो रहेछ, झन् बढी  सांसारिकताले छोप्दोरहेछ । एक जिउ हुँदा एउटा माया, अब त जति धेरै सन्तानहरू, छोराछोरी, बुहारी, ज्वाइँ, भान्जाभान्जी, नातिनातिनी, नातेदारहरू बढ्दै गएका छन् ती सबैको त्यति धेरै माया लाग्दो रहेछ, तिनीहरूको चिन्ता लाग्दो रहेछ ।   
बुहारीको पासपोर्ट बन्छ । बुहारी अलिक सप्रिएजस्ती हुन्छे । घरको काम पहिलाजस्तै गरिरहेकी हुन्छे । अब सुध्रिन्छे होला  भन्ने आशामा उसलाई विदेश नपठाउने छोरासँग हाम्रो सल्लाह हुन्छ । हाम्रो बुढेसकाल कसरी सुरक्षित रहला ? छोराबुहारीले घर राम्ररी सम्भाली दिए हामी बुढाबुढी आफूले गर्न नभ्याइएका कुराहरू उन्मुक्त भई बाँकी शेष जीवनमा गर्ने थियौँ । तर ‘बा¥ह छोरा ते¥ह नाति ,बुढाको धोक्रो काँधै माथि ।’
मोन्टेसोरी प्लेग्रुपमा नातिलाई पठाउने हतार छोराबुहारीको हुन्छ । हामीले नमान्दानमान्दै पनि नातिलाई स्कुल पठाउन थालिएको हुन्छ । दिनभर स्कुल, स्कुलबाट घर आउनासाथ ‘आमा, आमा’ कराउदै सब कोठा चाहार्छ, आमालाई खोज्छ । बाबु खोज्छ । आमाबाबु दुवैलाई घरमा नपाउदा नियास्रिएर बस्छ । निन्याउरो हुन्छ । बोजु हत्तपत्त गएर प्यारो गर्दै नातिको स्कुल ड्रेस खोलि दिन्छिन् ।
नाति नियास्रो हुँदा नातिभन्दा धेरै हामी नियासंो मान्छौँ । हामीलाई किन यस्तो भएको होला ? हामी भन्न सक्तैनौँ । हाम्रा सपनाहरू जीवनमा अधुरा नै रहे । जे चाहेका थियौँ त्यो पाइएन । जे खोजेका थियौँ, त्यो पनि पाइएन ।  ती अधुरा सपनाहरू छोराछोरीहरूले पूरा गलानर््, सोचेका थियौँ । छोराछोरीहरूबाट पूरा भएनन्, अब नातिमाथि हामीले हाम्रा अधुरा सपनाको भारी बिसाएका छौँ । हामी हाम्रो क्षणभङ्गुर जीवन र सपनाको निरन्तरता नातिनातिनामा पाउछौँ । सपनाको निरन्तर क्रमिकता ! 
मैले एउटा सत्य कथा पढेको थिएँ । त्यस सत्य कथामा अमेरिका बसेका छोराबुहारीले वृद्ध आमाबाबुलाई उतै झिकाए । बुढेसकालमा छोराको आछापिछामा बाँच्नुपर्ने बाध्यता भएको हाम्रो देशका तिनीहरू त्यता गए । छोराको जागिर अर्कै सहरमा र बुहारी पनि जागिरे । जेक्सन भन्ने त्यतैको मानिस छोराबुहारीको ‘पेइङ्ग गेस्ट’ भएर बसेका थिए । किनमेल गर्ने, खाना बनाउन बुहारीलाई सघाउने, केटाकेटीलाई स्कुल लाने, लैजाने र अन्य घरको काममा उसले मद्दत गरिरहेको हुन्थ्यो । अरू त आमाबाबुलाई ठीकै लागेको थियो तर बुहारी र जेक्सनको सम्बन्ध तिनीहरूलाई मन परिरहेको थिएन । जेक्सन र बुहारी राती पनि सँगसँगै सुतेको देखेर आमालाई पर्नु पीर प¥यो । सती साबित्रीजस्तो पतिव्रता बुहारी हेर्न  चाहने आमाबाबु ! छोरालाई भन्दा ‘त्यो मामुली घटना’ भनेर वास्तै गरेन । आमाबाबुले त्यसलाई सामान्य रूपमा लिन सकेनन् । जीवनको अन्तिम कालखण्ड बुढेसकालमा त्यस देशको भिन्न संस्कृति, प्रचलन, परिपाटि र जीवनशैली पचाउन र अपनाउन नसक्ने भएर तिनीहरू दिक्क भएर आफ्नै मुलुक फर्किए ।
आजभोलि पुरानो संस्कृति, प्रचलन र जीवनशैली  सुस्तसुस्त विस्थापित हुँदै छ । नयाँ सोच र नयाँ परिपाटीको आगमनसँगै हामी बूढाबूढी पुरानो संंकुचित सोच बोक्ने पुरानो पिँढी बन्न थालेका छौँ । म गम्छु, जस्तोसुकै सभ्यता र युग आए पनि आमा र नानीको सम्बन्ध त शाश्वत हो । आमाको माया, ममता र प्रेमले नानीको जीवन सुखकर, सरस, सुमधुर दिव्य र सुन्दर हुन्छ । सम्पूर्ण सांसारिक दुःख, कष्ट, झमेलाबाट रक्षा गर्दै आफ्ना नानीहरूलाई जीवन र भविष्य दिने आमा होइन र ?
आधुनिक जीवन पद्धत्ति, रहनसहनमा आमा पनि जागिरे छिन् भने आफ्नै नानीहरूको लागि भनेर मुस्किलले प्राप्त हुने आफ्नो फुर्सद त्याग्न चाहन्छिन् र ? आज त नानीहरू फ्याक्टरीबाट उत्पादन गरिने एकै प्रकारका सामानहरूजस्ता भएका छन् । तीन वर्षकै उमेरदेखि प्लेग्रुप, नर्सरी, के.जी.मा भर्ना गरिएका नानीहरू शिक्षिकाको निर्मम नियन्त्रणमा परिहाल्छन् । उनीहरूको पहिलो सिकाइ नै  दबिएर बस्नु हुन्छ । शिक्षिकाको रूपमा  डर, त्रास, भय र आतंकसँग उनीहरूको  पहिलो साक्षात्कार हुन्छ । उनीहरू स्वाभाविक वा प्राकृतिक रूपले न हाँस्न सक्छन् र  न रुन  । डर, त्रास, भय र आतंकको छायामुनि उनीहरूको स्वाभाविक विकास कसरी सम्भव हुन्छ ?
सब एक समान एक प्रकारले सेनाजस्तो उर्दी मान्ने बालकहरू, परीक्षामा जसरी पनि उत्तीर्ण हुनुपर्ने बाध्यता र मानसिकता बोकेका तिनीहरूलाई आमाको काखमा बसेर बालहठ गर्ने फुर्सद कहाँ ? आमाबाबुलाई पनि डे केयर सेन्टर, मोन्टेसोरी र स्कुलहरूलाई नानीहरू जिम्मा दिइसकेपछि  आफ्ना नानीहरूको मानसिक स्थिति, अवस्था र विकासबारे किन चासो राख्नु प¥यो र ? स्वाभाविक वास्तविक जीवनको स्वाद लिन नपाउने आजको बाल पुस्ता !
मेरो नाति पनि अपवाद बन्न सक्तैन । ‘नातिको स्वाभाविक विकास होस्, आमा र परिवारको भरपुर माया पाओस्’, हामी बाजेबोजु चाहन्छौँ  तर हाम्रो चाहनाले मात्र के हुन्छ र ? बुहारी पनि आधुनिक जीवन पद्धत्तिको अन्धाधुन्ध अनुकरण गर्न थालेकी छे । आजभोलिका मान्छेहरू ! आफ्नो इच्छा, स्वार्थ, स्वअस्तित्व र पहिचान, निजी अहंतुष्टि, निजत्व र निजी स्वतन्त्रतालाई नै सर्वोपरि ठान्छन् । 
त्यो देखेर हाम्रो मन कुटुकुटु खान्छ । क्षतिपूर्तिस्वरूप आमाको माया नपाएको नातिलाई बाजेबोजुको माया दिन तम्सन्छौँ, दिन्छौँ तर त्यो आमाको माया जस्तो कहाँ हुन्छ र ? हामी फेरि पनि उदास नै हुन्छौँ ।
एकजनाको कमाइले मात्र नपुग्ने भएर लोग्नेका साथसाथै स्वास्नीले पनि कमाइ गर्नु पर्ने पारिवारिक बाध्यता भएको छ ।
‘कमाइ गर्नुपर्छ भनेर आफ्ना नानीहरूलाई नै नहेर्नु ? यस्तो त भएन ।’
‘बाहिर हिडन थालेपछि महिलाहरू पनि थाकेर घर आएका हुन्छन् र नानीहरूलाई कम ध्यान दिन्छन् ।’
‘होइन, जेजस्तो भने पनि बुहारीले हामीलाई नटेरीकी हो । मैले  नातिलाई हेरेकी छु भन्दैमा उसले घर, छोराछोरीहरू नहेरी बाहिर बाहिरै मोज गर्दै हिड्न मिल्छ ?’
‘मोज होइन होला । एक पटक मान्छेको जीवनस्तर माथि उठेपछि तल झर्न मान्दैन । स्कुटरमा  तेल हाल्नै प¥यो, आफ्नो फुरमासी खर्च धान्नै प¥यो, साथीभाइभन्दा घटि देखिनु भएन, काम खोजीरहेकी होली ।’ 
हाम्रो दिनरात बुहारीको क्रियाकलापले प्रभावित पारिरहेको छ  अनुकूल भन्दा प्रतिकूल नै बढी । बोजुमाथि बुहारीले थामीरहेको कामको बोझ थपिएको छ । उसलाई सघाउनु पर्दा ममाथि पनि केही थप कामहरू थपिएका छन् । जीवनभर गधाले जस्तै पारिवारिक बोझ बोकियो । अहिले बुढेसकालमा जीवनभर  अनुभूत गरेको अनुभव, शिक्षा र सीपहरूलाई साहित्य लेखनमार्फत पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने मेरो मनसुवामा पनि आघात पुग्न लागेको छ ।
‘आमा कहाँ जानु भयो ?’ ठूली नातिनी सोध्छे ।
‘मलाई के सोध्छेस ? आफै फोन गरेर सोध् न तेरी आमालाई ।’ बोजु जवाफ दिन्छिन् ।
‘अघिदेखि गरिरहेको छु, ‘सम्पर्क हुन सकेन’, भन्छ ।’ ठूली नातिनी बोजुलाई केही मसिना कामधन्दा सघाउन सक्ने भएकी छे । सानी नातिनी पनि काम सघाउन चाहन्छे दिदीले जस्तै, तर ऊ अझै सानी नै छे । बोजुलाई केही वर्षपछिदेखि उनीहरूले पनि काम सघाउने छन् भन्ने ठूलो आशा छ ।
बुहारी तीन दिनदेखि घर आएकी छैन । सोच्यौँ सधैंझैँ माइत गएकी छे । छोरा पनि घरबाहिर गएको थियो । आइपुगेपछि बुहारीको सोधीखोजी गर्न थाल्छ । बुहारीको मोबाइल फोनमा सम्पर्क हुन्छ । हामी पनि उनीहरूको वार्तालाप सुन्छौँ ।
‘कहाँ छौ ?’ छोराको प्रश्न ।
‘एयरपोर्टमा ।’
‘कसरी, किन एयरपोर्टमा ?’
‘म विदेश जान लागेकी । एयरपोर्टभित्र ‘इन’ भइसकेँ ।’
‘मलाई किन भनेनौ ? सोधेनौ ?’
‘तपाईँले  मान्नु हुन्नथ्यो ।’
‘एकवचन भन्नु त पथ्र्यो ।’
‘... ...नानीलाई राम्ररी हेर्नुहोला ।’
‘नानीको कुरा नगर । ठीकै छ ,जाने भइहाल्यो । बोक्रे रुवाइ बन्द गर । नरोई राम्ररी जाऊँ ।’
‘... ... ’
‘मलाई तिमीले कमाएको एक पैसा चाहिदैन । मलाई भनेकी भए म नै त्यहाँ बसेर तिमीलाई ‘सी अफ’ गर्ने थिएँ ।’
‘... ... ’
हामी बाजेबोजुलाई पनि आश्चर्यको करेन्ट लाग्छ, मुच्र्छित हुन्छौँ कि भन्ने डर लाग्छ । मुलुकभित्र रोजगारीका अवसर शून्य छ । मुलुकभित्रै यस्ता अवसरहरू भए बुहारी पनि किन विदेश जान्थी ? कस्तो अचम्भ ? कस्तो यो आधुनिक युगको विडम्बना ? काखको नानी छोडेर कसैसँग सल्लाह नै नगरी बुहारी विदेश जान सक्छे । आमा हुँदाहुँदै नाति टुहुरो भएको छ, कसरी हुर्कला ? 
आज मानिसको आफ्नो मन र मुटु छैन । सम्पन्नताको चटकमटक, चहलपहल, कृत्रिमता र टलकले मानिसको मन र मुटुलाई विस्थापित गरेको छ । सर्वोपरि निजी सुख, व्यक्तिगत स्वतन्त्रता, आकाङ्क्षा, आत्मकेन्द्रित दृष्टि र आधुनिक सम्पन्नताको स्वार्थकेन्द्रित अन्धाधुन्द दौडमा आमाको मन पनि आमाको मन रहन पाएन ! आमाको मुटु आमाको रहेन !    
मन भक्कानिएर आउँछ । बुहारी फर्केर आउछे या आउदिन, त्यो अहिले नै भन्न सकिँँदैन । आइ नै भने पनि धेरै वर्ष पछि आउली । उसको काखमा बस्ने नातिको उमेर बितिसकेको हुनेछ । आमा र नानीको न्यानो सम्बन्ध समयको निष्ठुरी हुरीले उडाएर बिलाइसकेको हुनेछ । 
आमाबाबु हुँदाहुँदै पनि  टुहुरा जस्तै भएर हुर्किने नानीहरूजस्तै मेरो नाति पनि हुने भयो !
मनभित्र आ–आफ्नो व्यथाकथा लुकाउँदा पनि आँखाबाट आँसु झर्न खोज्छ । जबर्जस्ती मन थाम्दै आँखाको आँसु आँखामै लुकाएर हामी आमाबुबा र छोरा एकआपसमा हेराहेर गर्छौँ । 




राजनैतिक कार्यकर्ता




कथाका पात्रहरूको संक्षिप्त परिचय दिँदा कथा भन्न सजिलो होला । कथा जटिल नहोस भनेर थोरै प्रतिनिधि पात्रहरू चयन गरिएको छ । भरसक सत्पात्रहरू मात्र राख्ने कोसिस गर्दा पनि खराब पात्रहरू पनि दृश्य परिदृश्यमा छिरीहाल्दा रहेछन् । जीवनमा खराब र असल सबै प्रकारका मानिसहरूस‘ग सरोकार राख्नुपर्ने भएकैले यस्तो भएको हो ।
शिवराम ः
ऊ आपूmलाई राजनैतिक कार्यकर्ता मान्छ । पढिसकेपछि जागिर खोज्यो । केही दिन अस्थायी जागिर खायो । तर जागिर स्थायी हुन सकेन । खेती किसानीमा उसको मन अडिएन । त्यत्रो पढेर पनि नाथे खेतीमा अल्मलिने ? व्यापार र उद्योग जानेको, सिकेकै थिएन ।
चुनावको लहरस‘ग लहरिदै ऊ आज राजनीतिको चुचुरामा पुगेको छ, सांसद भएको छ । मन्त्री बन्ने दाउमा छ । मन्त्री हुन्छ नै होला ।
उसलाई मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति बनाउदा कसो होला ? ऊजस्तैहरू त मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति बनेका छन् ।
सम्देन ः
गाँउघरमा जन्मेर उच्च शिक्षा हासिल गर्ने केही होनहार युवाहरू भध्येको एउटा शिष्ट युवा । ऊ पनि उज्ज्वल भविष्यको खोजीमा भौँतारिँदै छ ।
बर्तमान परिस्थिति नै त्यस्तो छ । शिक्षा स्वरोजगारमुखी, प्राविधिक, व्यावसायिक वा जीवनमुखी हुन नसकेको अवस्थामा सामान्य शिक्षा प्राप्त गर्ने युवाहरू, अन्ततोगŒवा राजनैतिक कार्यकर्ता नै भएका छन् । सम्देनलाई पनि कुनै न कुनै दलले कार्यकर्ता बनाइछाड्नेछ । उसलाई पनि राजनैतिक कार्यकर्ता बनाएर देशका मूहार फेर्ने कोसिस गर्दा कसो होला ? ऊजस्तै युवाहरू, राजनीतिमा सहिद भएका छन् । उनीहरूजस्तै राजनैतिक कार्यकर्ताहरूले राजनीति थामेका छन् । भनौं, देश र दुनियालाई अग्रगति प्रदान गरेका छन् ।
कथामा नारी पात्र नभएमा समावेशी कथा हुन सक्तैन । समावेशी बनाउन मात्र नभएर नारी बिनाको समाज बन्न नसक्ने भएको हुँदा नारीपात्रहरू पनि स्वतः कथामा आउछन् नै । ति पात्रहरू मध्येका केही नारी पात्रहरूको अग्रिम परिचय यस प्रकार छ ।
शकुन्तला ः
शकुन्तला भन्नु वित्तिकै दुष्यन्तको सम्झना हुनु स्वभाविक हो । तिनी दुष्यन्तको शकुन्तला नभई वर्तमान समाजकी शकुन्तला हुन् । तिनी पनि अरु युवाहरू जस्तै उच्च शिक्षा प्राप्त गरेकी, जीवन सङ्धर्षमा जुटेकी सुन्दर विचार, भावना र उत्साह बोकेकी एवं ढृढ विश्वास र लगन भएकी युवती हुन्छिन् ।
सधै अगाडि बढ्न चाहन्छिन् । तर तिनलाई के लागेको छ भने समाज अगाडि नबढी व्यक्ति अगाडि बढ्न सक्तैन । समाज, देश अथवा समुदायलाई अगाडि बढाउन सकेमा समाज, देश र समुदायका मानिसहरू स्वतः अगाडि बढ्नेछन् ।
सुम्दिमा ः
सुम्दिमा पनि वर्तमन युगकै उपज हो । तिनलाई पनि परिस्थिति र वातावरणको चेपारोमा परेका अरु युवा पात्र भन्दा फरक ढङ्गको पात्रा बनाउन सकिन्न । कारण स्पष्ट छ, तिनलाई पनि देश र दुनियाँबाट अलग्ग  रविन्सन क्रुसो जस्तो बनाउन सकिन्न । तिनी पनि वर्तमान युगमा सङ्धर्ष गरिरहेकी छिन् अरु युवाहरूजस्तै ।
यी युवा पात्रहरूका साथै अन्य आबाल बाल वृद्ध वनिता पात्रहरू पनि कथामा आवश्यक्ताअनुसार आउनेछन् । पात्रहरूलाई सुनियोजित, पूर्वनियोजित वा प्रायोजित गर्दा कथाको गति भत्किन सक्छ । तसर्थ कथालई स्वगति, स्वतःस्पूmर्त र स्वाभाविक रूपमा आफ्नो गन्तव्यतर्फ बढ्न दिनु विवेकपूर्ण होला ।
अब कथा नभनौं, यी पात्रहरूको जीवन यसरी अगाडि बढ्दै छ ।
दलको केन्द्रीय अध्यक्ष, महासचिव र केन्द्रीय कमिटीका शक्तिशाली सदस्यहरूलाई प्रभाव पारेर शिवरामले आम चुनावको टिकट पाएको थियो । चुनाव जसरी जित्न सकिन्थ्यो, ती अनेक गरेर चुनाव जितेर ऊ सांसद भएको कुरा परिचयको क्रममा भनि सकियो । मन्त्री बन्नका लागि ऊ अहिले ऊर्जाशील र क्रियाशील छ ।
ऊ र ऊजस्तैहरूको क्रियाकलापले वर्तमान राजनीति, सरकार र सत्ता चलिरहेको छ । राजनीति, सरकार र सत्ता जस्तो हुन्छ, लाचार जनताको जीवन पनि त्यस्तै हुन्छ । भनिन्छ, जनता अजेय, सर्वशक्तिमान र संप्रभू हुन्छ । तर सर्वसाधारण आम जनताको डङ्गुर भीडलाई आफ्नो नाटकीय कला, सिप, चतु¥याइँ र ढाट विद्याले भेडाबाख्रासरह जता चाह्यो त्यतै हाक्ने राजनीति रहेछ । राजनीतिको पगाहाले जति परिधिभित्र सर्वसाधारण आममान्छेहरूलाई चलखेल गर्न दिइन्छ, त्यति परिधिभित्र घुमेर आपूm सार्वभौम भएको भ्रम पाल्नु जनताको नियति रहेछ ।
सरकार वा सत्तामा एकपल्ट पुगिसकेपछि त राजनैतिक कार्यकर्ताको काँचुलि नै फेरिन्छ । मक्कामदिना, जेरुसेलम वा चारधाम जीवनमा एकपल्ट पुग्ने हरेक धार्मिक जनहरूको इच्छा वा ध्येयजस्तै सरकारमा पुग्ने हरेक राजनैतिक कार्यकर्ताको धोको हुनु स्वाभाविक मानिन्छ । त्यस्तै सांसद भइसकेको शिवरामको मन्त्री हुने प्रयत्न स्वाभाविक हो ।
मन्त्री बन्ने होड चलिरहेको छ । होड गर्नेहरूमा शिवराम, मङ्गलदेव, कर्मलाल, हरिप्रसाद, पुष्पलता, सामुना आदि  छन् । कुनै योग्यता निर्धारण नभएको पद मन्त्री जो सुकै पनि हुन सक्छन् । शिवराम पनि मन्त्री भयो ।
मन्त्री हुनु के थियो ? ऊ शक्ति र सम्पन्नताको चुलीमा पुग्न थालिहाल्यो । सुरक्षाकर्मी, हुक्के, आसेपासे र चाकडिवाजहरूले घेरिएर बस्न थालेको ऊ, ऊ हाँस्दा तिनीहरू हाँस्छन्, गम्भीर हुँदा गम्भीर भइ टोपल्छन् । ‘हाँमा हाँ’ मिलाउनेहरूको एउटा झुन्ड सधै उसको वरिपरि मौजुद छ । ऊ ‘किङ्ग लियर’ जत्तिकै छ । ‘सागरको लहरले पनि उसले भनेको मान्छ ?’ भनेर सोध्दा ‘मान्छ’ भन्नेहरू प्रशस्त छन् ।
उद्घाटन, गोष्ठी, सेमिनार, छलफल, शिल्यान्यास, देशविदेशको भ्रमण, भत्ता, तलब र मन्त्रीको अन्य सुविधाका रकमहरू जम्मा भईरहेको छ । थप आम्दानी— घुस, कमिशन, चन्दा, उपहार । केही महिनामै ऊ नव धनाढ्य भइहाल्यो । मन्त्री पदको स्वाद, गरिमा र फल पाएर ऊ अन्य राजनैतिक कार्यकर्ताहरूभन्दा माथिको ठुलो नेता आपूmलाई मान्न थालेको हुन्छ ।
मन्त्री पद धरापमा पर्ने हो की ? शिवरामले त्यसलाई जोगाइ राख्ने कला, सिप र चातुर्यको विकास चौतर्फि रूपमा गरिहाल्यो । त्यसका लागि ऊ राष्ट्रवादी, समाजवादी, साम्यवादी, लोकतन्त्रवादी, राष्ट्रघाती, अग्रगमनकारी, प्रतिगमनकारी भनौ जोसुकै जस्तोसुकैस‘ग पनि सम्झौता, समझदारी वा कार्यगत एकता गर्न तयार भइहालेको छ । उसले एउटा गतिलो स्वार्थी चण्डाल झुन्ड तयारी अवस्थामा राखिछाडेको छ ।
सम्देन पनि एक्लै र बेग्लै बस्न सत्तैmन । ऊ पनि विकास र निर्माणका लागि प्रतिवद्ध अग्रगमनकारी र राष्ट्रवादी ‘सर्वविकास निर्माण दल (स.वि.नि.दल)’को सदस्य बनेर राजनैतिक कार्यकर्तामा रुपान्तरित हुन्छ । त्यो नयाँ दलको इमानदार सदस्यहरूको क्रियशीलताले जनतामाझ त्यो पार्टी लोकप्रिय हुँदै स्थापित हुन थालेको हुन्छ । अन्य दलहरूको घृणित स्वार्थी बेइमान भ्रष्ट क्रियाकलापबाट निराश र वाक्क भएका जनता त्यो दलप्रति आकर्षित भइरहेका हुन्छन् ।
सिद्धान्त, विचार, आचार, व्यवहार र आस्थामा स.वि.नि.पा.का सबै कार्यकर्ताहरू कठोर र इमानदार छन् । भ्रष्टाचार, बेइमानी र अनैतिक क्रियाकलापबाट देश र दुनियाँलाई अधोगति तर्फ धकेल्ने राजनैतिक क्रियाकलापको कडा बिरोध गर्दै जनतामा छाएको अग्घोर निराशाबाट आशाको उज्यालोतर्फ बढाउने काम स.वि.नि.पा.ले गरिरहेको छ । निष्पट्ट अध्यारोमा बेसहारा जनताको उद्धारकर्ता त्यो दल बन्न सक्छ, जनतामा विश्वास बढ्दै गइरहेको हुन्छ ।
जनताको विश्वासमाथि सयौं पल्ट होइन बारम्बार दल र राजनैतिक कार्यकर्ताले विश्वासघात गरेका छन् । जनतालाई घोका दिएर आपूm पोसिने, आफ्ना नातगोता पोस्ने काम गरेका छन् । विदेशको इशारामा कैयँैं पल्ट राष्ट्रघात गरेका छन् । युवाहरूलाई उचित शिक्षा र रोजगारीको अवसरबाट वञ्चित गराएर विदेशी भूमिमा कुल्ली, दरबान, लेवर र वेश्या बन्न विवश पारेका छन् । विदेशी भूमीमा आफ्ना नागरिकहरूले पाएका दुःखप्रति सरकार र दलहरूको ध्यान गएको छैन । सशक्त युवाशक्तिलाई विदेश पलायन गराएर मुलुकभित्र निष्कण्टक शासन चलाउने सामन्ती श्रम र शिक्षा नीतिलाई नै सरकारले निरन्तरता दिइरहेको छ । उज्यालो भविष्यको आशा देखाएर हरेक पल्ट जनतालाई दलहरूले झुक्याएका छन्, ठगेका छन्, ढाटेका छन् ।
बारम्बार झुक्याइएका जनताहरू चनाखो भएर हरेक दलहरूको कामकारवाही नियालिरहेका छन् । स.वि.नि.पा.लाई पनि पूर्ण रुपमा विश्वास गर्न सकिककरहेका छैनन् । ‘जुन जोगी आए पनि कानै चिरेको’ वा ‘एउटै ड्याङको मूला’ त होइनन्, सोचिरहेका, एक आपसमा सोधिरहेका र सोधखोज गरिरहेका छन् ।
यस्तो अवस्थामा सम्देनजस्ता कार्यकर्ताहरूले कसीमा घोटिनुपरेको छ, खरो उत्रन सक्नुपरेको छ । जे सुकै होस्, कसीमा घोटीने एक मौका स.वि.नि.पा.लाई पनि दिनु पर्दछ भन्ने जनधारणा बन्न थालेको अवस्थालाई सम्देन जस्ता युवाहरूले आफ्ना जित नै मान्न थालेका छन् ।
लोकतान्त्रिक व्यवस्थामा सबैजना कुनै न कुनै दलबाट प्रभावित भएका हुन्छन् नै । शकुन्तला पनि स.वि.नि.पा.बाट प्रभावित भएर त्यसैको पूर्णकालिन सदस्य भएकी छिन् । जब काम गर्नलाई काम छैन, जागिर छैन । उद्योग, व्यापार, खेती र अन्य व्यवसाय गर्न जानिएको पनि छैन र वातावरण पनि छैन । पढेलेखेकाहरूले गर्ने भनेको नै आजभोलि राजनीति भएको छ । राजनीति पेसा भएको छ । राजनीति लगानी भएको छ । जीवनभरि जनताबाट उठेको चन्दासहयोगबाट पालित पोषित भयो, जनताकै घरदैलो चहा¥यो । अर्काकै खायो, अर्काकैमा बस्यो । राजनैतिक कुराकानी ग¥यो । ठूलठूला भाषण ग¥यो । निमुखा, अन्जान, सोझासीधा सर्वसाधारण आममान्छेहरूलाई वेवकुफ बनायो । एक न एक दिन त नेता, सांसद वा मन्त्री भइहालिन्छ । त्यौ मौका आउनासाथ सात पुस्तालाई बसीबसी खान पुग्ने सम्पत्ति कुम्ल्यायो । यसरी, अहिलेसम्मको राजनीति फाइदाकारी लगानी र राजनैतिक कार्यकर्ता लगानीकर्ता ‘व्यापारी’ भएका छन् ।
शकुन्तलाले पनि राजनीतिमा लागेर राजनैतिक लगानी नै गरिरहेकी छिन् त ? हेर्न बाँकी छ । सुिम्दमालाई कर्मठ, इमानदार, नैतिकवान र साहसी पात्र बनाउने कोसिस गरिनेछ । लेखकको कोसिसले मात्र हँुदैन । परिस्थिति बलवान हुन्छ ।
समाजमा असल र खराब दुवै हावा, पानी, चालचलन, आचार, व्यवहार, सिद्धान्त, विचार, राजनीति र अन्य सबै थोक चलिरहेको हुन्छ । सङ्लो र धमिलो पानी पनि स‘गस‘गै राजनीतिमा बगिरहेको हुन्छ । शुद्ध स्वस्थकर र दुषित हानीकारक दुवै तŒवहरू समानान्तर रुपमा निरन्तर बहिरहेकै हुन्छन् । चिन्न सक्नु प¥यो, छान्न सक्नु प¥यो । असल र खराब कुन कित्तामा आपूmलाई उभ्याउने हो ? सुम्दिमालाई असल वा खराब परिस्थिति, वातावरणका साथै दुषित वा कञ्चन राजनैतिक माहौलमा स्वतन्त्र विचरण गर्न छाडि दिऊँ । तिनी कस्तो बन्ने छिन्, हेरी मात्र राखौँ ।
शान्ति, सुरक्षा, सुख, समृद्धि र समुन्नतिको चाहना राख्ने जनता ती कुराहरूको प्राप्तिमा प्रत्येक पटक काकाकुल भएका छन् । देश बन्ला र जनता सुखी होलान्, मृग मरीचिका भएको छ । जनता हिम्मत हार्दैनन्, बारम्बार राजनैतिक धोका खाए नि बेइमान हुन सक्दैनन्, बेइमान हु‘दैनन् । सधै क्रियाशील आशावादी जनताले नै मुलुक थामेका छन् ।
आवश्यकता पर्नासाथ असल अग्रगमनका निम्ति लाखौँको संख्यामा सडकमा आन्दोलित भएर उत्रन्छन् । मुलुकलाई अर्कौ उन्नत नयाँ चरणमा प्रवेश गराउछन् । जनतालाई केही कालका लागि भेडाबाख्रा बनाउन सफल खराब नेताहरू नाङ्गेझार हुनासाथ जनताबाट नराम्ररी बहिष्कृत र तिरष्कृत भएका छन् । उदाहरणहरू प्रशस्त छन् ।
अब हामी हाम्रा पात्रहरूलाई राजनैतिक संसारमा अवतरण हुन दिऊँ । राजनीतिले कतिसम्म मुलुकको मुहार फेर्न सक्छ ? कतिसम्म राष्ट्र र जनताको आकाङ्क्षा पूरा गर्न सक्छ ? कस्तो प्रकारको राजनीतिले बर्चस्य कायम गर्नेछ ? राजनैतिक कार्यकर्ताको मनस्थिति र अवस्था कस्तो हुनेछ ? आदि, आदि ... ...
     राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र उच्च ओहोदाका कर्मचारीहरू राष्ट्रिय ढिकुटीमा हात पु¥याएर उच्च किसिमको मनोरम आनन्द लिइरहेका छन् । उनीहरूले पाउने उच्च स्तरको सुविधा, मनोरञ्जन र आनन्दको चर्को मुल्य घोटिँदाघोटिँदा, पिसिँधापिसिँधा, थिचिँदाथिचिँदा र चेपिँदाचेपिँदा हाडछाला मात्र बाँकी रहेका जनताले तिरेका करबाट असुल भइरहेको छ । उनीहरू रातारात अनेकौ‘ भ्रष्टाचार, अनैतिकता र बेइमानी गरेर नवधनाढ्य भई रहेका छन् । कहिले कालापत्थरमा सम्मेलन, कहिले देश–विदेशको भ्रमण, गोष्ठी, सेमिनार, उद्घाटन, प्रदर्शनी आदिको अनेकौं तमासाहरू, नाटकहरू गरिरहेका हुन्छन् ।
सरकार बनाउने, ढाल्ने र सरकारमा पुगेर ढलीमली गर्ने खेलमा निलिप्त राजनैतिक दलहरू । जनसमस्या, जनविकास, जनजिविका, जनआकाङ्क्षा आदी ‘ज्यूँ का त्यूँ’ । राजनैतिक दलहरू र फोहोरी राजनैतिक कार्यकर्ताहरूको छवि अझ धूमिल भइरहेको छ । फोहोरी राजनीतिले राजनैतिक फोहोरको डङ्गुर जताततै थुपारेको छ । फोहोर विचार मानिसहरूका दिमागमा थुपारेको छ । मुलुकलाई टेण्डरमा राख्न खोजिँदै छ । राजनैतिक, आर्थिक, समाजिक र सांकृतिक संरचना लथालिङ्ग पारेर पानी धमिलो पार्दै माछा मार्ने प्रवृति बढ्दो छ । निजी स्वार्थका खातिर देशको इज्जत माटोमा मिलाउन तत्पर दल र नेताहरू ... ... खै के भन्ने ?
जनता टुलुटुलु हेरिरहेका छन् । धेरै समयसम्म टुलुटुलु हेरिरहन सक्तैनन् । बाढी भएर, आँधीहुरी भएर, आन्दोलन भएर विस्फोट गर्दै सबै फोहोर, फोहोरी राजनीति र फोहोरी राजनैतिक कार्यकर्तालाई एक साथ निमिट्यान्न पार्नेछन् ।
खोइ त कथा ? शुरु भएकै छैन । शुरु भएर कथा मध्य भागमा पुगिसकेको छ । कथालाई सूत्रात्मक पारिएको छ अथवा कथाका लागि आवश्यक सूत्रहरू निर्माण भइसकेको छ । पाठकले यी सूत्रहरू प्राप्त गरिसकेपछि कथालाई जसरी, जतातिर, जुन बेला पनि आफ्नो अनुकूल, प्रतिकुल मोड्ने, जोड्ने, टुङ्ग्याउने अधिकार पाठकको हो । त्यसै भएकाले यहाँ अन्य कथाहरूको जस्तो कथानक प्रस्तुत गरिएको छैन । कथानक, घटना, पराकाष्ठा वा चरमोत्कर्ष सृजना गर्ने काम पनि पाठककै हातमा सुम्पिएको छ ।
शिवराम मन्त्री भइसकेपछि एउटा बिचित्रको आदतले ग्रसित हुन पुग्छ । ऊ नचाहिँदो फाइँफुट्टी गर्ने र त्यो फाइँफुट्टीमा सही थाप्ने मान्छेहरू मन पराउन थालेको हुन्छ । मन्त्री भइसकेपछि ठेकेदार, व्यापारी, उद्योगपति, कर्मचारी वा कोही न कोहीबाट केही न केही उपहार, कमिशन वा घुस उसलाई प्राप्त भइरहेकै हुन्छ । त्यस्तो गोप्य कमाई अब उसको अभीष्ट बन्न गएको छ ।
धन्य, शिवराम जस्ता हाम्रा राजनेताहरू । सत्तामा पुगेपछि अतुल धनराशि कमाए । त्यो कमाएको राशिमा कहिल्यै घटाउ चिह्न लागेन । सधै बढोत्तरी भइरहन्छ । भाग लाउन त उनीहरूले कहिल्यै जानेनन्, कुनै परोपकारी संस्था, पाठशाला वा परोपकारी कार्यमा एक पैसा चन्दा सहयोग गरेनन् । आफू बिरामी हुँदा आफ्नै हातमा राज्यकोषको साँचो भएकोले मन लागेजति उपचार खर्च भनेर लिए, प्रतिपक्षमा हुँदा पनि घुर्काएर राज्यकोषबाटै खर्च लिए । छोराछोरीका लागि मित्रराष्ट्रहरूलाई छात्रवृत्तिका लागि पुकारे । उनीहरूले कमाएको सम्पत्ति दिन दुना रात चौगुणा बढिरहेको छ र जनता भने दिन दुना रात चौगुणा गरिब र पीडित भइरहेका छन् । गणतन्त्रात्मक व्यवस्था आइ सक्दा पनि ‘उही रूप’ छ ।
सबै राजनैतिक कार्यकर्ताहरूको कथा भन्न थालियो भने त हजार जिब्रो भएका शेषनागले पनि भन्न सक्तैन । सबै कथाहरूको मुलचुरोको सामान्यीकरण गर्नु उपयुक्त हुन्छ । शिवरामको कथाले प्राय जसो नेताहरूको कथाको प्रतिनिधित्व गरिरहेको छ ।
अब राजैतिक कार्यकर्ता आपूर्ति हुने क्षेत्रहरू  स्कूल, क्याम्पस वा शैक्षिक संस्थाहरू, गाँउका किसानहरू वा कृषि क्षेत्र, मजदुरहरू वा उद्योग, सरकारी वा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारीहरू (हाम्रो देशमा कर्मचारी, डाक्टर, नर्स, इन्जिनीयर, प्राध्यापक, शिक्षक, विद्यार्थी आदी सबैलाई राजनीतिमा सहयोगी हुने छुट छ ), अन्य क्षेत्र विदेशमा रहेका आप्रवासीहरू, अध्ययनरत विद्यार्थीहरू, विदेशमा कार्यरत नागरिकहरू आदि हुन् । यी विविध क्षेत्रबाट पाठकले कथाका अनुकुल विभिन्न पात्रहरू चयन गर्न सक्छन् ।
ती चयन गरिएका राजनैतिक कार्यकर्ताहरूलाई पहिलो चरणमा नै फोस्रा सिद्धान्तको पाठ सिकाइन्छ, भाषण गर्न सिकाइन्छ । विद्यार्थी, मजदुर, किसान वा कर्मचारीहरूलाई विभिन्न पार्टी उपयोगि कार्यक्रमहरू गर्न लगाइन्छ । कार्यक्रमका लागि आर्थिक श्रोत जुटाउन ‘चन्दा रसिद’ थमाइन्छ । चन्दा उठाऊ, खर्च गर । खाऊ मोज गर । चन्दा, दानदातब्य... बिना श्रमको सजिलो आम्दानीको स्वाद पहिलो चरणमा नै राजनैतिक कार्यकर्ताले चाख्न पाउछन् । त्यो स्वादमा पल्केपछि जीवनपर्यन्त राजनीतिमा लागि रहने पे्ररणा उनीहरूले ग्रहण गर्दछन् ।
विभिन्न कमिटी (टोलदेखि केन्द्रसम्म) मा आवद्ध भएपछि त मज्जा नै अर्कै । बाढी पहिरो, प्राकृतिक प्रकोप, पार्टीको टोल, गाँउ, जिल्ला र राष्ट्रिय सम्मेलन आदि अनेकौं शुभअवसरहरूमा चन्दा उठाउने अवसर प्राप्त हुन्छ । सक्दो उठायो, उठाएको मध्ये थोरै बुझायो धेरै पचायो । पुराना पाका केन्द्रिय स्तरका नेतादेखि भर्खर प्रवेश गरेका नवसदस्यहरू सबैले यसै गरिरहेका छन् । ‘मह काढ्नेले हात चाट्छ’, चाट्छ ।
चुनाव जितेपछि कुन पद प्राप्त हुन्छ, त्यो पदको सदुपयोग, दुरुपयोग गरेर आम्दानी गर्नु राजनैतिक कार्यकर्ताको अर्को सम्वेदनशील कला सीप हो । सांसद भएपछि मन्त्री हुने दौड , मन्त्री भईसकेपछि टिकिरहनेमा जोड । केही गरी मन्त्री भइएन भने दल फुटाएर भए पनि मन्त्री पद पड्काएरै छाड्यो । अझ केही लागेन भने ‘विदेशी प्रभू’ कहाँ पुग्यो । जतिसम्म सकिन्छ गतिछाडा भयो । फोहोरी राजनीतिका अनेकन यी कथात्मक सूत्रहरू पाइसके पछि राम, श्याम, प्रकाश, सीता, साधिका, पवन, अवधेश, हाङ्जित, पेम्बा, राधा, मोहन आदी अनेकौ कार्यकर्ताहरूको कथा रचना गर्न पाठक स्वयं सक्षम हुनुभएकाले निश्चित प्रकारको कथा भनिरहन परेन । कथामा विश्वासघात, धोका, षडयन्त्र, भ्रष्टाचार आदी अनेक सामग्रीहरू जोड्न पनि पाठक सक्षम हुनेछन् ।
अब यो कथाकारलाई आरोप लाग्न सक्छ, ‘वायस’ रहेछ । राजनीतिप्रति यसको नकारात्मक धारणा रहेछ । मेरो राजनीतिप्रति नकारात्मक धारणा छैन भन्ने प्रमाणित गर्नका लागि पनि मैले  फेरि केही सकारात्मक कथा सूत्रहरू दिनै पर्ने भएको छ ।
फोहोरी राजनैतिक नेताहरू आफ्नै अतुल सम्पत्तिको भारले थिचिएर मर्छन् । उनीहरूको मृत्युमा कसैले शोकगीत गाउँदैन ।
तपाई‘ भन्नुहोला नेताको मुत्यु संस्कारमा हजारौ‘ जनता सहभागि भएको जुलुस मलामी देखिएको के त ? फोहोरी नेताको मृत्युसंस्कारमा फोहोरी सरकारले जनताले तिरेको करको ठुलो राशी खर्च गरेर ठुलै तामझाम र प्रदर्शन गरेको थियो नि त । भाडामा क्रियापुत्री बस्नेदेखि भाडामा रुनेहरूको ठुलै संख्या तयार पारिएको थियो । ठुलै मानसम्मान, तामझाम साथ मृत्युसंस्कार सम्पन्न गरिएको  त्यो फोहोरी नेतालाई घाटमा पु¥याएपछि, त्यसको सम्झना खै, कसैले गरेको देखिएन । ‘पाजी त्यो पाखण्डी जनतामारा फोहोरी नेता’ भनेर मनभित्र भने त्यसलाई सबैले घृणा गरेको पाइयो र त्यो मर्दा रोइटोपले जस्तो गरे पनि कोही दुःखी भएको पाइएन । त्यो फोहोरी नेतालाई मानिसहरूले अत्यन्त कमसल मानिसकै रूपमा हेरेको पाइयो, जुन ठीक पनि हो ।
वीर नेताहरूको आव्हानमा बासुदेव, सुमन, धनबहादुर, लक्ष्मी, सावित्री आदी अनेकौ लाखौं मानिसहरू आन्दोलनमा उत्रिए । विरेन, लक्ष्मनिया, गीतादेवी, हाङ्मा, मनदेवी आदि अनेकौ जनयुद्धमा होमिए । पवित्र, कञ्चन र प्रिय राजनीतिका खातिर निस्वार्थ, त्यागी, बलिदानी, इमानदार लाखौं कार्यकर्ताहरू राजनीतिमा उत्रिए, उत्रिदैछन् र उत्रिनेछन् ।
असल प्रिय, कञ्चन र सर्वशक्तिशाली राजनीतिले देश र जनताको काँचुली फेर्नेछ । अग्रगमनकारी नयाँ युग राजनैतिक कार्यकर्ताहरूले निम्त्याउदै छन् । त्यो युगमा सबै सुखी हुने छन्, जीवन सुरक्षीत, रमणीय र सहज हुनेछ ।
पाठकहरूलाई मन लागेमा आफै अरु थप्न सक्नेछन् । उनीहरूले फोहोरी राजनीति र असल प्रिय राजनीतिको अन्तर देखाउन सक्नेछन् ।
मृत्युवरण गर्ने बेलामा फोहोरी राजनीतिका कार्यकर्ताको मनमा सन्तोष ह‘ुदैन । जीवनभरि आपूmले गरेको बेइमानी, विश्वासघात र अनैतिकता सम्झेर उसको मन पश्चात्तापले भतभती पोलिरहेको हुन्छ, पश्चात्तापले उसको शिर जीवनको अन्तिम कालखण्डमा नीचा हुन्छ । तर असल राजनैतिक कार्यकर्तालाई मानिसहरू हृदयको अतुल गहिराइदेखि श्रद्धा गर्छन् । जीवनको अन्तिम कालखण्डमा यी कार्यकर्ताहरूको मनमा सन्तोष हुन्छ । उसले जे जति गर्न सक्यो, राम्रो ग¥यो । राजनीतिको माध्यमबाट थोरै भए पनि मानिसहरूको जीवनमा उज्यालो छर्न सक्यो । आफ्नो जीवन केही अंशमा भए पनि सार्थक भएको ऊ सम्झन्छ ।
सुम्निमा, शकुन्तला, सम्देन र अन्य पात्रहरूका कथाहरू भन्न सकिएन । भनिरहनु पर्ला जस्तो पनि लागेन । प्रयोगवादी सूत्रात्मक कथा हो यो ।  कथाका लागि आवश्यक सूत्रहरू प्रदान गरिसकिएको छ । पाठकहरूलाई जसरी आपूmलाई अनुकूल लाग्छ, त्यसै अनुसार उनीहरूका कथामा थपथाप पारेर उत्कर्षमा पु¥याए हुन्छ, शिवरामकै कथालाई पनि शंसोधन वा परिमार्जन गरे हुन्छ, कथालाई जता मोडे पनि हुन्छ, बढाएचढाए पनि हुन्छ । कथा सूत्रले छेक्दैन ।  आगे पाठककै मर्र्जी ... ... ...।







आमाको मन



समय बलवान् हुन्छ । समयले विभिन्न युगहरू ल्याउँछ । युगअनुसारका मानव आचरण, व्यवहार र जिन्दगीहरू हुँदा रहेछन् ।  विगत र भविष्यको चेपुवामा परेको यस युगका मातापिताहरू आफ्ना सन्तानहरूबाट कस्तो व्यवहारको आशा गनुपर्ने हो ? रनभुल्लमा छन् ।    
मेरा समकालीन साथीहरू सबै मातापिता  भएका छन् । एकादुई झुक्किएर अविवाहित बसेका होलान् तर ती नगण्य छन् । यस युगमा सबै मानिसहरूले विवाह गर्नु अनिवार्य मानिन्छ र विवाहपछि छोराछोरी पाउनु झन् अनिवार्य मानिन्छ । छोराछोरी नभएमा समाजमा हीनताबोध महसुस गर्नुपर्ने अवस्था हुन्छ । 
    विवाह गर्नै पर्ने हुँदा मेरो पनि भयो । मेरा समकालीन साथीहरूका पनि भए । अहिले हामी सबै प्रौढावस्थामा पुगिसकेका छौ‘ । आक्कलझुक्कल भेट हुँदा नचाहँदानचाहँदै पनि आफ्ना छोराछोरीको बारेमा कुरा भइहाल्छ । जसका छोराछोरी डाक्टर, इन्जिनियर, प्रोफेसर, हाकिम वा राम्रो आम्दानी गर्न सफल छन्, उनीहरू त रातदिन चिनेजानेका मान्छेहरूलाई भेट्नासाथ तिनीहरूकै बारेमा कुरा गर्न थालिहाल्छन् । 
     राममान मेरो घनिष्ट साथी हो । उसको र मेरो एकै साल विवाह भएको थियो । नानीहरू पनि झन्डै झन्डै  सँगसँगै जन्मिए । त्यतिबेलादेखि नै हाम्रो भेट हुँदा हामी आफ्ना नानीहरूका बारेमा कुराहरू गथ्र्यौ । ऊ त आफ्नो स्वास्नीको रूप, सिप र मायाको कुरा गर्न समेत रुचाउँथ्यो । ऊ ‘बाली अर्काको राम्रो र बाला आफ्नो राम्रो’ भनेझै‘ आफ्ना नानीहरूका बारेमा बढाई चढाई कुराहरू गरेर आनन्द विभोर हुन्थ्यौ ।
राममान सम्पन्न थियो । उसले जब उसका नानीहरू ५ वर्षभन्दा बढी उमेरका भए, काठमाडौंका राम्रा बोर्डिङ स्कुलमा भर्ती गरेर उतै राख्न थाल्यो । राम्रो बोर्डिङ स्कुल, राम्रो पढाइ । ऊ सुनाउने गथ्र्यो— उसका छोराछोरीको भविष्य उज्ज्वल छ । डाक्टर नै बनाउनेछ । डाक्टरहरूको राम्रो आम्दानी छ । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको आरम्भ भएको वर्तमान अवस्थामा पनि ‘कस्तो शिक्षा ?’ भन्ने बारे छलफल भएको थाहा पाइएको छैन । शिक्षा भनेको राम्रो आम्दानी गर्नसक्ने हुनु पर्छ भन्ने धारणा अझै व्याप्त छ ।
राममानका छोराछोरी बोर्डस भएपछि घरमा ती दुई मात्र रहन थाले । आमाबुबा भाइसँग बस्थे । आमाबुबाको जीउनी सम्पत्ति निकै  थियो र भाइबुहारीले रामै्रसँग पालेका थिए । राममान बेलाबेला मसँग गुनासो गर्थे— “पत्नी यशोधरा बरालिन थालेकी छे । म घर फर्कंदा घरमा हुँदिन ।”
“पत्नीलाई तिमी समय दिँदैनौ । वास्ता गर्दैनौ । तिनी के चाहन्छिन्, थाहा पाउने प्रयत्न गर ।” मैले भनेको थिएँ ।
त्यसपछि राममानले पत्नीप्रति ध्यान दिन थाल्यो । टेलिफोन आयो, पतिपत्नीबीच सम्वाद गर्न सजिलो भयो । त्यसबीचमा रेडियो, टेपरिकर्डरलाई विस्थापित गर्ने ढङ्गले टेलिभिजन देखा प¥यो । राममानको घरमा पनि एन्टेना ठडियो । रङ्गीन टेलिभिजन राख्नु सबै सर्वसाधारणको बलबुत्तामा थिएन । हामी पनि रङ्गीन टेलिभिजन हेर्न उनकै घरमा थुप्रिन्थ्यौ‘ । डेक, क्यासेट आयो । टीभी, भिडिओ महामारी जस्तै फैलियो । आजभोलि त टीभी नभएको घर घरै मान्न छाडिएको छ । आधुनिक युग ! समयले कति छिटो काँचुली फेर्दो रहेछ ।
मोबाइल फोनको घण्टी बज्छ । म मोबाइल उठाउछु “हेलो म राममान ।”
“हेलो, के छ हालखबर ?”
“धेरै दिन भयो सम्पर्क नभएको । आज बेलुकि म कहाँ नै डिनर खाने गरी आऊँ । मेरो छोराछोरीहरू पनि आएका छन् । भेटघाट पनि हुने, गफगाफ पनि हुने ।”
“हुन्छ ।”
म पत्नी मायावतीलाई बेलुकि राममानकहाँ जाने कुरा भन्छु । बिहान ल्याएको पत्रिका राम्ररी हेरेकै थिएन । हेर्न थाल्छु— एउटा खबर ‘ ... पेस्तोलसहित युवा पक्राउ परे । पक्राउ परेका युवाका  बयानअनुसार अंश नदिने पितालाई मार्न अवैध पेस्तोल बोकेर हिडेका ... ।’ छोराहरू पनि कस्ता कस्ता ! ‘साना हुँदा मर्ला कि भन्ने डर, ठूलो भएपछि मार्ला कि भन्ने डर’ साँच्चै रहेछ । छोराले बाबुआमालाई पिटेको, मारेको कैयौं घटनाहरूको सम्झना मेरो मनमा आउँछ ।
बेलुकि म राममानको घरमा पुग्छु । सोचेको हुन्छु— सबै परिवार एकै ठाउँमा भेला भएर सुखदुःखका कुराहरू गरिरहेका होलान् । राममान चाहिँ मलाई लिन गेटसम्म आए । बैठक कोठामा बसाए । उनलाई एक्लै देखेर म सोध्छु— “खै त अरूहरू ?”
“अरूहरू सबै व्यस्त छन् । यशोधरा टी.भी.मा सिरियल हेरिरहेकी छे । डाक्टर छोरा उदय यहाँको स्थानीय अस्पतालको ‘भिजिट’ गर्न गएको छ । डाक्टर छोरी नायुमा ल्यापटपमा फेसबुक हेरिरहेकी छे । ल्यापटपमा नै व्यस्त छे ।  म उसलाई बोलाइ हाल्छु ।”
“भयो पर्दैन । तिमी र म नै बात मारेर बसौँ ।”
“नायुमा ! यहाँ आऊँ त ।”
“हुन्छ, डैड ।”
नायुमा आउँछे । सानोमा देखेको नायुमा र अहिलेको नायुमामा आकाश जमिनको अन्तर । पूर्ण आधुनिक । छोटो कपाल, पेन्ट सर्टमा सजिएकी । “नमस्ते अङ्कल ।”
“नमस्ते । सञ्चै छौं ।”
“सञ्चै । तपाईँहरू नि ।”
“हामी पनि । अनि तिम्रो के कस्तो प्रगति छ ?”
“राम्रै छ अङ्कल । अहिले म एम.डी. गरिरहेकी छु र ल्यापटपमा त्यसैको थेसिस मिलाई रहेकी छु ।”
“डैडीले त फेसबुक हेरिरहेकी छ्यौ, भन्नुहुन्थ्यो ।’
“फेसबुक पनि हेर्छु र आवश्यक अन्य सामग्रीहरू इन्टरनेटमा खोजी गर्छु । यहाँ आएपछि अलिक होलोखुकुलो भएको छ । त्यसैबेला इन्टरनेटबाट पनि फाइदा लिइहालुँ भन्ने लागेर ...”
“ठीक छ, राम्रो । जाऊ फुर्सदको सदुपयोग गर ।”
तिनी कोठामा जान्छिन् । मात्र औपचारिकता निर्वाह गर्न तिनी आएकी थिइन् । आजका युवाहरूसँग अरुको कुरा सुन्ने, अरूलाई बुझ्ने र आफ्नो कुरा सुनाउने फूर्सद छैन । यान्त्रिक दुनियामा रमाइरहने यी आजका युवाहरूसँग आत्मीयता, अपनत्व, स्नेह, माया, प्रेम, आदर, सम्मान, जस्ता मानवीय संवेगहरूको कमी हुँदै छ । हुन पनि ज्ञान आउन थालेपछि उनीहरूले पढाइ, तालिम, परीक्षामा उत्तीर्ण हुने र जीवनमा पैसा कमाउने तरिका, फर्मुलाहरू मात्र सिके । पैसा थुपार्न सके जीवनमा उत्तीर्ण भइहालिन्छ भन्ने मानसिकताबाट ग्रसित समाजमा उनीहरूले पारिवारिक वातावरणमा आमाबुबा, बाजेबोजु, भाइबहिनी, काकाकाकी, मामामाइजू, नातागोता, कुलकुटुम्ब र साथीभाइहरूसँग मानवीय, आत्मीय र रमाइलो वातावरणमा अन्तरमनको कुरा पोख्ने, सुन्ने र बुझ्ने तथा भावनात्मक सुत्रमा बाँधिने मौका नै कहाँ पाएका हुन्छन् र ?
बाबुआमा स्कुल कलेजको फिस तिर्ने, खर्च दिने मेसिन अभिभावक मात्र बने । आमाबाबुले पनि छोराछोरीलाई हरतरहले पैसा कमाउन सफल मेसिन मात्र बनाउन चाहे । कल र यन्त्रहरूमाझ कहाँ भावनात्मक सम्बन्ध हुन्छ र ? 
“अँ, तिमी आजभोलि के गर्दै छौ ?” राममान सोध्छन् ।
“रिटायर्ड भएपछि के गर्ने ? भन्ने अन्योल भयो । कैयौ कामहरू गर्न सकिन्थ्यो । निरङ्कुश शासनकालमा केही गर्ने वातावरण थिएन । सँधै सशङ्कित, आतङ्कित र त्रसित भएर बाँच्नुप¥यो । सिर्जनात्मक क्रियाकलापहरू अवरुद्ध थिए । गणतन्त्र आएपछि मलाई पनि आफ्ना भावना, अभिव्यक्ति, उच्छ्वास र आफ्ना अनुभवहरू लेख्ने अनुकूल अवसर आए जस्तो लाग्यो । म अहिले लेखन र पठनमा व्यस्त हुन थालेको छु । लेखन भनेपछि लेख्नका लागि यति धेरै पढ्नु पर्दोरहेछ कि म त पुस्तक, पत्रपत्रिका र सम्बन्धित सामग्री अध्ययनको आनन्ददायी सागरभित्र डुब्न थालेको छु । तिमी चाहिँ के गर्दैछौं ?”
“म चाहिँ स्वास्नीको झर्कोफर्को, नोकरचाकरहरूको गुनासो बेहोर्दै, संघसंस्था र दलहरूलाई चन्दा दिँदै ठूलो मान्छे हुँ भन्ने भ्रम बोक्दै बेस्वादिलो जिन्दगीको स्वाद चाख्दै छु । तिमीले त ठीक काम पक्रेछौ । मलाई लेख्न, पढ्न भनेपछि पटक्कै मन पर्दैन । टी.भी. हेर्न पनि मन लाग्दैन । बुढेसकालमा कम्प्युटर सिक्न पनि मन लाग्दैन । ‘बोर’, ‘बोर’ बुढेसकाल ...।”
“त्यसो भन्नु हुँदैन राममान । जबसम्म मानिस नयाँ कुराहरू सिक्न चाहन्छ, ऊ बुढो हुँदैन । रबिन्द्रनाथ ठाकुरले भनेझै‘— खुसी हुनुपर्छ भने धेरै कुराहरूमा रुचि राख्नु पर्छ । धेरै कुराहरूमा चाख राख, सिक नयाँ नयाँ कुराहरू । कम्प्युटर सिकेर इन्टरनेट चलाउन थाल्यौ भने त्यहाँ तिमी अर्कै नयाँ संसार पाउने छौ । म इन्टरनेट चलाउन थालेपछि समय बितेकै थाहा पाउदिन‘ ।”
“त्यही त, मन मान्दैन कतै अडिन ... ।”
“हा. हा.. हा ... पूरै गीत गाइदेऊ ।”
“हा..हा..हा ... ।” हाँसिसकेपछि ऊ गाउँछ—
“ललल ...लल... मन मान्दैन कतै अडिन
छोड्नै सकिनँ लत र लत कहिल्यै छोडिन‘
प्रेमको, मित्रताको लत लत कहिल्यै छोडिन‘ ।”
साच्चै उनी एक चरण गीत गाउँछन् । उनी यो गीत वैंशमा पनि गाउने गर्थे । म टेबल मादलझैँ बजाएर साथ दिन्छु । केही बेर भए पनि हामी हाम्रो तन्नेरी कालको मनोहर मुग्धकारी, रमाइलो समय–संसारमा अवतरण हुन पुग्छौँं । अन्तरमनभित्र हामी बीचको पुरानो मित्रता, आत्मीयता र अपनत्व तरोताजा भएर आएको  मधुरो आभाससँग युवा कालको जस्तै आनन्द सागरमा थाहै नपाई चुर्लुम्म डुब्छौँ । त्यो निजी आनन्दिलो आत्मिक क्षण हुन्छ । यस्तै क्षणहरू मानिसको चाहना हो । त्यही प्राप्तिका लागि निरन्तर प्रयत्नशील हुनु मानव प्रवृत्ति बन्छ । राममान पनि चाहन्छ— उसलाई कसैले सुनिदेओस्, बुझिदेओस् । म पनि त्यस्तै चाहन्छु । तर यो यान्त्रिक युग ! अनि धन सम्पत्ति कमाउने होडमा दौडिरहेको मानिसलाई अर्काको मन बुझ्ने, वेदना सुन्ने र सुनाउने फुर्सद कहाँ ? अन्तर्मनको पुकार बुझ्दा र सुन्दा प्राप्त हुने अतुलनीय सुखको स्वाद आजका स्वार्थी मानिसहरूले चाख्नै पाएका छैनन् । तसर्थ उनीहरू यसका लागि लालायित हुने कुरै भएन ।
हामीबीचको औपचारिकताको पर्खाल ढलिसकेको हुन्छ । हामी पहिलाको मित्रवत अवस्थामा फर्किसकेका हुन्छौ‘ । आफ्ना मनका कुराहरू निशंकोच एकअर्कालाई व्यक्त गर्ने स्थितिमा हुन्छौ‘ । उनलाई पनि छोराछोरीको यान्त्रिक बोलीचाली व्यवहारदेखि चित्त बुझेको रहेनछ । भनिहाल्छन्— “देख्यौ मेरा डाक्टर छोराछोरीको चालामाला । कैयौं पल्ट अनुरोध गरेपछि बल्ल दुबैजना एकसाथ केही दिनको लागि आएका छन् । एकसाथ सबैजना बसेर कुराकानी गरौ‘, खानपिन गरौ‘, म चाहन्छु । तर खोइ, उनीहरूलाई वास्तै छैन । छोरा कताकता हिड्छ, छोरी पनि त्यस्तै । म त सम्झन थालेको छु, पैसा मात्र कमाउने मेसिन डाक्टर छोराछोरी पो जन्माएछु । पोहोर तिनीहरूकी आमा सिकिस्त बिरामी हुँदा ‘आऊ‘’ भनेर बोलाएँ । दुबै जनाले जवाफ दिए— त्यहीको स्थानीय राम्रो डाक्टरलाई देखाउनु । हामी पैसा पठाइदिने छौं । नभन्दै थुप्रै पैसा पठाए । रातदिन सेवासुश्रुषा गरेर पत्नी यशोधरालाई बचाएँ ।
 त्यसपछि त तिनी पनि एक अचम्मकी भएकी छन् । तिनको मन के भएको छ ? कुन्नी ? टीभी मात्र हेरिरहन्छिन् । अरू आइमाईहरूसँग सिरियलकै कुरा गर्छिन् । सिरियलकै पात्रहरूसँग रुन्छिन्, हॉस्छिन्, नाच्छिन् र गाउँछिन् । छोराछोरीको वास्तै छैन । मेरोपर्यन्त वास्ता गर्दिन । तिनले आफ्ना वरिपरि कृत्रिम पर्खाल निर्माण गरेर आफ्नै संसार निर्माण गरेकी छिन् । त्यही संसारमा विलीन हुने प्रयत्नमा जीवनको अन्तिम कालखण्ड विसर्जित गर्ने अठोट गरेकी छिन् । म के गरौ‘ ? म के गर्न सक्छु र ? मान्छेको मन...मन भाडिएपछि के नै पो गर्न सकिन्छ र ?”
उनी यसरी छर्लङ्ग खुलेका थिए कि म उनलाई ढाढस दिनु आफ्नो कर्तव्य सम्झन्छु र भन्छु— “साथी राममान, भाउजूले जे गरिन् त्यो जीवनको निराशाको परिणाम हो । ज्यादै थाकेको मान्छे बस्न चाहन्छ, विश्राम गर्न चाहन्छ । शीतल छहारी र सफासुग्घर बस्ने ठाउँ पाएन भने जस्तोसुकै ठाउँमा पनि बस्न ऊ बाध्य हुन्छ । भाउजूले पनि मन बिसाउने ठाउँ टीभी. सिरियल बनाउनुभएको हो । बुढेसकालमा कसैले भजन किर्तन, कसैले सामाजिक सेवा आदि व्यसन बनाएका हुन्छन् । मैले साहित्य लेखनलाई साथी बनाएको छु । अझै उहाँभित्रको उत्साह मरिसकेको छैन । त्यसलाई जगाउन सकिन्छ ।”
“कसरी ?”
“जीवनमा नयाँ उमङ्ग, उत्साह, प्रेरणा, रुचि र चाखको विरुवा रोपेर ।”
“हिड, जाऊ‘ भाउजू भए ठाउँ । प्रयत्न गरौ‘ं ।”
एकाग्र भएर टीभी  हेरिरहेकी यशोधरालाई ठूलो स्वरमा कराएर  भन्छु— “नमस्कार भाउजू ।”
तिनी झसङ्ग तर्सिन्छिन्, हामीलाई रिसाएको आँखाले हेर्छिन् । तर झट्टै कृत्रिम मुस्कान अनुहारमा ल्याएर जवाफ दिन्छिन् “नमस्कार । बस्नुहोस् न । कतिबेला आउनु भयो ?”
“बिहानै”
“होइन, ठट्टा गर्नुहुन्छ । बिहानै आउनु भएको भए मलाई थाहा भइहाल्थ्यो नि ।”
“बिहानै भन्नाले अहिले तपाई‘ले हेरिरहनु भएको सिरियलमा बिहानै त छ । त्यही भएर बिहानै भनेको नि , भाउजू ।”
“हा .. हा .. हा ... त्यसो हो भने भर्खरै ।” भाउजू साँच्चै मायालु पाराले हॉस्छिन् । स्त्रीयोचित हाँसो । सायद त्यही हाँसोले राममानलाई पगालेर पानी पानी पारेको हुँदो हो ।
“ठीक बुझ्नु भयो ।” म पनि हाँस्छु साथै राममान पनि “हा.. हा.. हा.. ।” हाँसोले वातावरण सहज बन्छ । टीभी को स्वर तिनी  सानो पार्छिन् । हामी कुरा गर्न थाल्छौ‘ ।
“तपाईँबारे साथी राममान मसँग गुनासो गरिरहेका छन् ।”
“कस्तो गुनासो ? सानो नानी जस्तो पोल सार्दै हुनुहुन्छ ?”
“हो नि । उसलाई वास्तै गर्नु हुन्न रे । खाली सिरियलमै भुलिनुहुन्छ रे .... ।”
“आब्बुई । साँच्चै त्यसै भन्नुहुन्छ ?” उनी राममानलाई हेर्छिन् ।
“हो, मैले दुखेसो पोखेको हुँ ।” राममान स्पष्ट पार्छन् ।
“टीभी पनि नहुँदो हो त मैले दिन कसरी काट्ने ? उहाँ रातदिन बाहिर, छोराछोरी परदेशमा । म एक्लै के गरौँ ?” तिनी टीभी बन्द गर्छिन् ।
“हो, भाउजूले ठीक भन्नुभयो । मानिस जन्मजातैले यस्तो प्राणी हो जो केही नगरी बस्नै सक्तैन । केही न केही गरिरहनु जीवनको निरन्तरता हो, बाँचेको प्रमाण हो । अहिले चारैजना भेला हुनुभएको छ । मलाई त लागेको थियो, म समेत पाँचैजना मज्जाले अहिले गफगाफ गरिरहेका हुनेछ‘ौं ।”
“आ .. नाथे छोराछोरीहरू । ‘आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङगामुडामाथि’ भनेझैँ उनीहरूलाई आमाबुबाको कुनै वास्ता छैन ।” प्याच्च यशोधरा बोलीहाल्छिन् ।
मलाई पनि हो जस्तै लाग्छ । तर भन्छु “त्यसो भन्नु हुँदैन भाउजू, बुढेसकालको साहारा । गोपालप्रसाद रिमालले ‘...तर तिमी नै हौला भन्ने मेरो जीवनभरिको सपना थियो’ भनेझ‘ै छोराछोरीहरू त हाम्रा सपना हुन् । भविष्य हुन् ।”
‘भन्नुहुन्छ नि । देखिहाल्नुभयो त डाक्टर भएका, पढेलेखेका मेरा छोराछोरीहरूका चालामाला । अनि तपाई‘का छोराहरू चाहिँ के गरिरहेका छन् ?”
“जेठो मजस्तै शिक्षक भएको छ । कान्छो र बुहारी खेती गर्छन् । माइलोका परिवार मसँग बस्छ । मेरा पनि नातिनातिनीहरू भएका छन् । सावाँभन्दा ब्याजको माया भनेझै नातिनातिनीहरूको माया अर्कै किसिमको हुँदो रहेछ, अवर्णनीय ।”
“उनीहरूको बोली, व्यवहार पनि हाम्रा छोराछोरीहरूकै जस्तो छ ?”
“मनको वह कसैलाई नकह, म भन्न चाहन्न‘ । युगका उपज हुन् उनीहरू । हामीले मात्र चाहेर केही हुँदैन । युगले जस्तो पुस्ता तयार गर्न चाहन्छ, त्यस्तै तयार हुन्छ ।”
“के युग, युग भनिरहनु भएको ?”
“युग भनेको पुस्तापुस्ताले भोगेको समयावधि । हामीले भोगेको बिताएको हाम्रो पुस्ताको युग । आउने पुस्ताले भोग्ने युग, भावी युग । पुस्तान्तरण... एकपछि अर्को पुस्तालाई । हाम्रा मातापिताका पालामा आमाबुबालाई बुढेसकालमा स्याहार्ने जिम्मेवारी छोराछोरीमा हुन्थ्यो । अब पछाडिका पुस्ताका छोराछोरीले वृद्ध मातापितालाई हेर्नुपर्ने, स्याहार्नुपर्ने अवस्था हुनेछैन । अहिले हाम्रो पुस्ता भने अन्योलग्रस्त छ ।”
भान्सा कोठाबाट भान्सेनीले इशाराद्वारा खाना तयार भएको सङ्केत दिन्छे । यशोधरा भन्छिन्— “एक छिन पर्ख । अँ तपाईँको कुरा पूरा गर्नुहोस् ।”
“म भन्दै थिएँ, हामी बलिदानी पुस्ता । निरङ्कुश शासनले पेल्नसम्म पेल्यो, पेलिएर, हेपिएर जवानी गुजा¥यौ‘ं । जीवन सङ्घर्ष, विद्रोह र आन्दोलनमा बित्यो । बुढेसकालमा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र संस्थागत भएकै छैन । यसको फल पनि चाख्न पाइने अवस्था छैन । राजनीतिक व्यवस्थाले नै मानिसहरूको जीवन पद्धति निर्धारण गर्ने हो । हाम्रो बुढेसकालको बारेमा राज्यले नीति नै बनाएको छैन ।...
“राज्य वा सरकार प्रमुख कुरो हो । विकसित देशहरूमा वृद्धभत्ता, बेकारी भत्ता, अपाङ्ग भत्ता आदि अनेकौं व्यवस्थाहरू हुन्छन् । अशक्त, अपाङ्ग, वृद्ध वा सबै नागरिकहरूको हेरचाह गर्ने जिम्मेवारी राज्यले वहन गरिरहेको हुन्छ । हाम्रोमा त्यस्तो छैन । त्यस प्रकारको जिम्मेवारी राज्यले वहन गरोस् भनेर अहिलेको पुस्ताले चर्को आवाज बुलन्द गर्नुपर्ने भएको छ । अबका छोराछोरीले आफ्ना आमाबुबाको सेवासुश्रुषामा जीवन खर्चिन्छन् भन्ने सोच्नु मूर्खता हुने छ । उनीहरू त आफ्नै जीवन धान्नमा र सुख आर्जनमा यति व्यस्त हुनेछन् कि उनीहरूलाई अरूका बारेमा सोच्ने फुर्सदै हुने छैन । बरु उनीहरूले गर्न सक्ने भनेको चाहिँ वृद्ध, अपाङ्ग, बेरोजगार र असक्षम नागरिकहरूलाई हेरचाह गर्ने जिम्मेवारी राज्यको हुनुपर्छ भनेर जोडदार आवाज उठाउने हो । प्रत्येक सहर र गाउँहरूमा बाल आश्रम, वृद्धाश्रम र अपाङ्ग आश्रमहरू बनुन् भनेर दवाब...दवाब दिनु पर्ने हो...”
म बोल्दाबोल्दै टक्क रोकिन्छु र सम्झिन्छु— लौ मलाई यो के भएको ? तथाकथित नेताझै‘ धाराप्रवाह भाषण पो दिन थालेछु । म आफैं लज्जित भएर उनीहरूलाई हेर्छु, उनीहरू ट्वाँ परेर मलाई हेरिरहेका हुन्छन् । मैले त्यसरी हेर्दा उनीहरू हाँस्छन् हा...हा.. हा...। वातावरण सहज बन्छ ।
“ओहो, तपाईंँले भनेअनुसार हुने हो भने त भावी दिनहरूमा आजभोलि सबै गाउँहरूमा स्कुल, हेल्थपोष्ट, गा.वि.स. भवन आदि रहेझै‘ प्रत्येक सहर र गाउँहरूमा बाल आश्रम, वृद्धाश्रम र अपाङ्ग आश्रमहरू बन्ने छन् । त्यहाँ नयाँ सिर्जना र रचनाहरू प्रस्फुटित हुन थाल्ने छन् ...कस्तो सुन्दर परिकल्पना ! त्यस्तो वृद्धाश्रम बने त हामी पनि त्यही बस्थ्यौँ, छोराछोरीले पनि वृद्ध आमाबाबु हेर्न परेन । आमाबाबुलाई पनि छोराछोरीले हेर्छन्, हेर्दैनन् भन्ने चिन्ता हुँदैन ।” यशोधरा मनको कुरो भन्छिन् । 
उनको भन्ने तरिका ठट्यौली र रमाइलोपनले ओतप्रोत हुन्छ । उनको अनुहारमा झलमल्ल उज्यालो देखिन्छ । उनको त्यस्तो मुग्धकारी मनोहारी मनोभाव देखेर हामी पनि पं्रसन्न हुन्छँैं ।






आफ्नै कथा–व्यथा


“आज मानिस के भएको छ कुन्नी ? आफ्नो पेट पाल्ने मामुली काम सुसेधन्दामा नै व्यस्त छ । कहाँ, कता, के भइरहेको छ, पटक्कै वास्ता छैन । साथीभाइ, इष्टमित्र, युग, जमाना कहाँ पुगिसक्यो ? वास्ता छैन । रेसमको कीराझैं‘ आफ्नै स्वार्थको कोकीनभित्र कैदी भएको छ ।”
    “कस्तो वास्ता ? पेट पाल्ने कामधन्दा कसरी मामुली हुन्छ ?” म सोध्छु ।
“पेटै त पशुपक्षीले पनि पालेका छन् नि । मान्छे तिनीहरूभन्दा अलिक फरक हुनुपर्ने हो, होइन र ?” उनी प्रतिप्रश्न गर्छन् ।
“हुन त हो, तर ...”
म लामै अलमलमा पर्छु । मैले छ दशकभन्दा लामो काटेको जिन्दगी कुन अर्थमा पशुको भन्दा फरक छ ? मान्छेको जीवन मैले भोगेको छु ? के आजका मान्छेहरू म जस्तै हुन्छन् त ?
नचाहँदानचाहँदै पनि म आफ्नो चिन्तनको गहिरो भुँमरीभित्र फस्छु । म के थिएँ ? के छु ? र, किन केही हुन सकिनँ ? आ ... आत्मकेन्द्रित हुन थालेछु । मान्छेहरू सबै आत्मकेन्द्रित नै हुन्छन् । हो नि, आफू भएमा मात्र त जगत् हुन्छ । जगत् छ अनि हामी छौ‘ । हामीमध्ये म छु, र त हामी छाँैं । ‘म’ नभएको हामी हुन्छ र ? ‘म’ नभएको त तिनीहरू वा उनीहरू हुन्छन् ? ‘म’ ‘हामी’ तिनीहरू–उनीहरूभित्र हुन्न । तिनीहरू, उनीहरू म अनुभूत गर्न सक्दिंन‘ । हामी अनुभूत गर्न सक्दैनौ‘ । त्यसैले मैले अनुभूत गरेको जगत् मात्रै मेरो हो, हाम्रो हो । म मनको पनि भित्री तहमा कुरा खेलाउँछु । मैले भोगेको छ दशक लामो जीवन मेरो हो, मजस्तै हामीहरूले भोगेको यो हाम्रो हो । हामी रहुन्ज्याल मात्र यो हाम्रो हो । हामी नभएपछि यो हामीले भोगेको कथा–व्यथा ‘उनीहरूको थियो’ हुन्छ । अहिले मेरो त्यसपछि हाम्रो अनि उनीहरूको कथा ... ।
मैले यो छ दशकको जीवनमा निरङ्कुश राणा शासन, निर्विकल्प भनिएको पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाहरू भोगिसकेको छु । सङ्घीय लोकतान्त्रिक गणराज्य पनि भोग्न भियाउँछु कि !
“के सोच्न थाल्नुभयो ? तपाईं त गम्भीर देखिन थाल्नुभयो ।” उनी भनिरहेका हुन्छन् ।
“हँ ...” म झस्किन्छु “त्यस्तो केही सोचेको होइन, भन्दा पनि म त आफ्नै जीवनका कथा–व्यथाहरू पो केलाउन थालेछु ।”
“कस्तो कथा–व्यथाहरू ?”
उत्तरको खोजीमा म फेरि आफ्नै स्मृति विस्मृतिको विगतमा डुब्न थाल्छु । विगत के नि...अरूका निम्ति अर्थहीन, निरर्थक । तर त्यो विगत मैले भोगेको हुँ, मजस्तै हामीले भोगेका हौ‘ । त्यो विगत अनमोल छ हाम्रा लागि ।
“तपार्इँं, म, हामीले भोगेका उस्तैउस्तै कथा–व्यथाहरू । हामीले बाँचेको हिजो र भोगिरहेको आज ।”
“बितिसकेको हिजोको के अर्थ हुन्छ र ? बितिसक्यो, त्यो फर्केर आउने होइन ।”
“तापनि त्यो बितेको विगत हाम्रो बाल्यकाल थियो, तरुण्याइँ थियो, माया–प्रेम थियो अथवा सुनौलो जीवन थियो । मायालु जीवन— जसको सम्झना मात्रले पनि मनभित्र कताकता काउकुती पैदा गर्छ, उज्यालो–अँध्यारो, घामछायाँ के के कस्तोकस्तो अनुभूत गराउने त्यो विगत सँगसँगै बसेर सम्झना गरौ‘, ए मेरा दौतरी–दामाले साथी ।”
“हा.. हा.. हा.. हुन्छ । हुन्छ, ए मेरा भावुक समकालीन बन्धु–मित्र–बान्धव ।” हामी सारा अरू संसार भुलेर जोडले हॉस्छौ‘ । हाँस्न सक्नु परम आनन्द हो । हाँस्न पाउनु जीवनको अहोभाग्य हो ।
उनी हाँस्दा निश्छल बालकझै‘ हुन्छन् । उनको यस्तो स्वभावले त मलाई उनको साथी बनाईराखेको हो । उनी पनि भन्ने गर्छन्, ‘म हाँसेको सुहाउँदिलो हुन्छ रे ।’ होला अथवा नहोला, अब केका लागि पो केलाईरहन प¥यो । भन्लान् नि देख्नेहरू, दुईटा सिल्ली बूढाहरू कुरा गरेर मक्ख पर्छन्, हाँस्छन् र रुन्छन् पनि ।
“हामी जन्मेका बेला एकतन्त्रीय राणा शासन थियो । त्यतिबेला, त्यो जमानामा स्कुल, कलेज, पाठशाला केही थिएन । यातायात, सञ्चारको पनि व्यवस्था थिएन । मानिसहरू झन्डैझन्डै जङ्गली अवस्थामा नै थिए । २००७ सालको जनक्रान्ति नभएको भए हामी कस्ता हुन्थ्यौं ?”
“हामी के हुन्थ्यौंँ ? २००७ सालभन्दा अगाडिका मान्छेहरू कस्ता थिए त्यस्तै हुन्थ्याँैं नि ।”
“ठीक भन्यौ । २००७ सालभन्दा अगाडि पढ्नु–लेख्नु बन्देज थियो । पाटीपौवा बनाउनेको हात काटिन्थ्यो रे । पाटीपौवा बनाउनु पनि राणासँग अनुमति लिनुपथ्र्यो रे । तसर्थ मानिसहरूको शिक्षाप्रति रुचि हँुँदैनथ्यो । अशिक्षित, अज्ञानी, मूर्ख थिए त्यतिबेलाका मानिसहरू । हामी पनि त्यस्तै हुन्थ्यौँ । अज्ञानताको आनन्दमा रमाउने अज्ञानी, अशिक्षित; हामी आफ्नै पुर्पुरो सम्झेर बाँचिरहेका हुन्थ्यौँ । मौलिक हक, मानव अधिकार, वैज्ञानिक विकास, आर्थिक उन्नति आदिका कुराहरू मानिसहरूले सुनेकै थिएनन् । अँध्यारो अज्ञानतामा बाँच्न विवश उनीहरू भेडाबाख्रा सरहका पशुमानवहरू मात्र थिए ।”
“अहिले हामी पनि के उनीहरू भन्दा फरक छौंँ र ?”
“यो कसरी सोच्ने त्यसमाथि भर पर्दछ । निश्चित रूपमा उनीहरू भन्दा हामी केही फरक छौंँ नि । २००७ सालपछि पाठशाला, कलेजहरू खुले । २०१५ सालमा पहिलो आमनिर्वाचन भयो । जनताद्वारा छानिएको प्रतिनिधि प्रधानमन्त्री बन्यो । तर फेरि २०१७ सालमा जन निर्वाचित संसद् विगठन गरेर राजा महेन्द्रले निरङ्कुश पञ्चायती शासन व्यवस्था लागु गरे । पञ्चायत ३० वर्षसम्म रह्यो । २०३६ सालको विद्यार्थी आन्दोलनले जनआन्दोलनको उग्ररूप लिनुभन्दा अगाडि सुधारिएको पञ्चायत कि संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था दुईमध्ये एक छान्नका लागि जनमतसङ्ग्रह गरियो । जनता बहुदलीय व्यवस्थाको पक्षमा भए पनि पञ्चायती व्यवस्थालाई २४ लाख र बहुदलीयलाई २० लाख मत परेको देखाएर पञ्चायती व्यवस्थालाई जिताइयो । पञ्चायती व्यवस्थाले जनताको आकाङ्क्षा पूरा गर्न सकेन र फेरी २०४६ सालमा अर्को जनआन्दोलन सुरु भयो ।”
“बहुदलीय व्यवस्थाको पुनस्र्थापनाले दलहरू फेरि शक्तिशाली भए । दलहरू मुलुक र जनताका समस्या समाधानतर्फ भन्दा अर्को दल भन्दा आफू बलियो बन्ने कसरतमा लाग्दा राष्ट्रिय नीति र राष्ट्रिय सहमति पनि बन्न सकेन । मुलुकले अग्रगति लिन सकेन । परिणामस्वरूप माओवादी जनविद्रोह जन्मन पुग्यो ।”
“माओवादी जनविद्रोहले मुलुकको राजनीतिप्रति विश्वको गम्भीर ध्यान आकर्षण ग¥यो । दरबारिया आन्तरिक राजनीतिका कारण तत्कालीन राजा बीरेन्द्रका समूल वंश नारायणहिटी हत्याकाण्डमा नष्ट भयो र ज्ञानेन्द्र नयाँ राजा भए । सबै दल र राजनीतिक शक्तिलाई तह लगाएर महेन्द्रले झै‘ एकलौटी शासन चलाउने ज्ञानेन्द्रको सपना २०६२÷०६३ को जनआन्दोलनले चकनाचुर पारेर लोकतान्त्रिक गणतन्त्रको स्थापना ग¥यो । सङ्घीयतावादीहरूको आन्दोलनले गर्दा सङ्घात्मक लोकतान्त्रिक गणतान्त्रिक मुलुक नेपाल बन्न गएको छ, हेरौ‘ अब नेपालको अवस्था कस्तो हुनेछ ?” यति भनिसकेर कछुवाले आफ्नो मुन्टो र हातखुट्टा खबटाभित्र लुकाएझै‘ म पनि राजनीतिक खबटाभित्रको मेरो–हाम्रो व्यक्तिगत कथा–व्यथा कस्तो छ ? मूल्याङ्कन गर्न थालेको हुन्छु । आफ्नै आँखाले, आफ्नै दृष्टिले ।
“यो त देशको राजनीतिक विकासको इतिहास भयो । यसमा हामीले अथवा हाम्रो जीवनको कथा–व्यथा कहाँ छ ?” उनी पुनः प्रश्न सोध्छन् ।
“ल, बाटो हिड्ने पथिकको यात्रा वर्णन गर्दा बाटो, साधन र गन्तव्यको कुरा आएझै‘ यो कालखण्डमा अथवा २००० देखि २१०० सालको अवधिको राजनीतिक उतारचढावले हाम्रो जीवन–कथामाथि पारेको घामछायाँको गणना गर्न परेन र ?”
“यो २०६८ साल हो, संविधान बनेकै छैन । अझै २१०० साल आउन ३२ वर्ष छ । हामी २१०० सालसम्म बाँच्छौँ र ?”
“बाँच्छौ‘ भन्ने परिकल्पना गरौ‘ । मान्छेको आयु सय वर्ष हो रे । यस हिसाबले सोच्दा हामी पनि बाँच्छौ‘ ।”
“कहाँ सबै मान्छे सय वर्ष बाँच्छन् त ?”
“अहिलेसम्म हामी बाँचेको छौ‘ । भरे नै मरियो भने कसको के लाग्छ ? बाँचुन्जेलसम्मको जीवन हो, त्यहाँसम्मको कथा हाल्नु पर्ने हो । मानिसको आयु सय वर्ष भनिए पनि सय वर्षै बाँच्नेहरू कमै छन् । तर स्वास्थ्य विज्ञानको क्षेत्रमा भएको विकासले आउँदो पिँढीका सबैजना सय वर्ष बाँच्नेछन् ।”
“तिमी धेरै कल्पना, परिकल्पना र सपनाको कुरा गर्छौ ।”
“यो परिकल्पना होइन । मेरो बोजुको बाह्र जना नानीहरू जन्मेका थिए  । तीन जना मात्र बाँचे, अरू सबै शिशु अवस्थामा नै मरे । आजभोलि स्वास्थ्य उपचारको सुबिधा भएको क्षेत्रमा जन्मेका सबै शिशुहरू बाँचेका छन् । शिशुहरूझै‘ अबको आउँदो युगका सबै मानिसहरू सय वर्ष नै बाँच्नेछन् । समयको उपलब्धि हो । हामी पनि यो स्वास्थ्य सुबिधा नभएको भए मामुलीभन्दा मामुली रोगले पहिल्यै मरिसकेका हुन्थ्यौ‘ । कैयौँ अस्वाभाविक मृत्युहरूबाट हामीलाई स्वास्थ्य विज्ञानले बचाएको छ ।”
“त्यो त हो ।” उनी चित्त बुझेझै‘ गरी मुस्कुराउँछन् र सोध्छन् “तिमीले कछुवाको खबटाको कुरा ग¥यौ । अब कछुवाको हिँडाइ, कुदाइ, लवाइ, खुवाइको पनि कुरा गर्छौ कि ?”
“त्यसैका लागि त यो पृष्ठभूमि तयार पारेको । तर मेरो जीवनकहानी थाल्नुभन्दा अगाडि तिम्रो रामकहानी सुन्न पाए हुन्थ्यो जस्तो लागेको छ मलाई ।”
उनी र म अवकाशप्राप्त मान्छेहरू । हामी दुईको घरमा चार पुस्ता छन् । हामीभन्दा अघिल्लो पि‘ढी आमा, बुबा हाम्रो पि‘ढी र भावी पि‘ढी छोरा बुहारी र नातिनातिनीहरू । जीवनको अन्तिम कालखण्डमा पुगेकी मेरी आमा, उनको पिता र उनीहरूकै पछिपछि पुगेका हामीहरू । हामीहरूले हाम्रो जीवनको प्रशस्त घामछायाँ देखिसकेका छौ‘ र पनि लाग्छ जीवन कहिल्यै नसिद्धियोस् ।
उनी आफ्नै मनभित्र पस्छन् र बाहिर  निस्कन्छन् । गम्भीर बन्छन् । उनको अनुहारमा घरी घाम जस्तो उज्यालो छरिन्छ, घरी चुकजस्तो अँध्यारो पोखिन्छ । अनुहारको रङ फेरिन्छ । घरी सुकसुकाउँछन्, घरी चुकचुकाउछन् । रणभूमिमा जानुअगाडि योद्धाले आफूलाई तयार पार्दाझै‘ उनको स्थिति भइरहेको छ । आखिर उनी प्रसन्न देखिन्छन् ।
“आखिर यो संसारमा मेरो कथा सुन्ने पनि कोही एकजना त रहेछ । मेरो व्यथा बुझ्न सकेनौ‘ भने पनि मलाई कुनै दुःख लाग्ने छैन । किनकि मैले बेहोरी सकेको त्यो बितेको दुःख, पीर, पीडा, व्यथा अब सम्झनाको सुखमा परिणत भइसकेका छन् ....” उनी चुप लाग्छन् ।
उता फर्किन्छन् । खल्तीमा हात हाल्छन् । केही खोजेझै‘ छामछामछुमछुम पार्छन् । साथमा भएको झोला खोतलखातल पारेर एउटा डायरी निकाल्छन् । खोल्छन्, केही तस्विरहरू छन्, श्यामश्वेत देखि रङ्गीन पनि ।
उनी एउटा झन्डैझन्डै रङ खुइलिसकेको श्यामश्वेत तस्विर देखाउँछन् । तस्विरमा एउटी वैशालु युवती हुन्छे ।
“हेर । यी केटी को हुन् ? चिन्छौ, चिन्दैनौ ? यो केटी नै मेरो पहिलो आशा र पहिलो प्रेम थिई ।”
“को हुन् यिनी ? कसरी यिनी तिम्रो पहिलो आशा र प्रेम भइन् ?”
“मैले आजसम्म यो मेरो पहिलो प्रेमको कथा कम मानिसहरूलाई मात्र सुनाएको छु । जसले प्रेमको अर्थ र मर्म बुझ्दैनन्, उनीहरूलाई सुनाउनु बेकार छ । तिमी प्रेम र जीवनको पारखी छौ तसर्थ म तिमीलाई सुनाइरहेको छु ।”
“हुन्छ, सुनाऊ‘ ।”
“यी नायुमा हुन् । नायुमा र म सँगसँगै घाँस, दाउरा, वन, खेत र गोठाला जान्थ्यौ‘ । यसरी सँगसँगै उठबस, हिडडुल र सङ्गत गरिरहँदा थाहै नपाई हाम्रो मन एकआपसमा मिलेछ । साँचो अर्थमा हामीबीच मायाप्रिती बसेछ । त्यसलाई जीवनमा मूर्त रूप दिन हामी दुबै तयार थियौँ । तर अकस्मात ... नसोचेको वज्रपात हामीमाथि प¥यो ।” भन्दाभन्दै उनी भावुक भए ।
“कस्तो वज्रपात ?”
“नभन है कसैलाई । भन्दा पनि केही फरक पर्दैन । किनभने अब तिनी स्वर्गबासी भइसकेकी पनि धेरै वर्ष भइसक्यो ।”
“कसरी स्वर्गबासी भइन् ?” मलाई जिज्ञासा भइरहेको हुन्छ ।
“भन्नु पनि लाजमर्दो कुरा । एक दिन नहुनु भयो, सम्बन्ध भयो, रक्तस्राव हुन थाल्यो रोकिएन । अहिले जस्तो डाक्टर र अस्पतालहरू थिएनन् । धामी झाक्री लगाउँदालगाउँदै तिनको मृत्यु भयो । अकाल मृत्यु ! त्यस मृत्युले मेरो हृदयमा यति ठूलो चोट पा¥यो कि म झन्डैझन्डै विक्षिप्त अवस्थामा पुगेँ । वेदना सहन नसकेपछि म परदेश हिडे‘ ।
“त्यहीँबाट मेरो जीवनले अर्कै मोड लियो । मैले होटलको भाँडा माझ्ने केटो, कुल्ली, गोठालो, हली हुँदै धेरै गाउँ, बजार र सहरहरू चाहारेँ । त्यही यायावरी जिन्दगीमा मेरो केही राजनीतिक कार्यकर्ताहरूसँग भेट भयो । उनीहरूले मलाई राजनीतिक प्रशिक्षण दिए ।” उनले अर्को तस्विर निकालेर देखाए ।
त्यस तस्विरमा नेताहरू प्रसाद, कृष्ण, निर्मलसँग उनी पनि उभिएका थिए ।
“हो म उनीहरूकै अनुयायी भएँ । २०१७ सालको काण्डपछि म जनमुक्ति सेनामा भर्ती भएँ । फारबिसगन्ज हाम्रो मुख्य अड्डा थियो जहाँ कुनैकुनै बेला रामबाबु आउनुहुन्थ्यो र भन्नुहुन्थ्यो— क्रान्ति गर्नुपर्छ, सफलता निश्चित छ ।
हामी एकोहोरिएछौ‘ । हामी पर्चा र बन्दुकहरू बोकेर सैनिक अभियानमा पूर्वका केही जिल्लाहरूमा छरियौ‘ । दिक्तेलमा अगमसिंह, ढाकबहादुर, राम, लक्ष्मणलगायत निकै जना एकै ठाउँमा मारिए । म चाहिँ भागेर बाँच्न सफल भएँ ।
क्रान्तिको मोहभङ्ग भयो र फेरि म सामान्य जीवनमा फर्कने कोसिसमा लागेँ । नभन्दै पञ्चायतको चुनावमा पनि उठेँ । प्रधानपञ्च भएँ । राम्री फरासिली केटी भानुमतीसँग विवाह गरेँ । गार्हस्थ्य जीवन सुमधुर हुँदाहुँदै पनि बालबच्चा नजन्मिँदा म दिक्क भइरहेको थिएँ । तिनी पनि दिक्दार मानिरहेकी थिइन् ।
जीवन फूलैफूलको बिछ्यौना होइन । सुख–दुःख एकसाथ टाँसिएर मिसिएर र लेपासिएर बसेका हुँदा रहेछन् । मेरो जीवन हेर्दा मानिसहरूले जे देख्छन् त्यस्तो छैन । मलाई मात्र थाहा भएको कुरा म तिमीलाई आज भन्दै छु । भानुमतीले महाभारतकी पात्र कुन्तीले नियोगविधिद्वारा पाण्डव जन्माएको कुरा निकै दिनदेखि गरिरहेकी थिइन् । म टेस्ट्युब बेबीको कुरा गरिरहेको थिएँ । टेस्ट्युब बेबीमा तिनले कुनै चाख मानिरहेकी थिइनन् ।
नानी पाउने तिनको तीव्र चाहनाले तिनलाई द्रोपदी बनायो । एक रात म अबेला घर फर्कँदा के देख्छु, तिनी त परपुरुषको अङ्गालोमा आवद्ध छिन् । मेरो पुरुषार्थ र अहम्मा चोट लाग्यो । परपुरुष मलाई देख्ना साथ भाग्यो तर तिनी भाग्न सकिनन् । मैले तिनलाई असाध्य सास्ती दिँदै निर्घात कुटपिट गरेँ । समाजले मलाई मूर्ख निर्दयी लोग्नेमान्छे भन्यो । 
मानसिक बेचैनी डरलाग्दो हुन्छ । त्यसले चैनसित बस्न दिँदैन । मर्न र मार्न पनि तत्पर गराउँछ । त्यो परपुरुष केही गरे पनि मेरो आँखाबाट बिलाउन सकेन । जति सम्झ्यो रिस बढेर आइरहेको हुन्थ्यो । मेरै घरभित्र मेरै स्त्रीसँग सुत्ने ? कि त्यसलाई मार्छु कि म मर्छु । जतिजति रिस सहन नसकिने अवस्थामा पुग्थे म भानुमतीलाई कुट्थे । रातदिन लोग्नेस्वास्नीको झगडा भइरहेको हुन्थ्यो । झगडाको कारण हामी तीनजनालाई मात्र थाहा थियो । छिमेकीहरू सम्झन्थे म अबुझ, मूर्ख र घमन्डी छु ।
परपुरुषलाई मार्ने योजना बनाएर मैले केही लठैतहरू साथमा लिएर समय पर्खन थालेँ । एक साँझ एकलासमा त्यसलाई ढुकेर बसेँ । त्यसलाई भेट्नासाथ लाठी, लात्ती, मुड्कीले गोदागोद ग¥यौ‘ । खुकुरीले पनि हल्का प्रहार ग¥यौ‘ । म¥यो भन्ने सम्झेर त्यसलाई एकलासे खाल्डोमा फालेर हामी हिड्यौ‘ । तर त्यसको काल आएको रहेनछ । राति नै त्यसलाई त्यसका सहयोगीहरूले अस्पताल पु¥याएछन् । पक्कै त्यसले प्रहरीमा जाहेरी गर्नेछ भन्ने सोचेर बसेको थिएँ तर त्यसले जाहेरी नै गरेन ।
जाहेरी गरेन, कुटिहालियो भनेर ढुक्क भएर बसेको थिएँ । करिब एक वर्षपछि त्यो र त्यसका साथीहरू भएर मलाई निर्घात कुटपिट गरे । मेरा एउटा हात र खुट्टा भाँचिदिए । तर म पनि ज्याद्रो रहेछु । अस्पताल लामै समय बसेँ । हातखुट्टा ठीक भयो । त्यो परपुरुषसँग म अझै मारामार गर्ने योजना बुनिरहेको थिएँ तर त्यो आफ्नो घरबार बेचेर बसाइँ स¥यो । जीत मेरै भएको मैले सम्झेँ ।
श्रीमतीसँगको मेरो सम्बन्ध यथावत अगाडि जस्तै बढिरह्यो । समयक्रममा हाम्रा दुई छोरा र एक छोरी जन्मिए । मैले आफ्नो पुरुषत्व परीक्षण गर्ने आवश्यकता सम्झिनँ र गरिन‘ । तर मेरो भित्री मनको अन्तर तहमा कुनै कुनै बेला धुमिल शङ्का उब्जिरहन्छ— ‘यी छोराछोरीहरू मेरै हुन् त ?’
त्यो मेरो भित्री मनको पिरलो मैसित थियो । त्यसबाट मुक्त हुन मैले अर्की रूपवती कान्छी विवाह गरेँ । भानुमतीले कुनै बिरोध गरिन । मिलेर बस्छौ‘ भनी । तर करिब दुई वर्ष मसित बस्दा पनि रूपवतीबाट नानीहरू जन्मेनन् । दुइवर्षपछि तिनी अर्कै लोग्नेमानिससँग पोइल गइन् । कुच्चाले बढार्नुपर्ने हावाले उडायो, मैले सम्झेँ । तर तिनको पलायनले मभित्र एउटा नमिठो स्थायी बेदनाको सुइरो गाडेर गयो जो जीवनपर्यन्त निको हुने छैन ।
अहिले हेर्दा मसँग घरबार छ, परिवार छ । मानिसलाई चाहिने सबै कुराहरू मसँग भएझै‘ देखिन्छन् तर मसँग भएका देखिएकाहरू के साँच्चै मेरै हुन् त ? शङ्का भइरहन्छ तर मन बलियो बाँध्छु, मानिसले धर्मपुत्र पालेर पनि त सन्तानसुख प्राप्त गरेका छन् । मलाई छोराछोरीहरूले पिता मानेकै छन् । हङकङ र बेलायतमा बस्ने तिनीहरूले आवश्यकताअनुसार खर्चबर्च पठाएकै छन् । भानुमती पनि अब त बूढी भइसकी । मप्रति पूर्ण वफादार देखिन थालेकी पनि थुप्रै वर्ष भयो । बुढेसकालको मेरो सहारा भानुमती नै त भएकी छे ।
उमेरमा जेजस्तो गरी, भई, त्यो सब समयको ज्वारभाटाले पखालिसकेको छ । जीवन भनेकै यस्तैयस्तै प्रेमको खबटाभित्र लुकेको धोका, अविश्वास र षडयन्त्रहरूको मेल रहेछ । भोग्नु पर्छ, भोगिसकेपछि, बेहोरी सकेपछि ती सबै जीवनको अन्तिम कालखण्डमा बेसै लाग्दा रहेछन् । जीवनभर मैले धोका मात्र पाइरहेँ । राजनीतिमा लागेँ, राजनीतिका मेरा समकक्षीहरू अहिले शक्तिशाली राजनेताहरू भएका छन् । उनीहरू मलाई नचिनेजस्तो गर्छन् । म के उनीहरूसित पद र प्रतिष्ठा माग्न जाऊँ ? उनीहरूले गरेको धोकाधडीको कथा पनि म तिमीलाई सुनाउँछु ? सुनाए भने लाग्नेछ  तिमीलाई राजनीति फोहोरी खेल हो ।”
उनको कथा–व्यथा यति धेरै लामो र नियास्रो छ जसले जीवनमा आशा, उत्साह, उमङ्ग र रमाइलोपन सृष्टि गर्नुको सट्टा निराशा, कुण्ठा र अविश्वास मात्र जन्माउने रहेछ । म सुन्न चाहन्थे । मेरा कथा–व्यथा पनि सुनाउन बाँकी नै थियो । तर उनको कथामा भएको खल्लोपन, नियास्रोपन र रूखोपनले घैला भरिएझै‘ मेरो मन भरिएको हुन्छ । तसर्थ म भन्छु, “दामाले साथी तिमीले विश्वास गरेर मलाई सुनायौ । तर यो कुरा कसैलाई नसुनाऊ । सँधै सतर्क भई बस कि यो कुराहरू तिम्रा छोराछोरीले कुनै अवस्थामा पनि थाहा नपाऊन् ।”
“उनीहरूले थाहा पाउने कुरै छैन । म भन्दिँन, भानुमतीले भन्दिन । तिमी भन्दैनौ । तिमीले भन्यौ नै भने पनि कसैले पत्याउँदैन ।”
“हो, हो । जीवन सम्झौता पनि रहेछ । तापनि कतिपय गोप्य कुराहरू गोप्य रहेमा मात्र कल्याणकारी हुन्छ । तिम्रो कथा–व्यथाहरू सुनेपछि त मलाई झन् यो कुरा पक्का लाग्न थालेको छ । अहिले तिम्रो राजनीतिक धोकाधडीका कुराहरू सुन्ने मनस्थितिमा म छैन । अन्य कुनै दिन सुनौला ।”
“हुन्छ ।” उनी भन्छन् तर उनी कताकता कहाँकहाँ आफ्नै जीवनको धुमिल अतीतको कुहिरोभित्र रुमल्लिएझै‘ देखिन्छन् ।











परकम्प





“भुइँचालो...भंैचालो आयो ! भागौँ, भागौँ !”
धरहरामुनि पुगेका मात्र हुन्छौँ । भुइँ हल्लिन थाल्छ । उभिन, दौडिन खोज्दाखोज्दै हातेमालो गरेर हिँडिरहेका हामी भुइ जोडजोडले हल्लिरहेकाले सडकमै पछारिन्छौँ । ढ्याम ड्याम ... ढड्याम्म ठूलो आवाजकासाथ हेर्दाहेर्दै धरहरा गल्र्याम्म लड्छ । धुलोको कुइरीमण्डलले चारैतिर ढाक्छ ।
भुइँ अझै हल्लिरहेकै हुन्छ । भत्केको इटाले हामी पुरिएका हुन्छौँ । रगतपच्छे ऊ अचेत लडेको छ । तानेर उठाउन खोज्छु, सक्दिनँ । एउटा बलियो हातले मलाई तानेर भन्छ,“भागौँ, भागौँ ! भुइँचालो अझै आउँदै छ, धरहरा भत्किदै छ, पुर्न सक्छ ।” 
मानिसहरूको चिच्याहट, कोलाहल...लडेको धरहरामुनि किचिएर कति मरे, घाइतेहरूको ‘गुहार गुहार’को पुकार, करुण क्रन्दन ! आत्तिएका मानिसहरूको कोलाहल हल्ला होहल्ला । चारैतिर भागिरहेका, दौडिरहेका छन् । कोही भुइँमा असहाय बसेर ईश्वरपुकारा गरिरहेका छन् । म पनि त्यो मानिससँगै दौडेर टुडिखेल पुगेछु । चारैतिरबाट मानिसहरू टुडिखेलमा ओइरिरहेका छन् । टुडिखेल मानव भीडले खचाखच भरिन्छ । सहरको एक मात्र खुला स्थान, भुइँचालोबाट जोगिन सकिने एक मात्र खुला आश्रय स्थल !
‘उसलाई के भयो होला ?’ अचेत लडेको उसलाई झल्याँस्स सम्झन्छु । मोबाइल फोनमा उसको नम्बरमा ‘कल’ गर्छु, सम्पर्क हँुँदैन । घरको नम्बरमा ‘कल’ गर्छु, सम्पर्क हँुँदैन ।  सम्देनको परिवारको नम्बरमा ‘कल’ गर्छु, सम्पर्क हँुँदैन । कही कतै कोहीसँग सम्पर्क हँुँदैन । असहाय भएर चारैतर्फ हेर्छु— गर्ने के ? जाने कता ? भाग्ने कता ?
“कता हिँडेको ?” मलाई त्यही मानिस सोध्छ ।
“धरहरातिर । मेरो केटा साथीलाई के भयो ? म जान्न चाहन्छुँ ।”
“नजाऊ ! फेरि भुइँचालो आउन सक्छ । धरहरा लडिसक्यो । त्यता जानु खतरा छ ।” त्यो मानिसले मलाई जान दिँँदैन । हतास, निराश र किंकर्तव्यविमुढ म थचक्कै बस्छु । मानिसहरू ओढ्ने ओछ्याउने र अन्य सामानहरू लिएर आइरहेका छन् । पाल त्रिपालहरू ठडिन्छन् । भुकम्प सिविर तयार हुन्छ । कोही घर फर्कन तयार छैनन् । आफ्नै घर झेपालो हुन सक्छ, घरभित्र बस्न डराएर मानिसहरूको वास टुडिखेलमा हुन थाल्छ । म महिलाहरूको एक छेउमा बस्छु । सन्त्रासबीच रात बिताउछु ।
जीवन के रहेछ ? भुइँचालोको एकै धक्कामा समाप्त । घरले किचिएर कैयौँ मरे । भुइँचालोले ल्याएको पहिरोमा पुरिएर कैयौँ मरे । कैयाँै घाइते भए । बाँचेकाहरू पनि अब दोहोरिएर भुइँचालो आयो भने ‘मरिन्छ !’ भनेर त्रसित छन् । प्रकृतिको विनास लीला अगाडि मान्छे जाबोको के जोड चल्दो रहेछ र ! बारम्बार आइरहेको परकम्पले ‘ज्यान कसरी जोगाउने ?’ भन्ने  चिन्तामा  डुबेकाहरू सुरक्षित स्थान खुला चौर टुडिखेलमा जम्मा भएका छन् । को सानो, को ठूलो, धनि, गरिब, मालिक, नोकर, महिला, पुरुष, केटाकेटी, वृद्धबाल बनिता सबै जात, धर्म उमेर र समुदायका मानिसहरू पालमुनि  एकआपसमा  मिलेर समान भई बसिरहेका छन् । भूकम्प र परकम्पका अगाडि सब समान छन् । आफ्नो वास्तविक औकात भुइँचालोले सबैलाई सम्झाइ दिएझैँ लाग्छ । सतर्क छन्— ‘आयो...’ भन्नासाथ ज¥याक जुरुक उठेर बस्छन् । परकम्प आउनासाथ सबैको शरीरको रगत सुक्छ, ओठमुख–तालु सुक्छ । होश गुम हुन्छ ।
आफ्ना मानिसहरूबारे जानकारी, भूकम्पले पु¥याएको क्षति र अन्य सूचनाहरू पाउन लालायित त्रिपाल पालमा बसिरहेकाहरूको कानमा मोबाइल फोन टाँसिएको टाँसिएकै हुन्छ । कोही रेडियो सुनिरहेका हुन्छन् । रेडियोबाट थाहा पाउनेहरू भन्छन्, “धरहरा, काष्ठमण्डप, बसन्तपुर र भक्तपुर दरबार स्क्वायर भत्कियो । देशभरि हजारौं मानिस मरे, हजारौ घाइते भए । लाखौँ घर भत्कियो । सेना र प्रहरी उद्धार कार्यमा रात दिन खटिरहेका छन् । अस्पताल घाइते र शवले भरिएको छ । क्षति पुगेका चौध जिल्लामध्ये पनि सिन्धुपाल्चोक सबैभन्दा बढि तहस नहस भएको छ । मर्नेहरू पनि सोही जिल्लाको सबैभन्दा बढी छन् ।” सुनेर मेरो मुटुको गति रोकिएलाझैँ हुन्छ । मेरो घर परिवार सहिसलामत होलान् ? मोबाइल फोनमा सम्पर्क गर्ने कोसिस गर्छु तर बेकार ! सम्पर्क हुँदैहुँदैन ।
रातभरि झिमिक्कै ननिधाई सबेरै धरहरा क्षेत्रतिर दौडेर पुग्छु । लडेका घर र धरहराका इटा, माटो र धूलो पन्साउने काममा सेना, प्रहरी र केही आँटी स्वयंसेवी मानिसहरू दत्तचित्तले लागेका छन् । म पनि धूलो, माटो, इटा आदि पन्साउने जस्ता मसिना सकेको काम सघाइ रहेको हुन्छु । कैयौँ शव र घाइतेहरू निकालिन्छ, अस्पतालतिर लगिन्छ । धरानका एकै परिवारका चारजनाको लाश पनि निकालिन्छ । म प्रत्येक घाइते र लाशलाई नियालिनियालि हेर्छु । तर मेरो केटा साथी सम्देन त्यो दिन पनि भेटिदैन । हिजो पनि केही लास र घाइतेहरू निकालिएको थियो रे । कि हिजो नै उसको पनि लास निकालियो ? सोध्ने कसलाई ?
त्यहाँ उद्धार कार्यमा हिजो पनि खटेका धरहरा नजिकका एक जना पसले पनि रहेछ, उसले आफ्नै आँखाले धरहरा लड्दै गरेको देखेको कुरा सुनाइरहेको हुन्छ ।  मेरो ध्यान त्यता आकृृष्ट हुन्छ, “ ... बैशाख १२ गते दिउँसो म पसलमै थिएँ । ग्राहक र अरु साथीहरू पनि सँगै थिए । एक्कासी रींगटा लागे जस्तो भयो । ¥याकमा भएका सामानहरू भूइमा झार्न थाल्यो । भुइँचालो आयो भनेर साथीहरू भागे । म पनि निस्कँे । भागेर कता जाऊँ, कता भैरहँदा धरहरामा आँखा प¥यो । धरहरा त बाँस हल्लिए झैँ हल्लिरहेको छ । हल्लिँदा हल्लिँदै मैले देखेँ— माथि बार्दलीमा रहेकी एउटी महिला चरो उडेझैँ धरहराबाट बत्तिइन् । ... के गर्ने के नगर्ने अन्योल र अत्यास हुन थाल्यो । त्यही बेला धरहराको टुप्पोको भाग भोटेबहालतिर ढल्यो । अनि उतिखेरै फेदतिरको भाग पनि ढल्यो । धरहरा ढल्ने बित्तिकै बुङबुङती धूलो उड्यो ।.सबैतिर रुवाबासी चल्न थाल्यो । मान्छेको कोलाहल बढ्न थाल्यो । सबैको भागाभाग भयो ।”
“अनि त्यस पछि ?” म थाहै नपाई सोध्छु ।
“धरहरा हाम्रो पसलतिर ढलेन र हामी बाँच्यौँ । म धरहरा ढलेको ठाउँतिर गएँ । त्यहाँ मान्छेको रुवाबासी थियो । धरहरामा कतिजना चढेका थिए ? थाहा थिएन ।  धेरैजना पुरिएका थिए । उनीहरूलाई निकाल्नु पर्छ भनेर हामी लाग्यौँ । मैले मात्र १३ वटा शव निकालेँ । एउटी बच्चीलाई जिउँदै निकाल्यौँ । केही बेरमा प्रहरीहरू पनि आइ पुगे  र उद्धार काम भयो ।”
“हिजो मेरो सम्देनको शव पनि निकाल्नु भयो.?”
“को सम्देन ? कस्तो थियो ?”
“त्यस्तै २३ वर्षको, सेतो सर्ट लगाएको युवक क्या ।”
“त्यस्तो युवकहरूको १० वटा शव निकालेका थियौँ । सर्ट धुलाम्मे भएकाले निश्चित भन्न सक्तिनँ ।”                                            . 
 यस्तै कुराकानी भैरहेको बेला ‘भुइँचालो आयो, भुइँचालो आयो !’ भन्दै मानिसहरू भाग्न थाल्छन् । म पनि टुडिखेलतिर  भाग्छु । भाग्दा मेरो मोबाइल सेट हराउँछ । परिवार र साथीभाइसँग सम्पर्क गर्ने एक मात्र अन्तिम साधन पनि हराउँछ ।
‘सबैलाई आफ्नै ज्यान प्यारो हुँदो रहेछ ।’ भुकम्पपछि मलाई लाग्न थालेको छ । हरेक सुख सुबिधा सम्पन्न सुन्दर घर छोडेर मानिसहरू पालमा बसिरहेका छन् । आधुनिक टोइलेट बाथरुम नभई नहुने सम्पन्नहरू बोराले बनाएको अस्थायी गन्धे चर्पिमा सुरक्षा महसुस गरिरहेका छन् । 
“धन्न बाँचियो । आफ्नो घर भत्कियो, तर बाँचियो । छिमेकिको परिवार आफ्नै घरभित्र किचिएर मरे । कति दुःखदायी मृत्यु !”
“आफ्नो हालत पनि त्यस्तै हो । ते¥हतले एपार्टमेन्टमा एउटा लिएर बस्न थालेको, भुइँचालोले कोक्रो हल्लाएझैँ सातोपुत्लो उडाउँदै हल्लाई रह्यो । भाग्ने कसरी ? बिजुली बन्द, लिफ्ट बन्द । बाँच्ने आसै थिएन । एपार्टमेन्ट भत्केको भए त्यहाँ भएका सयौँ हाम्रो पनि साततले घरकाहरूका जस्तै एकै चिहान हुने थियो । एपार्टमेन्ट त भत्किएको छैन तर चिराचिरा परेको छ । अब त्यहाँ काल खोज्न को बस्छ ? हामी बरु फुटपाथमा बस्छौँ, त्यहाँ बस्दैनौँ ।”
“आफ्नो घर पनि भत्केको छैन, परिवारका कोही भुइँचालोमा परेको पनि छैन तर नजिकै टाँसिएको घर पहराजस्तो छ । भत्कियो भने किचिक्कै पार्छ, ‘रिस्क’ किन लिने ?”
पालवासीहरू बात मारिरहेका हुन्छन् । उनीहरूको कुरा सुन्दा लाग्छ भुकम्पले आवाससम्बन्धी धारणामा परिवर्तन ल्याएको छ । अब ठूला र अग्ला घरको सट्टा सुरक्षित घर बनाउनु पर्छ भन्ने सोचको विकास होला कि ! भूकम्पले मानिसहरूको सोच र जीवन पद्धतिमा पनि पूरा उथलपुथल ल्याउला कि ! 
मेरै करले सम्देन र म काठमाडौं घुम्न आएका थियाँै । कसलाई थाहा र ? यस्तो विपत्ति पर्ला भनेर । उसको त ज्यानै गयो, कतै लास भेटिन्छ कि भन्ने आसमा धरहराको उद्धार कार्यमा सरिक भएर लागिरहेको छु । भेटिएन भने एक पटक सबै अस्पतालहरूमा खोजी गर्ने विचार गर्दै छु । त्यस पछि  सिन्धुपाल्चोकको आफ्नो गाउँ जानेछु । मेरो गाउँको कोही जीवित रहेका छैनन् भन्ने हल्ला सुनिन्छ । हल्ला साँचो हो भने पनि म गाउँ गएर मेरा आफन्तहरूको लास खोज्ने छु, भेटे पनि नभेटे पनि उनीहरूको सतगत गर्ने मेरो कर्तव्य हो । ...मनभरि अनेकौं कुराहरूको ओइरो लागिरहन्छ । 
बारम्बार आइरहेको परकम्पले मजस्तै मानिसहरूलाई काफर, डरपोक र मनोबलविहीन बनाइरहेको छ । ‘अब ठूलो भुइँचालो आउँछ, १२ गतेको ७.६ म्याग्निच्युडको भन्दा ठूलो’ भन्ने हल्ला र भविष्यवाणीले मनमा  आशंका लाग्न थाल्छ — ‘अब ठूलो भुइँचालो आउँछ र मरिन्छ ।’ हुन पनि दिनै पिच्छे दिन रात कैयौ पल्ट परकम्प आइ रहन्छ, नआएको दिनै छैन । त्यसैले सबै मान्छले लत्तो छाडेका छन् । वास्तविक परकम्प र मनमा आइरहने डरलाग्दो  परकम्पले ‘आफू हुँ कि होइन’ को स्थितिमा छन् भुकम्पपछि मानिसहरू । म पनि त्यस्तै भएको छु । एकान्तमा उभिँदा खुट्टामुनि भुइ हल्लिरहेकै छ, खुट्टा लुलो भएर शरीर थाम्न गा¥हो भएर हल्लिरहेझैँ लाग्छ । निधाउँन पनि ढुक्कले निर्धक्क सकिएको छैन, खान पनि राम्ररी पाइएको छैन । दयावान संघसंस्था र व्यक्तिहरूले बाँडेको चिउरा, चाउचाउ र पानी खाएर टुडिखेलमा बसिरहेका हामी बाँचिरहेका छौँ ।
मुलुकभरि नै महाभुकम्प आएको रहेछ । काठमाडौं, सिन्धुपाल्चोक, गोरखा लगायत चौध जिल्लामा बढी क्षति पु¥याएको खबरसँगै मर्नेहरूको संख्या बढिरहेको छ । ‘कान्तिपुर’मा प्रकाशित समाचारमा सिन्धुपाल्चोकको पूरै क्षतिग्रस्त गाउँहरूको सूचीमा मेरो गाउँको नाम पनि देख्दा मेरो छातीभित्र चहराउने आगोले पोलेको जस्तो असह्य वेदना उब्जिन्छ जुन प्रतिदिन ठूलो भइरहेको छ । मसँग सँगै जीउने मर्ने बाचाबन्धन कसम खाएर जीवन सुम्पेको सम्देन छैन, मेरो परिवार छैन । मेरो घरगाउँ पहिरोले पुरिएको छ । नातागोताहरू मरे बाँचे ठेगान छैन । म एक्लो भएको छु, विवश, अथाह पीडा, दुःखकष्ट र मानसिक यातना सहन विवश... एक्लो । 
मलाई के भएको छ ? भूकम्पपछि सधैं भूकम्प र परकम्प आइरहेझैँ लाग्छ । १३ गते आइतबार दिउँसो आएको ६. ५ म्याग्निच्युडको भुइचालो आउँदा सबै चराहरू भुरुरु उडेको देखेको थिए । म चराहरू हेर्छु, तिनीहरू एकसाथ आकासमा उडेभने परकम्प आएको हुन्छ । कोही मानिस भने पारदर्सी बोटल र गिलासमा पानी राखेर त्यो पानी हल्लिए नहल्लिएको हेरिरहन्छन् भुइँचालो आएको थाहा पाउँन । कसैलाई विश्वास छैन— ‘फेरि भुइँचालो आउदैन’ भनेर । लागिरहन्छ भुइँचालो आइरहेछ, जमिन हल्लिरहेछ । यसले गर्दा सोच्ने र काम गर्ने शक्ति लोप भइसकेझैँ लाग्न थालेको छ । 
“अहिले वा भरै शक्तिशाली भुइँचालो आउँछ र मरिन्छ ! मरिन्छ !” सबैलाई लागिरहेको हुन्छ । त्यसैले आत्तिएका छन्, हरेश खाएका छन् । के हुने हो ? सब होश हवास गुमाएका, सातो हराएका निमुखा, निरीह, नियास्रो र ठिटलाग्दो देखिन्छन् ।  थर्कमान छन् । मनोरोगी भएका छन् । त्यसैले होला मानिसहरू दिउसो पनि केही काम नगरी पालमा बसिरहेका, सुतिरहेका हुन्छन् लाचारलाचार सुस्त सुस्त मनस्थिति पालेर ! महाभूकम्पले मानिसहरूलाई पुरै सातदिनभन्दा बढि पालमा शरणार्थी बनायो । केही आँटि मानिसहरू पाल छोडेर घरमा बस्न थालेका हुन्छन् । मेरो जाने कुनै ठाउँ नभएकाले म टुडिखेलमा नै बस्छु र सोचिरहेको हुन्छु —‘सम्देनको लास भेटे भने संस्कारेर  यहाँबाट हिड्नेछु ।’
स्कुल, क्याम्पस बन्द छ । सरकारी कार्यालय शून्य छ । अस्पताल घाइतेहरूले भरिभराउ छ । हेलिकोप्टर धरती थर्काउँदै आकासमा दिउँसो राति चोबिसै घण्टा उडिरहेको छ, उडिरहेको छ । भारत, चिन, अमेरिका, बङ्गलादेश, रुस, पाकिस्थान आदि देशका हेलिकोप्टरहरू उद्धारका लागि आएका छन्, रातदिन उडिरहेका छन् । विश्वभरका सरकार, संस्था र मानिसहरूले राहतका रकम र सामानहरू सहयोग गरिरहेका छन् । भूकम्प र परकम्पमा परेका मरेका मानिस भत्केका घर, भौतिक संरचनाहरूको तस्वीर  र समाचारहरूले   पत्रपत्रिका भरिएका छन् । आठ हजारभन्दा बढी मानिसहरूको ज्यान गयो । बाइस हजारभन्दा बढी घाइते भए । देशभरि लाखौं घर भत्किए । सडक भत्किए । पहिरोले नदी थुनियो, थुनिएको नदीले किनारका वस्तीहरू बगाउने डर । खर्बौको क्षति भयो ।  भुइँचालोले महाविपत्ति र महासंकटमा मुलुकलाई धकेलेको छ  ! 
महाभूकम्पले मलाई पनि एक्लो  बनाएको छ , एक्लो. ... आफ्नो परिवार सम्झेर रुन्छु । सम्देनलाई सम्झेर रुन्छु । रुनु बाहेक म के गर्न सक्छु र ?! सबै बाटाहरू, ढोकाहरू बन्द छन् । जब आपूm असहाय, निरीह, निर्बल, अदना, एक्लो, बेसहारा भइन्छ, रुनु  अन्तिम विकल्प रहँदो रहेछ । रुँदा मन केही हलुङ्गो हुँदो होला र ! म रुन्छु, फकाउने कोही छैन । र पनि ...  रोइरहन्छु धित मरुन्जेल ...
“किन रोइरहेकी छ्यौ ? बैनी ।”
“म आफ्नो परिवार, घरगाउँ र ‘ब्याइफ्रेन्ड’ सम्झेर रोइरहेकी छु ।”
“कहाँ छ तिम्रो ‘ब्याइफ्रेन्ड’ ? कहाँ छ तिम्रो परिवार र घरगाउँ ?”
एकजना अपरिचित महिला मलाई सोधिरहेकी छिन् । म जवाफ दिऊँ कि नदिऊँ दोधारमा पर्छु । बताएरै पनि के फायदा ? जब सब मानिसहरू आफ्नै पीर र पीडाले पूर्णतया भिजेका छन्, अरुकोबारेमा कसले चासो राख्छ ? त्यो महिलाले निकै बेर मलाई नै हेरिरहेकाले म भन्छु, “मेरो ‘ब्याइफ्रेन्ड’ सम्देन धरहराको भग्नावशेषमा पुरीएझैँ लाग्छ । उसको लास नभेटिएको भए पनि ऊ मरिसकेको हुनु पर्छ । मेरो घर हेलम्बु, सिन्धुपाल्चोक हो । पत्रपत्रिकामा मेरो गाउँ पूरै ध्वस्त भएको खबर देख्छु । म त्यहाँ पुग्न चाहन्छु । तर उपाय देख्तिनँ... ।”
“म पत्रकार हुँ । हाम्रो टोली भोलि त्यता गईरहेको छ । चाहनुहुन्छ भने हामीसित मिसिएर जान सक्नु हुन्छ ।”
“म जान्छु ।” कालो अँध्यारोमा एउटा उज्यालो किरण देखेर खुसी हुँदै भन्छु । मलाई ‘के खोच्छस् कानो, आँखो’ भने झैँ हुन्छ । 
“उसो भए भोलि बिहान ४ बजे सहिद गेट अगाडि उभिनु होला । पत्रकार टोली भन्ने लेखिएको ‘ब्यानर’ भएको ‘भ्यान’ गाडि आउँछ, त्यसैमा म पनि हुन्छु । त्यसैमा चढेर सिन्धुपाल्चोक जाउला ।”
 धरहरा लड्दा धरहरामा चढेका प्रेमी प्रेमिकाको एक युगल जोडी बरण्डाको रेलिङमा झुन्डिएर खस्दा पनि घाइते मात्र भए  । ती दुईले ‘सँगै मर्ने बाँच्ने’ कसम भुइँचालो आउँदाआउँदै खाएका थिए रे,  दुवै बाँचे । धरहरा चढेका आमा र चार वर्षिया छोरी बाँचेको खबर पनि पत्रिकामा पढेको सम्झन्छु । म मात्र कस्तो अभागी ! धरहरा चढ्ने भनेर धरहराको फेदमा मात्र पुगेका थियौँ, भुइँचालो आइहाल्यो । हामी दुवैजना मरेका भए हुन्थ्यो ! यस्तो सास्ती पीर, मानसिक पीडा र अधमरो पार्ने एक्लोपन त  भोग्नु पर्दैनथ्यो !  मर्मान्तक वेदना बोकेर म दिनरात पलपल मर्नु न बाँच्नु भइ रहेकी छु । 
म फेरि धरहरा क्षेत्र पुग्छु । एकजना मानिस दुर्गन्ध मार्ने औषधि छरेको छरेकै हुन्छ । कुहेको लासको दुर्गन्ध आइरहेकाले  भग्नावशेषभित्र अझै केही शवहरू होलान् भन्ने अनुमान मानिसहरू  गरिरहेका छन् । सम्देनको शव भेटिएन । ऊ मरि सक्यो भन्ने निर्णय   मनमनै गरेर त्यही भग्नावशेषमा उभिएर उसको सम्झनामा श्रध्दान्जलीको आँसु  खसाउदै केही बेर बस्छु, रुन्छु । छाती अघोर कष्टले पोलेर आउँछ, रुन्छु । रुनु, रुनु .. सुक्कसु्््््््््क्क गर्नु अब बानी नै परिसकेको छ ।
 “लौ, लौ... फेरि भुइँचालो... भुइँचालो आयो !” 
शक्तिशाली भुइँचालो, भुइ जोडजोडले हल्लिन थाल्छ ।  मानिसहरूको भागाभाग.. म पनि टुडिखेलतिर लड्दै, उठदै, दौडदै भाग्छु । टुडिखेल पुगेपछि मात्र ‘बाँचियो !’ भन्ने मलाई लाग्छ । भूकम्प र परकम्पले चर्काएको भौतिक  संरचनाहरू पूरा नष्ट हुन्छन् । धनजनको क्षति थपिन्छ । भुकम्पबाट विचलित भएका मानिसहरूको मन अलिअलि ठीक हुन लागेको बेला फेरि आएको शक्तिशाली परकम्पले धेरैलाई मनोरोगी बनाउँछ । ठूलो भूकम्प आउदैन परकम्प आइरहन्छन्, परकम्पले खासै नोक्सान गर्दैन भन्ने मानिसहरूको विश्वासलाई २९गते दिउँसो आएको परकम्पले जगैदेखि हल्लाई दिन्छ । मानिसहरू घर बस्न छाडेर फेरि पालमा बस्न थाल्छन् ।
परकम्पको ठूलो झट्का र भोलि सिन्धुपाल्चोक जाने कुराले म त्यो रात जागाजस्तै बसेको हुन्छु ।  मेरो छेउमा सुतेकी महिलालाई “कति बज्यो ?” भनेर धेरै पटक सोधेको हुन्छु । तिनले “३ बज्यो” भन्नासाथ हस्याङ फस्याङ गर्दै सहिद गेट पुग्छु । मलाई डर हुन्छ, कतै उनीहरू छिट्टै आएर गइ हाल्लान् । म सडकको दुवैतिर चनाखो भएर हेरिरहन्छु । गाडि आउँला र रोकिएला । केही गाडिहरू आए, गए । त्यहाँ कुनै गाडि रोकिएन । म अनुमान गर्छु, अब चार बजि सक्यो होला ।
 दुई जना पुरुष र हिजोको महिला पत्रकार म उभिएको ठाउँमा आउँछन् । महिला पत्रकार भन्छिन्, “माफ गर्नोस्, बहिनी । हिजोको परकम्पको डरलाग्दो झट्कापछि हामी पत्रकारहरू सिन्धुपाल्चोक नजाने भयौँ । पर्खिरहनु भएको होला भनेर म मेरो पत्रकार साथीहरूसँग तपाईँलाई खबर गर्न आएकी छु । मद्दत गर्न नसकेकोमा म दुःिख छु ।”
“दिदी, दुःिख नहुनुहोस् । ममाथि यी दुःखहरू प्राकृतिक विपत्तिले दिएका हुन् । तपार्इँले  जुन सहानुभूति दिनु भयो, बहिनी भनेर बोलाउनु भयो । म एक्लीलाई यही नै पर्याप्त छ ।” म भन्छु तर मेरो अन्तरकुन्तरमा जमेको पीडाको सागरबाट छचल्किएर मेरो स्वर दुःिखको आर्तनाद बन्छ । नचाहँदानचाहँदै मेरो आँखाबाट आँसु बग्न थाल्छ । 
“बहिनी, तपाईँभित्र के बितिरहेको छ ? हामी अनुभूत गर्न सक्छौँ । बरु आउनोस् टुडिखेलको एकछेउमा बसेर चिया खाँदै केहीबेर कुराकानी गरौँ ।” पत्रकार दिदी भन्छिन् ।
मलाई के आपत्ति ? मेरो न कुनै गन्तव्य, न कुनै दिनचर्या । “हुन्छ ।” भन्छु । अलिक एकान्तजस्तो भएको ठाउँमा हामी बस्छौँ ।
“उहाँहरू पनि पत्रकार । उहाँ उमाकान्त, उहाँ राममान, मेरो नाम रमा ।” उनी परिचय दिन्छिन् ।
“म... म !” म आफ्नो नाम भन्न सक्तिनँ, भन्छु, “म अनाम अज्ञात ।” अब मेरो नाम कहाँ छ ? मेरो नाम काढेर बोलाउने अब मेरो को छ र ? न घर परिवार,  न ‘ब्याइफ्रेन्ड ।’ गन्तव्य हराएको, एक्लो म... नमीठो भावना मभित्र बहन्छ । मेरो सबथोक लुट्ने यो महाभूकम्प...
“हुन्छ बहिनी, तपाईँले आफ्नो वास्तविक नाम हामीलाई बताउनु पर्दैन । मानवताको नाताले तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ, थाहा पाउँन सक्छौँ । तपाईँलाई यस्ता अवस्थामा केही मद्दत गर्न सक्छौ कि  भनेर तपाईँसित कुरा गर्न चाहेका हौँ । चिया खाँदै कुरा गरौँ । हुन्न ?” भन्दै पत्रकार दिदीले उनले नै ल्याएको ‘थर्मस’बाट चारवटा ‘प्लाष्टिक’ गिलासमा चिया खन्याउँछिन् । चिया खाँदै बस्छौँ हामी निशब्द । एक क्षणको मौनता र सुनसानमा कोही नबोले पनि मनहरू बोलीरहेका हुन्छन् । एक अर्कालाई अनुभूत गर्ने कोसिस भइरहेको हुन्छ ।
आफन्तविहीन एक्लो भएको छु भन्ने सम्झिन थालेको बेला उनीहरूको आत्मीयता पाएर मभित्र रहेको करुणा अनायास उम्लिएर रोदनमा बदलिन्छ क्वाँ क्वाँ ...। म रुन थालेछु थाहै नपाई । 
“नरुनुहोस् बहिनी । नरुनुहोस् ! रोएर समस्या समाधान हुँदैन , समाधान नहुने समस्या हुँदैन । हामीमाथि महाभुकम्पको बज्रपात परेको छ । हामी सहन्छौँ र यो विपत्तिलाई पनि टुङ्गाएर नयाँ उज्यालोतर्फ बढ्नेछौँ ।” राममान भन्छन् ।
“हाम्रो देशको भौगोलिक अवस्थितिले गर्दा प्रत्येक ७०, ८० वर्षको अवधिको फरकमा  यस्तो भुकम्पको प्रकोप बेहोर्नै पर्छ रे । शक्तिशाली यो महाभुकम्प बेहोर्नेहरू सबैको आआफ्नो अनुभव, कथा–ब्यथा छ, ती सबै अभिलेखिकृत गर्न पाए भावी पुस्तालाई त्यसबाट शिक्षा लिन सजिलो हुने थियो ।” उमाकान्त भन्छन् ।
यो मान्छे नेता हो कि पत्रकार ? मेरो रोदन रोकिन्छ । 
“हामीलाई तपाईँको आत्मकथा सुनाउनुहोस् । अनुमति दिनुहुन्छ भने रिकर्ड गर्नेछौँ र त्यसलाई पत्रिकामा प्रकाशित गर्नेछौँ ।”
 “यस विषयमा म केही भन्न सक्तिनँ । डुब्न लागेको यात्री झैँ भएको छु । तपाईँहरू आफ्नो विवेक प्रयोग गर्नु होला ।”
“हुन्छ, हामी तपाईँको विश्वासमाथि कुठाराघात गर्ने छैनौँ । आफ्नो आत्मकथा निस्फिक्रीसाथ सुनाउँनु होस् ।”
 मैले भोगेको सबै बेलिबिस्तार बिस्तारसाथ सुनाउँछु । सुनाइसकेपछि केही हलुङ्गो महसुस गर्छु । तापनि मभित्र अझै महाभूकम्पभन्दा शक्तिसाली परकम्पहरू गइरहेका छन्  । थामिने छाँट छैन । म व्यथित, थकित र चकित समेत भएको छु ।  के जीवनपूmल  महाभूकम्पको एकै झट्कामा  धूलोपिठो भएको हो ? अन्तमा म उनीहरूलाई नै सोध्छु — “म के गरौँ ?”
“तपाईँको धेरै थोक यो भुइँचालोले लुटेको छ, तर सबथोक चाहीँ होइन । तपाईँलाई लुला लङ्गडो बनाएको छैन र तपाईँको उज्यालो भविष्य बाँकि छ । म एउटा प्रश्न सोध्छु ...धेरै  गमेर जवाफ दिनुहोला ।  यदि सम्देन बाँचेर तपाईँ चाहीँ धरहराले किचिएर मर्नुभएको  भए  उसले के गथ्र्यो होला ?”
त्यस हिसाबले त मैले कहिल्यै सोचेको थिइनँ । भूकम्पमा सबै परिवार  गुमाएर पनि आफू चाहीँ बाँचेकोमा  हर्ष प्रकट गरिरहेको मानिसको तस्विर पत्रिकामा देखेको कुरा सम्झन्छु । हो त नि , ‘जिउ रहे घिउ खान पाइन्छ ।’ जो छैन त्यसैको बारेमा चिन्तित हुनु भइरहनु जीवन यात्रा हो र ! बितेको समय, गुमेका धन र उम्केको माछा एउटै हो । आउँने उज्यालो भविश्यको लागि बाँच्नु पो जीवन हो ... अनायास आशाको आभाहरू मभित्र फैलिन्छ ।
“हामी भूकम्पले त्रसित, निरास मनोरागीहरूलाई मनोपरामर्श दिएर पुन स्वास्थ र तन्दुरुस्त बनाउन चाहन्छौँ । त्यो कार्य हामी गर्दै छौँ । तपाईँ आफै जो भुक्तभोगी हुनुहुन्छ,  तपाईँलाई पनि हामी यस कार्यमा समावेश हुन अनुरोध गर्दछौँ । सोचेर जवाफ दिनुहोला ।”
म के सुन्दै छु ? मनोपरामर्श ! मभित्रका परकम्पहरू अनायास रोकिन्छन् । अर्को उज्यालो मनभित्र अवतरण हुन थाल्छ । मनोपरामर्शद्वारा हर प्रकारका मनोरागीहरूका जीवनमा उज्यालो छरेर मेरो एक्लो जीवन सार्थक बनाउने छु । मेरो अँध्यारो संसारमा  झलमल्ल उज्यालो पोखिन्छ । 


२०७२ जेठ ७, सुकेधारा 













असामयिक निधन



जब म पत्रपत्रिकाहरू पढ्न थाल्छु । अनायासै आँखा श्रद्धाञ्जली, समवेदनाहरूप्रति तानिन्छ । कैयौ‘ चिनारुहरूको निधन त ती समवेदनाहरूबाटै मैले थाहा पाएको छु । आफ्ना चिनारुहरूको त्यस्तो निधनले च्वास्स मुटु घोच्छ र सम्झन्छु आफ्नो पनि त्यस्तै असामयिक निधन हुने हो कि ? हुन त सबै निधनहरू असामयिक नै हुन्छन् । हो नि, ‘जन्मदा नै मानिसले मर्ने कबोल गरेको हुन्छ ।’ हरेक जीवितहरूले मर्नै पर्दछ तर कहिले र कसरी ? त्यो भने अनिश्चित हुन्छ । सर्पको मुखमा परिसकेको भ्यागुतो पनि किरा,फट्याङ्ग्रा खान जिब्रो तन्काइरहेकै हुन्छ भनेझै‘ मानिस मृत्युको मुखमा पसिसक्दा पनि लोभ, लालच र पापबाट उम्कन सकेको हुँदैन । जीवनको यो अन्तिम कालखण्डमा पुग्दा पनि सबै जीवितहरूझैँ लोभ, लालच र पाप अथवा दैनिक जीवन धान्ने, पेट गुजारा र सुसेधन्दाबाट म पनि उम्कन सकेको छुइन‘ । त्यही गुजाराको सिलसिलामा म सहर पुगेको हुन्छु । त्यसै क्रममा मृत्युसँग जम्काभेट भयो र झण्डै मृत्युको ग्रास भइयो । भएको भए सायद मेरो पनि पत्रपत्रिकाहरूमा यस्तै समवेदना छापिन्थ्यो होला ।
समवेदना ! श्रद्धाञ्जली !! कसले छाप्थ्यो होला ? म त्यस्तो ठूलो मान्छे पनि होइन, त्यस्तो धनवान पनि होइन । ठूलो मान्छेको समवेदना छाप्न संघ, संगठन, संस्था र धनी व्यक्तिहरू तँछाड मछाड गर्छन् । धनवानहरूको मृत्युमा सवेदना छाप्न पनि उसका वारिसहरू र धनवान नातेदारहरू पछि पर्दैनन् । तर मजस्ता सर्वसाधारण र गरिब जनहरूको समवेदना कसले छाप्ला र ?!
ल, ल, हेर, कहेर मन बरालिएको ! यो मन ... म आफ्नै मनसित सोध्छु— मरिसकेपछि ठूलो धनराशी खर्च गरेर छापिएको समवेदना म हेर्न पाउने छैन । मेरो मृत्युपछि छापिएको त्यसको मलाई के अर्थ ? म जुन घटनाको वयान गर्न गइरहेको छु, त्यसलाई बिर्सेर अन्तै बहकिएछु । मरेपछि समवेदना छापियुन् या नछापियुन, अहिले जीवित मलाई त्यस्को कुनै अर्थ छैन । जीवित भएको बेला धेरै पैसा खर्च गरेर छापिने समवेदनाभन्दा पैसै नपर्ने मीठो बोली, व्यवहार, प्रेम, ढाढस, स्नेह, अपनत्व, असल मानवीय मनोभावनाहरूको भने अत्यन्त महŒव हुन्छ । तर सबैे आफ्नो निहीत स्वार्थमा चुर्लुम्म डुबिरहेका बेला त्यस्ता असल मनोभावनाहरू बाँड्ने फुर्सद कसलाई छ र !
मानिसले हरेक क्रियाकलापको केन्द्रबिन्दुमा आफूलाई नै राख्दोरहेछ । हो पनि । एउटा बर्मेली कथाअनुसार ‘एउटा ज्योतिषी बूढी थिई । उसले भनेको सबै भविष्यवाणी पुग्थ्यो । एकदिन ती बूढीले एक महिनापछि सारा संसार प्रलय हुन्छ भनेर घोषणा गरी । मानिसहरूले आफूसित भएका सम्पत्ति मोजमज्जा गरेर सिध्याए । ती बूढीले प्रलय हुन्छ भनेको दिन आयो, प्रलय भएन । मानिसहरू टाट भइसकेका थिए । रिसाएर बूढीलाई गाली गर्न र कुट्न सबै बूढी बसेको जङ्गलछेउको झुपडी पुगे । देख्छन्, बूढी त स्वर्गे भइसकेकी । उनीहरूले सम्झे— बूढीले ठीकै भविष्यवाणी गरेकी थिई । उस्को लागि त संसारै प्रलय भयो नि ।’ त्यस्तै आफू नै नभएपछि सुन्दर योजना, वस्तु, निर्माण र संसारकै के माने र ! म पनि सहरको त्यो दुर्घटनामा मरेको भए, अहिले म यो कथा भनिरहेको हुन्थ‘े र ! आफू छ भने न संसार छ ।
    त्यो दुर्घटना टरेको दिन ! बिहानैदेखि मन तुल्बुलिएको थियो । खेतीपातीको सिजन सुरु हुन लागेको थियो । ट्र्याक्टर बिग्रेर वर्कसपमा मर्मतका लागि पु¥याइएको थियो । मन छटपटिएर बस्नै नसकेर बिहानै मोटरसाइकल चढेर सहरतिर हुइकिएँ । सहर पुगिसकेपछि सम्झे, वर्कसप खुलेकै छैन होला । एकजना आफन्त सहरको अर्को भागमा बसेका छन्, उतैतिर मोटरसाइकललाई बढाउँछु । देख्छु मेरै साइडमा एउटा ट्रक आइरहेको छ । म ठीक साइडमा छु । मोटरसाइकल रोक्छु । अगाडि अर्कोतर्फ जाने बाटो पनि जोडिएको छ । त्यता ट्रक लाग्छ होला भन्ने सम्झिरहेको बेला ट्रकले भ्वाक्क मेरो मोटरसाइकललाई धक्का दिएर लडाउँछ । म आफ्नै मोटरसाकलले थिचिएर हलचल गर्न नसक्ने गरी लडेको छु । देख्छु, ट्रक ब्याक गरेर सिधै मलाई ताकेर बिस्तारै आइरहेको छ । आफ्नै मोटरसाइकलले देब्रे खुट्टा पूरै थिचिएको थियो । ट्रक मेरो टाउको ताकेर आइरहेको छ मन्द गतिमा ... म टुलुटुलु हेरिरहेको छु । काल ट्रकको रूपमा निरन्तर, अगाडि आइरहेको छ । अब किच्यो, किच्यो मलाई । अब मा¥यो, मा¥यो मृत्यु निश्चित छ । मृत्यु ... मृत्यु । ट्रकको चक्का घ्याप्प मेरो मोटरसाइकलको चक्कामा ओट लागेर म माथि चढ्न सकेन । 
‘ब्याक गरेर मान्छे मार्दैछ खबरदार ! खबरदार !!
‘ट्रक रोक ! रोक !!’ 
नजिकको चिया पसलमा चिया खाइरहेका मानिसहरू हल्ला गर्दै आइपुगे । ड्राइभर ट्रक रोकेर भाग्यो । ती मानिसहरूले नै ड्राइभरलाई खेद्दै गएर समाते । ट्रक पछाडि ठेलेर लगेपछि उनीहरूले नै मेरो मोटरसाइकल उठाए । मोटरसाइकल उठाइसकेपछि मात्र म उठ्न सकें । उठें, ‘नर्भस’ म पूरै आत्तिएको, अकमक्क परेको थिए । उनीहरूले मलाई त्यही चिया पसलमा लगेर बेन्चमा बसाए । एक ग्लास पानी दिए । घट्घट् स्वचालित ढङ्गमा खाए‘ । पानी खाइसकेपछि मात्र मेरो सम्वेदना, संवेग, होश अर्थात् चेतना फर्केर आउँछ ।
मृत्युसँग जम्काभेट ! मृत्युसँग प्रत्यक्ष साक्षात्कार ! डेढ दुई फिटपर मात्र ट्रकको चक्काको रूपमा अडिएको काल । गस्ती प्रहरीले मलाई गाडीमा चढाएर चौकीमा लग्यो । लुगा सडकमा घस्किएर ह्वाङ्गै च्यातिएको रहेछ । मेरो अनुहार अझैसम्म फुस्रो थियो र मेरो आँखामा अझैसम्म त्रास झुण्डिरहेकै थियो । सम्झिए‘, हिजै मात्र त बोर्डिङ स्कुलकी एक शिक्षिकालाई बसले ब्याक गरेर किचिक्क पारेर मारेको । मेरो पनि झण्डै त्यस्तै गति भएको । धन्न चिया पसलमा जम्मा भएका मानिसहरूले मलाई बचाए । धन्न, बाँचे म ।
प्रहरी चौकीमा प्रहरीहरूले मेरा मोटरसाइकल र ट्रक पनि ल्याए । ड्राइभर पनि थुनिएको छ । ड्राइभरको अनुहार हेर्न चाहिन‘ मैले । नाम पनि सुन्न चाहिन‘ मैले । मलाई डर थियो— त्यो ड्राइभरको अनुहार हेरेँ भने त्यसले मलाई जीवनभर त्यही अनुहार कालका रूपमा देखा परेर आतङ्कित पारिरहनेछ । र म पनि आक्रोसित भएर बदला लिनेतर्फ अग्रसर हुन सक्छु ।
ट्रक मालिक आइपुगे । प्रहरीले भनेपछि अस्पतालतर्फ मलाई परीक्षण गर्न लिएर गए । डाक्टरले परीक्षण गरे । मलाई गम्भीर चोटपटक केही लागेको थिएन । एक्स रे र अन्य परीक्षण गर्ने क्रममा ट्रक मालिकले धम्क्याए ‘तपाई‘को (मोटरसाइकाल हाँक्ने) ड्राइभिङ लाइसेन्स छ के ? भर्खर सिकेको होला ...’ आदि आदि । चुप लागेर नै मैले जितेँ । सम्झेँ म बाँचे । बाँच्नु नै ठूलो कुरो भयो । कल्पनामा देख्छु ट्रकको चक्कामुनि किचिक्क भएको मेरो टाउको ‘... झण्डै मृत्युवरण भएको ...’ अझै म थरथर कामिरहेको थिएँ ।
मृत्यु कति त्रासद र भयानक हुँदोरहेछ । प्रत्यक्ष अनुभव भयो । मृत्युसँग साक्षात्कार कति डरलाग्दो हुँदोरहेछ । यस प्रकारको मृत्युसँग अनायस जम्काभेट यसभन्दा अगाडि पनि मेरो दुईतीन पल्ट भइसकेको थियो । सम्झन्छु ती सबै जम्काभेटभन्दा यो साक्षात्कार चाहिँ सबैभन्दा अरुचिकर र डरलाग्दो थियो ।
म अल्लारे ठिटो हुँदा सडक कुदेर काट्दा झण्डै बसले किच्चाएको थियो । एक रौं बराबरीले म बाँचे । ड्राइभरले बस रोकेर मलाई हका¥यो— ‘मर्नु मन छ कि, आफू त मथ्र्यो मथ्र्यो, मलाई पनि  ज्यानमारा बनाउँथ्यो ।’ म अल्लारे थिएँ । त्यसलाई तुरुन्तै बिर्सिएँ । अर्को साक्षात्कार आन्दोलनमा गोली चल्दाका बेला  भ्वाक्कै गोली लागेर मेरै छेउको विद्यार्थी साथी सहिद भए । सम्झन्छु अर्को घटना पनि, तराईको घरमा अत्यन्त गर्मी भएकाले संघार छेउमा म सुतेको थिएँ । केहीले टोकेर दुखेको आभास हुनासाथ खुट्टा झट्कारेर फालेँ । अध्यारोमा एउटा गह्रौ वस्तु फालियो । कुपि बालेर हेर्दा पिडौंलामा सर्पको दाँत (फेङ्ग) ले टोकेको जस्तै दुई ठाउँबाट रगत बगिरहेको थियो । मैले हल्ला गरे‘ “मलाई सर्पले टोक्यो ।” आमा बुबा उठ्नु भयो । मैले प्राथमिक उपचारमा पढेझै‘ चक्कुले दुईवटा चिरा पारेर रगत निचोर्दै फालेँ । केहीबेर रगत फालिसकेपछि नुन मुखमा राखेर आमाले रगत चुस्दै फाल्नुभयो । एकजना पाहुना पनि घरमा आउनुभएको थियो । “सर्पले टोकेको भएमा खोर्सानी टोक्दा पीरो हुँदैन” उनले भने । हरियो खोर्सानी मैले टोके‘, चबाएँ । पीरो भयो, मलाई साँपले टोकेको (डसेको) होइन रहेछ कि । दोधार अझै थियो । करिब रातभर नै जागा बसिसकेपछि म बाँचे । अझै मलाई भ्रम छ त्यो रात मलाई साँप वा छुचुन्द्रो केले टोकेको थियो । ट्याक्कै सर्पको फेङ्गको चिन्ह थियो । तुरुन्तै चक्कुले चिरेर रगत फालेकाले वा आमाले चुस्दै फालेकाले विष शरीरमा सर्न पाएन कि ? अथवा सर्प नै थियो र उसले डस्नु बित्तिकै मैले खुट्टा झटकारेर फालेकाले त्यसले पल्टिएर आफ्नो विषथैलीबाट विष झार्न पाएन कि ? त्यस घटनामा जेसुकैले टोकेको भए पनि केही घण्टा म, आमा, बुबा र पाहुनालाई नक्कली नै भए पनि मेरो मृत्युबोध आभास भएको थियो ।
सबैभन्दा बढी मृत्युको पूर्वाभास गराएर गम्भीर बनाउने मलाई लागेको रोग म कहिल्यै बिर्सन सक्दिन‘ । रक्सी र मासु टन्न खाएर म सुतेको थिएँ । निन्द्रामै मलाई मुच्र्छाले छोपेछ । सँगै सुतेकी श्रीमतीले हेर्दा मुखबाट फिँज काडिरहेको र सानो स्वरमा अँ अँ गरिरहेको म पूरै बेहोस थिए रे । पत्नीले उचाल्दै पछार्दै गरिन् रे । मेरो हात, खुट्टा माडिदिइन् रे । करिब ४५ मिनेट जति यो प्रक्रिया गरिसकेपछि मलाई मुच्र्छाले छोडेछ र म निधाएछु ।
बिहानै डाक्टर हरि शर्मालाई देखाउँदा ब्लड प्रेसरले झम्को हानेको पत्ता लाग्यो । डाक्टरले प्रेसरको दबाइ दिनाका साथै अझ ठूलो न्यूरो सर्जनलाई देखाउन सल्लाह दिए । सिलगुढीको न्यूरो सर्जन डा. चाङलाई देखाइयो, सिटी स्क्यान गर्दा दिमागमा सिस्टको कारणले दाग देखियो । एम.आर.आई. गर्ने सल्लाह दिए । एम.आर.आई. गरेपछि मात्रै रोग निश्चित हुने बताए । त्यति बेला एम.आर.आई. गर्ने सुबिधा कलकत्ता, दिल्ली र काठमाडौंमा मिलिटरी अस्पतालमा मात्र भएको कुरा डाक्टरले नै बताए ।
कोही आफन्तहरूले सुनाए, “सिस्ट त दिमागमा पुगेपछि लार्भा हुन्छ । त्यस्तो रोगीको दिल्लीमा अप्रेसन गर्दै हप्ता हप्तामा लार्भाहरू झिक्दै फालेको आफ्नै ऑखाले देखियो ।” 
‘अब भने मेरो पनि जीवन अवसानतिर लाग्न थालेछ’ भन्ने महसुस हुन थाल्यो । बोली पनि लठेब्रोलठेब्रो हुन थालेको थियो मलाई त थाहा हुँदैन्थ्यो तर अरूले मेरो बोली बिग्रिएको थाहा पाउँथे । काठमाडौं मिलिटरी हस्पिटलमा बल्लतल्ल समय लिएर एम.आर.आई. गरियो । रिपोर्ट लगेर डा. चाङ कहाँ पुगियो । उनले चोर औ‘ला ठड्याएर समात्न भने । मैले समाते‘ । अरू पनि त्यस्तै परीक्षणहरू गरे र एम.आर.आई. रिपोर्ट हेरे । भने— “दिमागमा सिस्ट छ । आत्तिनु पर्ने अवस्था छैन । म एक महिनाका लागि दबाइ दिन्छु । त्यस्ले निको भयो भने ठीकै हुन्छ । निको भएन भने अप्रेसन गर्नुपर्छ ।”
ती डाक्टरले मलाई नवजीवन दिएझै‘ भान भयो तर दबाइले निको पारेन भने अप्रेसन गनुपर्छ भनेका थिए  । अप्रेसन ... टाउकाको अप्रेसन बाँच्ने मर्ने पचास पचास प्रतिशत चान्स । दबाइ खान सुरु गरे‘ । सामान्य अवस्थामा जुकाको एउटा औषधि खाए हुने । त्यही औषधि १० दिनसम्म दिनको तीन पल्ट, दस दिनसम्म दुई पल्ट र अरू दस दिन एकपल्ट खाएर फेरि सिटिस्क्यान गर्नुपर्ने बताएका थिए । दबाइ खान थालेँ । डाक्टरले नसिहत दिएका थिए कि दबाइ खान थालेपछि ‘उल्टी भयो, रिङटा चल्यो वा मुच्र्छा परियो भने तुरुन्तै उनलाई भेटिहाल्ने, त्यहाँ जान सम्भव भएन भने फोन गरेर सोध्ने ।’ दबाइ खान थालेँ, उल्टी वा मुच्र्छा केही भएन । तीस दिन दबाइ खाइ सक्दा एउटा हिमाल सफलतासाथ चढे झैँ अनुभव भयो । सिटिस्क्यान गरियो, अप्रेसन गर्नु परेन तर दिमागमा सिस्टले चोट पु¥याएकाले तीन वर्षसम्म अरू दबाइ खाइरहनु पर्ने डाक्टरले बताए ।
मृत्यको आभास वा जीवनको अवसान हुने आभास हुँदा मानिसको मनमा कस्तो कस्तो वैराग्य उत्पन्न हुँदो रहेछ । जगत निस्सार लाग्दो रहेछ । धन सम्पत्ति तुच्छ जस्तो लाग्दो रहेछ । मैले पनि त्यतिबेला मेरो नामको जग्गा झण्डै आधा दाममा नै बिक्री गरेँ । मनभित्र उम्रेको वैराग्य मानिसको मनमा सधैं रहिरहने हो भने यो संसारमा लोभ, पाप, भ्रष्टाचार, अनैतिक क्रियाकलाप सबै सधैँका लागि लोप भएर जाने थियो ।
दुर्घटनाको कुरा गर्दागर्दै कहाँ म त मृत्युसँगको साक्षात्कारहरूको घटना जुन मैले भोगे‘ त्यता पो बहकिन पुगेछु । त्यतिबेला अहिले जस्तो सबैको हातहातमा मोबाइल फोन थिएन । पत्नीलाई कसैले फोन गरेछन् । तिनी पनि आत्तिदै आइपुगिन् । सहि सलामत मलाई पाएर लामो निश्वास छोडिन् । तिनलाई देखेर मलाई पनि ठूलै भरोसा भयो । निरीह म । फेरी सम्झेँ, बाँच्नु ठूलो कुरो हो । बाँचे त्यही ठूलो कुरा हो ।
स्थानीय पत्रपत्रिकाहरूले त्यो दुर्घटनाको खबर छापे । एफ्.एम्. रेडियो काठमाडौं बाहेक अन्त थिएन । मैले काम गरेको क्याम्पसका प्राध्यापक साथीहरू पनि सुरिए । टङ्क, सूर्य, हरि, मोहन र केही अन्य सरहरू एस.पी. अफिसमा डेलिगेसन जाने भए । मलाई पनि ट्रक मालिकले हकारेको सम्झना भयो । त्यसलाई पनि आफ्नो शक्ति, पहुँच देखाइ दिऊँ भन्ने लाग्यो । डेलिगेसन गयौँ, एस.पी. ले भने— “ज्यान मार्ने उद्योग’ को मुद्दा चलाउनु हुन्छ भने म जाहेरी दर्ता गर्न तयार छु ।”
तर डेलिगेसनभित्रकै एकजना वकिलले “त्यो ठहर्दैन” भनेकाले मैले मुद्दा दर्ता नगर्ने निधो गरेँ । मुद्दा मामिला, झगडाले एक दसकभन्दा बढी सास्ती खेपेको मैले फेरि अर्को मुद्दाको झमेलामा फस्ने काम गरिन‘ । मैले चाहेको भए म ट्रक मालिकलाई केही समय निकै दुःख दिन सक्थेँ । तर मुद्दा भनेपछि सत्य र असल कुरा हराएर जान्छ, मुद्दा जित्नका लागि सयौ‘ झुठा कुराहरू गर्नुपर्ने हुन्छ । माफी दिन सक्ने महान् हुन्छ भने झैं मैले माफी दिने निर्णय गरेँ । त्यो घटनाले मेरो मोटरसाइकल चढ्ने अधिकारमाथि चाहिँ पूरै बन्देज लाग्यो । पत्नीले आज्ञा नै दिइन्— “त्यो मोटरसाइकल त्यतै बेच्नु, घर नल्याउनु र तपाईंले पनि आइन्दा कहिल्यै मोटरसाइकल नचढ्नु ।” मैले पनि सम्झेँ पिताको मृत्यु पनि मोटरसाइकल दुर्घटनामै भएको थियो । मेरो पनि हुन सक्छ । म अब तन्नेरी होइन, प्रौढावस्थामा प्रवेश गरी सकेको मेरो जीवनमाथि पत्नीको पनि पूरा हक लाग्छ भन्ने सोचेर सस्तोमस्तोमै मोटरसाइकल त्यतै बेचेँ । मोटरसाइकल चढ्न पनि छोडिदिएँ ।
अब अन्त्यमा पत्रपत्रिकामा छापिने ‘समवेदना’ बारे पनि कुरा गरिहालौ‘ । केही मानिसहरूको त बाँचुन्जेल पत्रपत्रिकामा फोटो त के नाम समेत छापिएको हुँदैन । अनेक जालझेल, तिकडम, झुठफरेब, धोकाधडी, भ्रष्टाचार गरेर अनैतिक ढङ्गले अन्तरमन मारेर थुप्रै धनराशी थुपार्न सफल उनीहरूको मृत्युपछि समवेदनामा फोटो छापिन्छ जुन उनीहरूले हेर्न पाउँदैनन् । आजभोलिका केही चलाखहरूले चाहिँ आफू जिउँदै भएका बेला पीत पत्रकारिताको सहयोग लिएर आफ्नो बारेमा फोटो सहित खबर छपाउन सफल भएका हुन्छन् जुन चलनै जस्तो पनि भएको छ । आफै‘ले खर्च गरेर आफ्नो बारेमा खबर छाप्न लगायो र त्यही खबर समकालीनहरूलाई देखाएर ध्वास दियो । मलाई पनि त्यस्तै मनमा लाग्न थालेको छ, म पनि मेरो मृत्युमा समवेदना छाप्ने बजेट अहिले नै पत्रिकाको कार्यालयमा जम्मा गरिदिउँ कि ! म आफै‘ आफ्नो असामयिक निधनको समवेदनाको ढाँचा कम्प्युटरमा तयार गरेर हेर्न थाल्छु ....... 
        
——————
।         ।
            ।         ।
            ।         ।
            ——————
मेरो तस्विर
..     जन्म —२००४।१२।२४।२... मृत्यु ........... 
मेरो असामयिक निधनमा हार्दिक समवेदना......

      यस्तो ‘फर्मेट’ बनाएर जन्मको महलमा आफ्नो जन्मदिन राख्छु.र मृत्युको महल खाली छोड्छु । तर के अचम्म ? कम्प्युटरमा मेसेज आउदा जस्तो रातो चिन्हमा संकेत देखा पर्छ र त्यो खाली  ठाउ‘मा मिती भरिन्छ । मिती आजकै हुन्छ र समय पनि थपिन्छ । समय एक घण्टापछिको हुन्छ । मेरो जीवन अब एक घण्टा मात्र ? यो दृष्टिभ्रम हो कि सॉच्चै हो ? म रनभुल्लमा परेर डङ्ग्रङ्ग लडछु...........।







प्याजी फूल



प्याजी पूmल कुनै पूmलको नाम होइन । जरामा प्याजको जस्तो गाना हुने र पूmल पनि प्याज रङ्गको हुने भएकोले प्याजी पूmल भनेको हुँ । प्याजी पूmलकै बारेमा म किन कुरा गरिरहेको छु भने यो फूलसँग मेरो जीवन कहानी गाँसिएको छ । संयोग नै भनौँ मलाई जब पूmल चाहिन्छ, यो प्याजी पूmल नै  उपलब्ध भएको हुन्छ ।
मेरो पहिलो अव्यक्त अमूर्त प्रेम पनि प्याजी पूmल दिएरै मैले व्यक्त गर्न खोजेको थिएँ । भलै त्यो एकतर्फी प्रेम पूर्ण हुन सकेन । तापनि त्यो मेरो केटीप्रतिको पहिलो आकर्षण एवं माया देखाउने र पाउने पहिलो प्रयास थियो । मेरो मायालु बनाउने पहिलो आकाङ्क्षा प्याजी पूmलमार्पmत व्यक्त गर्न पुगेको थिएँ । त्यो क्षण कहिल्यै मेरो मानसपटबाट मेटिन सकेन, अमिट भएर बसेको छ ।
मनरानी मलाई असाध्यै मन पथ्र्यो । उसलाई म मेरो मनकै रानी सम्झन्थे र उसैसँग मनमनै प्रेम गर्थे । प्रेम सायद मनकै अनुभूति होला । आँखामा ऊ बसेकी थिई, मनभित्र छिरेकी थिई । हृदयमा सिंहासन हुन्छ भने त्यतिबेला ऊ नै त्यहाँ बसेकी थिई । मनरानीको मनराजा म आपूmलाई सम्झिरहेको थिएँ । थाहै नपाई प्रेमको अतुल गहिराईभित्र म डुबेको थिएँ । हरपल उसको छवि मनभित्र हुन्थ्यो, हरक्षण म उसलाई सम्झिरहेको हुन्थेँ । सम्झिरहन्थे ऊ मेरी हो, मेरी हुनु पर्छ । उसलाई प्रभावित पार्न जे पनि गर्न तयार थिएँ र गरिरहेको हुन्थेँ ।
एक दिन स्कुलबाट फर्किरहेकी उसलाई बाटोमा छेकेर मैले भनेको थिएँ—‘मनरानी, तिमीलाई पूmल मन पर्छ ?’
‘कसलाई पूmल मन पर्दैन र !’ उसले मुस्कुराएर भनेकी थिई ।
उसको त्यस्तो मुस्कान मलाई घायल बनाउन पर्याप्त थियो । म त मज्नू भइहालेँ । यताउता हेरेँ, फुल कहाँ पाउनु तत्कालै । तर पहाडी बाटोको डिलमा प्याजी पूmल फुलिरहेको थियो । हत्तपत्त एउटा प्याजी पूmल टिपेर दिँदै भने, ‘मनरानी यो पूmल...।’ त्यसभन्दा बढी अरु केही भन्न सकिनँ ।
‘पूmल !?’ उसले पूmल समाती र सरासर आफ्नो बाटो लागी ।
पूmल त दिएँ तर पूmलसँगै भन्नुपर्ने मेरो कुरा, प्रेमको कुरा अथवा मायाको कुरा भन्न नसकेकोमा जीवनपर्यन्त पछुताइरहेको छु । प्रेम प्रकट गर्न चाहन्थँे तर मेरो अल्लारेपन । ठिटौलोपन प्रेमका कुरा भन्न सकिनँ । आपूmतिर उसलाई आकर्षित पारेर प्रेम मायामा पूर्ण रूपमा भिज्न चाहन्थे, सकिनँ । म सुख्खा धरती नै रहि रहेँ । मायाको झरीले भिज्न नसकेको सुख्खा धरती ! सुख्खा जीवन !!
त्यसपछि पनि मनरानीलाई पाउने केही प्रयत्नहरू नगरेको होइन तर ती प्रयत्नहरू परिणाममुखी भएनन् । म उपयुक्त अवसर खोजीरहेको हुन्थे । आशा मनभित्र बलवान भएर बसेको हुन्थ्यो । तर मनरानीले एसएलसी परीक्षा दिनासाथ उसको विवाह लाहुरेसँग भयो । मैले पाउन चाहेको जून बिलायो, पहिलो प्रेम प्रकट गर्न नपाउदै धुलोपिठो भयो । त्यतिबेला म अत्यन्त रिक्तताको गहिराइभित्र खसेँ । मलाई संसार शून्य लाग्न थालेको थियो, जीवन एकदमै खल्लो । म रोएँ पनि एकान्तमा तर रोएररोएर आपैmले आपूmलाई सम्भाल्नु बाहेक मसँग अर्को बिकल्प थिएन । एकान्तमा धेरैधेरै रोएर मैले  मनरानीलाई भुल्ने प्रयत्न गरेँ, भुलेँ पनि निक्कै । तर पूरा भुल्न सकिनँ । ऊ मेरो स्वप्न सुन्दरी भएर मेरो जीवनभर झुल्कि रही । ऊभन्दा सुन्दरी अर्को युवती मैले देख्नै सकिनँ । उसलाई जसरी मैले फेरि अर्की केटीलाई मन पराउनै सकिनँ । हाय, यो मेरो मन ! म आपैm आश्चर्यचकित छु । यो मन बुद्धीले चल्दैन भने केले चल्छ ? मैले विवेक पु¥याएर अनेक सम्झाउन खोज्दा पनि ऊ आफ्नो ढिपीमा अडि नै रहेको छ । ऊ मनरानीभन्दा सुन्दर केटीहरू हुन्छन् भनेर मान्न चाहदैन  र अरु केटीहरूप्रति आकर्षित हुन मान्दैन ।
त्यसपछि मलाई केटीहरूसित विकर्षण पैदा भएछ कि ! मेरा अनगिन्ती केटी साथीहरू भए । कलेजमा पढ्दा कैयौँ केटीहरू मलाई आफ्नो प्रेमी बनाउन चाहन्थे । त्यस्तो सङ्केत गर्नेहरू थुप्रै थिए । पार्टीमा काम गर्दा त कैयौँ युवतीहरूले विवाहकै प्रस्ताव राखे । साथीहरूले विवाह गर्ने सुझाव कति दिए, कति दिए । तर म ढुङ्गा भएछु, मेरो मन ढुङ्गा भएछ । नौनीजस्तो मन जमेरजमेर, सुकेरसुकेर, ढडेरढडेर अनुभूतिहीन फलाम भएछ । प्रेममा पग्लनै नसक्ने जड भएछ । होला र त मैले अरु कुनै केटीलाई हेर्दै हेरीनँ, नहेरेपछि मन पराउने, प्रेम गर्ने कुरा भएन ।
बिद्यार्थी राजनीतिमा म एकसुरे भएर होमिएँ । जनता, राष्ट्र, मुक्ति र राजनैतिक सिद्धान्तहरूमा मैले आपूmलाई यति धेरै तल्लिन गराएँ कि मैले अर्को पटक केटीसित प्रेमको कल्पना समेत गरीनँ । बिद्यार्थी नेता भएँ म । सैद्धान्तिक पुस्तकका ठेलीहरू पढिरहन्थे । साहित्य पनि म अध्ययन गर्थे तर म साहित्यलाई स्वतन्त्र हिसाबले अध्ययन गर्दिनथेँ । राजनीतिको  दासीको रूपमा साहित्य अध्ययन गर्थे र साहित्यमा वर्णन गरिएका प्रेमका कुराहरूले मलाई गहिराइसम्म प्रभावित पार्न सत्तैmनथे । प्रेमले अथवा मायाले मलाई गाल्दै गालेन । 
जीवन मेरो एकलकाटे भइसकेको थियो । 
क्रान्ति, मुक्ति, त्याग, बलिदान, सङ्घर्ष... म पुरै  राजनीतिमा निर्लिप्त भइसकेको थिएँ । बिद्यार्थी नेता म परीक्षामा फेल भएर मेरा पिछलग्गु कार्यकर्ताहरूभन्दा पछि पर्नु पर्ला भनेर पाठ्यसामग्रीहरू पनि अत्यन्त मिहिनत गरेर पढ्थे । परीक्षामा म सदैव राम्रो अङ्क ल्याएर उत्तीर्ण भइरहेको पनि थिएँ । पढाई सकेपछि नोकरी खाएर बस्नुको सट्टा भूमिगत राजनीतिमा सक्रिय हुँदै क्रान्ति गर्नका लागि जङ्गलतर्पm पसेँ । दस वर्षको अवधि कहिले कहाँ, कहिले कहाँ ? तालिम, प्रशिक्षण, शारिरीक व्यायाम, कडा अनुशासन, परेड, आक्रमण, प्रत्याक्रमण, कुदिकुदाई  अनि कुनै पनि बेला दुस्मनहरूद्वारा मारिन सक्ने अवस्था । प्रेम र विवाहबारे सोच्ने कुरा भएन । 
 प्रेम भनेको शारीरिक सम्पर्क होइन । भोक लागेको बेला खाएझैँ त्यो आवश्यकता पूरा गर्दा प्रेम हुन्छ भन्ने होइन । प्रेम त यस्तो पवित्र भावनात्मक मानसिक उद्वेग, संवेग, अनुभूति, त्याग, समर्पण, एकअर्कामा विलयन र उत्कृष्ट मोक्षको स्थिति होला कि त्यो कहाँ जहाँसुकै र जोसुकैले प्राप्त गर्न सक्छन् र !
अझ मेरो हृदयमा त मनरानी बसिसकेकी थिई । मनरानी अर्काकी भए पनि उसले ओगटेको हृदयभित्रको स्थान रिक्त भएन । त्यहाँ अरु कसैलाई मैले स्थापित गर्नै सकिनँ । अरु कसैले त्यो स्थान ग्रहण गर्नै सकेनन् । उसले उद्वेलित गरेकी प्रेम भाव र भावना अरु कसैले फेरि पक्रनै सकेनन् । कोपिलामै झरेको प्रेमपूmल फेरि फक्रनै सकेन ।
प्रेमको भ्रममा परेकी सुलोचनाको मृत्युमा पनि मैले यही प्याजी पूmल उसको चिहानमा चढाएको थिएँ । उसको मृत्यु भएको चौकी आक्रमणको त्यो दृष्य अझै मेरो मानसपटमा चलचित्रझैँ स्पष्ट आइरहेको छ ।
चौकी आक्रमणको लागि हामी पूरा तयारीका साथ अगाडि बढिरहेका थियौँ । मिलिसियाको नेतृत्वमा अगाडि अगाडि ठुलो गाँउले मानव समुदायको भीड माइकमा आत्म समर्पण गर्ने चेतावनी फलाक्दै हल्ला होहल्ला गर्दै बढिरहेको थियो । त्यसपछिका पंङ्क्तिमा जनयुद्धका योद्धाहरू पूरा तयारीका साथ घेरा बनाएर बढिरहेका थियौँ । अन्तिममा डोको बोकेका भरियाहरू कोदालो, झम्पल, फरुवा आदि सामानहरू बोकेर हिडिरहेका थिए । तिनीहरूकै साथमा केही डाक्टर, स्वास्थ सहायक र औषधि टोली पनि हिडिरहेका थिए ।
आत्मसमर्पणको चेतावनी सुनेर पनि प्रहरीहरूले आत्म समर्पण गरेनन् । उनीहरूले  फायरिङ्ग गर्न थालेका थिए । हामी जनयोद्धाहरूले चारैतिरबाट फायरिङ्ग गर्दै चौकी घेरिसकेका थियौँ । रातको अन्धकारमा भेरी सर्च लाइटको उज्यालोमा हामीले उनीहरूमाथि गोली र बमबारीको बर्षा गरायौँ । प्रत्युत्तरमा उनीहरूले पनि गोलीको वर्षा गराए । मसँगै साथमा रहेकी सुलोचना सुरी भएर गोली हानी रहेकी थिई । उसको छातीमा गोली लागेछ, ‘ऐया’ कराएर ढली । उसलाई जुन गोली लागेको थियो त्यो गोली उसले आफ्नो छातीमा थापेर मलाई नछलेकी भए मेरो छातीमा लाग्ने थियो र म ठहरै हुने थिएँ । उसले आपूm मरेर मलाई बचाई । धन्य सुलोचना ! 
सुलोचनासँगै हाम्रा तिस जना योद्धाहरूले सहादत प्रप्त गरे । शत्रुपक्षका ९८जना मरे । बाँकी रहेका  दुस्मनका जवानहरूले आत्मसमर्पण गरे । त्यो चौकी हामीले जित्यौँ । ठूलो परिमाणमा बन्दुक र गोलीगठ्ठा कब्जा गर्न सफल भयौँ । त्यो सबै लिएर फर्किने क्रममा गाँउले र मिलिसियाहरूले खनेको खाल्डोमा सुलोचना लगायत अरु मरेकाहरूलाई गाड्यो । सुलोचना मसँग अत्यन्त नजिक झ्याम्मिएकी थिई । ऊ सम्झिन्थी म उसलाई प्रेम गर्छु र अत्यन्त उत्साहित भएर सम्बन्ध राख्थी । म पनि उसलाई प्रेम गरेझैँ  गर्थे तर मेरो रुखो सुख्खा मन कसैलाई प्रेम गर्न सक्तैनथ्यो ।  तापनि मेरो मन उसको मृत्युमा रोइरहेको थियो । म ऊ गाडिएको चिहानमा पूmल चढाउन चाहन्थे । पूmल कहाँ पाउनु र ! यताउता खोज्दा प्याजी पूmल भेटेँ । त्यही प्याजी पूmल भावुकताकासाथ उसको चिहानमा चढाएँ र भनेँ, ‘अलबिदा सुलोचना ! अलबिदा !!’
सुलोचनाको त्यागले प्रेम कति शक्तिशाली हुन्छ जसको प्रेरणाले मानिस आत्म त्याग गर्नसमेत पछि पर्दैन भन्ने मलाई बोध गरायो । उसको मृत्युले मलाई नमिठो पीडा दिइरहेको थियो र त्यो पीडा बिर्सन केही दिनको बिदा लिएर दुई जना साथी लिएर म घरतर्पm गएँ । घरमा मेरा वृद्ध आमा बुबा र एकजना बहिनी थिए । दाजु भाउजु पल्टनमा थिए । मलाई देख्ता आमा खुसी हुनुभयो तर उहाँको खुसी अचानक आँसुमा रूपान्तरण भयो । 
‘माने, कहाँ थिइस् ? हामीलाई कसरी चटक्कै बिर्सिन सकिस् ?’ 
‘आमा, बिर्सेको छुइनँ । म देश र जनताको लागि क्रान्तिमा लागेको छु । क्रािन्त सफल हुनासाथ तपाईँहरूको सेवामा हाजिर हुनेछु ।’ आमालाई जवाफ दिन त दिएँ तर म पनि भित्रभित्रै रोइरहेको थिएँ ।
बुबा बिरामी हुनुहुन्थ्यो । उठेर बस्ने र बात मार्ने कोसिस गरिरहनु भएको थियो । केही तिता मिठा कुरा भए । लुक्दै आएको म त्यहाँ उहाँहरूको सेवा गरेर बस्न सक्ने अवस्थै थिएन । सुराकीहरूले थाहा पाए भने पकडाउ परेर ज्यानै जान्थ्यो । मेरो मात्र ज्यान जाने होइन, आमा बुबाले पनि यातनाको सिकार बन्नु पथ्र्यो । झिसमिसे बिहानैमा बिदा भएर हामी जङ्गलतर्फ फर्कियौँ । मेरो मन सशंकित भइरहेको थियो फेरि भेट होला ?
केही दिनमै सुनेँ, मलाई खोज्दै आएको दुस्मनहरूले मेरो बिरामी पिता र आमालाई हुनसम्म यातना दिए । अमानुषिक यातना खप्न नसकेर उहाँहरू दुवैजनाको प्राण गयो । मैले रिसले मुठ्ठी कसेँ ।  बदला लिनका निम्ति हाम्रो सम्पूर्ण सैनिक शक्ति परिचालन गरेर त्यस क्षेत्रमा सैनिक अभियान चलायौँ । दुस्मनहरू पछाडि हट्दै भागे । गाँउ हामीले कब्जा ग¥यौँ । मैले आमाबुबाको शव गाडेको ठाँउ पत्ता लगाएँ । उहाँहरूप्रति श्रद्धाको पूmल म चढाउन चाहन्थेँ । तर सबै पूmलहरू दुस्मनको सैनिक बुटले कुल्चेर नाश भइसकेका थिए । टाढा जङ्गलमा केही प्याजी पूmल फुलिरहेका थिए । मैले मेरो आमाबुबाको समाधिमा पनि आँसुका थोपाहरूका साथ यही प्याजी पूmल चढाएँ ।
संसदवादी दलहरूसँग दिल्लीमा बाह्रबुँदे समझदारी भएपछि जनआन्दोलनले सफलता पायो । निरंकुश व्यवस्था ढल्यो । जङ्गलमा बसेर जनयुद्ध गरिरहेका हामी मुक्ति योद्धाहरूले पनि शान्तिपूर्ण जनजीवनमा पदार्पण गर्ने मौका पायौँ । संबिधान सभाको चुनावमा म पनि उम्मेदवार भएर विजयी भएँ । सपनाजस्तै म पनि पहिलो पङ्क्तिको नेता भएछु । मन्त्री भएर राज्य सञ्चालन गर्ने ठूलै मानिस भएछु ।
शक्तिले मानिसमा अहङ्कार पैदा नगर्ने कुरै भएन । शक्ति उन्मादसँगै म पनि विलासी जीवनसँग अभ्यस्त हुँदै गएँ । विलासी जीवनका लागि भौतिक सामग्रीहरू जोड्दै लगेँ । बैङ्क ब्यालेन्स बढ्दै गयो । हिजो अङ्गिकार गरेको सैद्धान्तिक कुराहरू थोत्रिन थाले । कहाँ सर्वहाराको अधिनायकत्वको जनवादको लागि लड्ने हामी पुरै पूँजीवादको दास भएछौँ थाहै नपाई । होइन थाहै पाएर हामी त्यतैतिर लहसिदै गएछौँ । हिजोको हाम्रो क्रान्तिकारी त्यागी छविमा धमिलोपन लाग्न थालेछ र हामी घृणित बन्दै गएछौँ ।
फेरि भएको चुनावमा मलगायत थुप्रै हाम्रा उम्मेदवारहरू हारे । हारीसकेपछि पो हाम्रा आँखा खुले । हामीले बाटो बिराइसकेका थियौँ । हामीसित सिद्धान्त थिएन । जनतालाई मुक्त गरेर सम्पन्नता र सुख दिने भनेर हामीले बाडेको सपना तुहिसकेको थियो । चुनाव हारेर शक्तिको घेराबाट निकालिएपछि म पनि झल्यास्स भएँ । मसित सम्पत्ति बाहेक केही बाँकि थिएन । प्रौढावस्था आइसकेको थियो । मेरो आमा बुबा छैनन् । दाजु भाउजुको आफ्नो परिवार छ त्यो मेरो होइन । तन्नेरीकाल समाप्त भइसकेको म परिवारविहीन रित्तो रहेछु । तुच्छ सम्पत्तिका लागि मेरो जीवनको उच्च आदर्श, सिद्धान्त, मूल्य, मान्यता, त्याग, बलिदान, सङ्घर्ष र गन्तव्यको उत्कर्ष समाप्त भएको पाउँदा म यति धेरै विचलित भएँ कि झण्डै झण्डै विक्षिप्त हुन्छु कि भन्दै डराउन थालेको थिएँ ।
जीवनको सुनौलो अवधि समाप्त भइसकेको थियो । साँचो प्रेम मैले न कसैलाई गर्न सकेँ, न मैले नै पाउन सकेँ । राजनीति पनि पवित्र, कञ्चन, जनप्रिय र जनसमर्थित रहेन । फोहोरी राजनीतिमा म र मेरा साथीहरू चुर्लुम्मै डुबी सकेका थियौँ । फोहोरी राजनीतिको गोटि भइसकेका हामीहरूलाई जनताले चुनावमा हराएर गतिलो झापड हानेका थिए । तर हामी धाँधली भयो भन्दै आफ्नो नाक जोगाउने कोसिसमा लागेका थियौँ । शक्ति हातबाट चिप्लेर गएपछि मलाई पनि फुर्सद भयो— जीवनलाई फर्केर हेर्ने, नियाल्ने र मूल्याङ्कन गर्ने ।
मैले मेरो जीवनलाई आफ्नै जीद्दीपन र उडण्दताले खोक्रो बनाएको रहेछु । मनरानी के मेरी थिई र ? ऊ मेरी थिइन र मेरी भइन । मनरानी मेरी नभए पछि मैले उसलाई बिर्सेर अर्की मनकी रानी खोज्नु पथ्र्यो । होइन र ?
मनरानी मेरी हुन नसकेपछि पनि उसलाई मैले मनबाट निकालेर फाल्न सकिनँ । उसलाई भुल्नकै लागि राजनीतिमा होमिएँ, क्रान्तिमा होमिएँ । शक्तिमा पुगेको बेला विलासितामा रौसिएँ । कैयौ तनरानीहरूलाई किचीमिची पारेँ । तर ती हरेक दिनहरूमा पनि  मनरानीबारे र उसको जीवनबारे सबै कुराहरूको जानकारी राखिरहेको थिएँ ।
मनरानी साङ्केनसँग विवाह भएपछि पल्टन गई । पल्टनमा लाहुरेनीहरूको  कामै के हुन्थ्यो र ! छोराछोरी जन्माउने मेसिनजस्तै उसले पनि दुईवटा छोरा र एउटी छोरी पाई । उसले पति पाई, छोराछोरीहरू पाई । मानिसहरूले ‘देश पनि हेरी, मुख पनि फेरी’ भने पनि उसले प्रेम पाउन सकिन । साङ्केन रक्स्याहा र झगडालु पति थियो । रातदिन मातेर उसलाई कुट्पिट गथ्र्यो । माया प्रेम नपाएकी अभागी ऊ मभन्दा पनि दयाकी पात्र थिई । 
उनीहरू एकपल्ट छुट्टीमा घर आउँदा हाम्रो भेट भएको थियो । मनरानीको निधाउरो अनुहारमा उदास उत्साहहीन आँखाहरू, दुब्लो देह, ठिटलाग्दी देखिएकी उसलाई देख्दा मभित्र दुःखको एकप्रकारको सुस्केराको ज्वाला दन्केको थियो । उसले मलाई उसको पतिकै सामु एउटा ‘टाइटस’ हाते घडि उपहार दिएकी थिई । मैले दिएको प्याजी पूmलको अर्थ उसले बुझेकी थिई कि ! प्याजी पूmललाई हाते घडीसँग फर्काएकी थिई ।
प्रेम नपाउने मानिस अभागी हुन्छ । त्यो भन्दा अभागी प्रेम गर्न नसक्ने मानिस हुन्छ । म सानैदेखि अभागी थिएँ । मेरो बुबाको दबदबामुनि आमा चाउरिएर बस्नु भएको थियो । आमाले चाहँदाचाहँदै पनि हामी छोराछारीहरूलाई भरपुर माया दिन सक्नु भएन । माया प्रेम नपाएका हामीहरू निष्ठुरी मन लिएर हुर्कियौँ । माया प्रेम नपाएको मानिस निष्ठुरी हुनुकासाथै निकृष्ट पनि हुँदो रहेछ ।
म आपूmलाई असल मानिसहरूको पङ्क्तिमा राख्न सक्तिनँ । म अरुलाई प्रेम गर्न सक्तिनँ । अरुलाई प्रेम गर्न नसक्नेले आपूmलाई पनि प्रेम गर्न नसक्तो रहेछ । र त  मैले मलाई प्रेम गर्न चाहने युवतीहरूलाई कहिल्यै प्रेमसाथ स्वीकार गर्न सकिनँ । कोही एकजना युवतीलाई स्वीकारेको भए मेरो जीवनको रूपरङ र ढङ  अलिक मायालु हुन्थ्यो कि ! मनरानीलाई झुक्किएर एकतर्फी प्रेम गरेँ, अरुलाई झुक्किएर पनि प्रेम गर्न सकिनँ र म कठोर, निर्दयी र निकृष्ट भएँ ।
म बिद्यार्थी नेता हुँदा बिरोधीहरूलाई कति हेय दृष्टिले हेर्थे र निकृष्ट प्रहार गर्थे । मैले कुट्नै नहुने कति बिद्यार्थी नेताहरूलाई कुटेरपिटेरै तह लगाएँ । क्रान्तिकारी भएको बेला  निकृष्ट पाराले बन्दुकको दुरुपयोग गरेँ । मार्नै नपर्ने निर्दोष मानिसहरूलाई सुराकी, सामन्ती भन्दै मज्जा लिई लिई निर्दयतासाथ अमानवीय यातना दिँदै मारेँ । किन म यसरी त्रूmर हुन सकेँ हुँला ?
मन्त्री हुँदा मैले कर्मचारीहरूलाई मान्छे नै गनिनँ । आफ्नो सनकअनुसार अनेकौँ दुःख दिएँ । पैसा कमाएँ तर मैले मानिसहरूको माया, प्रेम र श्रद्धा कमाउनै सकिनँ । प्रेमको अभावमा प्रेमको काकाकुल भएरै बाँचिरहेको छु । अब त समय बितिसकेको छ । जीवनको अन्तिम कालखण्ड नजिक आइरहेको छ । जीवन अवसानतर्फ धकेलिदै छ । मर्नुभन्दा अगाडि एकपल्ट प्रेम उपभोग गर्न पाऊँ । प्रेम गर्न सकूँ म चाहन्छु । मनरानी र मेरो जीवनको तुलना गर्छु । मभन्दा बढी ऊ दुःखी छे । शारीरिक सुख प्रेम हुँदै होइन ।  ऊसँग पति थियो, छोराछोरी छन् तर उसको कुनै प्रेम संसार छैन ।
पति रक्स्याहा भएर रोगी भई मरिसकेको छ । छोराहरूमध्ये जेठो छोरो जोइटिङ्ग्रे भएछ । स्वास्नीको फरियामा गट्मुुटिएर् आमालाई हेला गर्दोरहेछ । कान्छो छोरा दुव्र्यसनी भएर अकाल मृत्युको सिकार भइसकेको छ । छोरी ज्वाइँको घर गइहाली । ऊ एक्ली छे, बिचरी एक्ली छे ! म उसलाई अझै माया गर्छु कि क्या हो ! मानिस आफ्नो सानो नीजि तुष्टिकै लागि मरिमेट्ने क्षुद्र प्राणी हो कि ! जिद्धी मन, मन बुझाउन नसक्नु जीवनको कमजोरी ! मनकै पछि कुद्दा कुद्दा पनि मन बुझाउन सकिएन । जीवन खेल सम्झ्यो कि पापी मनले । र त मसँग जीवनले पनि नमीठो खेल खेलेर सकिन लाग्यो । अझै मन बुझाउने अन्तिम प्रयास....म मनरानीलाई सुखको सानो स्वादको अंश दिन चाहन्छु । म पनि प्रेमको सानो स्वादको अंश चाख्न चाहन्छु । त्यसका लागि यो उमेरमा पनि म जे पनि गर्न सक्छु— सोचिरहन्छु ।
मैले मनरानीलाई आकाश पाताल देखाएर फकाएँ । हुन त ऊ र म दुवैलाई बुढेशकालले पूरै छोपेको भए पनि एउटै छानामुनि दम्पति भएर ओत लागेर शेष जीवनमा ‘ एक बारको जुनी ! प्रेम मायाको स्वाद चाखौँ..’ भनेर अनुनय गरेँ । उसले मानी र अहिले हामी दुई आपूm राजीखुसी बिना कुनै विवाहको रीतिरिवाज विवाह बन्धनमा बाँधिन गइरहेका छौँ ।
यस उपलक्ष्यमा म उसलाई पूmल उपहार दिन चाहन्छु । बेमौसम भएकोले अन्य सुन्दर रङ्गीचङ्गी पूmलहरू फुलेका छैनन् । बेमौसम र सुख्खामा पनि एउटा प्याजी पूmल फुलेको छ । त्यही प्याजी पूmल म ऊ मेरी बेहुलीलाई बेउलाको प्रेम उपहार दिईरहेको छु ।  पूmल समातेर ऊ थोते स्वर्णिम मुस्कान मुस्कुराउँछे । म त्यही मुस्कानमा अलौकिक सुन्दर प्रेम संसार पाउछु । हामी त्यही प्रेम संसारमा शेष जीवन रमाउन चाहन्छोैँ । प्रेमको स्वाद चाख्न चाहन्छौँ । मनको अधुरो धोको पु¥याउन चाहन्छौँ ।
जीवन सपनाको रमाइलो !
अझै मलार्इँ लागिरहेको छ जीवन सपनाजस्तै छ । सपनाको प्राप्ति यथार्थ होइन, वास्तविकता होइन तापनि सपना देख्नु मानिसको नैसर्गिक स्वभाव हो । र... सपना देख्न पाउनु पर्छ ।






अन्तिम आयाम


जीवन विविध रङ्गीचङ्गी सुनौलो आयामहरू पार गरेर विसर्जनको नजिक अन्तिम आयाममा पुगेको बेला जीवनबोध र जीवनको महत्व थाहा हुँदोरहेछ । बाँच्नु कति ठूलो कुरा रहेछ ! बाँच्नुभन्दा ठूलो कुरा संसारमा अरु केही छैन । अझ केही बढी बाँच्न पाए अन्तिम आयामका बाँकि पाटाहरू पनि टेक्न सकिन्थ्यो कि !
मेरो नियमित तालिका हप्तामा दुई पटक हेमोडायलाइसिस केन्द्रमा  पत्नीको हेमोडायलाइसिसका लागि जानु भएको छ । हेमोडायलाइसिसपछि  दुई वा तीन दिन जीवन लम्बिन्छ । दुई वा तीन दिनपछि फेरि दुई वा तीन दिन जिन्दगी थप्न हेमोडायलाइसिस केन्द्र जानैपर्छ ।
चार घन्टाको हेमोडायलाइसिस अवधि उल्टी नगरी, ज्वरो नआई, शरीर नबाउडिई वा अरु कुनै समस्या  नभई सम्पन्न भयो भने एउटा बिकराल युद्ध जितेको अनुभूति हुन्छ । तर डायलाइसिस अवधिमा केही न केही समस्या हुने भएकैले बिरामी, कुरुवा, बिरामीको साथी वा आफन्त सदैव सजग भइरहनुपर्छ ।
‘आज हो कि भोलि’, ‘अहिले हो कि भरै’को स्थितिबाट गुज्रदै अन्तिम आयाममा रहेका आफ्नो प्यारो मायालु पति, पत्नी, छोरा, आमा, दिदि, बहिनी, भाई, दाजु वा साथीलाई मुृत्युको मुखबाट खोस्दै केही दिन बचाएर हर्षबोध गर्नु अन्तिम आयामको सुनौलो विशेषता हो ।
डायलाइसिस केन्द्रमा आउने बिरामीहरूको जस्तै बिरामी कुरुवा वा आफन्तहरूका ओठमा मुस्कान बिलाएको हुन्छ । कृत्रिम मुस्कान  देखिएता पनि परिस्थितिजन्य गाम्भिर्यले सबैका अनुहार मलिन पारेको हुन्छ । म पनि बिरामी पत्नीलाई डायलाइसिस केन्द्रमा लादा, ल्याउदा अस्पताल र घरमा मन प्रसन्न राखेर मुस्कुराउँन सक्दिनँ । पत्नीको शारीरिक स्वस्थ अस्वस्थ अवस्थामाथि मेरो प्रसन्नता, खुसी, आनन्द उमङ्ग, सुखानुभूति, रमाइलोपन, हर्ष, जोशजाँगर, आवेग, संंंवेग सब निहित रहेको हुन्छ ।
डायलाइसिस केन्द्रमा डायलाइसिस गरिरहने वृद्ध, युवा, केटाकेटी, महिला, पुरुष , हरेक उमेर समूहका अनेक किसिमका मान्छेहरू भेटिन्छन् । एक पटक भेटेको कोही भने बारम्बार भेटिन्छन् । तर कोही भने फेरि भेटिएला वा नभेटिएला शङ्काको घेरामा नै हुन्छन् । भेटिएन भने ‘ऊ रहेन कि वा सिकिस्त बिरामी भएर कुनै अस्पताल गएको छ कि ?’ भन्ने लाग्छ । सोध्ने पो कसलाई ? यो यान्त्रिक दुनियामा आफू बाहेक अरुको चिन्ता कसलाई पो हुन्छ र ? थाहा पाएर पनि गर्नै के सकिन्छ र !
डायलाइसिस गर्दै पत्नीको जिन्दगी लम्बाउदै गईरहेको कुरा सबैलाई थाहा भइसकेको हुन्छ । भेट्न आउनेहरू ‘बिचरी’ भन्ने अव्यक्त हावभाव देखाएर जान्छन् । म अरुको अगाडि दीनहीन भएर दुस्मन हसाउँन चाहन्नँ । आँटिलो, साहसिलो, पौरखी र कर्मठ भएर मायालु पत्नीको स्याहारसम्भार गरिरहेको हुन्छु । मजस्तै आमा, बुबा, पति, पत्नी, छोरा, छोरी, दाजु, भाई, दिदी, बहिनी वा साथीभाई डायलाइसिस गरिरहेका बिरामीको सेवा गरिरहेका छन्, हुन्छन् ।

आमा
मलेसिया गएको छोरो फर्कियो । छोरोको बिहे गर्ने तयारी गरिरहेकी आमा त्यतिबेला छाँगाबाट खस्छिन् जुनबेला छोरा सिकिस्त भएर अस्पताल लैजानुपर्ने हुन्छ । मृगौला रोग  रहेछ । उसले नै कमाएर किनेको घडेरी बेचेर उपचार गर्न थालिन्छ । घडेरी वा सम्पत्ति ज्यानभन्दा ठूलो होइन । आमा छोराको डायलाइसिस गर्नु परेकोले डायलाइसिस केन्द्र धाईरहेकी छिन् । प्यारालाइसिस समेत भएकोले छोरालाई एम्बुलेन्समा चार पाँच जनाले ल्याईरहेका हुन्छन् ।
“कस्तो हुँदै छ ?” म सोध्छु ।
“खै के भन्ने ? अस्ति त झन्डै मरेको । मुख बार्दैन । चिसो पानी धेरै नखा भनेको मान्दैन । झन् सिकिस्त हुँदै छ । बुहारी भित्राउने सपना त तुहियो, तुहियो । अब त छोरा बाँचोस् भन्ने मात्र चाहना छ । तर खै के ...।”
आमा एकोहोरिन्छिन् । तिनका आँखाहरू टिलपिल टिलपिल गर्छन् । रुन चाहन्छ मन तर रोएर नि  हुन्छ के ?!
म उनीहरूलाई नदेखेसम्म उनीहरूबारे ढुक्क हुन सक्तिनँ । कतै त्यो भर्खरको छोरो मरिसक्यो कि... मन कहालिन्छ ।

युगल जोडी
सुरुसुरुमा डायलाइसिस केन्द्रमा जाँदा भर्खरका सुन्दर एक जोडी आईरहेका भेटिन्थे । पतिको डायलाइसिस भईरहँदा तरुनी पत्नी  त्यहाँ रहेका सबै मानिसहरूसँग हंसमुख भएर बात मारिरहेकी हुन्थिन् । दिनहरू बित्दै जाँदा पतिको अवस्था चिन्ताजनक हुँदै जान्छ । डाक्टरले “रगत दिनुपर्छ, ल्याउनु” भनेको हुन्छ । यातायाात, औषधि, ल्याब, खाना आदि अनेकौं खर्चको डङ्गुर, खर्चकै अभावले उनीहरूले रगत ल्याउन सकेनन् । पति पाइखाना जाँदा त्यहाँ लड्यो, निकै जना भएर डायलाइसिस गर्ने बेडमा हुलाए । 
त्यसपछि उक्त जोडीलाई डायलाइसिस केन्द्रमा भेटिएन, देखिएन । केही समयपछि सुनियो — पतिको देहान्त भयो रे । अहिले त्यो सुन्दर पत्नी के गर्दै होली ?

एक्लो पुरुष
एउटा टाढा गाउँको मान्छे डायलाइसिस केन्द्रमा बुधबार आएर मंंगलबार र शुक्रबार डायलाइसिस  गरेर फर्कन्छ । ऊ एक्लै हुन्छ ।
“कहाँ बस्नुहुन्छ ?” भनेर सोध्दा ऊ “अस्पतालकै वा कुनै धर्मशालाको खाली ठाउँमा सुत्छु” भन्छ । पहिला  निशुल्क डायलाइसिस नहुँदा धेरै बिरामीहरू पैसा तिरेर डायलाइसिस गर्न नसक्दा बाँच्ने सम्भावना हुँदाहुँदै मरेका थिए ।  निशुल्क डायलाइसिस हुँदा ऊ अहिलेसम्म बाँचिरहेको छ ।  जीवन कति प्यारो ! ऊ बिरानो सहरमा डायलाइसिस  गर्दै एक्लै एक्लो भौतारिदै भए पनि ‘बाँच्न’ु लम्बाईरहेको छ । उसका अरु आफन्तहरू उसँग सहर आउने अवस्था नभएर नै ऊ एक्लै आउँदो हो । गरिबलाई बाँच्नु पनि सकस छ । आफन्तहरू चाहेर पनि उसलाई मद्दत गर्न सक्ने अवस्थामा छैनन् होला ।

काली
एउटी अग्ली काली आइमाइ पनि डायलाइसिस गर्न सधैं आउने गर्छे  । उसको बारेमा थाहा पाउनेहरूले सुनाएअनुसार उसको लोग्नेले कान्छी बिहे गरेर उसलाई एक्ली छाडेको रे । ११÷१२ वर्षको छोरो साथमा लिएर आउँछे । छोरो उमेरभन्दा पाको जान्नेबुझ्ने भएर अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा देखिन्छ । आमा छोरा दुवै अत्यन्त भावुक र चिन्तित देखिन्छन् ।  म उनीहरूलाई देखेर सोच्छु ‘के उनीहरूको जीवनमा फेरि उज्यालो आउँला ?’  आशा गर्ने आधार कहीकतै देखिदैन ।

अर्को जोडी 
अर्को एक जोडी पनि डायलाइसिस गर्न आउथ्यो । डायलाइसिस गरिरहेका पति कहिले पेट ढुस्स फुलेर, कहिले ज्वरो आएर बिसन्चो भईरहेको हुन्थ्यो । खाना रुच्दैन भन्थ्यो । डायलाइसिस केन्द्रमा नै चिनजान भएर उनीहरूसँग घनिष्ट भएका थियाँै । पतिका अनेक समस्याहरू देख्दा हामी आफूले जानेका सल्लाह दिन्थ्यो । सल्लाह सल्लाह मात्र हो । सल्लाह कार्यान्ययन गर्न अनुकूल स्थिति हुनुपर्छ । पैसा हुनुपर्छ । पत्नी बिरामी भएकोले हामी काठमाडौं उपचार गर्न जान्छौँ ।  एक महिनापछि फर्कदा त्यो जोडी देखिएन । केन्द्रका सञ्चालकबाट थाहा भयो— पतिको देहान्त भईसकेछ ।

सानो केटो 
काठमाडौंको डायलाइसिस  केन्द्रमा नै  मेरो पत्नीको पनि पहिलो हेमोडायलाइसिस  भएको थियो । त्यहाँको नेफ्रो वार्डमा बस्दा एउटा १२ वर्षको स्मार्ट केटो पनि त्यहाँ थियो ।  उसको पनि डायलाइसिस भईरहेको थियो । उसैको पिताबाट डायलाइसिससम्बन्धी ‘फिस्टुला’, ‘किड्नी टा«न्सप्लान्ट’ आदि अनेकौं जानकारीहरू मैले थाहा पाएको थिएँ । १२ वर्षको केटोकोे उमेर नपुगि ‘किड्नी टा«न्सप्लान्ट’ नहुने भएको हुँदा उमेर नपुगु््््न्जेल डायलाइसिस  गरिरहनुपर्ने कुरा उनले बताएका थिए । 
त्यो केटो डायलाइसिस   गर्न गएको बेला बेडमा उसले छाडेको ज्याकेटको गोजीमा ५,१० र ५०को नोटको गड्डी बुबाले भेटेका थिए । “डायलाइसिस  गर्न पैसा चाहिन्छ, पैसाको अभाव छ । मैले भनेको थिएँ त्यसैले आफ्नो खाजा खर्च र इष्टमित्रले दिएको पैसा बचाएर राखेको रहेछ ।” आँखा टिलपिल पार्दै बुबाले भनेका थिए ।
पत्नीको फिस्टुला तयार भएपछि हामी फर्कियौँ । करिब नौ दस महिनापछि त्यस केन्द्रमा हामी फेरि पुगेका थियौँ ।  त्यहाँ हड्डि र छाला मात्र भएको अस्थिपञ्जरजस्तो देखिने अत्यन्त दुब्लो केटो भेटियो । केटोको पिता आएको भए  त म चिनिहाल्थे तर केटोसँग आमा आएकी थिईन् । सोध्दा थाहा भयो त्यो अन्तिम आयाममा पुगेको केटो करिब नौ दस महिनाअघि हामीले भेटेको त्यही १२ वर्षको स्मार्ट केटो नै थियो । त्यो थाहा पाएर पहिरामा पहाड भत्किदाझैँ हामी दुवैको मन गल्र्याम्म भताभुङ्ग भत्किन्छ । जीवन कसरी कति छिट्टै लथालिङ्ग हुनसक्तो रहेछ । जीवनको क्षणभङ्गुरता !
     केही महिनापछि सुन्छौ त्यो केटो रहेन । त्यो स्मार्ट केटोको ‘जीवन बाँच्ने’ कति उत्कट चाहना थियो !

जीवनको क्षणभङ्गुरता !
        डायलाइसिस  गरिरहेकी पत्नी र मैले जीवनको क्षणभङ्गुरता डायलाइसिस केन्दमा राम्ररी देखिरहेका छौँ । डायलाइसिस गरिरहेका मानिसहरूको जीवनको के भरोसा ? कर्कलाको पातमा पानीको थोपाजस्तो जीवनको क्षणभङ्गुरता बारम्बार आँखाअगाडी घटिरहेकोले अब त्यस सम्बन्धमा अनभिज्ञ भएर बस्न सक्ने अवस्थामा हामी हुँदैनौँ । 
        “काजी ! ...”
        “हँ..”
        “अब म बाँच्तिनँ कि !” बढि बिसन्चो हुनथालेपछि पत्नी भन्छिन्, भन्न थाल्छिन् । तिनको भनाईले म भित्रभित्रै तर्सिन्छु, तड्पिन्छु । उकुसमुकुसिएर हतासिन्छु, पीडाले पग्लिन थाल्छु । तर रिसाएझैँ गरेर भन्ने गर्छु— “अझै कति सुखदुःख भोग्नु छ । अझै कति नयाँ कुराहरू सुन्नु देख्नु पाइन्छ । मर्ने कुरा नगर ।”
        संसारमा कति मानिसहरू मरेका छन्, मर्नेका आफन्तहरूले त्यो वेदना सहेका छन् । सहनु नै पर्छ । मृत्यु जति पीडादायी भए पनि सबै जन्मेकाहरूले मर्नै पर्छ । सबैलाई थाहा छ । आफन्तहरूको मृत्यु भइसकेपछि त्यसको पीडा सहनुभन्दा आफ्नो प्रिय मान्छे जीवनको अन्तिम आयाममा हुँदा उसको पूर्व मृत्युआभाष, मृत्युको कल्पना झन् अत्यासलाग्दो झन् बढी पीडादायी हुन्छ भन्ने म अनुभव गर्दै छु ।
         पतिको निम्ति पत्नी र पत्नीको निम्ति पति संसारको सबैभन्दा प्रिय हुनु स्वाभाविक हो । त्यसैले ‘तरुनीको लोग्ने नमरोस्, बुढोको स्वास्नी नमरोस् !’ भन्ने उखान चलेको होला । त्यस उखानको गुदि आज म बुझ्दै छु । मेरी पत्नी कजिनी पनि मेरा लागि सबैभन्दा प्यारी छिन् । म तिनको जीवन रक्षाका लागि जे पनि गर्न तयार हुन्छु भन्ने आज महसुस गर्न थालेको छु । मलाई जति प्यारो मेरा छोराहरूलाई आमा छैन कि ..!
पत्नीको उपचारको क्रममा माइती आफन्तहरू सबैले सघाए तापनि ऋण बढ्दै गयो । जिन्दगीभर एउटा शिक्षकले कमाएको रकम घर खर्च गर्न पनि अपुग थियो । बचत हुने कुरै थिएन । पत्नीको उपचारमा परेको ऋण तिर्न एउटा घडेरी बेच्नुपर्ने भयो । त्यो घडेरी बेच्छु भन्दा एउटा छोराले भनेको थियो— “सबै सकेर जाने ?” 
“त्यो घडेरी हाम्रो पुख्यौली सम्पत्ति नभएर आमालाई माइतीले दिएको हो । उसैलाई दिएको घडेरी उसैको उपचारको लागि बेच्नु परेको छ ।” मैले भनेपछि मात्र ऊ चुप भएको थियो ।
“तपाईँहरूको शेखपछि म धेरै धन कमाउँछु ।” बाँच्नअर्को छोराले पनि प्याच्चै भनेको थियो । छोरा के भन्छ ? कसरी हामी मातापिता उसको धन कमाउने कुरामा बाधक बन्यो ? छक्क परेका थियौँ ! आमाले त भनेकी पनि थिईन् “अहिले चाहीँ के कारणले कमाउन सत्तैmनस् ? हामीले रोकेका छौँ र ! बाबुआमा कहिले मर्छन् भनेर पर्खि नसकेको होस् ।”
छोराको अझ अप्रिय जवाफ सुन्न नपरोस् भनेर मैले उनीहरूलाई थामथामथुमथुम पारेर त्यो उठिसकेको विवाद सामसुम पारेको थिएँ । तर त्यस कुराले हामी मातापिताको हृदयमा अजङको प्रश्न तेर्साई दियो ।  आजका छोराछोरीका निम्ति मातापिताभन्दा सम्पत्ति ठूलो रहेछ कि ? भौतिक दुनियामा सम्पत्तिले हरेक सम्बन्धहरूलाई निर्धारण गरिरहेको हुन्छ कि !
गरिबको लागि अकाल मृत्युवरण बाध्यता रहेछ । आफन्तहरूले मद्दत नगरेको भए मेरो पत्नी पनि पहिल्यै अकालमृत्युको मुखमा परिसकेकी हुन्थी ।  रोगहरूबारे राम्ररी जानकारी नभएर पनि बिरामीले उपयुक्त उपचार नपाउने कुरा विभिन्न अस्पतालहरू धाउन थालेपछि मलाई थाहा भएको छ । थाहा पाएर पनि खर्च गर्न सक्ने अवस्था भएन भने  केही लाग्दैन । खर्चका लागि पनि  सधैं आफन्तहरूकै भर पर्न नसकिने हुँदा  मैले घडेरी बेचेर पत्नीको उपचार गर्ने निर्णय गरेको थिएँ । ज्यानै रहेनभने सम्पत्तिको के काम ? बाचुन्जेल सम्पत्ति चाहिने हो । ‘मीठो साच्नु अन्तिम गाँसलाई र सम्पत्ति साच्नु बुढेसकाललाई’ मेरो मावली बाजेले म सानो हुँदा भन्नुभएको सम्झन्छु । ठीक रहेछ ।
घडेरी बेचेर आएको पैसाले म पत्नीको उपचार गरिरहेको छु । डायलाइसिस  र अनेकौ खर्चहरू  धानिरहेको छु । खर्चको अभावले आवश्यक उपचारबाट वञ्चित हुन नपरोस् । तिनको अकाल मृत्यु नहोस्— म चाहन्छु । किडनी ट्रान्सप्लान्ट मधुमेह र उमेरको कारणले सम्भव नहुँदा डायलाइसिस  नै अन्तिम उपाय हो । तिनको रोगहरूमाथि रोगहरू— मधुमेह, थाईराइड, मुटु, उच्च रक्तचाप सबै छ । आज हो कि भोलि । अहिले हो कि भरै । म चाहन्छु मेरो पत्नी अझै पाँच÷दस÷पन्ध्र वर्ष बाँचोस्  । त्यसका लागि प्रयत्नरत छु , स्वस्थमा समस्या देखिनासाथ उपचार गरिरहेको पनि छु । तर छिद्र छिद्र भइसकेको भाडामा कति बेरसम्म पानी नचुहिई रहिरहन सक्ला ? रोग रोगले जर्जर पारेको शरीर भए पनि मन चाहीँ जर्जर नहोस् भनेर तिनलाई प्रसन्न राखेर बाँच्नका लागि प्रेरित उत्साहित राख्ने प्रयत्न गरिरहन्छु । मेरो मात्र प्रयत्नले के होला र !
     अरुका लागि हाम्रो जीवनको मूल्य केही नहोला तर  आफ्ना  लागि  जीवन मूल्यवान हुन्छ नै । ‘तिमी बीनाको जीवन .म सोच्न पनि सक्तिनँ’ गीतझैँ म तिनी बिना पतझड मात्र रहनेछु भन्ने मलाई राम्ररी थाहा छ । तिनले मलाई जीवनमा जेजस्तो सुख दिइन् त्यसको मोल तिर्न अन्तिम आयाममा रहेकी तिनलाई हर प्रकारले सन्तोष, सुख, आनन्द, तृप्ति, जीवनप्रति उत्साह दिन चाहन्छु साथै मृत्युलाई सहज ढङ्गले स्वीकार्न सक्ने वीराङ्गना बनाउन कोसिस गरिरहन्छु । जीवन अवसाननजिक पुग्दा झन्झन् रमणिय हुँदो रहेछ । बाँच्ने सबै उपायहरूको खोजी र अवलम्वन गर्दै अझ केही बढी बाँच्न पाए अन्तिम आयामका बाँकि पाटाहरू पनि टेक्न सकिन्थ्यो कि ! भन्दै आशाको सहारामा बाँचिदो रहेछ ।
 जीवनको क्षणभङ्गुरता ! जीवन क्षणभङ्गुर भएकैले सुन्दर मायालु अनमोल छ । अवसान झन्झन् नजिक भइरहेको आभाषले मन डढाउनु स्वभाविक हुन्छ । मन हो, कुनै कुनै बेला बरालिन्छ नै । यस्तो बेला “अब म बाँच्तिनँ !” भन्दै तिनी रुन्छिन् । म हेरिरहन्छु ...तर, म रुन पनि सक्दिनँ ।


२०७४।७।२०।३
राष्ट्रिय मृगौला केन्द्र, गोल्छा आँखा अस्पताल, बिराटनगर







दुई दिनको पाहुना



“तपाईँ पनि हिँड्नोस्, मेरो माइती गाउँ । दुई दिन बसेर  मेरा  दौतरी साथी, इष्टमित्र सबैलाई भेटौँ ।”
म जान भ्याउदिनँ भनेर तिनले रूपालाई साथी खोजेकी थिइन् । म तिनीहरूसँग ससुराली जान्छु ।
ससुराली गाउँमा पुग्नासाथ किसिमकिसिमका मान्छेहरू भेटिन थाल्छन् । म पाकाहरूका ज्वाइँ, भर्खरकाहरूका भेना भइहाल्छु । गाउँले निष्कपट व्यवहार मलाई राम्रो लाग्छ । सरस्वती (सरू) माइती गाउँ जाने भएपछि नै खुसी हुन थालेकी थिइन् । आफ्ना नातागोता, इष्टमित्र, दौतेरीहरूलाई भेट्दा तिनको उत्साह हेर्न लायक थियो । रूपा पनि खुसी नै देखिन्थिन् ।  हाम्रो पहिलो भेट साली नायुमासँग हुन्छ । 
पत्नीले मलाई सुनाएको आधारमा साली नायुमाबारे मैले छुट्टै आफ्नो धारणा बनाएको हुन्छु । नायुमा सुशील, इमानदार र कर्तव्यपरायण हुँदाहुँदै पनि तिनको सम्पर्कमा आएका मान्छेहरूले उनलाई धोका दिए । ‘जीवनको चाकाचुलीमा कहिले माथि कहिले तल’ स्थिति बेहोर्दै आजसम्म जीवन सङ्घर्षमा योद्धाझैँ डटिरहेकी छिन् ।
“भेनाज्यू, कसो गरी बाटो बिराउनु भयो ? कि दिदीलाई एकै दिन पनि छोड्न नसकेर ?” नायुमा ठट्टा मजाकमा हाँस्दै भन्छिन् ।
“हो नि । यतिका वर्ष जोसँग बिताइयो, यो ढल्कँदो उमेरमा किन छाड्ने ? दिदी त छँदै छ, सालीहरूको मायाले पनि तानेर आएको  । साली देखेर मन बहकिन्छ । हा ... हा ... हा ...” साँच्चै नै मन तरुण भएर आउँछ, स्फूर्ति शरीरमा अपर्झट देखा पर्छ ।
“आम्मै, दिदी जतिको त हामी छैनौँ है ।”
“दिदी बुढी भइसकी, तिमीहरू भर्खरकी राम्रा छौ । मन डगमगिन्छ कि भन्ने डर पो लाग्न थालेको छ ।”
“दिदीले मार्लिन् नि ।” उनी दिदीलाई हेर्छिन् । सरू र रूपा पनि निष्कपट साली भेनाको गफमा मुस्कुराइरहेका हुन्छन् ।
सरू, रूपा र नायुमा गफको गहिराइमा चुर्लुम्म डुब्न थाल्छन् । सरू यस्तै अवर्णनीय गफको आनन्द उपभोग गर्न दुई दिन बस्ने गरी आएकी छिन् ।
म किताब पढ्दै ओछ्यानमा ढल्कन्छु । आँखा किताबमा भए पनि ध्यान अन्तै गइरहेको छ । मान्छे के हो ? नायुमा आजभन्दा धेरै वर्षअगाडि भेट्दा कस्ती थिइन् ? उनले भोगेका अनेकन जीवनका उतारचढावहरू थाहै नपाई सम्झन थाल्छु ।
नायुमा आमा नभएकी टुहुरी । बाबु कहाँ कता अन्तै गए । मावली गाउँमा धुलोहिलोमा लड्दै, लोट्दै बारबिनाको फूलबारीको फूलझैं हुर्किएर फुलिन् । भँमराहरू झुम्मिन थाले । झुक्काएरै मौरीहरूले रस चुसे । तिनी अविवाहितै गर्भवती भइन् । फटाहा केटोले ‘बिबाह गर्छु’ भन्ने विश्वास दिलाएर धोका दियो । रोईरोई मर्ने अवस्थामा पुगेकी तिनलाई एउटा देवदूतले अपनायो । पेटको बच्चा र तिनलाई स्वीकार गरेर जीवन दियो, सुरक्षा दियो । देवदूतसँगै अहिले पनि तिनी बसिरहेकी छिन् । उसले तिनलाई आजपर्यन्त आपूmले सक्ने सुख दिएको छ, साथ दिएको छ । छोरी जन्मियो, पढाएर हुर्काएर लायक बनाएका छन् । अहिले त्यो छोरीको विवाह भएर नानीहरू पनि भइसकेका छन् । अरु दुई छोरा र एक छोरी छन् । छोरा अपूर्व अरब गएको छ भने अर्को गौरव मलेसिया गएको छ । देवदूत आफैं पनि ठेक्कापट्टा र  जग्गाको कारोबार गरेर राम्रै आम्दानी गरिरहेका छन् । घरको आकार, सजावट र नायुमाको सुनका आभूषणहरूले उनीहरूको सम्पन्नताको झलक दिइरहेको हुन्छ ।
साढुभाइ कामकै सिलसिलामा बाहिर गएकाले भेट हुन सकेन । सुनेको थिएँ— उनी सामाजिक सेवामा संलग्न रहने भएकाले सामाजिक प्रतिष्ठा पनि राम्रै पाइरहेका छन् । मान्छेलाई के चाहियो र ? जीवन गुजारा गर्नका लागि पर्याप्त आम्दानी, सामाजिक प्रतिष्ठा र घरमा आफूले भनेको मान्ने परिवार । यी सबै उनलाई उपलब्ध छन् । तर रातदिन कुदाकुद, व्यस्तता । म उनीसँग धीत मरुन्जेल कुराकानी गर्न चाहन्थेँ तर त्यो पूरा भएन । बेलुकी हुन लाग्दा हामी नायुमा र तिनकी छोरी खान्नुमासँग बिदा हुन लाग्दा नायुमा नराम्ररी रोइन् साथै सरू पनि । रूपाले पनि उनीहरूको रुवाइमा साथ दिइन् । रुँदै उनीहरू छुट्टिन्छन् । छुट्टिने बेला अत्यन्त सानो स्वरमा नायुमाले भनेको सुन्छु— “दिदी, म त दुई दिनको पाहुना ।”
दुई दिनको पाहुना, मलाई मनभित्र च्वास्स बिज्छ, एउटा विषालु अदृश्य काँडा । कसरी तिनी दुई दिनको पाहुना ? साँचो अर्थमा हामी सबै बाँचेकाहरू दुई दिनका पाहुना होइनाँै र ? तर कुरा अर्कै रहेछ— तिनलाई ब्लड क्यान्सर भएको रहेछ । विदेश गएर करोडौं खर्च गरेर उपचार गर्न सक्ने अवस्था नहुँदा पतिसित पनि तिनले यो कुरा लुकाएकी रहिछन् । भित्रभित्रै तड्पिएर काल पर्खिरहेकी रहिछन् । मन थाम्नै नसकेर दिदीलाई मात्र खुसुक्कै यो गोप्य कुरा भनेकी रहिछन् । यो थाहा पाएर म पनि मर्माहत हुन्छु । तर हामी के गर्न सक्छौ र ? तिनी दुई दिनको पाहुना  !
ड्ड
हामी अर्को घरतर्फ लाग्छौ‘ । दुई दिनभित्र सबैलाई भेटी सक्नुपर्ने हुन्छ । तसर्थ हामी त्यो ससुराली गाउँमा दुई दिनकै पाहुना थियौँ ।
सरूको दाज्यु टङ्कनाथको घर पुग्छौ‘ । उनी हंसमुख, मिलनसार, रमाइला र प्रभावशाली व्यक्तित्वका धनी थिए । गाउँका प्रतिष्ठित व्यक्तिहरूमा उनको पनि गणना हुन्थ्यो । गाउँका प्रमुख समेत भइसकेकाले उनलाई त्यस क्षेत्रका सबैले चिन्छन्, मानसम्मान पनि गर्छन् । उनको पालामा सामाजिक जागरणका निकै राम्रा कामहरू भएका थिए । ठूलो जीउडाल, आकर्षक अनुहारमा हाँस्दा सुहाउँदिलो दाँतका लहर । सामान्यभन्दा केही अग्लो कद, चिटिक्क परेर हिड्ने साथै जोसँग पनि आत्मीय पारामा प्रस्तुत हुने उनको बानीबेहोराद्वारा म पनि प्रभावित भएको थिएँ । समाजमा त्यतिबेला पनि र अहिले पनि कोसित कति सम्पत्ति छ, त्यसको आधारमा मानिसलाई मूल्याङ्कन गर्ने चलन छ । त्यही चलनका आधारमा हेर्दा पनि उनी सम्पन्न नै थिए र छन् । तर दुईवटा विवाह गर्दा पनि उनलाई सन्तानसुख प्राप्त भएन ।
उनी बिरामी छन् भन्ने सुनेका थियौ‘ । भेटौ‘ला भन्दाभन्दै पनि भेट्न सकिएको थिएन । बल्ल आज उनकै घर पुगेर भेटिरहेका हुन्छौ‘ । ‘प्यारालाइसिस’ भएर हिड्न नसक्ने अवस्थामा उनी एउटा कुर्सीमा बसिरहेका हुन्छन् ।
“नमस्ते, दाज्यु ।” हामी हात जोडेर नमस्ते गछर्ॉै । पहिला त उनी खुट्टा छोएर आशिर्वाद दिन्थे तर अहिले उनले त्यसो गर्न सकेनन् ।
“नमस्ते” अस्पष्ट रूपमा भन्छन् । उनलाई के भयो ? शरीरको आधा भाग उनको इच्छाअनुसार नचल्ने रहेछ । एउटा हातले खल्तीबाट रुमाल निकालेर आँखा, नाक, मुख पुच्छन् ।
“यी, यस्तै छ । हेर न ठूली दाज्युको त यस्तो हालत छ ।”,  जेठी भाउजू भन्छिन् ।
“के गर्नु ? आफूभन्दा ठूलो आइलागेपछि । आफूले चाहेजस्तो हँुँदैन ।”, सरू भन्छिन् ।
अझै टङ्कनाथ चस्माभित्र हातको रुमाल छिराएर घरी आँखा पुछिरहेका हुन्छन्, घरि नाक, मुख पुछिरहेका हुन्छन् । मुख आँ ... आँ ... गर्छन् । एक प्रकारले सरू र मलाई देखेर उनी अकस्मात रोइरहेका हुन्छन् । रुवाइ लुकाउन रुमालले नाक, मुख, आँखा पुछिरहेको बहाना गर्छन् । सरू पनि रुँलारुँला झ‘ै हुन्छिन् । वातावरण भावुक र गम्भीर बन्छ । खाटमा हामी बस्छौ‘ । मन अमिलो भएर आउँछ । पहिला टङ्कनाथलाई देख्नेहरू अहिलेको उनको अवस्था देख्दा आश्चर्य चकित हुन्छन् । हृष्टपुष्ट, मोटोघाटो, डालिलो, खाइलाग्दो आकर्षक टङ्कनाथ खिइएर दुब्लो, रोगी, हाडछालाको कङ्कालजस्तो आजको उनको अवस्था ।
“कुन डाक्टरलाई देखाइरहनु भएको छ ? डाक्टरले के भन्यो ?” म वातावरणलाई सहज बनाउन प्रश्न गर्छु ।
“डाक्टरहरू, अस्पताल गनिसाध्य छैन, थुप्रै डाक्टरहरूलाई देखाइसकियो ।” जेठी भाउजू भन्छिन् । “यो दबाइ खानु, त्यसो गर्नु, उसो गर्नु भन्छन् । सब गरिसकियो । तर उहाँको हालत जस्ताको तस्तै ।”
“अँ ...अँ ...’ केहीबेर अँ... अँ... गरिसकेपछि टङ्कनाथ बोल्न सक्छन् “ठूली र ज्वाइँ सन्चै ? म् ... म त यस्तो भइहालेँ । मधुमेह, ब्लडप्रेसर र मुटुको रोग पनि छ । खै के गर्ने ?”
“त्यस्तै हो दाजु । हरेस खानु हँुँदैन । बाँच्ने बल गर्नुपर्छ ।” सरू भन्छिन् ।
“हो नि । हामीले गर्नुपर्ने सबै गरिसक्यौ‘ । सन्तोष मान्नु पर्छ, यतिका उमरेसम्म बाँच्न पाएका छौ‘ । कोही त पचासै पनि नपुगी खुत्रुकै भएका छन् ।” म पनि थप्छु ।
“ह ... हो । ज्वाइँले भनेको जस्तै म पनि सम्झन थालेको छु । मृत्यु ... खुत्रुकै ... सहज मृत्यु ...” खुरुरु बोले अनि टक्क रोकिए टङ्कनाथ । खुत्रुक्कै मर्न पाए हुन्थ्यो, सहज मृत्युवरण गर्न पाए हुन्थ्यो भन्ने उनको मनसाय मैले बुझेँ । मलाई पनि मनमा लाग्छ धेरै शारीरिक, मानसिक दुःख यातना नपाई खुत्रुक्कै भएको मरण राम्रो हो । रोज्न पाइने भए त्यस्तै मरण म पनि रोज्दो हुँ ।
केहीबेर यताउताका कुराहरू भए । भतिजो पर्ने आलोकलाई धर्मपुत्र राखेका छन् । आलोक विदेश गएको छ । उनको पत्नी र नानीहरू घरमा बस्छन् । ती नानीहरूलाई हेरेर टङ्कनाथ र पत्नीहरूले  मन थामेका छन् । सबैलाई थाहा छ— टङ्कनाथ पनि दुई दिनको पाहुना !
ड्ड
एक घण्टापछि हामी फुपूको घरतर्फ लाग्छौ‘ । फुपू नरमायाको उहिलेको प्रचलनअनुसार सानैमा विवाह भएको थियो । घर जाँदा उनको सासू र पतिले कुनै निहुँमा त्यतिबेला कुटेका थिए रे । भागेर माइती आएपछि फेरि घर जान मानिनन् । लोग्ने पनि सिँगान चुहाइरहने भएकाले मन परेन रे । अर्को एकजना आफ्नै दौतरी महिला सम्बन्धासँग सँगसँगै बसेका चार दशकभन्दा बढी भइसक्यो । सम्बन्धा लोग्ने र फुपू नरमाया स्वास्नी रे । दुबै आइमाई नै भए पनि सम्बन्धा लोग्नेस्वास्नी प्रधान वर्तमान समाजको लोग्ने जस्तै रवाफिलो पाराले नरमायामाथि हैकम चलाएर बस्छिन् । फुपू नरमाया स्वास्नीझैं तिनको हर खटन आदेश पालना गर्दै घरको कामधन्दामा खटिरहेकी मैले पनि देखेरै आएको थिएँ ।
ती दुई फुपूहरूको जीवन अवलोकन गर्न म निकै लालायित हुन्छु । सरू, रूपा र मलाई तिनीहरूले सम्मानित पाहुनालाई गरिने हरप्रकारका स्वागत सत्कार गर्छन् । उनीहरूसँग झण्डै २७÷२८ वर्षकी अर्की एकजना कन्ने पनि बस्छिन् । कन्ने पनि विवाह प्रस्तावहरू अस्वीकार गरेर विवाह नगरी बस्ने कन्या भएकीले नामै कन्ने भएको रहेछ । तिनी पनि ती फुपूहरूसँग बस्न थालेको पाँच वर्षभन्दा बढी भइसकेको छ । ती महिलाहरू गफमा लिन हुन थाल्छन् ।
“ए कन्ने । किन बिहे नगरेको ?”
“आ बिहे गर्दिन‘, दिदी ।”
“यी मेरा फुपूहरू त ७० भन्दा बढीका भइसके । यिनीहरू मरिसकेपछि कोसित बस्छौ ?”
“आ दिदी पनि, त्यतिबेलाका कुरा त्यति बेलै हुन्छ ।”
“हामीले बिहे गरेर जा भनेका हौ‘, मान्दिनँ । नागरिकता बनाएर केही सीप विकास तालिम गर भन्छौ‘, मान्दिनँ ।”
धेरै अबेला रातिसम्म पनि तिनीहरूको कुराकानी चलिरहेको हुन्छ । केके विषयमा केके कुराहरू गरे होलान्— म सोच्दै निदाउने कोसिस गर्छु । निन्द्रा लाग्दैन । सोच्न थाल्छु— मान्छेको मन । विचित्रको हुँदोरहेछ । ती फुपूहरू लोग्नेस्वास्नीजस्तो भएर बसे । उनीहरू त त्यसरी आजीवन बसे, बसे तर त्यो अर्की कन्ने पनि किन तिनीहरूजस्तै भएकी होली ?
बिहानै हामी अर्को घर जान्छौँ । काकी सुबेदार्नीको कर टार्न नसकेर बिहानको खाना त्यहाँ नै खाने निधो हुन्छ । त्यस बीचमा सालो नवराजको घर निस्कन्छौ‘ । सालो नवराज र उनकी पत्नीसँग कुरा गर्दा थाहा हुन्छ, उनीहरूको जीवन गाडी अहिले त रामै्रसित चलिरहेको रहेछ । विगत साल उनकी पत्नी सुनमायाको जीवन पखेरु गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले मुटुको सफल अप्रेसन गरेर बचाएको रहेछ । “हामीलाई किन खबर गरेनौं ?” भनेर सरू आक्रोस पोख्छिन् तर अपर्झट परेकाले आफन्तहरू कसैलाई खबर गर्न नपाएको विवशता सुनमायाले व्यक्त गरेपछि तिनको चित्त बुझ्छ । अब चाहिँ सम्पर्क गर्नु नि भनेर आफ्नो मोबाइल नम्बर दिएर हामी काकी सुबेदार्नीकहाँ फर्कन्छौ‘ ।
सुबेदार्नी काकीको प्रस्तुति सबै आफन्तहरूसँग उत्साहप्रद, आत्मीय र सम्मानपूर्ण नै हुन्थ्यो । तिनको दुईजना छोराहरू जन्मेपछि सुबेदार काका भारततर्फ गए । भारत गएपछि धेरै वर्ष फर्केनन् । सुबेदार त भारतमै कान्छी बिहे गरेर बस्न थालेको सुन्दा सुबेदार्नी रिसले मुर्मुरिइन् । तर तिनी गर्नै के सक्थिन् र ? सासूससुराले हेला गरे । अनेकौं दुःखकष्ट सहँदै, अनेक गर्दै तिनले छोराहरूलाई हुर्काइन् । ‘त्यस पापीको मुखै हेर्दिन‘’ भनेर कडा प्रतिज्ञा गरेकी थिइन् । छोराहरू बढेपछि दुबै भाइ लाहुरे भर्ती लागेपछि भने तिनको सुखका दिन फिरेको हुन्छ । एउटा छोरा भारत गएर बुबाको अवस्था पत्ता लगायो । कान्छी आमाबाट पनि छोराछोरीहरू भएका थिए । आर्थिक स्थिति दयनीय भएको देखेर उसले नेपाल फर्कन खर्च दिएर आएको थियो । नभन्दै हामी हिड्न मात्र लागेका थियौं, काका सुबेदार टुप्लुक्क आइपुग्छन् ।
हामी खुसी हुन्छौ‘ । छुट्टिमा आएका छोरा, बुहारी, छिमेकीहरू पनि खुसी हुन्छन् । तर सुबेदार्नी काकी भने कोठाभित्र पसेर फतफताउन थालेकी हुन्छिन्— “असत्ती, के खान आएको ? यत्रो वर्ष बिचल्ली पारेर .......”
उनीहरूको पारिवारिक झमेलामा फस्न नचाहेर हामी बिदा मागिवरी पूर्णाको घरतर्फ जान्छौ‘ । पूर्णा हामीलाई देखेर भन्छे— “आम्मुई, दिदी भेना ? कताबाट घाम झुल्कियो ?”
“हामी आउँदा त्यसो भन्छौ भने बाटैबाट फकर्ॉै कि क्या हो ?” म प्याच्च भन्छु ।
“कहाँ मैले बाटैबाट फर्कनुहोस्, भनेकी हुँ । खुसी व्यक्त गर्ने तरिका आआफ्नो हुन्छ । मात्तिएको भेनाज्यू ।” मुस्कुराउँदै पूर्णा भन्छे ।
“दिदी साथमा नभएको भए गुन्दु्रके सालीलाई म ठीक पार्थे । भन्छन् पनि, गुन्दु्रक पकाउन पर्दैन, साली फकाउन पर्दैन ।”
“हो, चाउरे बूढो भेनाज्यू ...। ल ल दिदी भेना, आउनोस् घरभित्र । गफ कुराकानी बसेर गरौला ।”
कोठाभित्र हामी प्रवेश गर्छौँ । सफा, सुग्घर, हल्का तबरबाट सजाइएको आकर्षक ठूलो बैठक कोठाको एकापट्टिको भित्तामा पूर्णाको पति लोकनाथको तस्विर झुण्डिएको छ । त्यस तस्विरलाई खादा र तोतोलाको  माला पहिराइएको छ । त्यो तस्विर देख्दा मलाई लोकनाथको सम्झना आउँछ । उनको मृत्यु हुँदा आउन नसकेकोमा क्षमा माग्ने हिसाबले म भन्छु “खोई साढुभाइको मृत्यु हुँदा आउन सकिएन । दुःख नमान है ।” 
“आआफ्नो काम, व्यस्तता, त्यस्तै हो नि ।”
“ज्वाइँलाई कहाँकहाँ उपचार गराएका थियौ ? कसरी उनको मृत्यु भयो ?” सरू सोध्छे ।
“उहाँलाई सहरको नामी डाक्टर शैलेसदेखि भरतपुरको क्यान्सर अस्पतालसम्म देखाइयो .....”
“ज्वाइँ त अफगानिस्थान पो जानु भएको थियो, होइन ? ”
“हो, मैले जानु पर्दैन भनेको हुँ तर मान्नुभएन । स्वास्थ्य परीक्षण गर्दा नै छातीमा सानो दाग देखिएको थियो । ‘आफ्नै रिस्क’ मा जाने भए मात्र लाने भनेकाले उहाँले सही गरिदिनु भएको थियो रे । त्यतिबेला फोक्सोमा देखिएको त्यो सानो दागको वास्ता भएन । बिदामा घर आइपुग्नासाथ ढाड दुखेर खप्नै नसकिने भयो । मुस्किलले सहरको नामी नर्सिङ होममा पु¥याइयो । दुखाइ कम भएन, दुईवटा दुखाइ कम गर्ने सुई दिए पछि मात्र केही बिसेक भएको थियो । रगत परीक्षण, एक्स रे आदि परीक्षण सकियो । एकान्तमा मलाई डा. शैलेसले बोलाएर भन,े “फोक्सोको क्यान्सर हो, अन्तिम अवस्था । केही गर्न सकि‘दैन । भरतपुरको क्यान्सर अस्पताल लैजानुहोस् । रोगीलाई यो कुरा अहिले नभन्नु होला ।” म  छाँगाबाट खसेझै‘ भएँ । अब उहाँ पनि दुई दिनको पाहुना  । औषधिहरू किनेर घर फर्कियौँ ।
“मलाई के भएको छ ?” उहाँले सोध्नुभयो ।
 “मामुली रोग रहेछ, औषधि सेवनपछि निको हुन्छ ।” भनेर मैले ढाट‘े । भरतपुर सोझै जाउँ भन्दा शङ्का हुन्छ भनेर भारतीय भूतपूर्व सैनिकहरूका लागि भारतको बागडुग्रा अस्पतालमा व्यवस्था मिलाएर त्यता जाऊँ, त्यसपछि कलकत्ता जाऊँ भन्दै अलमल्याई रहेकी थिएँ । एकदिन म हटिया गएको बेला नर्सिङ होमको पुर्र्जीमा नम्बर भेटेर फोन गरेछन् । डाक्टरले साँचो कुरा भनिदिएछन् । म घर आइपुग्दा त रोइरहेका थिए । उनीसँगै म पनि रोएँ । रोएर के हुन्थ्यो  !
भरतपुर गयौँ र देखायौँ । क्यान्सरको अन्तिम चरण भएकाले निको हुने सम्भावना कम छ । ‘केमो थेरापी गर्ने कि नगर्ने’ भनेर मलाई सोधे । ‘गराउने’ भन्ने मैले जवाफ दिएँ । केमो गराउन थालेपछि केश सबै झ¥यो । शारीरिक दुखाइ भने हराएर गयो । केही महिना बसेर घरै फर्कियौँ । एक महिना जति समयमा खाने, बस्ने र हल्काफुल्का घरको काम पनि गरिरहेका थिए । महिना दिनपछि एक महिनासम्म बसिरहने, सुतिरहने । खुवायो भने खान्थे । खाना त खाइ नै रहेका थिए तर शरीर सुकेर हड्डी छाला मात्र भएको थियो । विदेश गएका छोराहरूलाई बोलाए‘ । जेठा छोरा आइपुग्यो । ओछ्यानमै बिलाइ सकेका उनी निदाएका जस्ता हुन्थे, निदाएकै अवस्थामा खुसुक्कै गए । गर्नुपर्ने मृत्यु संस्कारहरू ग¥यौ‘ ।”
लामो श्वास तानेर पूर्णाले आफ्नो पतिको मृत्युको बेलिविस्तार सुनाइन्, आँखा टिलपिल पारिन् । ‘जत्रै चोट लागे पनि सहनै पर्छ ।’  पति ‘दुई दिनका पाहुना’ थिए भन्ने सोचेर पूर्णाले पनि मन थामेकी छिन् ।
ड्ड
माइती गाउँका सरुका अरु साथीहरू....
समिनी 
प्रौढावस्थामा प्रवेश गरेपछि हिड्न नसक्ने भएर घरैमा बसिरहेकी रहिछन् । उनको पति माइला अरब गएर फर्केपछि एक वर्ष बिरामी भएर खसे । के बिरामी थियो ? भन्न चाहिनन् । उनीहरूका सन्तान थिएन । 
“आ, माइला खसेपछि म पनि सन्तान सुखको लालसामा खेमेसँग पोइल गएँ तर पनि सन्तान भएन । खेमे पनि म¥यो र अहिले फर्केर यहीँ आएकी छु । हातखुट्टा, ढाड, शरीर सबै दुख्छ, आँखा पनि कम देख्छु । अस्पतालमा देखाउँदा ‘खै, रोग केही छैन’ भन्छ तर म भने खिइँदै गइरहेकी छु । राति निन्द्रा पर्दैन । सपनामा माइलालाई देख्छु । खेमे त पापी रहेछ, त्यस्का त म जस्ता भित्रीनीहरू थुप्रै रहेछन् । त्योबाट पनि सन्तान नभएपछि फर्केर यहाँ नै आएकी छु, काल पर्खिरहेकी छु ।” समिनी आफ्नो बेदना पोख्छिन् ।
सुमित्रा
उनको रामकहानी पनि त्यस्तै छ । छोराछोरीहरू हुर्काएर, बढाएर अहिले सबै गरिखाने भएका छन् । दुई भाइ विदेश गएका छन् । कान्छो सूर्यधन मलेसिया गएको सात वर्ष भइसक्यो । गएपछि एक वर्षसम्म त फोन गथ्र्यो तर त्यसपछि चिठ्ठी पठाउने वा फोन सम्पर्क केही गरेन । पैसा पठाउने त कुरै भएन । बुहारीले चार वर्षसम्म त पर्खिई तर खबर सम्पर्क केही नभएपछि ऊ पनि अर्को पोइल गई । जेठो अरब गएको छ । जेठी बुहारी भन्छे ‘मैले बुबालाई स्याहारे‘, आमालाई अरू भाइहरूले स्याहारुन् ।’ सुमित्रा अविवाहित कान्छी छोरीसँग जङ्गल छेउको झुप्रोमा बस्छे । काल पर्खन पनि कति साह्रो ? सुमित्रा जीवनमा अन्तिम कालखण्डमा विवश मुढाझै‘ लडिरहेकी छे ।
फूलमाया
फूलमायाले सरुसँग भने अरूहरूकै बारेमा बढी कुरा गर्छिन् । फूलमाया टेकरिकर्डर झै‘ गाउँका विदेसिएका लाहुरेहरूका बारेमा खुरुरु भनिरहेकी छिन् । “अन्तरे धनबहादुर यू.के.मा छ । सबै परिवार उतै बस्थे । छोरालाई पढाएर डाक्टर बनाएका थिए । छोरा रमेशले काठमाडौं आएर आफूखुसी एउटी केटी विवाह ग¥यो । फर्केर फेरी यू.के. मा नै काम गर्न थाल्यो । पैसा त थुप्रै कमाएको थियो तर ती सबै पैसाहरू पत्नीको नाममा राखेको थियो । पत्नीलाई काठमाडौं  छाडेको थियो । उता बस्ने बन्दोबस्त आदि मिलाएर लाने विचारले काठमाडौं आउँदा त पत्नी बसुन्धरा त सुधार केन्द्रमा बसेकी थिई । ड्रग एडिक्ट भइछे । त्यसै रात काठमाडौंको घरमा डाक्टर रमेश सुतेको सुतेकै भयो । खत्राकखुत्रुक चलेको पनि कसैले थाहा पाएनन् ।”
फूलमायाको कुरा सुन्दा मलाई लाग्छ— अग्घोर कष्ट पीडा परेको डाक्टर रमेशले आफूलाई ‘मर्सी किलिङ’ गरेर ‘मर्सी डेथ’ दिए, जुन सामान्य मानिसहरूलाई पत्तै भएन होला ।
रूपा
यी अनेकौ‘ मानिसहरूको जीवनकहानी सुनिसकेपछि रूपाको जीवन कहानी पनि मलाई सुन्न मन हुन्छ— उनको कहानी भने सरल रेखामा रहेछ । पढिन्, नोकरी गरिन् । विवाह गरिन् । छोराछोरी भए । लोग्ने छोराबुहारीहरूसँग मनमुटाव भयो । बस्न सकिनन् र वृद्धाश्रम खोज्दै हिडेकी रहिछन् । वृद्धाश्रमले राख्न मानेन र भौतारिँदै हिँड्दा जता पुग्छिन् त्यतै बस्छिन् । जे काम पाउछिन् त्यही गर्छिन् । कसैले खान दिएमा खान्छिन् । जता पायो त्यही बस्छिन् । तिनका छोरा, छोरी, बुहारी, पति सब छन् तर कोही छैनन् । एउटा जीउँदो शरीर जसरी पनि धान्नु छ, धानेकै छिन् । ‘हो मा हो’ मिलाउँदै कसैको साथी, नोकर्नी जे पनि मौकाअनुसार हुने रहिछन् । अहिले तिनी सरूको साथी भएकी छन् । गन्तव्य हराएको तिनी अहिले हुरीको पात भएकी छिन् । मान्छेको जीवन  हुरीले उडाइरहेको सुकेको पातझैँ रहेछ  । 
चतुरी, नेप्टी र हाङ्मा आदिकोे कथा व्यथाहरू पनि उस्तै छन् । म दुई दिन सुनेका कथाव्यथाहरूबारे विश्लेषण गर्छु । रमाइलो संसार र सांसारिकता ! बाचुन्जेल अनेकौँ भ्रममा भुलिन्छौँ र बिर्सन्छाँै जीवन भोग्ने क्रममा मृत्यु । अन्तमा थाहा पाउँछौँ— हामी मान्छे सबै दुई दिनको पााहुना !






















शान्ति धाम



अवकाश प्राप्त जीवनमा प्रवेश गरेपछि ‘साङ्लाले बाँधेको कुकुर छाडेँ है’ भने भैm‘ कताकता मनभित्र फुक्काफाल भएको अनुभुतिकासाथ काम नलाग्ने ‘डेट एक्स्पायर्ड’ भएजस्तो पनि लाग्न थाल्दो रहेछ । बेचैनी, मनको छटपटाहट,, मृत्यु नजिक पुगिएको आभास हुन थाल्दो रहेछ । मानिसलाई सबै भन्दा प्यारो के होला ? प्रश्न ग¥यो भने सतप्रतिसत उत्तर आउला— आफ्नै जीवन । ‘जीउ रहे ध्यू खान पाइन्छ’, जीवन रहे मात्र जगतको उपभोग र उपयोग गर्न पाइने हो ।
मन बरालिन थाल्छ, कम्प्युटरमा खेल्न र खेलाउन थाल्छु मनलाई । ‘फेसबुक’मा एउटा सञ्जाल रहेछ ‘बुद्ध नेपालमा जन्मेका हुन्, सहमति  जनाउनुहोस् ।’ मैले पनि तुरुन्तै सहमति जनाएँ । अन्य चिनेको नामहरू सहमति जनाउनका लागि टिपाएँ । बुद्धको जन्म स्थलमा के छ ? ‘किन बुद्ध नेपालमा जन्मेको तथ्यलाई तोडमरोड गरिदै छ ?’ भन्ने तथ्यले मलाई लुम्बिनीतर्फ आकर्षित गर्छ ।
म जस्तो थोरै आम्दानी हुने व्यक्तिले विदेशको भ्रमण, पर्यटन गर्न सम्भव छैन । म पत्नीसँग थोरै खर्चले पनि धान्न सकिने लुम्बिनीतर्फ लाग्छु ।
लुम्बिनी !
युवाकालमा पुगेको त्यस क्षेत्रको रूप पुरै बद्लिएको रहेछ । त्यतिबेला लुम्बिनीको नाम चलेको थिएन । इतिहासमा मात्र बुद्ध जन्मेको लुम्बिनी भन्ने पढ्न पाइन्थ्यो । सयुक्त राष्ट्र संघका महासचिव ऊ थान्तको भ्रमणपछि मात्र लुम्बिनी चम्केको हो । सुनौलीदेखि बुटवलसम्म नै झन्डैझन्डै जोडिइसकेको रहेछ । बुटवल, खसौली कहाँ ? ठिम्याउन नै मुस्किल । विचरा, सर्वसाधारण गरिब नेपाली म; आफ्नै देशको भैरहवा पुग्न पनि ३७ वर्ष पछि मात्र सम्भव भएको पाउ‘दा आफ्नो विवश गरिब जीवनप्रति सहानुभूति जागेर आउ‘छ । धाक लगाएको थिएँ भैरहवा, पग्लीहवा, सुनौली, नेपालगंज ३७ बर्ष अगाडि नै पुगेको हुँ भनेर । तर खोई त्यो ३७ बर्ष अगाडिको तिनीहरूको रूप ? आश्चर्यचकित भएर बिस्मात मान्दै बल्लतल्ल जीवनको उत्तराध्र्दमा मिलेको आन्तरिक पर्यटनको अवसर खल्लो पार्नुपर्ने अवस्था होइन भन्ने सोचेर सोध्दै खोज्दै भैरहवाको बुद्धचौकमा उत्रेर लुम्बिनीतर्फ हामी दुई जोइपोइको यात्रालाई  अगाडि बढाउँछौ‘ ।
बुद्धको जन्म स्थल ! जन्म स्थलमा के छ ? विश्वभरिका बौद्ध धर्मावलम्बीहरू जीवनमा एकपल्ट जसरी भए पनि यहाँ आउन चाहन्छन् । बौद्ध धर्मावलम्वीहरू मात्र नभएर मुसलमान, हिन्दु, इसाइ, प्रकृतिपुजक एवं धर्मै नमान्नेहरू पनि आउँछन्, घुम्छन्, हेर्छन् । अलौकिक वा लौकिक शान्तिको खोजी गर्छन् । १२ सय विघाको क्षेत्रफलमा पैmलिएको लुम्बिनीमा बुद्धको जन्मस्थल र विभिन्न देशहरूले बनाएको बौद्ध स्तूपहरू छन् । सारस र अन्य चराचुरुङ्गीको संरक्षण क्षेत्र पनि छुट्टयाईएको छ । त्यस क्षेत्रमा ‘काफल पाक्यो’ चरासँग दोहोरो सम्वाद हुन पाएकोले म अत्यन्त खुशी हुन्छु । ‘काफल पाक्यो’  चरा पूर्णतया लोप भइ सकेको रहेनछ ।
हामी लुम्बिनी क्षेत्रभरि घुमेर शान्ति अनुभव गर्ने, शान्ति अनुभूत गर्ने र शान्ति ग्रहण गर्ने कोसिस गर्दा पनि शान्ति मूर्त प्रकटिकरण नहुनुमा आफ्नै मुढाग्रह पो दोषी छ कि भन्ने लाग्दा शान्ति अवश्यमेव कहि न कतै बुद्धको जन्म स्थल छेउछाउ हुनुपर्छ भन्ने हाम्रो अन्तष्करणको गहिराई भित्र लाग्न थाल्छ । तर त्यो स्थान कहाँ छ ?
त्यो शान्तिधाम हुनुपर्छ । जहाँ मनका सबै मनस्ताप बिलाएर जान्छ । सांसारिक लोभ, लालच, लुछाचँुडी समाप्त भएर ध्यानमा लिन  मनभित्र अलौकिक शान्ति र शरीरले लौकिक आनन्द अनुभूत गर्न थाल्छ ।
त्यो कही कतै बुद्धको जन्मस्थल छेउछाउ नजिकै हुनुपर्छ, मलाई लाग्न थालेको हुन्छ । तानसेन तर्फ लाग्छौं । रानी महल प्रेमको प्रतीक हो रे, पुग्न सकिएन । फेरि तानसेनबाट पूर्वतर्फ लाग्छौ‘ । अग्लोअग्लो पहाडहरू, ढुङ्गे घारी, चट्टाने माटोमा रूख त के सानासाना पोथ्राहरू पनि उम्रिन सकिरहेका छैनन् । कति रूखो पहाडहरू ! कतै यी रूखा पहाडहरूभित्रै प्रेम तीर्थ र शान्ति धाम अवस्थित छैन ?
“तिमीले शान्ति अनुभूत ग¥यौ ?” म पत्नीलाई सोध्छु ।
“केहीकेही अनुभूत होला की जस्तो भान भइरहेको थियो ।” 
“हामी के गरौँ ? फर्कौँ कि दुई चार दिन यतै कतै बसौँ ?”
“फकर्ॉै ।” भन्ने पत्नीको भनाईसँगै हामी फिर्ती बसमा चढ्छौ‘ । बसमा केही बेर हिडिसकेपछि मनको अन्तरकुन्तरमा कताकता लाग्न थाल्छ ‘हाम्रो यात्रा अधुरो भएको छ ।’ बसबाट उत्रॉैउत्रॉै र केही दिन यतै कतै बसौँबसौँ’ लाग्छ । पत्नीलाई पनि त्यस्तै लाग्न थालेको रहेछ । हामी बसबाट ओर्लन्छौ‘ ।
जाने कता ?
बसबाट ओर्लि हाल्यौ‘ । सानो बजार, थोरै घर र पसलहरू । तल सानो नदी बगि रहेछ, मास्तिर अग्लो पहाड छ । पहाड उजाड र निरस छैन, मनमोहक र सुन्दर देखिन्छ ।
“यो ठाँउको नाम के हो ?” म बाटो हिँडिरहेको एउटा बटुवालाई सोध्छु ।
“प्रेम तीर्थ ।”
“प्रेम तीर्थ ?” हामी दुवैजना एक साथ उच्चारण गछर्ॉै “यस्तो नाम त कहिल्यै सुनेका थिएनौ‘ ।”
“हो, प्रेम तीर्थ । यहाँ प्रेमी हृदय भएकाहरू आउ‘छन् । बिछोडिएका व्यथित प्रेमीप्रेमिकाहरू मिलनका कामना लिएर आउ‘छन् । कैयौ पुराना प्रेमीप्रेमिकाहरूको मिलन यो तीर्थमा भईसकेको छ । तसर्थ पनि यो प्रेमीप्रेमिकाहरूको प्रेम तीर्थ हो । यहाँ तिनीहरू कोही चाहेर आउ‘छन्, कोही झुक्किएर आइपुग्छन् तर यहाँ आईपुगेपछि उनीहरूको अन्तरहृदयमा जीवित बिछोडिएको पे्रमी वा प्रेमिका प्राप्त गर्छन् । र, तिनीहरू त्यो  पहाडको टुप्पोमा अवस्थित शान्ति धाम जान्छन् ।”
“त्यो शान्ति धाममा चाहीँ के छ ?”
“त्यो सोध्ने प्रश्न नै होइन । आपैm अनुभूत गर्ने कुरा रहेछ ।”
“कस्तो अनुभूत ?”
“म अहिले धेरै बर्ष अगाडि मसँग छुट्टिएकी मेरी प्रेमिका ‘राईनी’लाई त्यहाँ भेटेर फर्किरहेको छु । त्यो शान्ति धाममा मैले कस्तो अनुभूत गरे, म व्यक्त गर्नै सक्तिन‘ ।”
त्यो मानिसको अनुहारमा अग्घोर धेरै तृप्ति र प्रसन्नता हुन्छ । तृप्ति, प्रशन्नता र आनन्दको चमकले उसको अनुहार तेजोमय, जाज्वल्यवान आँखा तिर्मिराउने किसिमको चम्किलो हुन्छ । ऊ जान्छ, उसको पछिपछि एउटी नारी पनि जान्छे । त्यो नारीको अनुहार पनि उसको जस्तै सन्तुष्ट, प्रसन्न र आनन्दित देखिन्छ । हामी अनुमान गर्छाै‘— त्यो नारी राईनी हुनुपर्छ ।
हामी ढुङ्गे फलँैचामा बस्छौ‘ । जिन्दगीमा धेरैधेरै हिँडेका रहेछौ‘ । धेरैधेरै जीवन संघर्ष गरेका रहेछौ‘ । धेरैधेरै दुःखसुख भोगेका रहेछौँ । झन्डैझन्डै थाकिसकेका हामीहरू जीवनका अवसान नजिक पुगेको आभासले निरास, हतास र दिग्भ्रमित भएर मनको शान्ति खोज्दै यो स्थानमा आइपुगेका रहेछौ‘ । यो स्थलको नाम न सुनेका थियौँ, न यहाँ आउने योजना नै थियो । तर हामी यो स्थल आइपुग्यौँ र ढुङ्गे फलैचामा विश्राम लिँदा मोक्ष जस्तो एउटा अनौठो थकाइ मेटिएको स्वाद रसास्वादन गर्न पुग्छौ‘ ।
हामी एक आपसमा हेराहेर गछौ‘ । बोल्नै परेन, मानौँ नबोली नै अर्काको मनको कुरा थाहा पाइरहेका छौ‘ । तिनी केही बेर बिसाउन चाहन्छिन्, म पनि ।
हामी ढुङ्गे चौतारामा बसिरहन्छौ‘ । बसिरहन्छौ‘ सायद हामी कसैलाई पर्खि रहेका हुन्छौ‘ कि ! यसरी धेरै बेर बसिरहँदा हामी दुवै निदाएछौ‘ पनि ।
“बुद्धम् शरणम् गच्छामी
धम्मम् शरणम् गच्छामी”
पे्रम तीर्थको सानो बजार धेरैधेरै मानिसहरूको भीडले भरिदैछ । पहेला, पिताम्बरी रङ्गका लुगा लगाएका भिक्षुहरूका अधिल्लो पक्तिमा गौतम बुद्ध विस्तारै हिँडि रहनुभएको छ । जहाँ वहाँले टेक्नु हुन्छ, टेक्नुभन्दा अगाडि नै फुलहरूको रास थुप्रिन्छ र वहाँलाई टेक्न कोमल, सहज र आनन्दप्रद हुन्छ । फुलहरू के टेक्नैका लागि बनेका हुन् ? होइन, फुलहरू महान्हरूको गोडामा न्यौछावर हुन बनिएका हुन् । र, फुलहरू महान् हुन् । 
....उनलाई देिखँ हिँँडिराख्नेहरू अडे, अडेकाहरू पछि पछि लाग्न थाले; लम्कदै गर्नेहरू सुस्तरी हिँडे, बसि राख्नेहरू उठे; भड्किलो बस्त्रवालाहरू लजाए, बकवक गर्नेहरू मौन भए; प्रत्यक्ष धर्मजस्तो उनको नजिकमा अन्याय बुद्धि कसैको भएन ।
कौसी, बार्दलीमा बसेका मानिसहरू पुष्पवृष्टी गरिरहेका छन् । सडक पुष्पमय भएको छ, वातावरण उल्लासमय, रमणीय र मुग्धकारी भएको छ । प्रेम, प्रेम, प्रेम ! सबैको मनमा प्रेम छ । गौतम बुद्धप्रति प्रेम छ । बुद्धका मनमा पनि सबैप्रति प्रेम छ । प्रेमले ओतपोत शान्ति सबैको मन र मुहारमा व्यप्त छ । प्रेम तीर्थ शान्तिमय र प्रेममय बनेको छ । शान्तिमय प्रेम तीर्थ साँच्चै प्रेम तीर्थ बनेको छ । हामी हेरीरहेका छॉैँँ बुद्धलाई, उहाँका हजारौं अनुयायीहरू र हजारौँ समर्थकहरूलाई ।
वहाँलाई झुकेर हामी अभिवादन गछॉैँँ । वहाँको मन्द मुस्कान पाएर हामी आत्मविभोर हुन्छौँँ, नतमस्तक र मुग्ध भएर हेरी रहन्छौँँ वहाँलाई । त्यो हेराईमा समर्पण छ, प्रेम छ, शान्ति छ र अथाह आनन्द पनि छ । वहाँको मन्द मुस्कानमा हामी जीवनको परिभाषा पाउछौँँ, प्रेरणा, प्रेम र शान्ति पाउँछौँँ जुन कुराहरूका लागि हामी जीवनभर लालायित थियौँँ र तडपिरहेका थियौँँ ।
लाग्छ बुद्ध प्रवचन अथवा शिक्षा दिइरहनु भएको छ । बुद्ध स्वयं बोधिज्ञान लाभ अघि गरेको तपस्याको अनुभव सुनाइरहनु भएको छ । 
“... ... तब मलाई लाग्यो, श्वास नफेरिकनै तपस्या किन नगरुँ ?
अनि मैले मुख र नाकबाट श्वास फेर्न बन्द गरँे । ... ... शरीरमा
बेस्सरी दाह हुन्थ्यो, जसरी दुई पहलवानले एक अशक्तलाई
आगोमाथि चारैतिरबाट तपाउने हो, त्यसरी नै ... ... जसरी काँचो
लौका हावा र घाममा मुर्झाउने हो, त्यसरी नै मेरो शरीरको
छाला मुर्झायो । ... ... राजकुमार । पेटको छाला मसल्दा पीठको
हड्डी छोइन्थ्यो, पीठको हड्डी मसल्दा पेटको छाला छोइन्थ्यो ... ...”

“... ... समय बित्दैछ, रात बित्दैछन्, 
सिद्दिदैछन् जीवनको पलहरू एक एक गरी ।
त्यो भयलाई हेरी मृत्युको
त्याग गर सांसारिक सुख शान्ति चाहन्छौ भने ।”

“... ... भिक्षुहरू ! मैले यस्तो कुनै बस्तु देखेको छैन, जसलाई
वशमा नपारे यति अनर्थकारी हुन्छ, जति कि यो चित्त                       ... ...”
        “....भिक्षुहरू ! यी दुई मूर्ख हुन् । को को ? एक त्यो
जो दोषलाई मान्दैन, दोस्रो त्यो जो आफ्नो दोषलाई
दोष भन्नेलाई क्षमा गर्दैन । भिक्षुहरू ! यी दुई मूर्ख हुन्....”
           “... जसले शून्यता बुझ्न सक्छ, उसले सबै अर्थ बुझ्न सक्छ । जसले शून्यता बुझ्दैन उसले केही पनि बुझ्न सक्दैन ।”
        
बुद्धको प्रवचन पछि भिक्षु महाकाश्यप बौद्ध शिक्षाको सार संक्षेप खिचिरहेका हुन्छन्, यसरी
“.....सत्य दुई किसिमका छन्— संवृत्ति सत्य र परमार्थ सत्य । संवृत्ति सत्य व्यवहारिक सत्य हो, भौतिक सत्य हो । यो इन्द्रियहरू, मन अनि बुद्धिद्वारा अनुभव गरिने सत्य हो । सम्पूर्ण ब्रम्हाण्ड, सृष्टि, प्रकृति, जगत र प्रकृतिका अनि अनुभव गरिने सत्य हो । यी सबै क्षणिक हुन्, क्षणभङ्गुर हुन्, उड्ने बादल झै‘ अस्थायी हुन्, विनाशी हुन् । परमार्थ सत्य यी सबैभन्दा गम्भीर, सूक्ष्म, लुप्त, रहस्यमय, दुर्भेद्य, सर्वव्यापी हुन् । परमार्थ सत्य परमाणु, नाभीकण, विद्युतकण पनि होइन । यी कणहरू अन्तिम रुप होइनन्, क्षणिक स्थितिशील पनि होइनन्, यी तरङ्ग र स्पन्दन मात्र पनि होइनन् । यी सबै परमार्थ सत्यतर्पm मार्गदर्शन गर्ने माध्यम र उपलक्ष्य मात्र हुन् । परमार्थ सत्य केवल सर्वोपरि भाव, वृहत संकल्प, वृहद् अनुभूति र सर्वव्यापी सत्य हो । यो सत्य ब्रम्ह सत्य हो जसको वोध र अनुभूति संवृत्ति सत्यद्वारा हुन सक्दैन, संभव पनि छैन ।
संवृत्ति सत्यले व्यक्ति–व्यक्तिको स्वार्थी प्रेम, आकर्षण, जागतिक स्तरमा घटिरहने प्रक्रियाहरू जन्म, जीवन, मृत्यु, उपलब्धि, सफलता, मान–अपमान, मिलन–विछोड, मोह–त्याग, कल्पनाभावना, उदगार, उद्वेग, प्रभृति सत्य र स्थायी हुन भन्ने भ्रमात्मक सत्यद्वारा मानिसलाई अलमल्याई रहेछ । यी संवृत्ति सत्य हुन, भुत्ति र छाँया, प्रतिध्वनि र प्रतिफलन मात्र हुन् । तर यसैमा मानिसहरू मस्त छन्, मुग्ध छन् । मानिसहरू यस सत्यद्वारा दुःख र शोकमा पर्छन्, अशान्ति अनुभव गर्छन् ।
परमार्थ सत्यले सम्पूर्ण ब्रम्हाण्ड, प्रकृति, सृष्टि र प्राणी तथा जडहरूको पारस्परिक एकŒव र अभिन्न सम्पर्क अनि निःस्वार्थ प्रेम वोध गराउँछ । समुद्र विशाल र विस्तीर्ण हुन्छ, अनि अपरिमेय पनि हुन्छ तर समुन्द्रको सानो अति सानो थोपो र बिन्दुमा पनि समुद्रको तŒव र शक्ति लुकेको हुन्छ । थोपा र समुद्र एउटै हुन् । यही परमार्थ सत्य हो । थोपा थोपाको अभिन्न आत्मीयता र सम्पर्क परमार्थ सत्य हो । पुरुष–स्त्री अनि यथार्थमा सम्पूर्ण मानवमा एक–अर्कासितको यही अदृश्य तर अभिन्न सम्पर्क, जलबिन्दु र समुन्द्रको एकŒव र सम्पर्क परमार्थ सत्य हो भगवान बुद्धको । प्रेम सत्य हो, सत्य प्रेम हो ... ...।”

शिक्षा र प्रवचन समाप्ति पछि गौतम बुद्धका पछिपछि त्यो हजारौको जुलुस पहाडको टाकुरातर्फ लाग्छ । रङ्गीन पहेला, सेता, कलेजी, राता, बैजनी आदी रङ्गहरूले पहाड रङ्गीन्छ । हेर्दाहेर्दै पहाड रङ्गीचङ्गी भीडले भरिन्छ । अग्र भागमा बुद्धसँगै हिडिरहेका भिक्षु, भिक्षुणीहरूको अनुहार र हृदयमा मात्र होइन, सबै उनका अनुयायीहरूको अनुहार र हृदयमा पनि प्रेम र शान्तिको अलौकिक दिव्य प्रकाश चम्किरहेको देखिन्छ । पहाडको टाकुरामा पुगेर गौतम बुद्ध र उनका हजारौ‘ अनुयायीहरूको लस्कर ओझेल पर्छन् । उनीहरू गए कता, पुगे कता ?
मलाई मेरो यौवनकालको प्रेमिका मोहिनीरूपाले हातमा समातेर तानिरहेकीे हुन्छिन् । तिनी भनिरहेकी हुन्छिन्, “उठ, जाऊँ हामी पनि शान्ति धाम ।”
“शान्ति धाम ? कता हो शान्ति धाम ?”
“जता भगवान बुद्ध र उनका अनुयायीहरू गएका छन् ।”
“मोहिनीरूपा, तिमीले भने पछि म शान्ति धाम जानु त के, मृत्युकुण्डमा पनि पस्न तयार छु ।” अत्यन्त प्रसन्नता भित्र आनन्दातिरेक म मोहिनीरूपालाई हेर्छु । म तिनलाई देखेर कति खुसी हुन्छु, भनि साध्य छैन ।
म तिनीसँग हिड्न थाल्छु । उकालो चढ्न थाल्छु । हेर्छु, प्रेम तीर्थ भुई कुइरोले ढाकिएको छ । भुई कुइरोमाथि हामी, मानौं हामी बादलमाथि हिडिरहेका छौ‘ । मनमा कुनै विकृति छैन, चिन्ता छैन । सम्पूर्ण सांसारिक पीडा, कष्ट र दुःखहरू बिलाएका छन् । म कुनै नयाँ अवतारमा छु, जहाँ घृणा, द्वेष, आँखी, डाह र मनोमालिन्य हु‘दैन । केवल हुन्छ प्रेम र शान्ति ।
अत्यन्त उत्साह, उमङ्ग र पूmर्तिसाथ म तिनीसँग उकालो चढिरहेको हुन्छु । देख्छु, म जस्तै हँसीखुसीसाथ मेरी मायालु पत्नी पनि एउटा अत्यन्त सुन्दर युवकसँग हातेमालो गर्दै, कुराकानी गर्दै, मुस्कुराउ‘दै हाम्रो पछिपछि उकालो आइरहेकी छिन् । हाम्रो हेराहेर हुन्छ, आँखा चार हुन्छ । अघिपछि जस्तो न मेरो मनमा इष्र्या छ, शङ्का छ, न तिनको मनमा । तिनको त्यस्तो प्रशन्न रूपवान अनुहार यसभन्दा अगाडि कहिल्यै देखेको थिइन‘ ।
तिनको त्यस्तो प्रसन्नता, उत्साह, उमङ्ग र मोक्ष देख्दा मेरो प्रसन्नता दोव्वर हुन्छ । म यति धेरै प्रेमिल र शान्त यसभन्दा अगाडि कहिल्यै भएको थिइन‘ । म फुरुङ्ग हुन्छु अबोध बालक जस्तै । तिनी पनि दङ्ग भएकी, मक्ख परेकी छिन् भन्ने अनुभूत गर्छु ।
आफ्नै जीवनकालमा पनि यस्तो अनुभव हुँदो रहेछ । मलाई दिव्य दृष्टि र श्रवण शक्ति प्राप्त भएको छ । म सुन्न सक्छु मेरी पत्नी र त्यो सुन्दर युवकको कुराकानी । 
“सुन्दर युवक, तिमी मेरो त्यतिबेलाको यौवनकालको सपनाको राजकुमार थियौ । म तिमीलाई प्राप्त गर्न जुनसुकै मूल्य चुकाउन तत्पर थिएँ । तर तिमी समयको अन्तराल गर्भमा कहाँ बिलायौ ? अप्राप्तिमा म छटपटिएँ, रोएँ । आज तिमीलाई पाउँदा अत्यन्त हर्षित छु ।”
“मनुका, म पनि त्यति बेला तिमीजस्तै तिमीलाई पाउन लालायित थिएँ । तर त्यति बेलाको तात्कालिन समयलाई हाम्रो मिलन स्वीकार्य थिएन र हाम्रो बिछोड भयो । मैले पनि तिमीलाई आजीवन खोजी रहेँ । प्रेम तीर्थमा म आएकै तिम्रो लागि हो । मलाई विश्वास थियो, यहाँ तिमी भेटिन्छौ ।”
“नभेटिएको भए के गथ्यौ ?”
“प्रेम तीर्थ माथिको मानिसहरूको विश्वास समाप्त हुन्थ्यो । तिमीलाई यहाँ म अनन्तकालसम्म पर्खि रहन्थे । तिमी प्राप्त नभएको भए, मृत्यु त प्राप्त हुन्थ्यो ।”
“त्यस्तो अशुभ कुरा नगर ।” मेरी पत्नी मुस्कुराउ‘दै त्यो युवकको हत्केलामा प्रेमसाथ हल्का दवाब दिन्छिन् ।
तिनीहरूकै कुराकानी म सुनिरहेको छु । म मात्र होइन रहेछ, तिनीहरूको कुराकानी मोहीनीरूपाले पनि सुनिरहेकी रहेछिन् ।
“सुन्यौ, उनीहरूका कुराकानी ? हामीलाई जस्तै उनीहरूलाई पनि भएको रहेछ । म पनि तिमीलाई र तिमी पनि मलाई पाउन चाहन्थ्यौ । हाम्रो मिलन हुन सकेन । अपुरो अधुरो हाम्रो जीवन यतिकै समाप्त हुन्छ कि भन्ने लागीरहेको बेला यो प्रेम तीर्थले हाम्रो मिलन सम्भव तुल्याएको छ ।”
“यो हाम्रो मिलन क्षणिक होला नि ।”
“होइन यो शाश्वत मिलन हो । मनहरू, जीवनहरू, प्रेमहरू जहाँ मिल्छन्, एकाकार हुन्छन् र ती शाश्वत हुन्छन् । समुन्द्रमा नदीहरू, पानीमा थोपाहरू, नदीमा पानीहरू जब मिसिन्छन्, पूर्ण मिस्रण हुन्छन्, त्यस्तै हो यो हामीहरूका मिलन । हेर त तिम्रो पत्नी कति स्वर्णिम भएकी छिन् ।”
“हो, यस्ती राम्री, स्वर्णिम र दिव्य रूपमा मैले तिनलाई यसभन्दा अगाडि कहिल्यै देखेको थिइन‘ ।”
“अब तिनी र ममध्ये दुईमा एकजनालाई रोज्न प¥यो भने कसलाई रोज्छौ नि ?” मोहिनीरूपा छिल्लिन्दै मलाई सोध्छिन् ।
“फेरि पनि म तिनलाई नै रोज्छु ।”
“तिनले त ती युवकलाई रोजी सकेकी छिन् । त्यो युवकले तिम्रो प्रेम छिनी सकेका छन् ।”
“यो हुन सक्दैन । प्रेम जुन तिनले मलाई जीवनपर्यन्त गरिन्, त्यो झुटो थिएन । त्यो प्रेम सिङ्गो थियो, अधुरो अपुरो थिएन ।”
“हो, ठीक भन्यौ । प्रेम अधुरो, अपुरो, आधा अथवा एक चौथाई हुदैन । टुक्राटुक्रा प्रेम हँुदैन । प्रेम जतिजनासँग हुन्छ, गरिन्छ, सिङ्गोसिङ्गो हुन्छ । मैले गर्ने तिमीसँगको प्रेम पनि सिङ्गो हो । म पनि मेरा पतिलाई, प्रेम गर्छु । तिमीसँग भेट भइसके पछि पनि म उनलाई प्रेम गर्छु । सिङ्गो प्रेमलाई दुई टुक्रा पारेर म तिमी र मेरो पतिलाई आधाआधा प्रेम गर्छु, त्यस्तो हुन सक्दैन । दुवैलाई सिङ्गोसिङ्गो एउटा एउटा प्रेम गर्छु ।”
“तिमी अझै आफ्नो पतिलाई प्रेम गर्छौ भने किन यहाँ आयौ ? किन प्रेम तीेर्थमा आयौ ?”
“त्यसको पनि कारण छ । म एक पटक शान्ति धाम पुग्न चाहन्छु र तिमीलाई पनि शान्ति धाम पु¥याउन चाहन्छु ।”
“तिमी आफ्ना पतिसँग पनि त्यहाँ जान सक्थ्यौ ?”
“त्यो सम्भव थिएन । शान्ति धाम पुग्नका लागि  परिभाषा भित्र नबाँधिएको निःस्वार्थ प्रेम हुनुपर्छ, निःस्वार्थ प्रेमी प्रेमिकाका जोडी मात्र त्यहाँ पुग्न सक्छन् ।”
“हाम्रो प्रेम निःस्वार्थ छ ? परिभाषा विहीन छ ?”
“हो । न मैले, न तिमीले नै प्रेमबाट केही लिन चाहेका छौ‘ । तिमीलाई थाहा छ, म तिमीलाई यो प्रेम तीर्थमा कहिले देखि पर्खिरहेकी छु ?”
“अ हँ, थाहा छैन ?”
 “म बीस बर्षदेखि तिमीलाई पर्खिरहेकी छु ।”
“यति लामो समयदेखि । म आउ‘छु भन्ने तिमीलाई विश्वास थियो ।”
“विश्वास थियो या थिएन भन्दा पनि मसित शान्ति धाम पुग्ने अर्को विकल्प थिएन । म त्यहाँ पुग्न चाहन्थे, चाहन्छु र आज तिमीसँग त्यहाँ गइरहेकी छु । मेरो इच्छा पुरा हुने भएको छ ।”
“मैले तिम्रो कुरा बुझिन‘ नि ।”
“तिमी तिम्रा पत्नी र त्यो सुन्दर युवकको कुराकानी सुन, सब तिमीलाई छर्लङ्ग हुनेछ ।” मोहीनीरूपा मलाई हेरेर एउटा आँखा झिम्काउछिन् । ध्यान दिन्छु मेरी पत्नी मनुका र सुन्दर युवक के कुराकानी गर्दैछन् ।
“तिमीसित छुट्टिएँपछि मैले इञ्जिनीयरिङ्ग अध्ययन समाप्त गरेँ । सुनँे तिमी अप्राप्य भइ सकेकी छ्यौ । तिम्रो विवाह भएको छ । भूल्न चाहेर पनि तिमीलाई भूल्न सकिनँ । तिमीलाई भूल्न नसक्नु मेरो जीवनपर्यन्तको हार थियो । तर पनि मलाई कलावतीले मन पराएकी रहेछिन्, प्रेम जाहेर गरिन्, तिनको प्रेम निवेदनलाई अस्वीकार गरेर तिनलाई व्यथित पार्न चाहन्नथँे । मैले तिनको प्रेमलाई स्वीकृति दिएँ ।”
“प्रेम पनि स्वीकृति र अस्वीकृतीको कुरो हो र ?” मेरी पत्नी सोधिरहेकी हुन्छिन् ।
“प्रेम जो एकचोटी अप्रत्यासित, आश्चर्यजनक ढङ्गबाट कसै एकजनासङ्ग स्वाभाविक रूपमा हुन्छ, त्यसलाई स्वीकृति चाहिन्न तर सांसारिक जीवनको मरुभूमिमा पानी बिना मानिस नबाचेभैm‘ प्रेम बिना पनि मानिस बाँच्न सक्दैन । अप्रत्यासित, स्वभाविक र आश्चर्यजनक ढङ्गसित जुन पहिलो प्रेम कसैसित हुन्छ, त्यस्तो प्रेम धेरै जसोलाई प्राप्त हु‘दैन । त्यस्तो पे्रम प्राप्त नभएको अवस्थामा कृत्रिम, बनावटी, नक्कली प्रेमको सहारामा पनि जीवन गुजार्नु पर्ने हुन्छ । त्यस्तो प्रेममा चाहीँ स्वीकृतीको प्रश्न आउँदो रहेछ । मैले कलावतीको प्रेम अस्वीकृत गरेको भए त्यो प्रेम अरु कसैस‘ग हुने थियो । मैले स्वीकृति दिए र मस‘ग भयो । त्यो सांसारिक प्रेम हामी बीच देखियो ।”
“प्रेम पनि सांसारिक, स्वर्गिक, आत्मीय अथवा अरु कुनै प्रकारमा हुन्छ र ?”
“हुँदो रहेछ । परीस्थितिजन्य मनुष्य मन । प्राकृतिक स्वाभाविक वस्तुहरू नपाएमा बनावटी, कृत्रिम वस्तुहरू निर्माण गरेर पनि काम चलाउदो रहेछ । प्रेममा पनि त्यो लागु हुँदो रहेछ ।”
“विस्तृत रूपमा मलाई तिम्रो पे्रमबारे बताऊँ ।”
“हुन्छ, आज मैले तिमीलाई शान्ति धाम पुग्नु अगाडि सबै बताउनै पर्छ । ‘शान्ति धाम’ मैले तिम्रै लागि निर्माण गरेको हुँ । मैले मात्र होइन, हामी याने म, कलावती र कैयौ युगल प्रेमी प्रेमिकाहरूको बलिदानले शान्ति धाम निर्माण भएको हो ।”
“मैले तिम्रो कुरा बुझिन‘ ।”
“मैले बताईसकेकै छैन । कसरी बुझ्छौ त । तर मैले नबताए पनि तिमीले ध्यान दिएर एकाग्रतासाथ तिम्रो प्रेमिल हृदयलाई सुन्यौ भने बुझ्नेछौ । त्यो बुझ्न तिमीलाई प्रेमले विफल, व्यथित तड्पि रहेको हृदय चाहिन्छ । म त्यस्तो नहोस भन्ने चाहन्छु । म तिमीलाई बताउछु । म इन्जिनीयर भइसकेपछि कलावतीसङ्ग मेरो भेट भयो । तिनी डाक्टर थिइन् ।”
“थिइन् ? थिइन् किन ?”
“किनकी तिनी अर्थात तिनको लौकिक शरीर अब यस संसारमा छैन । इन्जिनीयर र डाक्टरको जोडी, भौतिक जगतमा एउटा आदर्श जोडी । मैले सिंचाई गर्ने र विजुलि निकाल्ने बहुदेशीय जल परियोजनाहरूमा निकै बर्ष काम गरे‘ । तिनले पनि शहरमा बसेर निकै विरामीहरूका उपचार गरिन् । तर अकस्मात एक दिन हाम्रो मनस्थिति परिवर्तन भयो । हृदय परिवर्तन भयो । भौतिक विश्वबाट हामी पलायन हुन चाहन्थ्यॉै । किन हामी दुवैलाई एक साथ त्यस्ता भयो, रहस्यमय र आश्चर्यजनक छ । यो विश्व, ब्रम्हाण्ड नै आश्चर्यजनक, रहस्यमय र कौतुकपूर्ण छ । हामीले शहर छाडेर यो रुखो अनकन्टार दुर्गम गाउँमा आएर बस्ने निधो  ग¥यॉै । अहिले जहाँ शान्ति धाम छ, त्यहाँ कटेरो बनाएर बस्न थाल्यौ‘ । अहिले यो पहाड, हराभरा सुन्दर र हरीयालीयुक्त, मलिलो जस्तो देखिन्छ, त्यति बेला त्यस्तो थिएन । वञ्जर, रुखो, ढुङ्गैलो, उजाड, शुष्क थियो । मैले मेरो योग्यताको परीक्षण गर्नु थियो ।”
“तल नदी बगिरहेको छ । कञ्चन, शुद्ध, रसिलो र जीवनदायी पानी तल बगिरहेको छ, माथि डाँडामा बसेका हामी काकाकुल सरी प्यासी छौं । मैले बर्षौं मिहिनेत गरेर वाटरपम्प, डाइनामोको प्रयोगद्वारा जलविद्युत पैदा गरेर नदीको पानी चरण चरण गरेर पहाडको टाकुरासम्म पु¥याएँ । पानी जीवन रहेछ । ढुङ्गा, माटोमा उद्वीजहरू उम्रे, हरीयाली छायो । चराचुरुङ्गी, मसिना जङ्गली जनावरहरू सब देखा पर्न थाले । मेरी पत्नी शान्ति डाक्टर थिइन् । गाँउलेहरूले थाहा पाउन थालेपछि उपचारका लागि आउन थाले । औषधिको अभाव थियो । प्राकृतिक जडिबुटि माथि तिनले गहन अध्ययन र प्रयोग गर्न थालिन् । कैयौँ औषधिहरू तिनले पत्ता लगाइन् । ती मध्ये तिनको सबैभन्दा महŒवपूर्ण आविष्कार अमरयौवन बुटि हो जुन बुटिको सेवन गरिरहनाले धेरै लामो अवधिसम्म मानिस जवान, तन्नेरी, तरुनी रहिरहन्छ । त्यहि बुटिको सेवनले म अझै यो उमेरसम्म युवा नै जस्तो देखिएको छु ।”
“अनि तिनी, तिम्रो पत्नी शान्तिले चाँही त्यो बुटी सेवन गर्दिन थिइन् ?”
“अनुसन्धानको क्रममा कैयौं चोटी तिनले आफैमा प्रयोग गरेकी थिइन् । कैयौ पल्ट प्रयोग गर्दा गर्दा तिनी सफल भइन् । दुःखको कुरा अमरयौवन बुटिले तिनलाई सुन्दर युवा बन्न त मद्दत ग¥यो तर त्यसको ‘साइड इफेक्ट’  मुटुको रोग देखा प¥यो । बुटिको खराब ‘साइड इफेक्ट’ हटाउन तिनी सफल भइन् तर आपूmमा भइसकेको     मुटुको रोग निको पार्न नसक्ता त्यही रोगले तिनको मृत्यु भयो । जन्म जस्तै मृत्यु पनि हाम्रो खटनमा छैन । तिनको मृत्यु पछि तिनको स्मरणमा मैले तिनको चिहान बरीपरी सानो पूmलबारी बनाएँ । म दिनभर त्यहाँ बसेर तिनको सम्झना गरिरहन्थे । तिनी मेरो सम्झनामा अमर भएकी थिइन् । त्यहाँ त्यसरी बसेका विक्षिप्त मलाई हेर्न मानिसहरू आउथे । हुँदाहुँदा त बिछोडिएका पे्रमी प्रेमिकाहरू र युगल प्रेमीप्रेमिकाहरू पनि त्यहाँ आएर बस्न थाले । महान गौतम बुद्ध पनि त्यहाँ आफ्ना शिष्यहरूसङ्ग आउनु भयो । एक महिनासम्म बसेर अनेकौ प्रवचन दिनुभयो, प्रेम, शान्ति र मुक्तिका मार्गहरूबारे शिक्षा दिनुभयो । कैयौ व्यथित बिछोडिएका प्रेमी र प्रेमिकाहरूले त्यहाँ शान्ति अनुभूत गरी फर्के । त्यति बेलादेखि  यो शान्ति धाम बन्न गयो ।”
“शान्ति धाम तिमीले मेरा लागि निर्माण गरेको हुँ भनेका थियौ । कलावती र कैयौ युगल प्रेमीहरूको बलिदानले शान्ति धाम बनेको हो पनि भनेका थियौ । बुझ्न सकिएन ।”
“हो, म, कलावती र कैयौ युगल प्रेमीहरूले नै शान्ति धाम बनाएका थियॉै ।”
“विस्तृत रुपमा बताउन सक्छौ ?”
“बताउछु, सुन । ध्यान दिएर सुन । अहिले म जुन कुरा तिमीलाई बताई रहेको छु, तिम्रा पति, मोहनीरूपा र अरुहरू जो कोही पनि यो शान्ति धामको यात्रामा छन्, चाहे भने जोसुकैले पनि सुन्न सक्छन् । पारदर्शीै यो स्थल यहाँ सबै छर्लङ्ग छ, स्पष्ट छ, लुकाउनु पर्ने गोप्य केही छैन यस क्षेत्रमा । मन सफा छ, देह कञ्चन छ र मनोदशा शान्त र प्रेममय ।”
“त्यस्तो कसरी सम्भव भएको छ ?”
“सम्भव, असम्भव । यी सब भौतिक, अभौतिक, लौकिक, अलौकिक, आत्मा, परमात्मा अनेक अनेक चिन्तन, मनन्, अनुसन्धान, प्रयोग छव्विस सय बर्षको सतत् प्रयासबाट सम्भव भएको छ । कसैले आध्यात्मिक पक्षबाट चिन्तन गरे, कसैले भौतिक पक्षबाट, ती सबैको मिश्रण, फ्यूजनबाट असम्भव मानिएको कुराहरू सम्भव भएको छ । सम्भव भएको छ मनको प्रेम र शान्तिको महसुुसीकरण । यो सबै भन्दा ठूलो उपलब्धि हो । शुरु पछि अन्त, थालनी पछि समाप्ति, जन्म पछि मृत्यु भएभैm पीर, पीडा, इष्र्या, द्वेष, घृणा, युद्ध, अहङ्कार र द्वन्द्व पछि प्रेम र शान्ति । जीवनको अन्त्य मृत्युमा हुँदा, मृत्यु कति वीरोजित हुन्छ । वीरोजित मृत्युको प्रतिक्षारत छ जीवित मानव जाति । शान्ति धाम प्रत्येक असल प्रेमी मान्छेहरूको मुक्ति प्राप्त गर्ने थलो हो, मोक्ष प्राप्त गर्ने थलो हो । यो जीवनको उपलब्धि हो ।”
“म, कलावती र धेरै युगल प्रेमी प्रेमिकाहरू यहाँ दैनिक दिन चर्याहरूमा भुलिनका साथ अर्को शाश्वत सत्यको खोजीमा पनि दिनरात निरन्तर लागि रहेका हुन्थ्यौँ । त्यसरी लागि रहदाँ पनि मैले तिमीलाई भुल्न सकेको थिइनँ रहेछु । म निधाएका अथवा बिरामी भएर अर्धचेत भएको अवस्थामा ‘मनुका, मेरी मनुका’ भनेर बरबराउदो रहेछु । धेरै पल्ट यो सुनिसके पछि शान्ति मलाई सोध्न विवश हुन्छे ‘को मनुका ?’ तिनले मलाई सिङ्गो आफ्नो सम्झेकी थिइन् । तर ‘म तिनको होइन, मनुकाको हो’ भन्ने अनुभुति हुनासाथ तिनको मुटु दुख्न थाल्यो । मुटु जल्न थाल्यो, बलेको मुटुबाट फिलिङ्गो निस्कियो, त्यस्तै त्यहाँ रहेका युगल दुःखी प्रेमीप्रेमिकाहरूको हृदयबाट पनि करुण चित्कारका साथ फिलिङ्गाहरू निस्कन थाले । पोल्ने फिलिङ्गाहरू, मन डडाउने रापहरू, असन्तुष्टीका विरहहरू ! शुद्ध मनले गौतम बुद्धको पुकारा हुन थाल्यो । बुद्ध नआई धरै पाएनन् र प्रत्येक बर्ष गौतम बुद्ध आफ्ना हजारौं अनुयायीहरूका साथ यहाँ आउ‘छन् । आज पनि आएका छन् । बुद्ध आउनु भएपछि ति फिलिङ्गाहरू ज्योतिमा परिणत हुन्छन् । बुद्ध स्वयं त्यस ज्योतिमा समाहित हुनु भए पछि ज्योति महाज्योति बन्छ ।”
“शान्तिधाम कसरी मेरा निम्ति तिमीले बनाएको भयो त ?”
“शान्तिधाम मैले तिम्रा निम्ति बनाएको हुँ भन्ने साँचो हो । शान्ति धाम सबै प्रेमी प्रेमिकाहरूका लागि बनिएको हो । हरेक विरहीहरूका लागि बनिएको हो । कसरी ? तिमी आफ्नै आँखाले देख्ने छौ । जाऊ‘, अब त्यहाँ ।”
त्यो सुन्दर युवक हातमा समातेर मेरी पत्नीलाई अगाडि हिँडाउँछन् । हिँडाउँछन् के विस्तारै उडेझै‘ गरी उनीहरू टाकुरा तीर गइरहेका छन् । मोहनीरूपा र म पनि त्यतै जान्छौ‘ । सशरीर हामी छॉै तर एकदमै हलुङ्गो सिमलको भुँवाझै टाकुरातिर उडिरहेका छौ‘ ।
टाकुरामा गौतम बुद्ध र उहाँका अनुयायीहरू, सुन्दर युवकका पत्नी शान्ति, कैयौ प्रेमी प्रेमिकाहरू शान्त भएर बसेका हुन्छन् । बुद्ध र  त्यहाँ रहेका वहॉका हजारौ‘ अनुयायी र अन्य सब मानिसहरू झिल्को र झिल्को जस्तो टिलिक्क चम्केर ज्योति बन्छन् । एउटा महाज्योति बन्छ, सब सब महाज्योति, अखण्ड ज्योतिमा समाहित हुन्छन् । त्यहाँ कोही छैनन् । मेरी पत्नीसङ्ग रहेका सुन्दर युवक, मोहिनीरूपा पनि महाज्योतिमा समाहित भएर विलीन हुन्छन् ।
फगत म र मेरी पत्नी दुईजना मात्र त्यो महाज्योतिमा समाहित हुन सकेनौँ । किन ?
म तिनलाई हेर्छु, तिनको अनुहारमा दिव्य शान्ति र प्रेम झल्किरहेको छ । म पनि आपूmभित्र अनन्त शान्ति र प्रेम अनुभूत गरिरहेको हुन्छु । साँच्चै हामीले चाहेको, खोजेको ‘शान्ति र प्रेम’ शान्ति धाममा प्राप्त गरेको अुनभूतिले हामी द्रवित, हर्षित र आनन्दित भइरहेका हुन्छौ‘ । धन्य, धन्य शान्ति धाम ।
तिनी मलाई हेरेर दिव्य मुस्कान मुस्कुराउ‘छिन् । म पनि मुस्कुराउ‘छु । हामी एक आपसमा अङ्गालोमा बाँधिएर ढुङ्गे चौतारामा विश्राम गर्न थाल्छौ‘ । हामीहरूलाई त्यस अवस्थामा देखेर मानिसहरू एकआपसमा कुरा गरिरहेका हुन्छन् ।
“ति दुई दिव्य वृद्धा जोडीहरू कति मज्जाले विश्राम गरिरहेका छन् ।”
“विश्राम मात्र होइन, निदाएका पनि छन् ।”
“निदाएका कि मृत भइसकेका ?” कोही शङ्का व्यक्त गर्छन् ।
नजिक आएर कोहीकोही हेर्छन् । हामी निधाएका कि मृत भइसकेका छौ‘, टुङ्गो गर्न नसकेर दोधारमा परिरहेका हुन्छन् ।
 हामी लौकिक शरीर र अलौकिक मन अन्तरमनको बन्धनबाट मुक्त भईसकेका हुन्छौँ ।
ब्लाकहोलजस्तो अनन्तमा विलीन भईसकेका हुन्छौँ र सायद हामीलाई मोक्ष, मुक्ति वा निर्वाण प्राप्त भइसकेको हुन्छ ।





सुनको पलङ


‘सुनको पलङ’ सुन्दै पनि मनमा ऐश्वर्य, सम्पन्नता, सम्पत्ति र विलासिताको अनौठो उद्गार जागेर आउँछ । सुनको पलङ्गमा सुत्ने मान्छेहरू पनि यो संसारमा होलान् ? पौराणिक तथा धार्मिक आख्यान, मिथक र किम्बदन्तीहरूमा भगवान, भगवती, राजा, महाराजा र पराक्रमी योद्धा वीरहरू सुनको पलङमा सुत्ने कुराको वर्णन पाइन्छ । राजा मिडास सुनप्रति यति धेरै आसक्त थिए कि हरेक वस्तुहरू सुन भएको हेर्न चाहन्थे । बरदान पाएर उनले छोएका हरेक वस्तुहरू सुन बन्दै जाँदा उनले छोएका खानेकुरा र छोरी समेत सुन बन्छ । भोक र शोकले व्याकुल भएपछि मिडास सुनको मोहबाट विमुख भएको कथा छ ।
यथार्थमा आजका मान्छेहरू सुन अथवा सम्पत्तिबाट विमुख भएको पाइँदैन । उसको पनि सारा तन्नेरीकाल सम्पत्ति कमाउने प्रयत्न र लालसामा नै बित्यो । सम्पत्तिको पछाडि कुद्दाकुद्दा मानिसहरूले अनेकौ‘ प्रकारका असल वा कमसल प्रवृत्ति, शीलस्वभाव, बानीबेहोरा, आचारविचार, व्यवहार वा जीवन गुजारा चलाउने कला सीप आफूमा विकसित गरेका हुन्छन् । जुन सीप अरूको भन्दा भिन्न र फरक हुनु स्वाभाविक हुन्छ ।
जीवन सङ्घर्ष जटिल हुन्छ । पौडेर नदी पार गर्नु सहज हु‘दैन । जो पौडन सक्दैन, थाक्छ, जीवनको मझधारमा डुब्छ । पार तर्नका लागि जीवनभरमा उसले सिकेको, जानेको वा विकसित गरेको कला सीप मानिसहरूलाई ढाँटेर, छलेर वा  झुक्याएर आफ्नो स्वार्थ पूर्ति गर्नु हो । 
झुटो बोल्ने मानिस बुद्धिमान पनि हुनुपर्छ । दिमाग पनि तगडा हुनुपर्छ साथै असाध्य चलाख पनि । सत्य बोल्ने मानिसले एउटै सत्य तथ्य सम्झिरहदाँ हुन्छ भने झुटो बोल्ने व्यक्तिले एउटै वस्तुका बारेमा पनि थुप्रै भूmटो मनगढन्ते तथ्यहरू सम्झिरहनु पर्ने हुन्छ । कस्लाई के ढाटेको थियो, सम्झिरहनु पर्छ । ढाँटेको कुरालाई काटेर भए पनि मिलाउनु पर्ने हुन्छ । झुटोलाई सत्य देखाउन आडम्बर गर्नुपर्छ, बहुरूपी भइरहनु पर्छ । आजीवन ढाँट्दाढाँट्दा, छली कुरा गर्दागर्दा त्यही कला सीपमा ऊ पारङ्गत भएको छ । झूठोलाई सत्य जस्तै देखाउन सक्नु उसको विशेषता भएको छ ।
जन्मदा मान्छे सबै उस्तैउस्तै हुन्छन् । जन्मिसकेपछि बालपन कसरी बित्छ, वातावरण परिवेश कस्तो पाउँछ, कस्तो शिक्षा पाउँछ वा पाउँदैन, जीवन गुजारा कसरी हुन्छ आदि कुराहरूले मानिसका स्वभाव प्रभावित हुँदा फरक सोच, फरक स्वभाव र फरक आचरणका मानिसहरू बन्न पुग्छन् । त्यस्तै उसको पनि स्वार्थी प्रवृति जीवन संघर्षको क्रममा बनेको हो । उसको व्यक्तित्व उसले भोगेको जीवन उसको सङ्घर्ष, तात्कालिन समाज, समाजिक बनोट र अस्तित्वको लडाइँले निर्माण गरेको हो ।
उसको जन्म ‘एक मानाको बन्दोबस्त’ भएको हुनेखाने घरमा नै भएको थियो । हुनेखाने घरमा जन्मेर पनि सानैमा आमा मरेका कारण सानैदेखि नै उसले दुःख बेहोर्नु परेको थियो । ऊ बालखै हुँदा आमाको मृत्यु भएपछि उसको पिताले अर्को कान्छी श्रीमती भिœयाए । सौतेनी आमा ! कान्छी आमाले  दन्त्यकथा ‘शिशिर बसन्त’मा झै‘ उसको मुटु कलेजो खाने इच्छा नगरे पनि ‘सौतेनी आमा हो’ डगेर नै राखेकी थिई । ऊ सौतेनी आमाको अगाडि लल्याकलुल्युक भए झै‘ गथ्र्यो तर जब तिनी हँुदैन थिइन्, लज्जावती बुहारी झारको पातहरू फुकेझ‘ै आफ्नो बाल वीरतामा जुर्मुराइ रहेको हुन्थ्यो । ऊ लत्रिए जस्तो देखिए पनि भित्रभित्र इखालु भएर झनझन जन्ड, दृढ निश्चयी, मानसिक बलवान र पहलमान भएर हुर्किरहेको थियो ।
बाल्यकालका धेरै घटनाहरू विस्मृतिको धुलोले पुरिए पनि केही अत्यन्त हृदयविदारक, पीडादायी र अत्यन्त आनन्ददायी सुखदायी घटनाहरू भने ठूलो भइसक्दा पनि उसको मानसिक झझल्को भित्र कहिलेकाही‘ झल्याकझुलुक झुल्किरहन्छन् । अहिले पनि ती घटनाहरू उसले बिर्सेको छैन, सम्झनामा ताजै छ ।
दिनभर कहीँकतै गएर ऊ घर आएको थियो । आठ–नौ बर्षको उमेर, भोकाएको थियो । घरमा कोही थिएन । बासी भात झिकेर खान थालेको मात्र के थियो, सौतेनी आमा आइपुगिन् ।
“बासीभाते चोर । कसले तलार्इँ भात दियो ? चोरेर खान्छस्” भन्दै पिट्न थालिन् ।
दिदी आएर गुहार गरिन् । दिदी पनि ऊ जस्तै केटाकेटी नै थिई, कान्छीआमाले कुटेर खेदिन् ।
“बासीभाते; अब चोर्छस् कि चोर्दैनस् ।”
“आफ्नो घरको भात खाँदा पनि कसरी चोर ?”
“के रे, जो चोर उसैको ठूलो स्वर” कान्छी आमा झन् कठोर भइन् । “अहिले नै जवाफ लाग्ने ।”
कुटेर मात्र नपुगेर डोरीले थाममा बाँधेर उभ्याइन् । दिनभर ऊ बाँधिएर उभिई रह्यो । खुट्टा, हात, शरीर दुखिरहेको थियो तर ऊ बाँधिएकोले बस्न सक्तैनथ्यो ।
“भाइ, गौरव ! कति दुखिरहेको होला । म डोरी खोली दिन्छु ।” दिदी पार्वतीले डोरी खोल्न लाग्दा कान्छी आमा आइपुगिन् ।
“कति जान्ने भएकी । तँलाई‘ पनि बाँधौ !” भन्दै पार्वतीलाई पनि कान्छीआमाले दुई थप्पड हानिन् । तिनी रुँदै भागिन् ।
बेलुकी बुबा आइपुग्दा पनि छोरा बाँधिएको  देखेर स्वास्नीलाई हकारे; “के अचाक्ली गरेकी ? सानो बालख छोरामाथि ?”
“के रे सानो बालख छोरा ! बासीभाते चोर । भात चोरेर खाँदै थियो । सबै भात जुठो बनायो । पुल्पुलाऊँ, टाउकामा टेकेपछि देखौला । चोरको बाबु भनी मागौला ।” फत्फताउँदै कान्छीआमा भान्सामा पसिन् । डोरी खोली छोरालाई बोकेर बुबाले सोधे; “साच्चै बासी भात चोरीस् त ?”
“भोक लागेको थियो, आफ्नै घर । कोही थिएन... पस्केर खान थालेको, खान पाइएन, पिटाई मात्र... ” बाबुको माया पाएर हिक्कहिक्क गर्दै उसले भन्यो ।
“छोरा के गर्छस् ? तेरो भाग्य त त्यही दिन फुट्यो जुन दिन तेरी आमा मरी ।” बुबाले पनि आँखाको आँसु पुच्दै खल्तीबाट दुईवटा चकलेट झिकेर दिँदै भने “ला खा । अबदेखि आफै‘ झिकेर नखा ।”
बाबुको माया पाएर ऊ द्रवित भयो । चकलेट खान पाएकोमा फुरुङ्ग भयो । बाबुको छातीमा झन् जोडले लेपासियो । दुःखपछिको सुख । उसलाई माया गर्ने बाबु छ, दिदी छ । प्रसन्न भएर बुबालाई हेर्दै उसले भन्यो; “हुन्छ, एउटा मिठाई दिदीलाई दिन्छु ।”
“पर्दैन । दुइटै खा, दिदीलाई पनि ल्याइदिएको छु ।”
त्यो घटना सम्झदा ऊ बुबाको हँसिलो अनुहार सम्झन्छ ।  आमाको अनुहार भने धमिलोधमिलो छायाँजस्तो ‘हो कि होइन’ जस्तो मात्र सम्झन्छ । तर बुबाको सम्झना आउदा कान्छीआमाको त्रूmर व्यवहारले पनि जीवनपर्यन्त उसलाई लखेटि रहेको छ । आमा नभएको टुहुरा उसले कान्छीआमाको कुटाइ प्रत्येक दिनजस्तै खान्थ्यो । तर ऊ आफूले पिटाइ खाएको कुरा पितालाई भन्न डराउँथ्यो । ठूलो मान्छेको आँखामा आँसु !? पिता फेरि रुन्छन् होला ! ऊ आफ्नो कारण बुबा रोएको देख्न चाहदैनथ्यो । त्यसैले ऊ कठोर हुँदै गइरहेको थियो । जब्बर हुँदै गइरहेको थियो । आफ्नै घर हो, कोही नभएको बेला खानेकुराहरू निकालेर खाने गथ्र्यो । पकडाउ परेर कान्छीआमाले अनेकौं यातना दिएर कायल बनाउन खोज्थिन्, कहिल्यै कायल ह‘ुदैनथ्यो । झूठो बोलेरै जित्न चाहन्थ्यो । कुटाइ खान्थ्यो, सहन्थ्यो तर आफू कायल भएर नीचा हुन चाहन्नथ्यो ।
दिदीसँग ऊ पनि स्कुल जान थाल्यो । स्कुलमा उसका साथीसङ्गातिहरू धेरै बढे । नयॉ नयॉ सीपहरू उसले साथीहरूबाट सिक्यो । उसले मुखमा दुइवटा औलाहरू घुसारेर सुसेली पार्दार्झै गरेर ‘काफल पाक्यो’ चरीको आवाज निकाल्न साथीहरूलाई सिकायो । कुकुर, ढुकुर, परेवा, घोडा, गाई, गोरु र अरू जङ्गली चराहरूको आवाज पनि उसका समकालीन केटाकेटी साथीहरू निकाल्न सक्थे । अहिले पनि एकान्त जङ्गलमा हुँदा ती आवाजहरू निकालेर ऊ मनोरञ्जन गर्ने गर्छ । विशेष गरी ‘काफल पाक्यो’ चराको नक्कल गरेर ।
“तिमी गाउँका ठूला मान्छेका छोरा, हुने खानेका छोरा । राम्ररी पढेर धनी मान्छे हुनु, ठूलो मान्छे भएर तिम्री सौतेनीआमाको शेखी झारी दिनु ल ।” भन्दै माइज्यूले अघाउञ्जेल सेल रोटी खान दिएकी थिइन् । माइज्यूको कुराले उसको बाल हृदयमा अमिट छाप पारेको थियो र ऊ इखिएको थियो ।
“पारु (पार्वती)”
“के भाइ, भन न ।”
“म धेरै धन कमाउँछु, ठूलो मान्छे हुन्छु । तिमीलाई पनि म धेरै धन दिन्छु ल ।”
“तँ आफूलाई पुग्ने गरी कमा, मलाई दिनु पर्दैन । तैले दुःख पाएको देख्दा, गौरव, म कति रुन्छु, दुख्छु । तै‘ले सुख पाइस् भने मलाई पुग्छ ।” दिदीले भनेकी थिइन् ।
कति महान् दिदी, दिदीको मन । दुखिरहेको मन अडेसो बिसाउने चौतारी, दिदी पार्वती (पारु) ।
दिदीको पढाइ प्राथमिक पाठशालाको पढाइ पछिनै स्थगित भयो । गाउँको प्राथमिक स्कुलको पढाइ सकेर ऊ माध्यमिक विद्यालयको पढाइ गर्न सदरमुकामको पाठशालामा जाने बेला पार्वती कसरी हिक्का छोडीछोडी रोएकी थिइन् ।
“भाइ, राम्ररी पढ्नु, म त्यहाँ तिमीसँग हुन्न‘ । तर म तिमीलाई सधैँ सम्झिरहनेछु । तिमीलाई माया गरिरहनेछु । भाइ ... ” रुवाइले अरू बढी बोल्न सकिनन् । ऊ हिड्ने बेला उसको हातमा तिनले केही सिक्काहरू राखिदिएकी थिइन् । दिदीको प्रेमोपहार । अझै ऊ दिदीलाई सम्झँदा ति सिक्काहरू सम्झन्छ ।
गाउँका साथीहरू छुटे, गाउँलेहरू छुटे । दिदी पार्वतीसँग छुट्टिनु पर्दा सबैभन्दा बढी दुःख उसलाई लागेको थियो । तर सन्तोष पनि लागेको थियो क्रुर, निर्दयी कान्छीआमाको चङ्गुलबाट ऊ उम्केको थियो ।
सदरमुकाम सानो बजार थियो । गाउँभन्दा अलि बढी सभ्य, सुकसुकाउँदो र उन्नत; आधुनिकताले चियाउन खोजिरहेको । फेसन, बोलीचाली, सुबिधा आदि अलि बढी भएको नयाँ परिवेश, वातावरण, साथीभाइ, मान्छेहरू । पहिलापहिला उसलाई नियास्रो लागेको थियो, बिस्तारै नयाँ साथी र मान्छेहरूसँग ऊ घुलमिल भयो र तथाकथित आधुनिकतामा एकाकार हुन थाल्यो ।
ऊ दस कक्षामा पढिरहेको बेला, उसका बुबा गोरखले बिरामी कान्छीआमालाई डोलीजस्तो झोलुङ्गोमा बोकाएर सदरमुकामको अस्पतालमा उपचारका लागि ल्याएका थिए । कान्छीआमाको एकापट्टिको शरीरको अङ्गहरू चल्दैनथ्यो । राति अकस्मात तिनी मुच्र्छा परेकी थिइन् रे, त्यसपछि त्यस्तो भएको थियो । आफूलाई दुःख दिने कान्छीआमाको त्यस्तो अवस्था देख्दा ऊ खुसी भएको थियो । तर जब कान्छीआमाले उसलाई हेरेर एउटा आँखाबाट अलिकति आँसु चुहाएर भनिन्, “गौरव, तिमीलाई धेरै दुःख दिएँ । म अब मर्छु होला । तेरी बहिनी सरुलाई पनि आफ्नो दिदी पार्वतीलाई जस्तै माया गर ल । मलाई पनि माफ गर ल ।”
कान्छीआमा माफी माग्दै छ । उसले सारा मनको कलुषित भाव बिर्सियो र भनेको थियो, “ल, ल ... ।”
आज ऊ सम्झन्छ, कान्छीआमालाई उच्च रक्तचाप  थिएछ । राम्ररी उपचार हुन सकेन । केही समयपछि नै तिनको देहान्त भयो । मृत्युले सारा बैमनस्य, कलुषित भाव, अत्याचार र दुर्भावनाहरू पखालेर लग्यो । उसले आफूमाथि अत्याचार गर्ने कान्छीआमालाई माफी दियो तापनि तिनको क्रुर व्यवहार जीवनपर्यन्त बिर्सन सकेको छैन ।
कान्छीआमाको मृत्युले घर, गोठ, खेतबारी, भान्सा सम्हाल्ने एउटी गृहस्थी आइमाईको अभाव टड्कारो रूपमा खट्कियो । गोरख पुनः विवाह गर्न बाध्य भए, उनीभन्दा धेरै कम उमेरकी साली नाता पर्ने फूलमतीलाई नवदुलहीका रूपमा घरमा भिœयाए । अर्की सानीआमासँग उसको धेरै सङ्गत भएन । ऊ एस.एल.सी. उत्तीर्ण गरेर उच्च शिक्षा प्राप्त गर्न राजधानी गयो । अर्की सानीआमाबाट पनि उसका दुई भाइ र एक बहिनी जन्मिए ।
राजधानी छिरेपछि नै उसको वास्तविक जीवनको प्रारम्भ भयो । मुलुकभरिका र विदेशका मानिसहरू उसले त्यहाँ देख्न पायो, भेट्न पायो । चिन्न पायो । घरमा परिवार संख्या वृद्धिसँगै समयमा उसले खर्च पाउन छाड्यो । डेरा भाडा, भान्सा खर्च आदि खर्चहरू नियमित रूपमा चुक्ता गर्न नसक्ने उसको स्थिति बन्न थाल्यो । घरबेटी, होटलवाला र साथीभाइहरूसँग ढाँट र छली कुराहरू गर्नुपर्ने बाध्यकारी स्थितिहरू देखा पर्न थाल्यो ।
‘सर्भाइबल अफ द फिटेस्ट’ जसरी पनि बाँच्नै प¥यो । पढाइ पूरा गर्नै प¥यो । मानिसको मनोभावअनुसार ट्वाक्क मिलाएर जाली, छली र ढाँट कुराहरू नगरी भएन । उसले यस्ता कुरा गर्न सिक्यो ।
विद्यार्थी संगठनमा ऊजस्तै धुर्तहरू चाहिएको थियो । ऊ विद्यार्थी नेतामा गनिन थाल्यो । घरबाट निश्चित समयमा खर्च नआए पनि उसलाई कुनै फरक नपर्ने भयो । उसको खर्चपानीको व्यवस्था कुनै न कुनै राजनैतिक दलले गरी नै हाल्थ्यो । थुप्रै नेताहरूसँग उसको चिनजान हुन थाल्यो । उसको वाकपटुताबाट नेता, विद्यार्थी, युवाहरू प्रभावित भइरहेका हुन्थे । नवयुवतीहरूमा पनि उसको प्रभाव विशेष किसिमको पर्न थालेको थियो । युवतीहरू उसका नजिक हुन प्रतिस्पर्धा गर्न थालेका थिए । उसको अनुपस्थितिमा पनि ऊ ‘चर्चाको युवा’ भएको थियो ।
“बाबै, त्यो केटो कति सुन्दर छ ।”
“को केटो ?”
“त्यो क्या त्यो” सौन्दर्याले लजाउँदै नाम लिइन्— “गौरव ।”
“ए, गौरव । नेता, पढाइ पनि राम्रो छ । कलेजका केटाहरूमध्ये एक नम्बर छ । तँ पनि त्यस्को दिवानी होस् कि ?”
“आ, मोरी । तँ पनि उसलाई मन पराउँछेस् । मन पराउनु भनेको दिवानी हुनु हो ? फ्यान क्या ।”
“फ्यानहरू नै पछि प्रेमिका हुन्छन् । प्रेमपछि विवाह बन्धनमा बाँधिन्छन् ।”
“अहिले त त्यस्तो केही छैन । हेर्दै जाऊँ ।”
“ल, ल तिमीहरू प्रतियोगितामा सामेल होऔ ।”
“कस्तो प्रतियोगिता ?”
“गौरवलाई प्रेमी बनाउने प्रतियोगितामा नि ।”
“को को तिमीहरू ?”
“तिमी, माधुरी, केशरी, रमा, विभक्ता अनि अरूहरू पनि थुप्रै ।”
“कति धेरै प्रतियोगीहरू ?” उनीहरू हाँस्छन् । उनीहरू जस्तै युवतीहरू उसका बारेमा यस्तै अनेकौँ कुराहरू गरिरहेका हुन्थे । ऊ साँच्चै केटीहरूले मनमन्दिरमा स्थापना गर्न चाहने ‘नायक’ भएको थियो र केटीहरू आपसमा कुरा गर्दा उसलाई ‘नायक’ भन्ने गर्थे । ऊ प्रायः सबै केटीहरूसँग राम्रो व्यवहार गथ्र्यो । धेरै केटीहरू ‘मलाई मन पराउँछ’ भन्ने सोच्थे ।
ऊ धनी केटीहरूलाई सम्बन्ध विकासमा निकै प्रोत्साहित गथ्र्यो । हिमचिम, घुलमिल, घनिष्टता गहिरो बनाएपछि आफ्नै ‘मायालु’ झै व्यवहार गथ्र्यो । केटीहरू उसलाई ‘आफ्नै’ हो वा हुनेछ भन्ने सम्झेर झुक्किन्थे । यसरी धेरै केटीहरूलाई झुक्क्याएर ऊ उनीहरूबीच प्रतिस्पर्धा गराएर आफ्नो स्वार्थ साध्थ्यो ।
“भन त, गौरव, आजभोलि युवतीहरू के चाहन्छन् ।”
“युवकहरू जे चाहन्छन् ।”
“युवकहरूभन्दा युवतीहरूको चाहना फरक हुन्छ, भन्छन् नि ।”
“फरक थियो, पुरानो सङ्कुचित समाजमा । समाज जति अगाडि बढ्दै छ, चेतनास्तर बढ्दै छ । केटा र केटी बीचको भेदभाव कम हुँदै गइरहेको छ । विज्ञानले मानव जातिलाई शक्तिमान बनाउँदै लगिरहेको छ । महिलाहरू पनि हरेक काम गर्न पुरुष जत्तिकै सक्षम छन् र उनीहरूको आकाङ्क्षा पनि पुरुषकै जस्तो छ ।”
“प्रकृतिले प्राकृतिक रूपमा पुरुषभन्दा महिलालाई कमजोर र निर्बल बनाएको छ । तसर्थ पुरुषसँग बराबरी गर्न सक्तैनन् भनिन्छ नि ?”
“पुरुष र महिलाको भिन्नतालाई विज्ञानले मेटाइरहेको छ । महिलाहरू आज पुरुषहरूका अगाडि खुम्चिएर बस्नुपर्ने स्थिति छैन । तसर्थ पनि युवक र युवतीहरूका चाहनामा समानता बन्दै गइरहेको छ ।”
यस्ता तार्किक कुराहरू गरेर ऊ आफू साथीहरू माझ  बौद्धिक भएको सावित गथ्र्यो । साथीहरूलाई प्रभावित पाथ्र्यो । दिनभर विद्यार्थी राजनीतिमा संलग्न हुन्थ्यो भने बेलुकि आफ्नो पढाइमा निर्लिप्त भएर लाग्थ्यो । पढाइ पनि राम्रो भएकाले ऊ केटीहरूको आँखामा ‘नायक’ भएको थियो । नायकका सबै विशेषताहरू उसमा मौजुद भएको केटीहरू पाउँथे र ऊ नवयुवतीहरूको ‘सपनाको राजकुमार’ बनिरहेको थियो ।
‘सपनाको राजकुमार’ लाई आफ्नो बनाउने अघोषित प्रतिस्पर्धामा युवतीहरूमाझ विविध रूप, गतिविधि, आकर्षण र समर्पणका खेलहरू भइरहेका थिए । त्यही खेलमा शारिरीक खेल पनि समावेश हुन पुग्दा सौन्दर्या गौरवबाट दुई जीउकी हुन पुगिन् । गर्भ निरोध र गर्भपतनका यथेस्त साधनहरू हुँदा पनि ती उपायहरू अवलम्बन नगरी गौरवलाई पूर्ण आफ्नो बनाउने निर्णय तिनले गरिन् । गौरवसित पनि अरू उपाय थिएन । उनीहरूले प्रेम विवाह गरे ।
प्रेम विवाह त गरे तर सौन्दर्या अर्कै जातकी । आफ्नो परिवारले स्वीकार गर्दैन भन्ने सोचेर गौरवले सौन्दर्यालाई घरै लगेन । घरबाहिरै देहात (गाउँ)मा गए उनीहरू । त्यहाँ उनीहरूले केही महिना स्कुलमा शिक्षक र शिक्षिकाका रूपमा काम गरे । तर त्यो ग्रामिण परिवेश उनीहरूका आकाङ्क्षा पूर्ति गर्न अक्षम भएकाले उनीहरू सदरमुकाम गए । सौन्दर्या पनि माइतिघर र माइतिपक्षको सम्बन्धबाट काटिई सकेकी थिइन् । केटाकेटी दुबै पक्षका परिवारहरूले केही महिना उनीहरूको खोजिनिधि गरेनन् । सदरमुकाममा गौरव आफूले सिक्दै गरेको मानिस रिझाउने, झुक्याउने कलासीपको प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्थामा पर्न थालेको थियो ।
हाकिमलाई चाकरी, ज्यूहजूरी गरेर वा अनेकन चाप्लुसी खुशामद गरेर गौरवले अस्थायी जागिर पायो । अस्थायी जागिर टेक्ने ठाउँ अर्थात् ‘सियो भएर पस्ने, फाली भएर निस्कने’ मेलोमेसो भयो । उनले जागिर गरेको कार्यालय अर्धसरकारी भए पनि प्रशस्त आम्दानी हुने र खर्च गर्ने अड्डा थियो । जागिर खाँदै जाँदा जागिरे तौरतरिका, प्रवृत्ति, मनोवृत्ति उनले चाल पाए । त्यहाँ शक्तिशाली प्रशासक, हाकिम र राजनीतिज्ञहरूसँग उनको हिमचिम बढ्यो । उनले थाहा पाए, ‘बाङ्गो औलाले मात्र घ्यू आउँछ’ र औला बङ्ग्याउन सिके ।
उनीहरूको दुई छोरा र एक छोरी जन्मिए । छोराछोरी भएपछि खर्च  बढ्ने नै भयो । खर्च धान्न उनले ऑैला झन धेरै बङ्ग्याउन थाले । राजनैतिक रूपमा त्यहाँ पनि प्रतिद्वन्द्वीहरू थिए । विभिन्न खेमाहरू थिए । एउटालाई रिझाउँदा अर्को रिसाउँथ्यो । एउटा बलियो खेमा नसमाती उनले पनि धर पाएनन् । प्रतिद्वन्द्वीले आफ्नो बिरोधी खेमालाई बद्नाम गरेर परास्त गर्ने योजना बनायो र त्थो योजनामा उनलाई पनि निसाना बनाइयो । उनले गरेका भ्रष्टाचारहरूको पोल खुल्न थाले । भ्रष्टाचार निवारण आयोगमा उनी बिरुद्ध लाखौं रकम हिनामिना गरेको मुद्दा दर्ता भयो, पकडाउ पूर्जी जारी भयो । रातारात भागेर उम्किए ।
सौन्दर्या पनि जागिर छाडेर केटाकेटी लिएर माइती गाउँ गइन् । छोरी हो, आमाबुवाको मन पग्लिन्छ, माया लाग्छ । सासूससुराको मायालाई गौरवले आफ्नो हित अनुकूल पार्न आफूमा भएको कलासीप प्रयोग गरे । सासूससुरालाई त परम हितैषी बनाइहाले, त्यसलाई दिगो राख्नका लागि जेठान र सासूबीच फाटो ल्याउने चातुर्यता देखाए । जेठानतिर बग्दै गरेको आयश्रोतको कुलो आफ्नो खेतीतिर सासूलाई फर्काउन लगाए । जागिरै बिना पनि छोराछोरीहरू पढाए । आफ्ना आफन्त, नातागोता सबैबाट जति दुहुन सकिन्छ, दुहे । आफ्नो स्वार्थ पूरा भएपछि जोर लात्ति हानेर दस बल्ड्याङ खुवाउने कलासीप प्रयोग गरे ।
उनले आफ्ना छोराछोरीहरूलाई आफूजस्तै व्यवहार चातूर्य बनाए अर्थात् आफूजस्तै ‘मीठो बोली, नराम्रो व्यवहार’मा पारङ्गत बनाए । अनेकथरि गरेर जेठो छोरा अमरलाई डाक्टर, कान्छो छोरा सम्देनलाई इन्जिनियर बनाए । छोरी पनि पत्रकारिता पढेर ठूलै पत्रकार भएकी छिन् । बुहारीहरू पनि डाक्टरको डाक्टर नै र इन्जिनियरको इन्जिनियर नै छन् । ज्वाइँ भने प्राध्यापन गर्छन् । सबैको पारिवारिक जमघटमा “अब तिमीहरू सबैजना आफ्नो खुट्टामा उभिन सक्ने भएका छौ । आआफ्नो गरेर खानु ।”, गौरव भन्छन् ।
“हुन्छ । तर तपाईंको आइडिया हामीलाई चाहिन्छ ।” छोराहरू भन्छन् ।
“आइडियाको के कमी छ र ? मैले भनेको गर्छौ भने मसँग नयाँ नयाँ आइडियाहरूको डङ्गुर छ ।”
“भन्नोस् त सुनौ‘ ।” सौन्दर्या मुस्कुराएर भन्छिन् ।
“सुनाउँछु तर निःशुल्क होइन । आइडिया निकाले बापत मलाई एउटा सेयर होल्डर बनाउनु पर्छ ।”
“ल आइडिया लडाएर त तपार्इँं कति कम्पनीहरूको पैसा लगानी नै नगरी सेयर होल्डर हुनभएको छ । ‘पल्केको टिल्के घरिघरि मिल्के’ ।” सौन्दर्या व्यङ्ग्य गर्छिन् ।
“त्यो त मेरो कला हो, जुक्ति हो । यही कला र बुद्धिले आज हामीहरू सम्पन्न भएका छौ‘ । होइन र ?”
“हो, हो ।” सबैजना भन्छन्, “तर खोइ त आइडिया दिनुभएको ?”
“सेयर होल्डरको सर्त पूरा हुने भए मात्रै ।”
“ल बुवा पनि, आफ्नै परिवारका सदस्यहरूसँग पनि ।”
“हो, तिमीहरूसँगै । म अब पौढावस्थामा पुगेको छु । बुढेसकालमा अनेकौ‘ समस्याहरू हुन्छन्, चाहनाहरू हुन्छन् । म बुढेसकालमा सम्पन्न भएर धेरै चन्दा, दान अथवा पैसा बाँडेर अरूहरूका सामू दानी देखिन चाहन्छु । अरूको आँखामा आफ्नो सम्मान उमार्न चाहन्छु । स्वच्छ छवि देखाउन चाहन्छु ।”
“भ्रष्टाचारको मुद्दा त भागेर, लुकेर फासफुस पार्दिनुभयो । अब केको टाउको दुखाइ ?”
“आफ्नो अन्तरकुन्तरभित्र दबेको ढुकढुकी र आवाज  दबाउन सक्दिनँ, र... ” गौरवले यो चाँहि सत्य बोलेका छन् ।
“ल, ल बितेका कुरा छोड्नोस् । आइडिया दिनुहोस् यिनीहरूलाई ।” सौन्दर्या स्थिति सम्हाल्छिन् ।
“ल यो मेरो जीवनभरिको सबैभन्दा अब्बल, सुन्दर, भव्य र कमाउ आइडिया हो । म चेयरपर्सन, तिमी भाइस चेयरपर्सन र अरू तिमीहरू मेम्बर भएको ट्रष्ट बनाउने । त्यसको काम ‘मानव संसार’ बनाउने ।”
“के हो मानव संसार ?” अमर सोध्छ ।
“धैर्य गरेर सुन त पहिला । यो सुन फलाउने संसार हो हाम्रा लागि । अरूले देख्दा सेवा र धर्मको काम । हाम्रा लागि मेवा फलाउने बोट ।”
“कसरी ?” सम्देन नसोधी बस्न सक्तैन ।
“सबिस्तार बताउनेछु । त्यसभन्दा अगाडि चियापानको ब्रेक गरौँ कि ?”
काम गर्ने केटी खान्नुछा चियाको साथ खाजा लिएर आउँछे । खान थाल्छन् तिनीहरू । जिज्ञासा छ सौन्दर्या, नायुमा, अमर, सम्देन र बुहारीहरूका मनभरि, के हो ‘मानव संसार ?’ 
गौरव आफ्नो ब्रिफकेस खोल्छन् । ल्यापटप झिकेर खोल्छन् । ल्यापटप छेउमा चेकवुक,  क्रेडिट र एटीएम क्यास कार्डहरू छन् । चिया खादैँ भन्छन्— “‘मानव संसार’ आयोजना स्थापना गर्न प्रशस्त रकम चाहिन्छ । रकमको व्यवस्था म मिलाई हाल्छु, खट्ने काम तिमीहरूको हो । स्थापना भइसकेपछि त्यसले सुनको अन्डा पार्न थाल्दछ, हामी सबै सुनको पलङमा सुत्न थाल्ने छौं ।”
“सुनको पलङ ?” छोरी नायुमा हाँस्छे ।
“हो, हो । सुनको पलङ । सुनको पलङमा सुत्ने मेरो धोको छ ।” गौरव भन्छन् ।
“पहिला ‘मानव संसार’ के हो ? त्यो त बताउनुहोस् ।” अमर भन्छ । 
ल्यापटपको मोनिटरतर्फ गौरव औलाले देखाउँछन् । त्यहाँ अग्लाअग्ला दसपन्ध्रवटा सुन्दर कलात्मक भवनहरूको तस्विर छ । त्यो भवनभित्र रहेका कोठाहरूको तस्विर छ । स्केच छ र ठूलो अक्षरमा लेखिएको छ ‘मानव संसार’ । अझै ‘मानव संसार’ बारे उनीहरूलाई प्रस्ट हुँदैन । 
“यी मानव संसारको काल्पनिक भवनहरू हुन् । मानव संसार भनेको बालआश्रम, वृद्धाश्रम, अस्पताल, प्रदर्शनी कक्ष, वृहद् पुस्तकालय र अनुन्धानालय हो । 
त्यहाँ बालकहरूका लागि मोन्टेस्वरीदेखि उच्च माध्यमिक तहसम्मका विद्यालयहरू हुनेछन् । ती विद्यालयमा बाल आश्रमका केटाकेटी र विश्वका धनी मानिसहरूका केटाकेटीहरू महङ्गो शुल्क तिरेर अध्ययन गर्नेछन् । त्यो स्कुल आयको एउटा स्रोत हो भने अर्को स्रोत वृद्धाश्रममा बस्ने वृद्धहरू नै हुन् । बीस प्रतिसत वृद्धहरू त्यहाँ निःशुल्क बस्छन् भने असी प्रतिसत वृद्धहरू अत्यन्त महङ्गो शुल्क तिरेर बस्नेछन् । वृद्धहरूले आफूले जीवनभर कमाएको सबै पैसा स्वेच्छाले त्यहाँ जम्मा गर्नेछन्, अर्को गहकिलो आयस्रोत । विदेशमा वा स्वदेशमा धेरै पैसा कमाइरहेका छोराछोरीहरू वृद्ध बुवाआमालाई हेरचाह गर्नको सट्टा वृद्धाश्रममा राखेर महङ्गो शुल्क तिर्न तयार हुन्छन् । त्यो शुल्क मानव संसारको अर्को आयस्रोत हुनेछ ।”
“अनि अस्पताल र पुस्तकालय ?”
“ति पनि आयस्रोतहरू नै हुन् । दुनियाँले देख्दा वृद्धहरूको सेवा गर्ने अस्पताल तर अस्पतालमा पनि संसारका धनी वृद्धहरूलाई धेरै पैसा लिएर उपचार गरिनेछ । बिरामी वृद्धहरू पैसाको बोट हुन्, अस्पतालले ती बोटहरू हल्लाएर पैसाको वर्षा गराउनेछ । अस्पतालले स्वास्थ्य शिक्षासम्बन्धी अ.न.मी., नर्सिङदेखि एम.बी.बी.एस., एम.डी. सम्मको स्वास्थ सम्बन्धि पढाइ महङ्गो शुल्कमा सञ्चालन गर्नेछ । मानव संसारबाट वृद्ध, विद्यार्थी र बिरामीहरूलाई उच्च कोटीको सेवा प्रदान गरेर यति धेरै पैसा कमाउन सकिनेछ कि हामी सबै सुनको पलङमा सुत्न थाल्नेछौ‘ ।”
“सुनको पलङ— पिताज्यूको कोरा कल्पना ।” नायुमा भन्छे ।
“कोरा कल्पना होइन । हस्पिसमा पुगेकोे वृद्धलाई पैसाको के माया र ? ऊ आफूसित भएको सबै पैसा सकेर सहज मृत्युवरण रोज्छ, त्यो पनि पैसा फल्ने रुख भएन र ?”
गौरवले पेश गरेको ‘मानव संसार’ के हो ? सबैलाई छ्याङ्ग हुन्छ ।  व्यापार अथवा सेवा ? सेवाको सुगरकोटेड व्यापार । ठूलो धनराशी लगानी गरिने सुनको अन्डा दिने आयोजना । परिवारका सबैजना ‘मानव संसार’ स्थापनामा सारा बुद्धि, शक्ति र सामथ्र्य लगाएर लागी पर्छन् ।
धनीधनी मानिसहरूबाट चन्दा लिइन्छ । गैरसरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय डोनरहरूबाट पनि थुप्रै रकम लिइन्छ । ‘मानव संसार’ बन्न थाल्छ । मानिसहरूले कल्पना गरेअनुसार सबै सुन्दर वस्तु र सुबिधाहरू भएको ‘मानव संसार’ पाँच वर्षमा बनिसक्छ । त्यो बनिसकेको दिन भव्य समारोह गरिन्छ । प्रचारप्रसार विश्वव्यापी रूपमा हुन्छ । त्यसको जिम्मा नायुमाको थियो र तिनले अत्यन्त चतुरतासाथ आफ्नो जिम्मेवारी पूरा गरिन् । प्रचारप्रसारको युग ‘मानव संसार’ अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्छ ।
“मानव संसारको वृद्धाश्रममा बस्ने पहिलो चरणका व्यक्तिहरू यसै संस्थाका चेयर पर्सन, भाइस चेयर पर्सन र अरू एकसय एक जना आजकै मितिदेखि बस्न थाल्ने छन् ।” सञ्चालक अमरको सम्बोधनपछि सौन्दर्या र गौरवको सम्बन्ध उनीहरूले अति श्रमसाथ निर्माण गरेको घरबाट पूर्ण रूपमा विच्छेद हुन्छ । बेलुकिदेखि नै गौरव र सौन्दर्या ‘मानव संसार’ को वृद्धाश्रममा बस्न थाल्छन् । उनीहरूलाई त्यहाँ पु¥याउन छोराछोरीहरू पनि गएका हुन्छन् ।
“बुवा आमा । तपाइर्‘हरूका लागि सबैभन्दा राम्रो कोठा छानेको छु । उत्ता हेर्नोस् त, झ्यालबाटै सेतो हिमाल देखिन्छ । हरियाली जङ्गल, फूलबारी, झुल्किएको घाम देखिने उत्तम कोठा । जीवनमा चाहिने सबै सुबिधा र सामानहरू यस कोठामा विद्यमान छन् ।”
“खोइ, सुनको पलङ त देख्दिन नि ।” गौरव भन्छन् ।
“केही समयपछि सुनको पलङ पनि ल्याउनेछु ।”
“साँच्चै ?”
“साँच्चै । बुवासँग पनि हामी ठट्टा गर्छौँ र ?”
“पैसा चाहिए भन” भन्दै गौरव आफ्ना चेकवुक देखाउँछन् ।  चेकवुक ‘जनैका साँचो’ हुन् क्यार । उनले जिन्दगीभर सबैलाई ठगे, ढाँटे, झुक्क्याए । उनलाई आफ्नो जीवनको अन्तिम कालखण्डमा छोराछोरीहरूले झुक्याउलान् भन्ने डर छ । उनले छोराछोरीलाई त्यही कलासीप त सिकाएका छन् । सायद आजका यान्त्रिक, हृदयविहीन, स्वार्थी युगले त्यस्तै बेइमान स्वार्थी मानिसहरू मात्र जन्माउने हो कि ?
एक डेढ घन्टा बसेर छोरा, बुहारी, छोरी, ज्वाइँहरू फर्कन्छन् । फर्किँदा उनीहरूको अनुहारमा कुनै विषादको धर्साहरू हुँदैन । ‘घाटमा मुर्दा सेलाएर फर्किएका मलामीहरू र तिनीहरूमा केही फरक छैन’, गौरव सोच्न पुग्छन् । तल्लो तलामा अरू वृद्धहरूको कल्याङमल्याङ सुनिन्छ । दशकौं लामो जिन्दगी बिताएको आफ्नो घरबाट उनीहरू लखेटिए कि निस्केर आए । आफैले बनाएको ‘सुनको अन्डा’ पार्ने ‘मानव संसार’ को आयोजनाले उनीहरूलाई घरपरिवारबाट अलग परिवेशमा हुत्याएको छ ।
“ओ हो, उफ् । दिक्दार लागिरहेको छ यहाँ मलाई । कस्तो दिक्क लाग्दो परिवेश । घर फर्कौँ । यहाँ बस्न सकिन्न होला ।” हिक्क हिक्क रुँदै सौन्दर्या भन्छिन् ।
“केही दिनमा बानी भइन्छ होला ।” गौरव पनि उदास नै भएका छन् ।
“होइन, होइन । घरै फर्कौँ । म यहाँ धेरै बाँच्दिन‘ ।”
“कस्तो कुरा गरेकी । यो ‘मानव संसार’ त संसारको लागि एउटा उदाहरण हो । हामी नै बसेनॉै भने... ।”
“पर्दैन, उदाहरण सुदाहरण बन्न ।” आइमाईको ढिपी, हुन पनि त अब उनीहरूलाई के चाहिएको छ र ? छोराछोरी समेतको एउटा रमाइलो परिवार !
गौरव मोबाइल फोन हातमा लिन्छन् र अमरलाई फोन गर्छन् । “अमर, तेरी आमा यहाँ बस्न मान्दिन । रोइरहेकी छे । लिन आउँछस् कि ?”
“तपाईँहरू नै बस्नु हुन्न भने त हाम्रो त्यत्रो लगानी डुब्न सक्छ ।”
“तेरी आमासित कुरा गर ।” गौरव सौन्दर्यालाई मोबाइल दिन्छ ।
“हेलो, अमर म यहाँ बस्न सक्तिनँ ।”
“आमा केही दिन त बसेर हेर्नुस् ।”
“अहँ, केही दिन त बाँच्ने हॉै हामीहरू । लिन आइज । तँ आउदैनस् भने पनि गाडी पठाइदे । हामी आउँछौ‘ ।” सौन्दर्या रुन्छिन् ।
“आमा नरुनुहोस् । आज बस्नुहोस् । भोलि हामी आउँछौ‘ अनि सल्लाह गरौला ।” मोबाइल फोन अमरले ‘डिस्कनेक्ट’ गर्छ ।
ओछ्यानमा डङ्ग्रङ्ग सौन्दर्या पछारिन्छे र रुँदै भन्छे— “तिमी सुनले पुरिएर मर । गौरव, सुनको पलङ्गमा सुतेर मर । तर म सुनले पुरिएर मर्न चाहन्न‘ । केही दिन बाँचिने बुढेसकाल स्वतन्त्रतासाथ बाँच्न चाहन्छु ।”
“सौन्दर्या, अब म ? म सम्पत्तिको पिँजडामा कैद भएको छु । म तिमीलाई स्वतन्त्रता दिन सक्तिनँ ।” उसको आँखाबाट आँसु खस्छ ,भन्छ— “मेरो हातबाट समय र शक्ति चिप्लेर गइसकेको छ ।”
भोलिपल्ट अमर, सम्देन, नायुमा र बुहारीहरू आउँछन् । घरमा जस्तै ‘मानव संसार’को वृद्धाश्रमको कोठामा पारिवारीक जमघटमा लामो छलफल हुन्छ । सौन्दर्या र गौरवले त्यही आश्रममा बस्नुपर्ने सबैको निचोड हुन्छ । पंखेटा काटिएको पन्छीहरू झै‘ उनीहरू त्यहाँ नै थच्चिन्छन् ।
दिनहरू बित्दै जान्छन् । चेयरपर्सनको हैसियतले वृद्धाश्रमकै गाडीमा दिनभर सौन्दर्यालाई विभिन्न ठाउँमा घुमाएर गौरव तिनको पीडालाई कम पार्ने कोसिस गर्छन् । दिनभर त सौन्दर्याको मन भुलिन्छ तर जब रात पर्छ, अग्घोर नियास्रो महसुस गर्छिन् र त्यहाँ नबस्ने रट लगाउन थाल्छिन् । त्यो रटले गौरव पग्लिन्छन् । उनी पनि घर फर्कन चाहन्छन् तर छोराहरूको इच्छामा उनी पराधिन भइसकेका छन् । उनको इच्छाले अब केही चल्दैन । दुनियाँलाई देखाउनका लागि सर्वसुबिधा सम्पन्न ‘मानव संसार’ मा खुसीसाथ उनीहरू बसिरहेका छन् । सहज मृत्युको प्रतीक्षारत छन् ।
अमर र सम्देन बेलाबेला आउँथे । ‘मानव संसार’ को आयव्यय र प्रगतिबारे छलफल गर्थे । उनीहरूले सरकारी जागिर पनि छाडेर त्यहाँ नै पूर्णकालीन काम गर्न थालेका छन् । अस्पताल, अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिक्षा इन्स्टिच्युट सफलता साथ धेरै आम्दानी गर्दै सञ्चालन भइरहेको छ । अमर त्यसका प्रमुख निर्देशक छन् । सम्देन निर्माण र सम्भारका कार्यहरू हेर्छन् । ठूलै रकमको निर्माण र सम्भार कार्यहरू सञ्चालन भइरहेको छ । मनग्गे आम्दानी छ । छोरीले जनसम्पर्क र व्यवस्थापन सम्भालेकी छिन् । सबैजना सन्तुष्ट छन् । केवल सौन्दर्या र गौरव असन्तुष्ट छन् आफ्नो नियतिदेखि ।
सौन्दर्या जतिजति ‘घर फर्कौं’ भन्छिन्, त्यतित्यति धेरै ‘सुनको पलङ’ को कुरा मात्र गौरव छोराहरूसँग गर्छन् । भन्छन्— “हामीलाई घर फर्काएर लैजाऊ, लादैनौ भने यहाँ सुनको पलङ बनाइदेऊ ।”
छोराहरू हाँसेर जवाफ दिन्छन्— “हुन्छ, हामी तपाईँहरूका लागि सुनको पलङ बनाइ दिनेछौ‘ ।”
“कहिले बनाइ दिन्छौ ?”
“छिट्टै ।”
सौन्दर्या दिनप्रतिदिन निराश, हतोत्साहित र गम्भीर हुन थाल्छिन् । कम बोल्ने, खानामा रुची नहुने र धेरै कुरा कामहरू पनि बिर्सन थाल्छिन् । डाक्टरले ‘डिमेन्सिया’ भन्छन् । बुढेसकालमा लाग्ने बिर्सने रोग हो रे । उनी दुब्लाउँदै पनि जान्छिन् । तिनी लोग्ने, छोराछोरी र अरूहरूसँग कम बोल्ने, नहाँस्ने र एकोहोरो भइरहेकी हुन्छिन् । अमर र अरू डाक्टरहरूले हेर्दा त्यस्तो गम्भीर रोग केही देखिँदैन । तर तिनको मन सधैँ रोइरहेको हुन्थ्यो, कल्पिरहेको हुन्थ्यो, ‘अनेकौं दुःख, कष्ट र परिश्रम गरिन्, आखिर जीवनमा तिनले के पाइन् ?’ वृद्धाश्रमको वास, पटक्कै तिनलाई मन परेन । वृद्धाश्रममा बस्न थालेको  एक वर्ष नबित्दै तिनको देहावसान हुन्छ ।
मृत्यु संस्कार भव्य हुन्छ । आमाको मृत्युमा छोरा, छोरी, बुहारीहरू रोइटोपले पनि तिनीहरू भित्री हृदयको तहदेखि नै दुःखि भएको देखिएन । आमाको मृत्युलाई तिनीहरूले एउटा मामुली स्वाभाविक घटनाका रूपमा लिए । तर गौरवले पत्नीको मृत्युलाई सहज रूपमा स्वीकार्न सकेन । ऊ विक्षिप्त जस्तै भयो । उसको मस्तिष्क शून्य हुन थालेको छ । जीवन खोक्रो भएको भान हुन थालेको छ । जीवनभर छली कुरा गरेर दुनियाँलाई ढाटेर, छलेर, धोका दिएर निर्माण गरेको स्वार्थी संसार उसलाई बेकारको, बेकामको लाग्न थालेको छ । पछुताउन थालेको छ, ऊ किन त्यति धेरै स्वार्थी, नीच, धोकेबाज र बहुरूपी ढाँट भयो ? उसले किन आफ्ना सन्ततिहरूलाई पनि आफूजस्तै स्वार्थी, नीच, धोकेबाज, छली र बहुरूपी ढाँट बनायो ?
ऊ ‘मानव संसार’बाट घर फर्केर बस्न चाहन्छ । एक दिन बिहानै सबै आफ्ना भएका सरसमानहरू लिएर घर जान्छ । घरमा नोकरचाकरहरू मात्रै हुन्छन् । ऊ आफ्नो पुरानो कोठातिर जान्छ । सौन्दर्यासँग उसले दशकौं बिताएको त्यो कोठा स्टोरमा परिणत गरिएको हुन्छ ।
ऊ बैठक कोठामा नै बसिरहन्छ । छोराहरूलाई फोनमा जानकारी गराउँछ, “म अब घरमै बस्छु । म अहिले घरमा आएर बसिरहेको छु ।”
“हुन्न बुवा । मानव संसारमा तपाईँ नबसे हाम्रो करोडँैंको लगानी डुब्न सक्छ । किन चेयर पर्सनले वृद्धाश्रम छाडे भनेर अनेकौं कुराहरू काटिन थाल्नेछन् ।” छोराहरूले फोनमै जवाफ दिन्छन् ।
“म आफूले थापेको धरापमा आफै‘ परेँ ।” मनमनै गौरव सोच्न पुग्छन् । “सौन्दर्या नभएको संसारमा मेरो के छ र ? को छ र ?” दिनभर उनी घरमै यताउता गरेर बस्छन् । बेलुकि छोराबुहारीहरू जम्मा हुन्छन् । बुहारीहरू आआफ्नो कोठामा जान्छन् । छोराहरू उनीसँग कुराकानी गर्न आउँछन् ।
“म एक्लै त्यो मानव संसारमा बस्दिनँ ।”
‘“तपाईँ कहाँ एक्लै हुनुहुन्छ ? त्यहाँ तपाईँ जस्तो दुईसय जना वृद्धहरू छन् । बालक र विद्यार्थीहरू छन् र बिरामीहरू पनि छन् ।”
“तिनीहरू मेरा आफ्ना होइनन् ।”
“तिनीहरू सबै चेयरपर्सनका आफ्नाहरू हुन् । तपाईँमाथि तिनीहरूको ठूलो भरोसा छ ।”
“भरोसासरोसा गोली मार् । हाम्रो कोठा खाली गर्देओ । म त्यसैमा बस्छु ।”
“हुँदैन ।” दृढ निश्चयताका साथ अमर र सम्देन भन्छन् । नोकरचाकरहरूलाई आदेश दिन्छन् “उहाँ पितालाई मानव संसार पुराई देओ ।”
गौरव जान मान्दैनन्, अटेर गरी त्यही बस्ने अड्डी लिन्छन् । “बोकेर लैजाओ न” अमर फेरि कडा आदेश दिन्छ ।
दुईजना नोकरहरूले उनलाई पाखुरामा समातेर झ्याङ्लाङ झुङ्लुङ पार्दै मोटरमा बसाउँछन् । ड्राइभर र ती नोकरहरूले जबरजस्ती नै उसलाई वृद्धाश्रम पु¥याएर थचार्छन् ।
ऊ रगतको आँसु पिएर बस्छ । सम्झन्छ, ऊ अब सामथ्र्यहीन भएछ, बेकामे भएछ । दुनियाँलाई देखाएर छोराहरूको कमाइ खाने भाँडो भएछ । भोलिपल्ट छोरीज्वाइँसँगै बस्ने निधो गरेर ऊ छोरीको घर पुग्छ । छोरीलाई घर पनि उनैले बनाएर दिएका थिए । प्राध्यापक ज्वाइँ मात्र घरमा हुन्छन् ।
“बस्नोस् बुवा । आरामै हुनुहुन्छ ।” हँसिलो भएर आत्मीयतासाथ प्राध्यापक सोध्छन् ।
“आरामै छु । छोरी खोइ ?”
“काममा गएकी छिन् । म बोलाउँछु ।” प्राध्यापकले मोबाइल फोनमा छोरी पत्रकारलाई खबर गरे । पत्रकार छोरी व्यस्त भएकाले तुरुन्तै आउन सकिन ।
बेलुकि पत्रकार छोरी, डाक्टर, इन्जिनियर छोराहरू एकसाथ आउँछन् र गौरवलाई अर्कै लोकबाट आएको ‘एलाइन’ लाई झै‘ घुरेर हेर्छन् ।
“ल बुवा त फेरि यता पो आउनुभएछ ।” अमर भन्छ ।
“आएँ नि । तिमीहरूले घरमा बस्न दिएनौ । म अब छोरीज्वाइँसँग बस्छु ।”
“झन त्यो त हुँदैहुन्न । मानव संसारको नै बेइज्जत हुन्छ ।”
“के को बेइज्जत ? म चेयरपर्सन हुँ । आफू खुसी जे पनि गर्न सक्छु । अरू वृद्धहरूसँगै मलाई त्यहाँ बस्नै पर्छ भन्ने कुनै नियम छैन । साथै म निर्धन वृद्ध होइन । ?” 
“पैसाको कुरो होइन । मानव संसारको ‘गुडविल’को कुरो पो त । भर्खर मात्र प्रचारप्रसार भएर आम्दानी दिन थालेको छ । तपाईँको कारणले स्थापना भयो, चलिरहेको छ । सुनको अन्डा दिन थालेको छ । सुनको अन्डा दिने मानव संसार फेरि तपाईँको कारणले बद्नाम नहोस् ।” सम्देन भन्छ ।
“सुनको अन्डा नै दिइरहेको छ भने मलाई सुनको पलङ देऊ ।”
“हुन्छ, सुनको पलङ दिने छौ‘ । हिड्नोस् मानव संसार ।”
मनले नमानी नमानी फेरि गौरव ‘मानव संसार’ फर्किन्छन् अथवा जबरजस्ती नै उनलाई त्यहॉ पु¥याइन्छ । अब त्यो नै उसको अन्तिम आश्रय थलो रहेछ । ऊ त्यहाँ नबसी कहाँ जान सक्छ ? डाँडाको घाम भइसकेको उसको इच्छा कसले पो कदर गर्छ र ?
दिनहरू बित्दै गए । अब उसलाई हेर्न छोराछोरीहरू कम आउँछन् । बुहारीहरू नआएको त महिनौ‘ भइसक्यो । आफूले पाइरहेको मानसिक पीडा छोराहरूमाथि हस्तान्तरण गर्न ऊ उनीहरूलाई फोन गर्छ र माग गर्छ “सुनको पलङ ।”
“हुन्छ, हुन्छ । ल्याई दिन्छौ‘ ।” उनीहरू भनिरहेका हुन्छन् ।
उनी जति धेरै चिन्ता, पीडा र मानसिक सन्तापमा डुब्छन् त्यति धेरै ‘सुनको पलङ’ को माग गर्छन् ।
“साँच्चै ल्याइदिन्छौ त सुनको पलङ ?”
“साँच्चै, साँच्चै । पर्सि ल्याइदिन्छौ‘ ।” छोराहरूको जवाफ सुनेर ऊ मक्ख हुन्छ । सुनको पलङ पाए त्यसैमाथि सुतेर मृत्युवरण गर्ने ऊ पहिलो मानिस हुनेछ ।
ऊ रातभरि छटपटिएर निदाउन सकेन । भोलिपल्ट पनि दिनभरि सुनको पलङको बारेमा सोच्दासोच्दै दिन बित्यो । राति पनि सुनकै पलङको बारेमा सोचिरह्यो । “मैले मानिसहरूलाई सुनको वा धनको वर्षा हुन्छ भनेर कैयौ‘ आफ्ना योजनाहरूमा धन लगानी गर्न लगाएर उनीहरूलाई मूर्ख बनाएँ । उनीहरूलाई ढाँटेर, झुक्याएर लुटेँ । आफ्नो स्वार्थ पूरा गरेपछि उनीहरूसित  तल्लोस्तरको नीच व्यवहार गरेँ । धोका दिएर आफ्नो दुनो सोझ्याएँ । कतै मेरा छोराहरूले पनि मलाई धोका दिन सुनको पलङ ल्याइदिने कुरा गरेका होइनन् ? जस्तालाई तस्तै, दुनियाँलाई मैले आजीवन झुक्याएँ, यो बुढेसकालमा एक्लो, विकल म बुढालाई उनीहरूले निश्चित रूपमा झुक्याउनेछन्, ढाँट्नेछन्, धोका दिनेछन् । जस्तो रोप्यो त्यस्तै फल्छ ।”
“होइन, होइन होला । मानव संसारले नै करोडौं कमाइरहेको छ, मैले नै तिनीहरूलाई करोडौं सम्पत्ति कमाइदिएको छु । सुनको पलङ बनाउने प्रचुर पैसा छ उनीहरूसँग । सुन त कति किलो लाग्दो होला ? पलङ सिङ्गल त बनाए होलान् । सौन्दर्या छैनन्, म एकजना मात्र अट्ने पलङ... ।”
नभन्दै बिहान भयो । छ, सात, आठ, नौ, दस बज्यो प्रतीक्षा गर्नु कति गाह्रो हुन्छ । अधैर्यतासाथ यताउता ग¥यो, छोराहरूलाई फोन मात्रै पचासौं पटक ग¥यो, उनीहरू भन्छन्, ‘आउँदै छौ‘ ।’
‘सुनको पलङ ल्याउँदै छौ ?’
‘ल्याउँदै छौ‘ ।’
उनीहरूको कार तल अडियो । पछिपछि कुनै ट्रक वा ट्रेक्टर आइरहेको छ कि ? सुनको पलङ हो सानो सुरक्षाले ल्याउन सकिन्छ र ? सायद प्रहरीको सुरक्षासाथ आइरहेको होला । अब यहाँ पनि त चौबीसै घन्टा पालेपहरा, सुरक्षाको बन्दोबस्त हुनु प¥यो । सीसीटिभी क्यामेरा जडान हुनुप¥यो । त्यसको बन्दोबस्त गर्न पो आइरहेका छन् कि, उनीहरू ?
उनीहरू कोठामा प्रवेश गर्छन् । एक आपसमा हेराहेर गर्छन् । उनीहरूको साथमा केही छैन ।
“खोइ त सुनको पलङ ?”
“ए, रामे, तल कारको डिकीबाट लिएर आइज त ।”
“हस् ।” रामे लिन जान्छ ।
“होइन यिनीहरूले सानो कार्टुनमा अट्ने सुनको सानो पलङ बनाएका होलान् । सानै भए पनि दसबीस तोला सुनको होला । त्यो नै भए पनि चित्त बुझाउनु पर्ला । मर्नुभन्दा अगाडि कुनै परोपकारी संस्थालाई दान दिउँला । होइन त्यो भन्दा त म्युजियमलाई पो उपहार दिनु उपयुक्त होला । त्यहाँ भए धेरै मानिसहरूले हेर्छन् ।” गौरव मनमनै सोचिरहेको हुन्छ ।
रामे सुन्दर ¥यापरले बेरिएको कार्टुन लिएर आउँछ ।
“त्यही हो सुनको पलङ ?” ऊ अध्यैर्यता साथ सोध्छ ।
“हो ।” दुबैजना एकसाथ जवाफ फर्काउँछन् ।
उनीहरू दुबैजनाले उठाएर त्यो कार्टुन बुवालाई हस्तान्तरण गर्छन् । उनीहरूले यसरी उचाले कि त्यो कार्टुन निकै गह्रौ छ । उनले हातमा लिए, त्यस्तो गह्रौ छैन । कार्टुन दिइसकेर ती दुबैजना फटाफट हिडी पनि हाल्छन् ।
¥यापरले बेरिएको कार्टुनभित्र सुनको पलङ छ । “सुत्न मिल्ने पलङ त होइन, केटाकेटीले खेल्ने सानो खेलौना पलङ होला । सानै भए पनि के भो र... सुनको त हो ।” ऊ सम्झन्छ । “अहिले खोलॉै कि भरै.. । अरूलाई पनि देखाएर खोलौ‘ कि... । होइन सुनको पलङ हो, सबैलाई देखाउन मिल्दैन, गोप्य राख्नु पर्छ ।”
निकै बेर अलमल गरेर ऊ ¥यापर च्यातेर ‘कार्टुन’ खोल्छ । त्यहाँभित्र पनि ¥यापरले बेरिएको सानो किताब आकारको बक्स छ । ऊ त्यसलाई पनि च्यात्छ । खोइ कहाँ छ सुनको पलङ ? रङ्गीन आवरण भएको किताब पो छ । किताबको नाम गोल्डेनमा लेखिएको छ— ‘सुनको पलङ ।’
गौरव छक्क पर्छन् । के गरेका होलान् छोराहरूले ? ऊ छाँगाबाट खसेझ‘ै तलतल अनन्त कालो गहिराइभित्र अथवा ब्लाक होलभित्र खस्तै गएको अनुभूति गर्न पुग्छ । बलैले आफूलाई नियन्त्रण गरेर त्यो पुस्तक पल्टाउँछ । सचित्र बालकथा, कार्टुनजस्तो त्यसको पहिलो पृष्ठमा ठूलोठूलो सुनौलो अक्षरले ‘जन्मदेखि सुरु हुने जीवनको कथा’ लेखिएको हुन्छ । पुस्तकको पन्ना अत्यन्त बाकुलो हुन्छ । ऊ दोस्रो पन्ना पल्टाउँछ । त्यहाँ लेखिएको हुन्छ, ‘बालककाल ।’
ऊ अर्को पन्ना पल्टाउँछ, ‘तन्नेरीकाल, विवाह र छोराछोरी ।’
ऊ अर्को पन्ना पल्टाउँछ, ‘पौढावस्था र वृद्धावस्था ।’
ऊ फेरि अर्को पन्ना पल्टाउँछ, ‘मृत्यु ।’
ऊ फेरि अर्को पन्ना पल्टाउँछ, ‘मृत्यु सत्य हो भन्ने थाहा पाएपछि किन चाहियो सुनको पलङ ?’
‘सुनको पलङको कथा समाप्त ।’ अन्तिम पन्नामा ठूलो सुनौलो अक्षरमा लेखिएको हुन्छ । ती अक्षरको पृष्ठभूमिमा अत्यन्त कलात्मक मायारूपी सांसारिक जीवनका सजीव चित्रहरू कोरिएका हुन्छन् ।
गौरवको हातबाट पुस्तक ‘सुनको पलङ’ छुटेर भुईमा फ्यात्त झर्छ । ऊ मुच्र्छित भएर डङ्ग्रङ्ग भुइँमा पछारिन्छ.... ।
‘सुनको पलङ’ कथा समाप्त ।



२०६८, असार २४
धरान













प्रस्तुत अन्तिम आयाम कथा सङ्ग्रहका कथाहरू निम्न पत्रिकाहरूबाट सङ्गृहीत गरिएको हो 
       
१. नाति             गरिमा ,पूर्णाङ्क ३४६ (असोज २०६८)

२. अर्को उज्यालो         गरिमा वर्ष ः ३१, अङ्क ः७, पूर्णाङ्क २६७, असार २०७०  

३. के जीवन नाटक हो ?    समकालीन साहित्य  पूर्णाङ्क–६१ (२०६७, साउन–भदौ–असोज) 
४. गाढा प्रेम             समकालीन साहित्य (कात्तिक–मङ्सिर–पुस २०६८, अङ्क – पूर्णाङ्क ६६)
५. तपश्वी महात्मा महामानव     गरिमा वर्ष २८, अङ्क १२, पूर्णाङ्क ३३६, मङ्सिर २०६७) 
६.सहिद परिवार               समकालिन साहित्य  पूर्णाङ्क ७२  (२०७१ मङ्सिर–माघ)
 
७. विस्थापित मुटु         मधुपर्क  वर्ष४५ःअंक १२,पूर्णाङ्क – ५२७, २०७०, वैशाख
.
८..राजनैतिक कार्यकर्ता     समष्टि वर्ष ३६ अङ्क ९७  (२०७२ जेठ–असार)
 ९.आमाको मन        भानु  वर्ष ५१, अङ्क १७८, असोज–कात्तिक २०७१ 
१०.आफ्नै कथा–वयथा        गरिमा पूर्णाङ्क ३८३, असोज २०७
११.असामयिक निधन         परदेशी बिम्बहरू....  (साहित्यिक मासिक) वर्ष ६   अङ्क ६ (२०७१)
१२.  प्याजी पूmल        मधुपर्क वर्ष ४७ ः अङ्क ६ ः पूर्णाङ्क ५४५ कात्तिक २०७१

१३.दुई दिनको पाहुना         गरिमा  पूर्णाङ्क ३८९ (चैत, २०७३)
१४.शान्ति धाम         जनमत (साहित्यिक मासिक) वर्षःः३१,अङ्क ८, सुनसरी साहित्य विशेष          ः,साहित्यिक,अङ्क ः २०४(२०७१,भाद्र)





कथाकारले भन्नै पर्ने कुरा

लेख्नुजस्तै छाप्नु एउटा लेखकको निम्ति सजिलो हुँदैन । लेखेको छापिएन भने लेखकको परिश्रम, भाव र विचार पाठकसमक्ष नपुग्दा लेखन अधुरोअपुरो नै रहन्छ । प्रकाशन गरेर पाठकसमक्ष पुग्न मद्दत गर्नुहुने प्रकाशक पाँचपोखरी प्रकाशन, राम श्रेष्ठ र रोशन दाहाललाई धेरै धन्यवाद ! यी कथाहरू पहिलोपल्ट आफ्नो सम्पादकत्वमा रहेको पत्रिकामा प्रकाशन गरेर पाठकसमक्ष पु¥याउनुहुने सम्पादकहरूप्रति आभार व्यक्त गर्छु साथै यी कथाहरूलाई यो रूपमा आउन विविध सुझाव दिई (र शुद्धाशुद्धि हेरि (हटाउने))  मद्दत गर्नुहुने प्रा.डा. गोपाल भण्डारी, प्रा.डा. खेम दाहाल, प्रा.डा.भोलानाथ पोखरेल, सहप्राध्यापक हरिप्रसाद दाहाल र अन्य साथीभाईहरूप्रति अनुगृहित  छु । मलाई लेख्न र प्रकाशन गर्न अनुप्रेरित गर्ने ९१ वर्षिय आमा शिवमाया राईलाई सेवाढोग, पत्नी लक्ष्मी राई, छोराहरू शैलेश राई, सायन राई र सृजन सरण राई र बुहारीहरू अन्जाना राई र कौशीला राईहरूलाई हृदयदेखि शुभ आशिर्वाद दिदै प्रशंसा र कदर गर्छु ।  नातिनातिनीहरू  सामना राई, साञ्जिना राई, सच्चेन्द्र राई, सुभेन्द्र राई र सेलिम राईहरूलाई कोपाको  मायाप्यार अर्पण गर्दछु । बहिनीहरू सुदेश राई बोहोरा, बिजयालक्ष्मी राई गुरुङ र उनीहरूका परिवारलाई शुभ आशिर्वाद छ । साला मलुकराज राई, बहिनीहरू  सप्तलछि राई, कुमारी राई, भगवति राई,नयेन्द्रा राई,चन्द्रा राई 
भदै राजु राई, भदैनीहरू दिपकला राई, बिमला राई सालीहरू पवित्रा राई, दुर्गा राई, भाई अरुण राई, धर्मराज राई, भान्जी निता राई, भान्जा प्रशान्त राई र अन्य नातागोताहरू जसको सरसहयोग नभएको भए  जीवन संघषर््ाको भुमरीबाट पार पाएर यो कथा सङ्ग्रह निस्कन सम्भव थिएन, उहाँहरू सबैलाई हृदयको गहिराईबाट आभार व्यक्त गर्दै कृतज्ञता प्रकट गर्छु । असामयिक निधन भई सकेका साला स्व. लोकराज राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु ।
जीवनको विभिन्न कालखण्डमा अनेकौँ साथीहरू, आफन्तहरू र शुभेच्छुकहरूको साथसहयोग पाएको थिएँ र पाईरहेकोछु । सबैलाई सम्झेकै छु, आजन्म सम्झिरहने छु । उहाँहरू सामु सदैव नतमस्तक छु । सबै साथीहरू, आफन्तहरू, साहित्यकार मित्रहरू, पाठकहरू र शुभेच्छुकहरूलाई हृदयदेखि आभार व्यक्त गर्छु साथै धन्यवाद दिन्छु । अन्तमा अझै अमूल्य सुझाव सहयोग र साथको अपेक्षा गर्छु । जय जीवन ! जय साहित्य !













व्यक्तिगत विवरण

 

लेखकको नाम ः—सरण राई (पूरा नाम ः— सरण कुमार राई)
जन्म स्थान ः— छिनामखु, भोजपुर   
जन्म मिति ः— २००४ चैत्र २४, सोमबार
ठेगाना ः— धरान १९÷१३९ फोन —ंंंंं९९७ २५ ५२०७४२, मो. ९८४२०५५२६२
 भ्mबष्(ि    चबष्कबचबलछण्२नmबष्।िअयm
प्रकाशित पुस्तकहरू ः—
(१) केही कथा केही कविता  (सहलेखन)  
(२)साथी  (निबन्ध सङ्ग्रह) 
(३) मानव संसार  (उपन्यास )
(४) अन्तिम स्वीकारोक्ति   (कथा सङ्ग्रह)
(५)उडान (युवा) मनको (उपन्यास)  इन्टरनेटमा मात्र प्रकाशित, जततउकस्ररकबचबल(चबष्।दयिनकउयत।अयmर
(६) ओइलिने पूmल ( कविताा सङ्ग्रह) 
 (७) अन्तिम आयाम (कथा सङ्ग्रह) हातमा
पुरस्कारः—
(१) राष्ट्रिय शिक्षा पुरस्कार (२०४७)
 (२) त्रि.वि. दिर्घ सेवा पदक (२०५८) 
(३) भानु रचना पुरस्कार–२०७१
सम्मान–अभिनन्दन—
विभिन्न संधसस्थाहरूबाट सम्मानित–अभिनन्दित



























Comments

Popular posts from this blog

अन्तिम अायाम (कथासङ्ग्रह) सरण राइ